सार्कः ढाकादेखि काठमाडौं – 710811

bishwonath-kharel(विश्वनाथ खरेल ) सार्कको सर्वप्रथम शिखर सम् मेलन बंगलादेशको राजधानी ढाकामा सन् १९८५ डिसेम्बर ७ र ८ मा सम्पन्न भएको थियो। उक्त शिखर सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन राजा वीरेन्द्रले भाग लिएका थिए। पहिलो सम्मेलनले सार्कको विधिवत् स्थापना, सार्कबडापत्रको अनुमोदनका साथै दुईपक्षीय विवाद नउठाउने सहमतिका साथै दोस्रो सार्क शिखर सम्मेलन भारतको बेङ्लोरमा गर्ने निर्णय भएको थियो। त्यसपछि सार्कको दोस्रो शिखर सम्मेलन भारतको बेङ्लोरमा सन् १९८६ नोभेम्बर १६ र १७ मा भएको थियो भने नेपालको तर्फबाट राजा वीरेन्द्रले नै प्रतिनिधित्व गरेका थिए। सार्क सचिवालय नेपालको काठमाडौँमा राख्ने र अंग्रेजी अल्फाबेटको आधारमा हरेक सार्क राष्ट्रबाट महासचिव नियुक्त गर्ने निर्णय यस सम्मेलनमा भएको थियो।
सार्कको तेस्रो शिखर सम्मेलन नेपालको राजधानी काठमाडौँमा तत्कालीन राजा वीरेन्द्रको सहभागितामा सन् १९८७ नोभेम्बर २ देखि नोभेम्बर ४ सम्म भएको थियो। त्यस तेस्रो सार्क शिखर सम्मेलनले सार्क सञ्चय भण्डार स्थापना गर्ने, आतंकवादलाई दमन गर्ने, क्षेत्रीय महासन्धिमा हस्ताक्षर गर्ने, ढाका र नयाँ दिल्लीमा व्रmमशः सार्क कृषि सूचना शाखा र जलवायु विज्ञान शाखा स्थापना गर्ने निर्णय गरेको थियो। सार्कको चौथो शिखर सम्मेलन पाकिस्तानको राजधानी इस्लामावादमा नेपलका राजा वीरेन्द्रले प्रतिनिधित्व गर्दै सन् १९८८ डिसेम्बर २९ देखि डिसेम्बर ३१ सम्म चलेर सम्पन्न भएको थियो। त्यसरी नै पाँचौँ सार्क शिखर सम्मेलन माल्दिभ्सको राजधानी मालेमा नेपालका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रतिनिधित्व गर्दै सन् १९९० नोभेम्बर २१ देखि नोभेम्बर २३ मा सम्पन्न भएको थियो। यस शिखर सम्मेलनले सन् १९९१ लाई सार्क आवास वर्ष, सन् १९९२ लाई सार्क वातावरण वर्ष र सन् १९९३ लाई सार्क अपाङ्ग वर्ष, सन् १९९१ देखि सन् २०११ सम्मलाई सार्क बालिका दशकको रूपमा मनाउने निर्णय गरेको थियो।
सार्कको छैटौँ शिखर सम्मेलन सन् १९९१ को डिसेम्बर २१ मा श्रीलंकाको राजधानी कोलम्बोमा भएको थियो। यस छैटौँ सार्क शिखर सम्मेलनले दक्षिण एसियाका आमजनताको शत्रुको रुपमा रहेको गरिबी उन्मूलन गर्ने उद्देश्यले दक्षिण एसियाली गरिबी उन्मूलन आयोग गठन गर्ने घोषणापत्र जारी गर्दै सन् २०११ सम्ममा सबैका लागि विश्वव्यापी आवास व्यवस्था गर्ने, वातावरणीय शुद्धता कायम गर्ने उद्देश्यले वातावरण समिति गठन गरी जैविक प्रविधिको क्षेत्रमा संस्थागत सहयोग बढाउने निर्णय गरेको थियो।
