सुन्तलाजातको खेतीमा बढ्दो सम्भावना – 710929

विश्वनाथ खरेल, नेपालको राष्ट्रिय अर्थतन्त्रमा सेवाक्षेत्रको योगदान स्पष्ट देखा परे पनि कृषिक्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा एक तिहाइभन्दा बढी नै रहेको छ । आर्थिक वर्ष २०६९÷०७०मा कुल गार्हस्थ उत्पादनमा कृषिक्षेत्रको योगदान ३४ दशमलव सात प्रतिशत रहेको अनुमान छ । विगत दश वर्षको कुल गार्हस्थ उत्पादनमा कृषिक्षेत्रको योगदान घट्दो क्रममा देखिएको भएता पनि करिब दुई तिहाइ जनसंंख्या यसै क्षेत्रमा आयआर्जनका लागि क्रियाशील रहेका र कुल गार्हस्थ उत्पादनमा अझै एक तिहाइको हाराहारीमा योगदान रहेको छ । मुलुकको अर्थतन्त्रको मूल आधार भनेको कृषिक्षेत्र नै हो । यसमा पनि फलफूल खेतीले कुल गार्हस्थ कृषि उत्पादनमा फलफूल तथा मसलाबालीको योगदान सात दशमलव शून्य चार प्रतिशत रहेको अनुमान छ । सुन्तलाजात फलफूलको खेती गर्दा धेरैजसो पाखाबारी, भिरालो र कान्लाहरुमा बगैँचा स्थापना गरेको पाइन्छ, जहाँ सिँचाइको सुविधा हुने पनि धेरै कम सम्भावना हुन्छ । त्यसकारण सुन्तलाखेतीबारे सरकारले यथेष्ट जनचेतना र शिक्षा प्रदान गर्नु आवश्यक देखिएको छ । मुलुकमा सुन्तलाजात फलफूलखेती मध्यपहाडी भागको आठ सयदेखि १५ सय मिटर उचाइको पाखाबारीमा गरिन्छ । सुन्तलाजात फलफूलखेतीमा सिँचाइ भनेको वर्षा (असार÷साउन) महिनाको पानी मात्र हो । नेपालको हावापानीअनुसार मंसिर महिनादेखि रङ्ग चढ्न थाली माघ÷फागुनभित्र फल टिपिसकिन्छ । फल टिपिसकेपछि अर्को वर्षको राम्रो उत्पादनको लागि मलजल गर्नुपर्ने हुन्छ ।

सामान्य चलनचल्तीअनुसार सुन्तलाजात फलफूल बगैँचामा माघ÷फागुनमा मल दिने गरिन्छ । तर मल दिने समयमा बगैँचा सुख्खा भई बिरुवाको वरिपरि खन्दा पनि बुङबुङ धूलो उड्ने गर्छ । यस्तो माटोको अवस्थामा रासायनिक मल दिएर पनि बिरुवाले लिनसक्ने अवस्था हुँदैन । जबसम्म सिँचाइ गरिँदैन प्राङ्गारिक मल दिँदा पनि बिरुवाको वरिपरि खन्दा माटोमा भएको चिस्यान उडेर नजाओस् भन्नको लागि बिरुवाको वरिपरि खनिसक्नेबित्तिकै प्राङ्गारिक मल दिई ‘मल्चिङ’ गर्नुपर्छ वा एकपल्ट पानी परेपछि वा सिँचाइ दिएर मात्र प्राङ्गारिक÷रासायनिक मल दिएमा मात्र बिरुवाले मल लिनसक्ने अवस्था हुन्छ । सुन्तलाजात फलफूल बगैंचा ह्रासबाट जोगाई बढी आर्थिक लाभ लिने हो भने बगैंचाको वार्षिक कार्यतालिकाअनुसार सम्पूर्ण कार्य गर्न आवश्यक हुन्छ । ठाउँअनुसार पुस/माघ महिनाको अन्त्यसम्ममा सम्पूर्ण फलहरु टिपिसकेर आवश्यकताअनुसार बिरुवाको काँटछाँट गर्नुपर्ने हुन्छ । तर पतफड फलफूल बिरुवाको जस्तो धेरै काँटछाँट गर्नुपर्दैन । रोग तथा किरा लागेको, सुकेको, ऐँजेरु पलाएको हाँगाहरु र तल फेदबाट पलाएको चोर हाँगाहरु साथै बिरुवाको बेला–बेलामा हेर्नुपर्ने हुन्छ ।

