नेपाल पोलियोशून्य अवस्थामा

Monday, 23 December 2013 01:05:33

विश्वनाथ खरेल
विश्व स्वास्थ्य संगठनको सन् १९८८ मा सम्पन्न साधारण सभाले विश्वबाट पोलियो उन्मूलन गर्ने नीति पारित गरेको थियो । त्यस समयमा विश्वका १ सय २५ देशमा पोलियो संक्रमण भइरहेको थियो । विश्व स्वास्थ्य संगठनले २५ वर्ष अघि संसारलाई पोलियो युक्त गराउने अभियान सुरु गरेको थियो । सन् २०१३ मा पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा मात्र यो रोगको महामारी बाँकी छ । हालसम्म दक्षिण पूर्वी एसियाका ११ देशमध्ये भारतमा अन्तिम पोलियो भेटिएको थियो । भारतमा १३ जनवरी २०११ पछि र नेपालमा ३० अगस्ट २०१०  पछि पोलियो फेला परेको छैन । जबकी यसभन्दा पहिला २०१० अगस्टमा नेपालको रौतहट २०११ को जनवरीमा भारतको पश्चिम बंगालमा पोलियो देखिएको थियो । दक्षिण पूर्वी एसियाका बाँकी देशमा पाँच वर्षदेखि पोलियो भेटिएको छैन । नेपालसमेत ११ राष्ट्र पोलियो मुक्त घोषणा हुँदै दक्षिण पूर्वी एशियन क्षेत्र अन्तर्गतका ११ देशमा लगातार तीन वर्षदेखि पोलियोका बिरामी नदेखिएपछि यस्तो घोषणा गर्न लागिएको हो । यो घोषणा आउँदो फेब्रुअरी महिनामा गरिने भएको छ । यसमा विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल, बंगलादेश, भुटान, भारत, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, इस्ट टिमोर र उत्तर कोरिया पोलियो उन्मूलन राष्ट्र घोषणा हुनेछन् । यसै अवसरमा सङ्गठनले नेपालसहित दक्षिण पूर्वी एसियाली देशहरूलाई सन् २०१४ को फेब्रुअरीमा यो घोषणा गर्न लागेको हो । अतः सन् १९९९ देखि २०१० सम्ममा ३४ वटा पोलियोका बिरामी देखापरेका थिए । राष्ट्रिय खोप अभियान, नियमित खोपको उच्च कभरेज, गुणस्तरीय निगरानी, उच्च जोखिम क्षेत्रमा अनुगमन लगायतका कारणले गर्दा सन् २०१० पछि पोलियोका बिरामी देखा नपरेको महाशाखाको ठम्याइ रहेको छ । तर, अहिले पनि पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा पोलियोको रोगी रहेका छन्।् । त्यसै गरी पोलियोमुक्त घोषणा भइसकेको चीनको एक क्षेत्रमा पुनः पोलियो देखिनुले अपाङ्गता ल्याउने यो रोगविश्वलाई अझै चुनौतीपूर्ण रहेको स्पष्ट हुन्छ ।  विश्वमा पोलियोको भाइरस यताउता सरिरहुञ्जेल यो रोगले खतराको घण्टी बजाइरहने भनाइ वैज्ञानिकको छ ।  चीनको सिन्जियान प्रान्तमा सन् २०११ मा पोलियोको उपस्थिति बारेमा अनुसन्धान गरेका वैज्ञानिकले पाकिस्तानमा उद्गम विन्दु भएका पोलियो भाइरसले चीनमा सङ्क्रमण फैलाएको खुलस्त पारेका छन् ।
हाम्रो मुलुकको सन्दर्भमा पोलियोका रोगीहरू देखा नपरेको तीन वर्ष वितिसकेको छ । लगातार तीन वर्षभन्दा बढी पोलियो रोगी देखा नपरेमा विश्व स्वास्थ्य संगठनले पोलियोशून्य देशका रूपमा प्रमाणित गर्ने गर्छ । नेपाललाई पोलियो शून्य बनाउने अभियान अन्तर्गत मन्त्रालयले यो वर्ष पनि विभिन्न चरणमा पोलियो खोप अभियान सञ्चालन गर्न लागेको छ । विश्वबाटै पोलियो रोग अन्मूलन गर्न चालिएको कदम अनुसार नेपालले पनि ‘ आफ्नो नजिकको खोप केन्द्रमा लगी पोलियो थोपा खुवाऔं र पोलियो सदाका लागि भगाऔं ’  भन्ने मूल नाराका साथ  यो अभियान अन्तर्गत पहिलो चरणमा ६८ जिल्लाका जन्मेदेखि पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई  पुस ६ र ७ गते शनिवार र आइतवार तथा दोस्रो चरणमा माघ ११ र १२ गते शनिबार र आइतबार पोलियो खोप लगाउने भएको छ । त्यसै गरी प्रथम चरणमा हिमाली सात जिल्लामा जुम्ला, हुम्ला, मुगु, डोल्पा, मनाङ, मुस्ताङ र सोलुखुम्बु रहेका छन् । यी जिल्लाहरूमा प्रथम चरमा चैत ८ र ९ गते शनिवार र आइतवार तथा दोस्रो चरणमा ०७१ वैशाख १३ र १४ गते
