नयाँ वर्ष कहाँ कसरी मनाइन्छ ?

Tuesday, 31 December 2013 11:37:31

विश्वनाथ खरेल
समय गतिशील छ । यसको गति सधैँ अविराम हुन्छ । मानिस समयलाई घडी, पला, दिन, हप्ता, महिना, वर्ष आदि मानेर कसी लगाउने गर्छन् । यसरी ३६५ दिन पूरा भएको मापदण्डमा ‘वर्ष’ मानिन्छ । सन् ०१३ ले आफ्नो दिन पूरा ग¥यो र हिजोदेखि सदाका लागि बिदा लिएको छ । आजदेखि सन् ०१४ सालको नव वर्ष सुरु भएको छ । नेपालमा नयाँ वर्ष सुरू भएको उपलक्ष्यमा आफन्त, साथीभाइ र इष्टमित्रहरूलाई एक अर्काले सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्ने चलन छ । त्यसै अनुहरू नयाँ वर्षको शुभकामना आदान प्रदान एकआपसमा गरिन्छ । यस दिनलाई नयाँ उत्साह, उमंग, जोस, जाँगर, शक्ति र सहयोग प्राप्त गर्ने दिवसको रूपमा मनाउँछौँ । मीठामीठा खाद्य वस्तुहरू खान्छौँ । नयाँ लुगाफाटाहरू लगाउँछौँ । यसै दिन सरकारी कार्यालयलगायत विभिन्न संघसंस्थानलाई सार्वजनिक बिदा हुन्छ । समग्रमा भन्नुपर्दा यसलाई विभिन्न देशले राष्ट्रिय पर्वको रूपमा मनाउँछन् । यसमध्ये इस्वी सन् पनि एक हो । यसलाई विश्वका कतिपय देशमा जनवरी १ तारिखदेखि नव वर्ष आ–आफ्नै किसिमले मनाउने परम्परा  छ । जुन यस प्रकार छ ।  भारतमा ठाउँपिच्छे विभिन्न किसिमले नयाँ वर्ष मनाउँछन् ।
भारतको बंगालमा नयाँ वर्षको अवसरमा देवी देवतालाई पूजा गर्छन् र रवीन्द्र संगीत र हांसखेल, ख्यालठट्टा, नाचगान गरेर मनाउँछन् । कुमाउ र गढवाल प्रदेशमा नयाँ वर्षको दिनमा पहेलो लुगा लगाएर आफ्ना बन्धुजनहरूलाई उपहार प्रदान गरिन्छ । राजस्थानमा मीठामीठा पकवान बनाएर बाँड्ने, खुवाउने गरी शुभकानाका साथ मनाइन्छ । विहारमा महिलाहरू जौका बालाहरू सजाएर गीत गाउँदै शुभकामना दिने गर्छन् । आसाममा शुभ वस्तुहरूलाई हेरी त्यस वर्षभरि नै शुभ हुनेछ भन्ने धारणा पाइन्छ । पन्जाबमा गणेश र लक्ष्मीको पूजा गरी शुभकामना व्यक्त गर्दै नाँचगानको आयोजना गरी मनाइन्छ । काश्मीरमा देवदेवीका शक्ति पीठहरूमा पूजाआजा गर्ने, आफ्ना छोरीको घरमा मीठामीठा खाने कुरा खाई सुखद् जीवनको शुभकामना व्यक्त गर्ने चलन  छ ।
चीनमा यस दिन चिनियाँहरू रातभर जागा रहन्छन् र आफ्ना मान्यजनहरूबाट आशीर्वाद लिई राम्रो भोजन ग्रहण गरी सफासग्ुघर भई मनाउँछन् । त्यसै गरी थाइल्यान्डमा भने आफ्नो घर आँगन सफासुग्घर गरी दीपावली मनाउने, बौद्ध गुम्बाहरूमा गई प्रार्थना गरेर आफन्तहरूलाई शुभकामना आदान–प्रदान गरेर  बडो उमंगका साथ यो चाड मनाइन्छ । त्यस्तै गरी कोरियामा भने नयाँ वर्ष मनाउन तीन दिनसम्म सरकारी बिदा दिई यस दिन त्यहाँका सारा पसलहरू बन्द हुने गर्छन् । त्यो दिन तिनीहरू चामलको रक्सी तथा चामलको रोटी अनिवार्य रूपमा खान्छन्÷खुवाउँछन् । यसो ग¥यो भने एक वर्ष आयु बढ्छ भन्ने जनविश्वास छ । त्यस्तै गरी कुवेतमा भने यस दिन, रातभरि घरमा दीपावली गरी साथीभाइ नाचगान गरी खुसीले शुभकामना आदान–प्रदान गरी यो पर्व मनाइन्छ । मेक्सिको देशमा भने  त्यस दिन चर्चहरूमा सामूहिक विवाहको आयोजना गरिन्छ ।
