कृषि विकासको विस्तार, खाद्य पोषणको आधार

Tuesday, 29 October 2013 01:06:56

विश्वनाथ खरेल
विश्वभर प्रत्येक वर्ष १६ अक्टोबरका दिन विश्व खाद्य दिवस मनाइन्छ । भोकमरी, गरिबी, अशिक्षा र कुपोषणबाट मानवलाई मुक्ति दिलाउने अभिप्रायले संयुक्त राष्ट्र संघको एक महत्वपूर्ण अंग खाद्य तथा कृषि संगठनको स्थापना भएको थियो । यसरी तेस्रो विश्वका राष्ट्रहरूमा लगभग दुई अर्बभन्दा बढी जनता रहेका छन् । यसै सन्दर्भमा सन् १९७९ मा भएको कृषि सुधार तथा ग्रामीण विकाससम्बन्धी विश्व सम्मेलनमा एक सय ४७ राष्ट्रको सहमतिबाट १६ अक्टोबर १९८१ मा पहिलो विश्व खाद्य दिवस एक सय ५० राष्ट्रमा विभिन्न कार्यक्रमसहित मनाइयो । यसै परिप्रेक्ष्यमा ‘पहिलो आवश्यकता खाद्य र सबै वर्गका लागि खाद्यान्न’ भन्ने विचारहरू विभिन्न सहभागी राष्ट्रहरूले व्यक्त गरेका थिए । त्यसैगरी हाल आएर ३२ औं विश्व खाद्य दिवसको अंग्रेजी मूल नारा ‘क्गकतबष्लबदभि ँययम क्थकतझक ायच ँययम क्भअगचष्तथ बलम ल्गतचष्तष्यल’ रहेको छ । नेपालले यस नारालाई आफ्नो अनुकूल भावानुवाद गरी ‘खाद्य सुरक्षा र पोषणको आधार, खाद्य प्रणालीमा दिगो सुधार’ भन्ने रहेको छ । कुपोषणका लागि समाजले बढीभन्दा बढी लागत लगानी गर्नुपर्ने स्थिति भएको छ । विश्वका प्रत्येक पाँच वर्षमुनिका चार बालबालिकामध्ये एकजना कुपोषणले ग्रसित छन् । जुन यस्ता खालका बालबालिका संसारमा एक सय ६५ मिलियन बच्चा शारीरिक र मानसिक रूपमा क्षमतावहन गर्न सक्दैनन् । त्यसरी नै विश्वमा झन्डै दुई अर्ब मानिस अति आवश्यक भिटामिन, खनिज पदार्थ आदिको कमीबाट बाँच्न बाध्य भएका छन् । त्यसैगरी विश्वमा १ दशमलव ४ अर्ब मानिस मोटापनको शिकार हुन पुगेका छन् जसको कारणले गर्दा लगभग एकतिहाई धेरै मोटा व्यक्ति रहेका छन् । उनीहरू मुटुसम्बन्धी समस्या, मधुमेह र अन्य शारीरिक समस्याबाट ग्रसित छन् । कुपोषणले गर्दा विश्व अर्थतन्त्रको आय ५ प्रतिशतले घट्ने कुपोषण खर्च हुने गर्दछ । त्यसलाई अर्को शब्दमा भन्नुपर्दा  ३ दशमलव ५ ट्रिलीयन डलर प्रतिव्यक्ति खर्च हुन्छ वा पाँच सय डलर प्रतिव्यक्ति खर्च हुने गरेको छ ।
अझ राम्रो भविष्यका लागि पोषणमा लगानीका नाराका साथ मनाइएको यो दिवसमा पोषणयुक्त खानाले व्यक्ति, समाज र अर्थतन्त्रलाई नै रूपान्तरण गर्ने कुरामा जोड दिइएको छ । पर्याप्त पोषणको अभावमा केटाकेटीहरूको स्वास्थ्यमा समस्या आउने गरेको उल्लेख गर्दै त्यसले भविष्यमा उनीहरूको कार्यक्षमतामै प्रतिकुल असर पर्ने विश्व खाद्य कार्यक्रमको कार्यकारी निर्देशक इर्थरिन कोपसिनले जनाउनुभएको छ । पोषणयुक्त खानामा अहिलेको लगानी प्राथमिकताले भोलिको सामूहिक विश्वलाई राम्रो