कृषि विकासमा तरकारी र माछाको सम्भावना बढ्दो

विश्वनाथ खरेल ,


नेपालको कुल क्षेत्रफल एक करोड ४७ लाख १८ हजार एक सय हेक्टरमध्ये खेतीयोग्य भूमि २१ प्रतिशत अर्थात् ३० लाख ९१ हजार हेक्टर भूमिमा मात्र खेतीपाती हुन्छ । यसमा पनि हिमाली क्षेत्रमा देशको कुल क्षेत्रफलको ३५ प्रतिशत अर्थात् ५१ लाख ८१ हजार सात सय, पहाडी भागमा ४२ प्रतिशत अर्थात् ६१ लाख ३४ हजार पाँच सय र तराई भागमा २३ प्रतिशत अर्थात् ३४ लाख एक हजार नौ सय हेक्टर पर्दछ । यसर्थ खेतीयोग्य भूमिको ३४ दशमलव ५३ प्रतिशत अर्थात् १० लाख ६७ हजार तीन सय २३ हेक्टरमा सिञ्चित अवस्थाको स्वरुप हुँदाहुँदै पनि ६५ दशमलव सात प्रतिशतभन्दा बढी मानिसहरु कृषि पेसामा लागेका छन् । यसमा राष्ट्रिय आयको ३५ प्रतिशत अंश प्राप्त हुन्छ भने कृषि एवं वन क्षेत्रबाट विदेशी व्यापारको ८० प्रतिशत अंश ओगट्नुले नै एकातर्फ कृषिको विकासमा नै देशको विकासको विकल्पको रूपमा खडा भएको देखापर्छ भने अर्कोतर्फ प्रतिव्यक्ति सरदर आय केवल चार सय ७० अमेरिकी डलर र ३१ प्रतिशतभन्दा बढी जनसंख्या निरपेक्ष गरिबीको रेखामुनि रहेको अवस्थाले कृषिको पछौटेपनको बोध स्वतः हुन जान्छ । जसले गर्दा कृषिमा आधुनिकीकरण तथा विविधीकरणको आवश्यकता पनि टड्कारो रूपमा देखिन्छ । कृषिलाई विविधीकरण गरी व्यवसायीकरणमा रुपान्तरण गर्दै खाद्य सुरक्षाको सुनिश्चितता र गरिबी न्यूनीकरणमा योगदान गर्नु कृषिको मुख्य उद्देश्य रहेको छ । यसरी सर्वाङ्गीण विकासमा कृषि क्षेत्र अझै पनि देशको आर्थिक मेरुदण्डको रुपमा रहेको कुरा आवधिक योजनाहरुमा यस क्षेत्रको विकासको निम्ति दिइएको महत्वबाट स्पष्ट हुन्छ ।

