कौसीखेतीबाट आत्मनिर्भरता – 711013

सहरी तरकारीको आवश्यकता पूरा गर्नका लागि कौसी खेती उपयुक्त विधि हुन सक्छ, जसबाट केही आयआर्जन गर्न समेत सकिन्छ ।  कृषिका लागि उपलब्ध भूमिका कम हुँदै गइरहेको सन्दर्भमा देशको घना सहरी क्षेत्रमा कौसी खेती एउटा भरपर्दो विकल्प बन्दै गएको छ । आफ्नो घरको कौसी, बरन्डा, छत, भित्ता, भुइँको खाली ठाउँ आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने बाली जस्तै तरकारी, फलफूल, मसला आदि सजिलै खेती गर्न सकिन्छ ।
bishwonath-kharelविश्वनाथ खरेल
नेपालम खेतीयोग्य भूमि २१ प्रतिशतमात्र छ, हाल ३० लाख ९१ हजार हेक्टरमा मात्र खेतीपाती गरिन्छ । यसमा पनि हिमाली क्षेत्रमा देशको कुल क्षेत्रफलको ३५ प्रतिशत अर्थात् ५१ लाख ८१ हजार ७ सय, पहाडी भागमा ४२ प्रतिशत अर्थात् ६१ लाख ३४ हजार ५ सय र तराई भागमा २३ प्रतिशत अर्थात् ३४ लाख १ हजार ९ सय हेक्टर पर्छ । यसर्थ खेतीयोग्य भूमिको ३४.५३ प्रतिशत अर्थात् १० लाख ६७ हजार ३ सय २३ हेक्टरमा सिंचित अवस्थाको स्वरूप हुँदाहुँदै पनि ६५.७ प्रतिशतभन्दा बढी मानिस कृषि पेसामा लागेका छन् । यसमा राष्ट्रिय आयको ३५ प्रतिशत अंश प्राप्त हुन्छ भने कृषि एवं वनक्षेत्रबाट विदेशी व्यापारको ८० प्रतिशत अंश ओगट्नुले नै कृषिको विकास देशको विकासको विकल्पका रूपमा खडा भएको देखा पर्छ । अर्कातर्फ प्रतिव्यक्ति सरदर आय केवल ७ सय अमेरिकी डलर र २५ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थाले कृषिको पछौटेपनको बोध स्वतः हुन जान्छ, जसले गर्दा कृषिमा आधुनिकीकरण तथा विविधीकरणको आवश्यकता पनि टड्कारो रूपमा देखिन्छ । कृषिलाई विविधीकरण गरी व्यवसायीकरणमा रूपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चितता र गरिबी न्यूनीकरणमा योगदान गर्नु कृषिको मुख्य उद्देश्य रहेको छ । कृषिक्षेत्र अझै पनि देशको आर्थिक मेरुदण्डका रूपमा रहेको कुरा आवधिक योजनाहरुमा यस क्षेत्रको विकासका निम्ति दिइएको महŒवबाट स्पष्ट हुन्छ ।
कृषिका लागि उपलब्ध भूमिका कम हुँदै गइरहेको सन्दर्भमा देशको घना सहरी क्षेत्रमा कौसी खेती एउटा भरपर्दो विकल्प बन्दै गएको छ । आफ्नो घरको कौसी, बरन्डा, छत, भित्ता, भुइँको खाली ठाउँ आदि स्थलमा आफूलाई दैनिक आवश्यक पर्ने बाली जस्तै तरकारी, फलफूल, मसला आदि सजिलै खेती गर्न सकिन्छ । विशेषगरी सहरी क्षेत्र जहाँ खेती गर्ने खाली जग्गा हुँदैन, त्यस्तो स्थानका घरका कौसी, छत, भित्ताजस्ता खाली ठाउँमा थोरै परिश्रमले विभिन्न प्रकारका बालीनाली सजिलैसँग उत्पादन गरी दैनिक उपभोग गर्न सकिन्छ । यस्तो कौसी खेती गर्दा खेर गइरहेको ठाउँ, श्रम, समय, पानी, प्रांगारिक पदार्थ, भाँडाकुँडा र अन्य वस्तुको सदुपयोग गरी स्वच्छ, स्वस्थ, दैनिक रूपमा आवश्यक पर्ने तरकारी, फलफूल, फूल र मसलाजन्य उत्पादन नियमित उपलब्ध भइरहन्छ ।
लामो समयसम्म उत्पादन दिइरहने तरकारी बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ । कौसीबारीमा मिश्रत खेती अपनाउँदा परिवारलाई दैनिक उपभोगका लागि आवश्यक पर्ने वस्तु प्राप्त हुनुको साथै सन्तुलित आहारका लागि पनि सहयोग पुग्छ । कौसीमा विशेषतः सागबाली, कोसेबाली, लहरेबाली, जरेबालीजस्तै चम्सुर, पालुंगो, धनियाँ, मेथी, सुप, गाँजर, सिमी, बोडी, काउली, बन्दा, ब्रोकाउली, मुला, सलगम, आलु, तरुल, घिरौँला, काँव्रmो, फर्सी आदि तरकारी वर्षैभरि लगाउन सकिन्छ । त्यस्तै फलफूलमा कागती, सुन्तला, नासपाती, हलुवावेद, मेवा, अम्बा, अनार आदि लगाउन सकिन्छ ।
देशको अर्थतन्त्रको मेरुदण्ड कृषिक्षेत्र भएको हुँदा कृषि विकासबिना बहुसंख्यक जनताको जीवनस्तर उठ्न नसक्ने वास्तविकतालाई ध्यानमा राखी कृषिको विविध कार्यक्रम अघि सारिनु आवश्यक छ । सीमित स्रोत–साधनको वैज्ञानिक उपयोग गर्दै उपजको उत्पादन र उत्पादकत्व वृद्धिका साथै कृषकको आय आर्जनमा वृद्धि गर्न सकिने कार्यक्रमहरूमा सरकारका सम्बद्ध निकायले जोड दिनुपर्छ ।