राष्ट्रिय सुन्तलाजात बाली विकास कार्यक्रम, कीर्तिपुरको वार्षिक प्रगति प्रतिवदेन, आर्थिक वर्ष २०६४÷०६५ अनुसार सुन्तलाजात फलफूलले ढाकेको क्षेत्रफल करिब २७ हजार २२ दशमलव दुई हेक्टर, उत्पादनशील क्षेत्रफल करिब १५ हजार दुई सय छ हेक्टर रहेको छ । त्यसबाट उत्पादन एक लाख ६४ हजार दुई सय २२ दशमलव ३६ मे.टन छ भने उत्पादकत्व १० दशमलव आठ मे.टन प्रतिहेक्टर रहेको अनुमान गरिएको छ । यसको साथसाथै वार्षिक १५ सय हेक्टरमा सुन्तलाजात फलफूलको क्षेत्र विस्तार हुने गर्दछ । तर वार्षिक रुपमा सुन्तलाजात फलफूल बगैंचाको कति हेक्टर ह्रास हुँदै जाँदै छ भन्ने एकीन तथ्याङ्क भने कतै उल्लेख गरिएको पाइँदैन । मुलुकको सबै भौगोलिक क्षेत्रको अवलोकन गर्दा खेती तराई, पहाड र हिमाली क्षेत्रमा उपयुक्त जलवायु भएको ठाउँमा सुन्तलाखेती हुने गरेको पाइन्छ । सानाखाले कृषकहरुको लागि थोरै पुँजीमा खेती गर्न सकिने यो व्यवसाय केही वर्षयता आएर निकै नै मौलाएको छ । स्वदेशमा नै सुन्तलाको बढ्दो क्षेत्रविस्तार हुनथालेपछि छिमेकी मुलुकहरुबाट मुलुकमा सुन्तला आयात नगर्ने रुपमा मात्र आयात गरेको पाइन्छ । स्वदेशमा नै प्रशस्त सुन्तलाको उत्पादन हुने भएकोले जस्तो उदाहरणको लागि केही वर्ष अघिसम्म जिल्लाबाहिरबाट सुन्तला ल्याएर बिक्री गर्ने दोलखाका व्यापारीको माग अहिले स्थानीय किसानले पूरा गर्दै आएका छन् । दोलखाका सुन्तला चरिकोट, तामाकोशी फलफूल बजार, जिरीलगायत बजारबाहेक छिमेकी जिल्ला र राजधानीसम्म पु¥याइने गरेको छ । यसरी सुन्तलाबाट प्रशस्त आम्दानी हुनथालेपछि जिल्लाका अन्य गाविसका किसान पनि व्यावसायिक सुन्तलाखेतीतर्फ आकर्षित भएका छन् ।

देशमा विभिन्न क्षेत्रहरुमा रहेको बागबानी फार्महरु तथा तिनका प्रभावक्षेत्रहरुमा बागबानीजन्य जर्मप्लाज्म संकलन संरक्षण तथा अनुसन्धानबाट सिफारिस भएका उन्नत स्रोत सामग्रीहरुको सम्वद्र्धन गरी स्थानीय बीजवृद्धिकर्ताहरु÷उद्यमीहरु तथा कृषकहरुको लागि स्रोत सामग्री एवं प्राविधिक सेवा पु-याई बागबानी क्षेत्रको विकास गराउने दृष्टिबाट बागबानी विकास कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस कार्यक्रमका मुख्य क्रियाकलापहरुमा फलफूल, तरकारी तथा आलंकारिक बिरुवा÷बीउ÷बेर्ना उत्पादन तथा बिक्रीवितरण, फलफूल बगैंचा व्यवस्थापन तथा स्याहारसम्भार, फलफूल, तरकारी तथा आलंकारिक बिरुवाका जातीय जर्मप्लाज्म संकलन तथा सम्वद्र्धन, उन्नत खेती प्रविधि अध्ययन सम्भार, फलफूल, तरकारी तथा आलंकारिक बिरुवाका जातिय जर्मप्लाज्म संकलन तथा सम्वद्र्धन, उन्नत खेती प्रविधि अध्ययन, परीक्षण तथा प्रदर्शन, प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन, प्राविधिक अनुगमन, निरीक्षण, स्थलगत तालिम, प्राविधिक सामग्री प्रकाशन तथा वितरण आदि रहेका छन् ।

