घट्दो धानको उत्पादन

खाद्यान्नको बढ्दो माग पूरा गर्न धानबाली उत्पादन वृद्धि गर्नु टड्कारो आवश्यकता छ । एकातिर हामी देशमा उत्पादन बढी भयो भने चामल निर्यात पनि गरिरहेका छौं, अर्कातिर चामलै आयात पनि गरिरहेका छौं । विश्व खाद्य कार्यक्रम, जापानलगायतका दाताहरूबाट चामल अनुदान पनि ग्रहण गरिरहेका छौं ।
घट्दो धानको उत्पादनविश्वनाथ खरेल
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । एकातिर मुलुकको जनसंंख्या दिन दुगुणा र रात चौगुणा वृद्धि भएको छ भने अर्कातिर त्यो जनसंख्यालाई भरणपोषण गर्ने खाद्यान्न बर्सेनि घट्दो रूपमा रहेको सरकारी आँकलनहरूले देखाएको स्थिति छ । यहाँका मानिसले सबैभन्दा बढी खाद्यान्नमा धान बालीको उपयोग गरेको पाइन्छ । त्यसैले गर्दा यो बालीको स्थान सबैभन्दा बढी रहेको छ । विशेषगरी हाम्रो देशको कृषिबालीलाई मध्यनजर गर्ने हो भने कुल गार्हस्थ्य उत्पादनमा महŒवपूर्ण प्रभाव पार्ने मुख्य खाद्यान्न बाली धानको उत्पादन गत वर्षको दाँजोमा यस वर्ष झन्डै ५ प्रतिशतले घट्ने अनुमान छ । देशको खाद्य पोषण र सुरक्षा हेर्ने कृषि विभागमातहतको बाली विकास निर्देशनालयले गत पुस ७ गते यस वर्षको उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गर्दै गत वर्षको दाँजोमा ५ प्रतिशत उत्पादन घटेको बताइएको थियो । कृषि विभागको पहिलो चौमासिक समीक्षा बैठकमा प्रारम्भिक अनुमान सार्वजनिक गर्ने क्रममा दिइएको जानकारीअनुसार यस वर्षको बर्खे धानको उत्पादन ४५ लाख ७९ हजार १ सय ५२ हजार मेट्रिक टन मात्रै भएको छ । गत वर्ष ५१ लाख ४७ हजार ४७ मेट्रिक टन धान उत्पादन भएको थियो । निर्देशनालयले यस वर्ष धान उत्पादन घट्नुमा ढिलो मनसुन सक्रिय हुनु र पर्याप्त पानी नपर्नु भनेको छ । चालू आर्थिक वर्षमा प्राकृतिक विपत्तिका कारण २३ हजार ९ सय हेक्टरमा धानबाली लगाउन सकिएको थिएन । त्यसैको कारणले गर्दा पनि समष्टि रूपमा उत्पादन घटेको हो ।
देशमा २० वर्षे दीर्घकालीन कृषि योजनाले धानलाई विशेष प्राथमिकतामा राखेको छ । अब देशमा चैते, भदैया, वर्षे, हिउँदे आदि गरी वर्षैभरि धानखेती गर्न सकिने प्रविधिको विकास भइसकेको छ । धान हाम्रो देशको पहिलो खाद्यान्न बाली हो । नेपालको अर्थव्यवस्थामा धानको स्थान प्रमुख भएको निर्विवाद छ । नेपालमा हाल अनुमानित १५ लाख ३१ हजार ४ सय ९३ हेक्टर जमिनमा धानखेती गरिएको अनुमान छ । सिँचाइ सुविधा भएको तराई, भित्री मधेस र खोचमा वर्षमा २ बाली धान रोप्ने चलन छ । खाद्यान्नको बढ्दो माग पूरा गर्न धानबाली उत्पादन वृद्धि गर्नु टड्कारो आवश्यकता छ । बढी उत्पादन वृद्धि गर्न असल बीउ, मल, जात आदिका अतिरिक्त रोग नियन्त्रणको उपायका बारेमा पनि ध्यान पु¥याउनु नितान्त जरुरी छ । खाद्यान्नको अंशमा धान सबैभन्दा महŒवपूर्ण धेरैले प्रयोग गर्ने बाली हो । धान उत्पादित जिल्लाहरूमा झापा, रूपन्देही, मोरङ, बारा, कपिलवस्तु अग्रपंक्तिमा छन् ।