शनिवार र आइतवार खोप अभियान
सञ्चालन गर्न लागिएको जानकारी महाशाखाले गराएको छ ।
अहिले विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा मात्र पोलियो संक्रमण देखिएको छ । पाकिस्तान नेपालसँग नियमित हवाई मार्गबाट आवतजावत गर्ने छिमेकी देश भएकाले नेपाल पनि संक्रमणमुक्त हुन नसक्ने सम्बन्धीत क्षेत्रको भनाई रहेको छ । यो दुई दिनसम्म सञ्चालन हुने खोप  अभियानमा ४२ लाख २६ हजार ९ सय ९६ जना बालबालिकालाई पोलियो खुवाइने लक्ष्य राखिएको छ । सो अभियानमा ८१ हजार  स्वास्थ्य स्वयंसेविका र १२ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालन हुने स्वास्थ्य सेवा विभागले जनाएको छ । सबै गाउँ विकास समिति कम्तीमा एउटा तथा नगरपालिकाका प्रत्येक वडामा कम्तीमा दुईवटा खोप केन्द्र सञ्चालन गरिनेछ ।  पोलियो थोपा खुवाउनका लागि ४० हजार ४ सय ४७ खोप केन्द्र स्थापना गरिएको छ । अधिल्लो वर्ष खोपको भण्डारण नगरेको र भ्याक्सिन ल्याउन नसकिएका कारण स्थगित गरिएको थियो । हाल पोलियो उन्मूलनका लागि गतिविधि थालेको १६ औं वर्ष लागे पनि गतवर्ष भ्याक्सिन अभावले कार्यक्रम हुन नसकेपछि अहिले १५ औं मा रहेको हो । यो पोलियो अभियान सञ्चालनमा २९ करोड रुपैयाँ खर्च लाग्नेछ । यसवर्ष अभियान सञ्चालन गर्न आर्थिक सहायतामा नेपाल सरकार, विश्व स्वास्थ्य संगठन र युनिसेफले सहयोग गरेका छन् ।
समग्रमा भन्नुपर्दा अब हाम्रो देश पनि पोलियो शून्य प्रमाणीकरण हुने अवस्थामा रहेको छ । तसर्थ दक्षिण पूर्र्वी एसियाली देशहरूमध्ये नेपाल पनि पोलियो शून्य देशका रूपमा ऐतिहासिक सफलता प्राप्त गर्न लागेको हो । देशमा पोलियोका रोगीहरू देखा नपरेको तीन वर्ष बितिसकेको छ । लगातार तीन वर्षभन्दा बढी पोलियो रोगी देखा नपरेमा विश्व स्वास्थ्य सङ्गठनले पोलियो शून्य देशका रूपमा प्रमाणित गर्ने गर्दछ ।  यो दुई दिने कार्यक्रमा पोलियो खोपको थप मात्राले रोगसँग लड्न थप क्षमता बढाउने, हानि–नोक्सानी नहुने, भर्खरै जन्मिएको बालबालिकालाई यो खोप दिँदा केही नहुने र एक वर्षभित्रका शिशुलाई नियमित खोपको तीन मात्रा पु¥याउनुपर्ने जस्ता कुरा यसमा विद्यमान छन् । जनताको स्वास्थ्य र देशकै इज्जतसँग जोडिएको विषय भएकोले खोप अभियानलाई सफल बनाउनु सबै तह र तप्काका व्यक्तिको कर्तव्य र दायित्व हुन आएको छ । देशमा खोप अभियान सफल भएर पोलियो शून्य देशका रूपमा गर्ब गर्नु स्वभाविकै हो । मुलुकमा खोप अभियान सफल हुनुमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकालाई महत्वपूर्ण दिनु पर्ने हुन्छ । उनीहरूले सुविधाविना नै सेवाभावलाई बढी महत्वपूर्ण दिइएको छ । जसले गर्दा उनीहरूको यस्तो सेवाभावको कदर राज्यले गर्नु नै पर्ने हुन्छ र सकेसम्म उनीहरूको सेवालाई सहयोग गर्ने खालको आर्थिक सहयोग दिनमा अनकनाउनु भने हुँदैन ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s