हालैमात्र देशमा भिœयाइएको ‘स्पेक्ट्रो फोटोमिटर’ नामको उपकरणले कृषिउपजमा विषादी अवशेष परीक्षण गर्दा मानव स्वास्थ्यका लागि घातक रासायनिक विषादी व्यापक मात्रामा प्रयोग गरिएका फेला परेको चर्चाले सर्वत्र त्रास फैलाएको छ । विषादीको अवशेष रहेका तरकारी र फलफूल उपभोगले पाचन प्रणाली, रगत, मृगौला, कलेजो, आँखा, मुटु, नसालगायत अंगमा जटिल रोग देखिन थालेका छन् । यस्तो हल्लासँगै भान्साघरमा पकाउन तरकारी के किन्ने र कहाँ किन्ने भन्ने अन्योलमा पर्नुको साटो हामीसँग त्यसको सजिलो विकल्प छ । अझ भन्नुपर्दा कौसी खेतीले हरियाली ल्याउनका साथै सहरी वातावरणमा स्वच्छता ल्याउन सहयोग पुग्न सक्छ । यसका साथै, यसबाट घरको शोभा बढाउन र मन बहलाउन पनि सजिलो हुन्छ । बाली उत्पादन गर्दा मन प्रफुल्ल हुने, शारीरिक कसरत पनि हुने भएकाले घरका सबै सदस्य महिला, पुरुषलगायत केटाकेटी र बूढाबूढीसम्म सबैले सजिलैसँग उत्पादनमूलक कार्यमा फुर्सदको समय सदुपयोग गर्न सक्छन् । बिरुवा तथा माटोसँग नजिक रही काम गर्दा छुट्टै आनन्द तथा ज्ञान प्राप्त गर्न सकिने हुँदा सहरी वातावरणमा हुर्केका केटाकेटीले पनि फुर्सदको समय सदुपयोग गरी सानैदेखि कृषिसम्बन्धी ज्ञान प्राप्त गर्न सक्छन् । यसरी कौसी खेतीबाट उत्पादित ताजा तरकारीले हाम्रो दैनिक आहार सन्तुलनमा महŒवपूर्ण भूमिका पनि खेलेको हुन्छ । मानिसको दैनिक आहारमा चाहिने पौष्टिक तŒवहरूमा कार्बोहाइड्रेट, चिल्लो पदार्थ, प्रोटिन, भिटामिन, खनिज पदार्थ, पानी तथा रेसाहरूको आवश्यकता पर्छ । मानिसको स्वास्थ्यलाई आवश्यक पर्ने प्रायः सबै तŒव प्रचुर मात्रामा तरकारीमा पाइन्छ । तरकारीमा पानीको मात्रा, प्रोटिन, कार्बोहाइड्रेड, भिटामिन, खनिज पदार्थ र बढी मात्रामा रेसा हुन्छन्, जसले पाचन प्रक्रिया सुचारु राख्न सहयोग गर्छ । जसका लागि विभिन्न प्रकारका तरकारी जस्तै हरियो सागसब्जी, कन्दमूल तथा जरे तरकारी, कोसेबाली तरकारी, फल तरकारीको उपभोग गर्नुपर्छ । यस्तैगरी धनियाँ, लसुन, अदुवा, खुर्सानी, पुदिना, मेथी, रायो, प्याज आदि तरकारीमा पनि मानवजीवनलाई स्वस्थ राख्नका लागि आवश्यक अनेक तŒव हुन्छन् ।
कौसीमा गरिने विषादीरहित तरकारी बालीमा विभिन्न किसिमका पौष्टिक तŒव दिने खालका बालीनाली हुनुपर्छ । यस्ता तरकारी सेवनबाट हामी कुपोषणबाट टाढा रहनुका साथै सूक्ष्म विषको असरबाट समेत बच्न सकिन्छ । त्यस्तैगरी उपत्यकाको बढ्दो सहरी जनसंख्यासँगै तरकारीको माग पनि बढ्दो छ । उपत्यकामा दैनिक १ हजार टन तरकारी तथा फलफूल खपत हुने गरेको छ । हाल उपत्यका कालीमाटी तरकारी तथा फलफूल बजारले दैनिक ५ सय देखि ६ सय टनसम्म तरकारी तथा फलफूल आपूर्ति गरिरहेको छ । वर्षौंदेखि सञ्चालनमा आएको कालीमाटी तरकारी बजार समितिले धादिङ, काभ्रेपलान्चोकलगायतबाट बढी मात्रामा तरकारी भिœयाउने गरेको छ । कालीमाटीले उपत्यकाको करिब ७० प्रतिशत बजार ओगटेको छ । उक्त बजार समितिको भनाइअनुसार मागअनुसार पूर्ति गर्न सकेको छैन । नेपालका विभिन्न जिल्लामा तरकारी तथा फलफूल कृषकले आफ्नो उत्पादन बजारसम्म पु¥याउन सकेका छैनन् । तरकारी छिटो बिक्री गर्नुपर्ने वस्तु हो तर सहर पु¥याउन समस्या भएकाले कतिपय कुहिएर बिग्रने गरेको कृषकहरू गुनासो गर्छन् ।
यस्तो अवस्थामा सहरी तरकारीको आवश्यकता पूरा गर्नका लागि कौसी खेती उपयुक्त विधि हुन सक्छ, जसबाट केही आयआर्जन गर्नसमेत सकिन्छ ।

Source : http://np.karobardaily.com/2015/01/42846/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s