अन्त्यमा भन्नुपर्दा सुन्तलाजात फलफूल भन्नाले सुन्तला, जुनार, कागती, निबुवा, भोगटे, मुन्तला र ज्यामिरमा क्रमशः उत्पादन ९ देखि १२, १० देखि १४, ७ देखि ८, ७ देखि ८ , ७ देखि ८, ४ देखि ५ र १२ देखि १५ मेट्रिक टन प्रतिहेक्टर उत्पादन हुने अनुमान गरिएको छ । कुल फलफूलखेतीमा आर्थिक वर्ष २०६८÷०६९ मा १० लाख २९ हजार सात सय ५४ मेट्रिक टनबाट घटी आर्थिक वर्ष २०६९÷०७० मा नौ लाख ३८ हजार सात सय ३१ मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । यसैगरी, यसको क्षेत्रफलसमेत सामान्य वृद्धि भई एक लाख एक हजार दुई सय ३३ हेक्टरबाट एक लाख एक हजार चार सय ८० हेक्टर पुग्ने अनुमान छ । यसमा व्यावसायिक केराखेती बढ्दै गएको र सुन्तलाको उत्पादनमा व्यापक वृद्धि भएको कारणले पनि कुल फलफूल उत्पादन बढ्ने अनुमान छ । यो वर्ष सुन्तलाजात लगायत अन्य फलफूलको उत्पादन भने केही घट्नगएको अनुमान सम्बन्धित क्षेत्रका विज्ञहरुको रहेको छ भने अर्कोतिर क्षेत्रफलमा भने केही वृद्धि भएको देखिन्छ । जसमा बजारमा सुन्तलाको बढ्दो मागको कारणले गर्दा सुन्तलाको मूल्य भने घटेको पाइएको छैन तर यसको मूल्य वृद्धि नै भएर गएको छ । मुलुकसँग सिमाना जोडिएको कतिपय भारतीय व्यापारीहरुले घर–घरमा आएर सुन्तला किनेर लगेको पाइएको छ । सीमाक्षेत्रहरुमा समेत नेपाली सुन्तला खरिद गरी भारतीय बजारमा बिक्रीवितरणको लागि गएको सम्बन्धित क्षेत्रले बताएको छ । हाल बजारको खुद्रा सुन्तलाको भाउ प्रतिकिलो ६० देखि सय रुपियाँसम्म पर्ने गरेको छ ।
अहिले आएर नेपाली बजारमा सुन्तलाको प्रशस्त माग भएको कारणले गर्दा यो मागलाई यहाँको उत्पादनले भरथेग गर्न नसकेको कारणले गर्दा पनि मूल्यमा कमी नभएको सम्बन्धित क्षेत्रका अधिकारीहरुको भनाइ पाइन्छ । हाम्रोजस्तो पहाडी मुलुकमा यस व्यवसायको बढी महत्व रहेको छ । यस्ता किसिमका विकासशील देशहरुको लागि यो व्यवसाय ज्यादै नै उपयुक्त भएको सम्बन्धित क्षेत्रमा कार्यरत किसानहरुको भनाइ पाइन्छ । सुन्तलाखेतीको विकास तथा विस्तारको लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक सहयोग जुटाउने कार्यमा कृषि मन्त्रालय लगायतका विभिन्न निकायहरुले बेलैमा विचार पु¥याइदिने हो भने यस क्षेत्रमा लाग्ने किसानहरुको जीवनस्तर उकास्नको लागि यो व्यवसायले निकै नै मद्दत पु¥याउने कुरामा कसैको पनि दुई मत नहोला ।

सरकारले बैलैमा ध्यान दिने हो भने छिट्टै यस व्यवसायबाट सानाखालका किसानहरुलाई निकै नै आर्थिक लाभ हुने कुरा सम्बन्धित क्षेत्रका विशेषज्ञहरुले औँल्याएका छन् । यो हाम्रो देशको हावापानी सुहाउँदो खालका फलफूलहरु विभिन्न स्थानअनुसारको हुने गरेको पाइन्छ । यसको उत्पादन बढाउन उपयुक्त हावापानी, माटोको आधारमा पकेटक्षेत्र निर्माण गरी उक्त ठाउँमा खेती गर्नुपर्दछ । जसको लागि अनुसन्धान गर्नु अति आवश्यक पनि देखिन्छ । फलफूलको फुल्ने, फल्ने बाली, रोग र किरा, अन्य सम्भाव्य समस्या पहिचान र समाधानको लागि पनि अनुसन्धान गर्नु जरुरी छ । बीउबाट उम्रेको बिरुवाहरुमा भाले, पोथी छुट्याउन केही आधारहरु निर्माण गरिएता पनि यसमा अझै अनुसन्धान गरेपछि मात्र ढुक्क हुने स्थिति छ । देशमा फलफूलखेतीको महत्व अझ दिनप्रतिदिन बढ्दै गएको पाइएको छ । भिरालो, कमसल, पाखो जग्गामा समेत यसको खेती गर्न सकिने हुँदा फलफूलको खेतीमा बढी फाइदा लिन सकिने हुन्छ । मुलुकमा हाल विदेशी फलफूल बढी मात्रामा आयात गर्नुपर्ने स्थितिलाई रोक्ने हो भने स्वदेशमा नै बढी मात्रामा यसको खेतीको विस्तार गर्नुपर्ने हुन्छ । जसले गर्दा विदेशी मुद्रा आर्जन गर्ने प्रशस्त सम्भावना रहेको हुँदा यस खेतीको महत्व दिनहँु बढ्दै गएको छ ।

Source : http://www.aarthikdainik.com.np/news_details/12224/-.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s