हाम्रो देशमा विगतका आर्थिक वर्षहरूमा धानबालीको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्वको तथ्यांक हेर्ने हो भने सधंै एकनासको उत्पादन देखिँदैन । मुलुकमा आर्थिक वर्ष ०७०/७१, ०६९/७०, ०६८/६९, ०६७/६८ र ०६६/६७ मा धानबालीको क्षेत्रफलमा क्रमशः १४,८६,९५१; १४,२०,५७०; १५,३१,४९३; १४,९६,४७६ र १४,८१,२८९ हेक्टर रहेको अनुमान छ । त्यसरी नै धानखेतीको उत्पादनतर्फ अध्ययन गर्दा आर्थिक वर्ष ०७०/७१, ०६९/७०, ०६८/६९, ०६७/६८ र ०६६/६७ मा धानबालीको उत्पादनमा क्रमशः ५०,४७,०४७; ४५,०४,५०३; ५०,७२,२४९; ४४,६०,२७८ र ४०,२३,८२३ मेट्रिक टन रहेको अनुमान छ । धानखेती गरिएको क्षेत्रफलको प्रतिशतका आधारमा हेर्ने हो भने आर्थिक वर्ष ०६९/७० को तुलनामा आर्थिक वर्ष ०७०/७१ मा क्षेत्रफल, उत्पादन र उपादकत्वमा क्रमशः ४.६७, १२.०४ र ७.०४ प्रतिशतले बढेको माथि उल्लिखित तथ्यांकले देखाएको छ । त्यसैगरी आर्थिक वर्ष ०६८/६९ को दाँजोमा ०७०÷७१ मा क्षेत्रफल र उत्पादन क्रमशः माइन्स २.९१ र माइन्स ०.५० प्रतिशतले घटेको देखिएको छ भने उत्पादकत्व भने २.४८ प्रतिशतले वृद्धि भएको छ ।
यसरी हेर्दा हाम्रो देशमा धान बालीको क्षेत्रफल र उत्पादनका हिसाबले प्रमुख खाद्यान्न बाली भएको प्रस्ट हुन्छ । यसले रोजगारी र आय–आर्जनमा पनि विशेष योगदान पु¥याइरहेको छ । देशको हिमाली र पहाडी क्षेत्रभन्दा तराई क्षेत्रले धान उत्पादनमा प्रमुख स्थान ओगटेको छ । मुलुकको कुल खाद्यान्न बाली उत्पादनमा धानको योगदान करिब ५६ प्रतिशत छ र कृषि गार्हस्थ्य उत्पादनमा २१ प्रतिशत योगदान दिएको छ ।
समग्रमा अध्ययन गर्ने हो भने उत्पादन भएको धान सबै नेपालीलाई भाग लगाउने हो भने १ जनाको भागमा १९० किलो ५०० ग्राम पर्न आउँछ । गत वर्ष १ जनाको भागमा धानको उपलब्धता १६७ किलो थियो । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ३५ प्रतिशतको योगदान राख्ने यो क्षेत्र अनुकूल वा प्रतिकूल हुँदा समग्र आर्थिक वृद्धिदरमै असर पार्छ । अर्थतन्त्रमा कृषिक्षेत्रको योगदान बितेका २१ वर्षयता घट्दै गएको भए पनि अझै जनसंख्याको ठूलो हिस्सा यसैमा अािश्रत छ । करिब ४१ लाख नेपाली विदेशमा रहेका कारण जनसंख्याको वृद्धिदरमा कमी आएको भए पनि हालको करिब २ करोड ८५ लाख जनसंख्याका लागि पुग्ने गरी खाद्यान्न उत्पादन गर्न अझै हामी सक्षम भइरहेका छैनौं । कृषिप्रधान मुलुकले देशका लागि आवश्यक पर्ने खाद्यान्न यहीँ उत्पादन गर्न नसकी हरेक वर्ष कृषिजन्य आयात बढ्दै जानु हाम्रो विडम्बना बन्दै गएको छ । गत आर्थिक वर्षमा पनि चामलदेखि दाल, तेल, हरियो तरकारी र फलफूल तथा माछा–मासु गरी झन्डै १ खर्बको कृषिजन्य वस्तुको