बनाउने भन्दै उहाँले लगानी खानाका साथै कृषि, स्वास्थ्य र शिक्षामा पनि हुनु पर्ने कुरामा जोड दिनुभएको छ । कृषकवर्गको हितलाई ध्यानमा राखेर कम आयमा उत्पादन गरेको खाद्यान्नलाई सकभर कम मूल्यमा बिक्री वितरण गर्नसके उपभोक्ताहरूलाई राहत हुन जान्छ । जसले गर्दा कृषकहरूको आर्थिक वृद्धिमा टेवा पुग्ने हुन्छ । मानवलाई आवश्यक पर्ने दूध, पूmल, माछामासु, फलफूल, तरकारी आदि पौष्टिक तत्वहरूको गुणस्तरीय प्याकेजिङ व्यवस्था राम्रो हुनुपर्छ । प्रायः  अधिकांश कृषक ग्रामीण क्षेत्रमा बसोबास गर्ने भएकाले सुपर मार्केटिङभन्दा स्थानीयस्तरमा बजारको बढी महत्व रहेको छ ।
खाद्यान्नको स्तरलाई मूल्यांकन गर्ने हेतु प्रथम पोषण सम्मेलन सन् १९९२ मा भएको थियो भने अब आउँदो सन् २०१४ को नोभेम्बर १९ देखि २१ सम्म इटालीको रोममा हुँदै छ । सो अन्तर्राष्ट्रिय पोषण सम्मेलन दोस्रोमा पहिलो सम्मेलनको प्रगतिको समीक्षा गर्ने आउँदो दिनको चुनौतीलाई कसरी समाधान गर्दै सुधारको बाटोमा कसरी अगाडि बढ्ने भन्नेबारे व्यापार छलफल गरिने छ । हालको दशकमा केही राष्ट्रहरूले कुपोषणमा महत्वपूर्ण कटौती हासिल गरेका छन् । तर, प्रगति असमान किसिमको छ र राम्रो पोषणका लागि राम्रो भोजन व्यवस्थापनको उपभोग गर्नुपर्ने जरुरी छ । यसको साथसाथै कुपोषण र यसको मूल कारणहरू जटिल छन् । यसका लागि धेरै क्षेत्र र अभिनेताहरूको सहयोगको जरुरी पर्छ । त्यसकारण प्रभावकारी नियोजन, सहयोग, समन्वयको साथमा सही तथ्यांक, आम दृष्टि, कुशल प्रशासन र सबैभन्दा महत्वपूर्ण राजनीतिक नेतृत्व हुनु अति आवश्यक छ ।
विश्वमा बढ्दो जनसंख्याको कारणले गर्दा खाद्यान्नमा वृद्धि गर्नु एकातिर छ भने अर्कोतिर भोकमरी र गरिबी समस्यालाई निराकरणका लागि आवश्यक कार्यक्रमहरू कार्यान्वयन गर्न स्रोत साधनको व्यवस्था गर्नुपर्दछ । संसारमा हाल अनुमान गरिएअनुसार कुपोषणबाट पीडित मानिसको संख्या ८५ करोडभन्दा बढी छ । अझ खाद्यको मूल्यवृद्धिले बढीभन्दा बढी भोकमरीको जोखिम बढाउनेमात्र नभई यसले गरिबीको चाप अझ बढाउनेछ । विश्व खाद्य सुरक्षाका लागि हालै सम्पन्न उच्च तहको सम्मेलनमा उपभोग्य खाद्यको कम उपलब्धता, बढ्दो मूल्य र सम्बन्धित विविध सवालहरूको प्रभावमाथि विचार गरिएको थियो । विश्व अर्थतन्त्रलाई पुनः सवलीकरण गर्दै सम्पन्न अर्थतन्त्रलाई उकास्न खर्बौंको लगानी भइरहेको छ तर गरिबको आर्थिकस्तर उकास्न ठोस् पहल भइरहेको छैन । यस्तो परिस्थितिमा विगतका आर्थिक संकटहरूसँग जुध्न विभिन्न देशहरूले चालेको कदमबाट पाठ सिक्दै भोकमरी संक्रमणको जोखिममा रहेका ती गरिबलाई सम्भावित भोकमरीको खतराबाट बचाउन र कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिका लागि व्यापक लगानीको विस्तार गरी खाद्य संकट न्यूनीकरण गर्ने र खाद्यान्नको बढ्दो मूल्यलाई कम गर्नेतर्फ तत्काल पहलकदमी अत्यन्त जरुरी भइसकेको छ । सन् २००८ को जुन महिनापछि अकस्मात् ६ महिनाको अवधिमा खाद्यान्नको मूल्यमा ३३ प्रतिशतले गिरावट आए तापनि सन् २०१० को प्रथम चौमासिक अवधिमा पुनः ५० प्रतिशतले मूल्य वृद्धि भएको छ । त्यसैगरी खाद्यान्न मूल्यमा यस्तो प्रकारको घटबढ अवस्था रहेकाले विशेष गरी विकासोन्मुख मुलुकहरूमा खाद्य सुरक्षामा ठूलो चुनौती देखापरेको छ । यसको मार खासगरी विकसित देशहरूलाई परेको छ ।
अन्त्यमा भन्नुपर्दा कृषिको विकास गर्नका लागि कृषि कर्ममा आवश्यक पर्ने अनुसन्धान, प्रविधि, औजार तथा पूर्वाधार विकासमा बेवास्ता गरियो भने उत्पादकत्वमा ह्रास आउन सक्छ । यो हुनुको मुख्य कारण हो, विभिन्न विकसित देशहरूले कृषिमा लगानी गर्दै आएकोमा हाल आएर ४३ प्रतिशत लगानी कटौती गरेको देखिन्छ । यही कारणले गर्दा नै हाल आएर खाद्यान्न वस्तुको मूल्यमा वृद्धि भयो । विश्वमा प्रतिवर्ष करिब आठ करोडका दरले जनसंख्या वृद्धि भएको छ । यसको साथसाथै विश्व तापक्रममा वृद्धि र जलवायु परिवर्तनका कारणले गर्दा पनि खाद्य वस्तुको उत्पादन तथा उपलब्धतामा कमी हुनुले गर्दा खाद्य वस्तुको मूल्य अनिश्चित हुनु अर्को मुख्य कारण यो पनि हो । सन् २०१३ को विश्व खाद्य दिवसको प्रमुख विषयको मान्यता नै संसारका मानिसलाई भोजन ख्वाउने साँचो नै कृषिको विकास हो ।
यसको मुख्य काम खाद्य सुरक्षामा सुधार गर्नु नै प्रमुख रहको छ । प्रत्येक आठजनामा एकजनालाई भोजनको अभाव भएको छ । संसारमा भएको भोकमरी र स्थायी इन्धनको समस्या समाधान गर्नु नै आजको आवश्यकता हो । विकासका लागि सानास्तरका कृषकलाई सहभागी गराई सन् २०५० सम्ममा नौ अर्बभन्दा बढीलाई भरिपूर्णरूपले भोजनको आवश्यकता जरुरी भएको छ । एउटा आवश्यक कदम के चाल्न सकिन्छ भने खाद्य सुरक्षा समर्थन गर्ने सहकारी समितिहरूले लगानी गर्ने उत्पादक, विभिन्न संगठनहरू र अरू ग्रामीण संस्थाहरूले सहकारी संस्थामार्फत विश्वभर सफल भएको जानकारी प्राप्त भएको छ । यसले सरोकारवाला व्यक्ति वा निकायहरूलाई निर्णय गर्ने क्षमता अभिवृद्धि गर्न, अस्थिरता न्यूनीकरण गर्न, राष्ट्रिय वा क्षेत्रीय खाद्य सुरक्षा कायम गर्न, आपत्कालीन अवस्थाको लागि खाद्य भण्डारण गर्न र खाद्य संकटको अवस्थामा खाद्यान्नमा असुरक्षित समूहलाई खाद्य सुरक्षामा सुनिश्चित गर्न सहयोग गर्छ ।

Source : http://www.commanderpost.com/index.php?option=newsDetail&newsId=12126&catId=9

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s