देशको अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भएको हुँदा कृषि विकासबिना बहुसंख्यक जनताको जीवनस्तर उठ्न नसक्ने वास्तविकतालाई ध्यानमा राखी कृषिको विविध कार्यक्रमहरु कृषकसमक्ष ल्याई कार्यान्वयन गर्दै आइरहेको छ । सीमित स्रोतसाधनको वैज्ञानिक उपयोग गर्दै उपजको उत्पादन र उत्पादकत्व वृद्धिका साथै कृषकको आय आर्जनमा वृद्धि भई गरिबी न्यूनीकरणमा योगदान पुग्नु नै कार्यक्रम कार्यान्वयनको सफलता मान्न सकिन्छ । तसर्थ आर्थिक वर्ष २०६६÷०६७ को कुल ग्रार्हस्थ कृषि उत्पादनमा विभिन्न बालीहरुको योगदान खाद्यान्न तथा अन्य बाली ४४ दशमलव ४९, तरकारी तथा नर्सरी नौ दशमलव ७१, पशुपालन आठ दशमलव शून्य सात, वन आठ दशमलव शून्य सात र फलफूल तथा मसलाबाली सात दशमलव शून्य चार प्रतिशत रहेको अनुमान छ । हाल करिब ७६ प्रतिशत तरकारी उत्पादन हुन थालेको छ । यसबाट कृषकहरुको तरकारी खेतीतर्फको आकर्षण बढेको प्रष्ट हुन्छ । अन्नबालीको तुलनामा तरकारी छोटो समयमा नै उत्पादन हुने, बजारमा तुरुन्तै बिक्री हुने र फाइदा पनि धेरै हुने भएकाले यस खेतीतर्फ कृषकहरुको ध्यान जान थालेको हो । कृषि मन्त्रालयको तथ्यांकअनुसार वर्षेनी करिब ४५ अर्ब रुपैयाँबराबरको तरकारी, माछामासु र फलफूल काठमाडौं उपत्यकालगायत सहरमा आयात भइरहेको छ । आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०६८÷०६९ मा नेपालमै दुई लाख ५५ हजार पाँच सय हेक्टर जमिनमा तरकारी उत्पादन भइरहेको छ । यो अघिल्लो वर्षको तुलनामा तरकारी तथा फलफूल लगाइएको क्षेत्रफल झन्डै तीन दशमलव पाँच प्रतिशतले बढी हो । कृषि क्षेत्रमा विभिन्न वाणिज्य बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा करिब २० अर्ब रुपैयाँ रहेको अनुमान छ । उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न केन्द्रीय बैंकले वित्तीय संस्थाहरुलाई निर्देशनसमेत दिएको छ ।

आर्थिक वर्ष २०६८÷०६९ मा नेपालमै ३४ लाख मेट्रिक टन तरकारीजन्य उत्पादन भएको मन्त्रालयले जनाएको छ । गत वर्षको तुलनामा यो छ प्रतिशतले बढी भएको मन्त्रालयले जनाएको छ । त्यस्तै गरी मुलुकको सबैभन्दा ठूलो थोक बजार कालीमाटी तरकारी बजारबाट दैनिक एक करोड मूल्यबराबरको कारोबार हुने गरेको सम्बन्धित क्षेत्रले बताएको छ । त्यसैगरी कालीमाटी बजारबाट मात्रै वार्षिक तीनदेखि पाँच अर्ब रुपैयाँसम्मको तरकारी कारोबार हुने गरेको समितिले बताएको छ । देशमा अहिले झन्डै ३० देखि ३२ लाख मेट्रिक टनभन्दा बढी तरकारी उत्पादन हुने अनुमान गरिएको छ । यसमध्ये करिब दुई लाख मेट्रिक टन कालीमाटी तरकारी बजारबाट नै कारोबार हुने गरेको छ । आजभन्दा करिब २० वर्षपहिले दुई तिहाइ तरकारी भारतबाट आयात हुने गरेको थियो । हाल आएर २५–३० प्रतिशत मात्र विभिन्न देशहरुबाट आउने गरेको समितिले जनाएको छ । यसमा भारत र भुटानबाट आलु, चीनबाट लसुन, प्याज र केही परिमाणमा अदुवा पनि आयात हुन्छ । राजधानीमा खपत हुने तरकारीको १० प्रतिशत उत्पादन भने उपत्यकामा नै हुने गरेको छ । उपत्यकामा खपत हुने तरकारीको उत्पादन विशेष गरी भक्तपुर र ललितपुरमा हुने गर्दछ । यहाँ हरियो सागपातका साथै गाँजर, प्याज, काउली, बन्दा, रातोसेतो मुला, लसुनलगायत तरकारी उत्पादन हुने गरेको छ । खेतीयोग्य जमिन घट्दै गएको कारण तरकारी उत्पादनमा निकै प्रभाव परेको बताइएको छ । हरियो सागपात बाहिरबाट ल्याउन असम्भव भएकाले यस्ता तरकारीका लागि उपत्यकाकै उत्पादनमा भर पर्नु परेको छ । स्वदेशी उत्पादनले काठमाडौं लगायत सहरमा तरकारीको माग धान्न नसकेपछि भारतबाट पनि तरकारी आयात गर्ने गरिएको छ ।

Source :http://www.aarthikdainik.com.np/news_details/12118/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s