आयात भएको छ । नेपालले केही कृषिजन्य वस्तुको निर्यात गरे पनि आयातको अनुपातमा निकै कम छ । हाम्रो कृषि वस्तुको आयात र निर्यातको अवस्था हेर्ने हो भने सन्तुलन कायम नभएको देखिन्छ । एकातिर हामी देशमा उत्पादन बढी भयो भने चामल निर्यात पनि गरिरहेका छौं, अर्कातिर चामलै आयात पनि गरिरहेका छौं । विश्व खाद्य कार्यक्रम, जापानलगायतका दाताहरूबाट चामल अनुदान पनि ग्रहण गरिरहेका छौं । कतिपय कृषिजन्य वस्तुमा हाम्रो उत्पादन अपर्याप्तता नभएको भन्दा पनि खाद्यान्न व्यवस्थापनको अभाव बढी देखिन्छ, उदाहरणका लागि चामलको अपर्याप्तता छ, मकै र गहुँको बचत छ । देशका प्रमुख अन्नभण्डार मानिने तराईका केही जिल्लामा अधिक उत्पादन भई खाद्यान्न बचतको अवस्था छ भने पहाडी तथा हिमाली जिल्लाहरूमा पर्याप्त खाद्यान्न उत्पादन नै हुन नसकी खाद्यान्न संकटको अवस्था विद्यमान रहँदै आएको छ । देशका ३४ जिल्ला खाद्यान्न अभावको सदावहार समस्या झेल्दै आएका छन्, उपलब्ध सूचकका आधारमा तीमध्ये धेरै जिल्लामा खाद्यान्न संकट नरहेको सरकारी तथ्यांकले देखाए पनि वास्तविक धरातलमा स्थिति भिन्न छ । चालू आर्थिक वर्षमा धान उत्पादन ५ प्रतिशतले घटेको छ । कृषि विकास मन्त्रालयले हालै यो जानकारी गराएको हो । मन्त्रालयका अनुसार गत वर्षको तुलनामा चालू आर्थिक वर्ष ०७०÷७१ मा धानबालीतर्फ ५ प्रतिशतले कमी आएको जानकारी दिए । समयमा वर्षा नहुनु, उन्नत जातको बीउ प्रयोग नहुनु र प्राकृतिक विपत्तिलगायतका कारण यस वर्ष उत्पादन घटेको हो । गत वर्षको तुलनामा २ लाख ५८ हजार मेट्रिक टनले उत्पादनमा कमी भएर ४७ लाख ८८ हजार मेट्रिक टन मात्र धान फलेको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०७०/७१ मा १४ लाख ८६ हजार ९ सय ५१ हेक्टरमा ५१ लाख ४७ हजार ४७ मेट्रिक टन धान उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा प्राकृतिक विपत्तिका कारण २३ हजार ९ सय हेक्टरमा धानबाली लगाउन सकिएन भन्ने जानकारी गराइएको थियो, जसका कारण पनि उत्पादन घटेको हो । मन्त्रालयका अनुसार बजारमूल्यका आधारमा यस वर्ष १ खर्ब रुपैयाँबराबरको धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा १ खर्ब ११ करोड मूल्यबराबरको धानको उत्पादन भएको थियो । जिल्लाका हिसाबले धनकुटा, भोजपुर, सिरहा, सप्तरी, सर्लाही, महोत्तरी, धनुषा, झापा, मोरङलगायतका जिल्लामा धानको उत्पादनमा कमी आएको हो । यसका साथै धान रोपिएको भूमिसमेत बढेको र उत्पादकत्व दर पनि ३ हजार ३ सय ९४ किलोग्राम प्रतिहेक्टर भएका कारण धानको उत्पादनमा बढोत्तरीले मुलुकको अर्थतन्त्रलाई पनि सकारात्मक प्रभाव पर्ने कुरामा कसैको दुईमत नहोला ।

Source : http://np.karobardaily.com/2015/02/43746/-

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s