एउटै चर्चमा आएर सयौँ मानिस विवाह बन्धनमा बाधिन्छन् भने मन नपरेका जीवन साथीसँग पनि त्यही दिन छोडपत्र गरिन्छ र मन परेको जीवन साथी रोजिन्छ । अमेरिकामा भने  नयाँ वर्षको दिनमा अभिनन्दन समारोह गरेर मनाउने चलन छ । यसमा आफ्ना साथीभाइ आदिलाई निमन्त्रण गर्ने प्रचलन रहेको पाइन्छ । जापानमा पनि नयाँ वर्षको अवसरमा हरिया वृक्षहरू घरवरिपरि सजायर शुद्ध जलको प्रयोग गर्छन् । यही दिनमा आफ्ना मान्यजनबाट आशीर्वाद लिएर मीठा फलफूल खाएर र आफूले लिएको ऋण तिर्ने चलन छ । बेलायतमा भने ३१ डिसेम्बरदेखि नै घर–घरमा बत्तीले झिलिमिलि पाछन् । यस दिन नाचगान गरेर नयाँ कपडा लगाएर यो दिन मनाइन्छ । रातको ठीक १२ बजे बढाइ हुन्छ र त्यसको अर्थ हो पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुआत हुनु ।
फ्रान्समा चाहिँ बसिली दिवसको रूपमा दीपावली गर्ने चलन छ । बर्मामा  नयाँ वर्षको दिन शान्ति र समृद्धि प्राप्तिका लागि भगवान बुद्धको पूजाआजा र प्रार्थना गर्ने चलन छ । बर्मेली समाजमा नव वर्षको यो पर्वलाई ‘विजान’ भनिन्छ । आयरल्यान्डमा भने यो वर्षमा शुभप्रतिक हेर्ने चलन छ । त्यहाँ शुभको रूपमा कालो वस्तुलाई मानिन्छ । तसर्थ काला, लामा कपाल भएका युवायुवती आफ्नो घर प्रवेश गर्नुलाई शुभ मान्छन् । जर्मनमा  ठूलो एउटा धातुको भाँडोमा पानी राखिन्छ । त्यसमा पैसा खसाएर आफ्नो आकृति हेरी एक वर्षको भविष्यवाणी गर्ने चलन छ । इन्डोनेसियामा  नव वर्षलाई ‘गांलुगन’ भनिन्छ । त्यहाँ मानिस नयाँ लुगाफाटा पहिरिन्छन । मीठामीठा भोजनहरू खान्छन् र एक अर्कामा बधाई एवं शुभकामना व्यक्त गर्छन् । स्पेनमा  नयाँ वर्षको दिन कम्तमा पनि एक दर्जन अंगुर खाएर मनाउने चलन छ । भेटिकन सिटीमा नव वर्षको बिहान शुभ संकेतको रूपमा आकाशमा सेतो परेवा उडाइन्छ ।
भेटीकन सिटी चर्चको हातामा एउटा केक काटिन्छ र त्यसलाई नव वर्षको प्रसाद स्वहरू ग्रहण गरिन्छ । स्कटल्यान्डमा  नव वर्षको उत्सव मनाइरहेको बेला रातो वस्त्र लगाएको पुरुष वा नारीको प्रवेश भएमा अशुभ ठान्छन् भने अग्ला र कालो केश भएका पुरुष वा नारीहरूको आफ्नो घरमा प्रवेशलाई शुभ प्रतीक मान्छन् । इरानमा नव वर्षको आगमनलाई नौराज भन्छन् जौ गहुँका अंकुरणमा दियो बालेर शुभकामना साट्दै रमाइलोसँग उत्सव मनाउँछन् । पोर्चुगलमा  साँढे जुधाएर रमाइलो गर्नुका साथै सहरभरि धुनी जगाएर शुभकामना आदान–प्रदान गरेर पटकाबाजी गरेर यो पर्व मनाइन्छ । अफ्रिकामा नयाँ वर्षको दिनमा युवायुवतीलगायत विवाह योग्य पुरुष–स्त्रीको सामूहिक विवाह गर्ने चलन छ । र, मंगोलियामा भने यस दिन मंगोलियनहरू रातभरि जागा रहेर आफ्ना आमा, बाबु वा मान्यजनबाट आशीर्वाद प्राप्त गरेर एवं मीठा खानेकुरा खाएर मनाउँछन् ।
समग्रमा भन्नुपर्दा नव वर्षको स्वागत तथा अभिनन्दन गर्ने कला कौशल आ–आफ्नो देशमा आ–आफ्नै किसिमका  छन् । समष्टिगतमा हेर्दा संसारका विभिन्न राष्ट्रहरूमा नव वर्ष उत्सव विशेष उल्लासपूर्ण वातावरणमा मनाउने गरिन्छ । विश्वका सम्पूर्ण मानव समुदायहरू नव वर्षको उपलक्ष्यमा आपसमा बधाई शुभकामना, दीर्घायु, उत्तरोत्तर प्रगति तथा सुस्वास्थ्यको कामना व्यक्त गर्ने गर्छन्् । पुरानो सालमा घटेका तीतामीठा अनुभवहरू चट्टक बिर्सी बाँंकी कतिपय कार्यहरू सफल गराउने विश्वासका साथ समस्त मानवसमुदायका लागि नयाँ वर्ष उत्सुकताको प्रतीक मानिन्छ । अतः नयाँ वर्षको हामी सबैको कल्याण एवं उत्तरोत्तर प्रगतिको अवसर प्रदान गर्ने विश्वासद्वारा नै नयाँ वर्षको हृदयदेखि नै स्वागत गर्दै सबैका लागि प्रेरणादायी बनोस् । यही नै शुभकामनाका साथ नयाँ वर्ष सन् २०१४ लाई हार्दिक स्वागत गरौँ ।

Source : http://www.commanderpost.com/index.php?option=newsDetail&newsId=13621&catId=9

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s