यसै गरी सातौँ सार्क शिखर सम्मेलन सन् १९९३, अप्रिल १० र ११ मा बंगलादेशको राजधानी ढाकामा नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सहभागितामा सम्पन्न भएको थियो। सार्कको आठौँ शिखर सम्मेलन सन् १९९५, मे महिनाको २ देखि ४ तारिखमा नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको उपस्थितिमा भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न भएको थियो। यस आठौँ शिखर सम्मेलनमा सन् १९९६ लाई सार्क साक्षरता वर्षको रूपमा मनाउने, सन् १९९५ लाई सार्क गरिबी उन्मूलन वर्षको रुपमा मनाउनेजस्ता महत्वपूर्ण निर्णयहरू भएका थिए।
सन् १९९७ को मे १२ देखि १४ सम्म सार्कको नवौँ शिखर सम्मेलन माल्दिभ्सको राजधानी शहर मालेमा सम्पन्न भएको थियो। नेपालको तर्फबाट तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपस्थिति रहेको सो सम्मेलनले दक्षिण एसियाली सौविध्य व्यापार सम्झौताका लागि तेस्रो चरणको वार्ता गर्ने सहमतिका साथै ऐतिहासिक भारत र पाकिस्तान वार्ता सन् २०११ सम्ममा दक्षिण एसियाली मुलुकमा विविध व्यापार क्षेत्रसम्बन्धीको अवधारणामा जोड दिँदै सार्क सदस्य राष्ट्रहरूबीच लगानी संरक्षण र औद्योगिक तथा व्यापारिक सुविधा वृद्धिका लागि विशेष कार्य गर्ने सहमति गर्दै सार्क मुलुकहरूबीच प्रत्यक्ष हवाई सम्पर्क कायम गर्ने प्रतिबद्धत्ता र सार्कका महासचिवको पदावधि थप नहुने गरी ३ वर्षका लागि कायम गर्नेजस्ता निर्णयहरू भएका थिए।
सार्कको नवौँ शिखर सम्मेलन सम्पन्न भएको एक वर्षपछि नै श्रीलंकाको राजधानी कोलम्बोमा सन् १९९८ को जुलाई २९–३१ मा नेपालको प्रतिनिधित्व तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट हुँदै दक्षिण एसियाली सौविध्यप्राप्त व्यापार (साप्टा)लाई दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साप्टा) मा परिणत गर्नेजस्ता महत्वपूर्ण निर्णयहरूका साथ सम्पन्न भएको थियो भने सार्कको एघारौँ शिखर सम्मेलन नेपालको काठमाडौँमा सन् २००२ को जनवरी ४–६ मा विविध निर्णयहरूका साथ नेपालका तर्फबाट शेरबहादुर देउवाले प्रतिनिधित्व गर्दै सम्पन्न भएको थियो।
यसै गरी सार्कको बाह्रौँ शिखर सम्मेलन सन् २००४ को जनवरी ४–६ मा पाकिस्तानको राजधानी इस्लामावादमा भएको थियो। यस सम्मेलनमा नेपालको प्रतिनिधित्व सूर्यबहादुर थापाले गर्नुभएको थियो। बाह्रौं सार्क सम्मेलनको एक वर्षपछि बंगलादेशको ढाकामा नोभेम्बर १२–१३, सन् २००५ मा सार्कको तेह्रौँ शिखर सम्मेलन भएको थियो। सन् २००७ को अप्रिल ३–४ मा चौधौँ शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा भएको थियो। यस सम्मेलनबाट सार्कका सात राष्ट्रमा अफगानिस्तान पनि थपिएर आठ वटा राष्ट्र बन्न पुगेका थिए। त्यसै गरी सार्कको १५औँ शिखर सम्मेलन श्रीलंकाको कोलम्बोमा भयो। यो सन् २००८ को अगस्ट १ देखि ३ तारिखसम्म सञ्चालन भयो। यसमा नेपालबाट गिरिजाप्रसादकै सहभागिता थियो। सन् २०१० को अप्रिल २८–२९ मा भएको सोह्रौँ सार्क शिखर सम्मेलनमा नेपालका तर्फबाट प्रम माधवकुमार नेपालको सहभागिता थियो। त्यसै गरी सार्कको १७ औँ शिखर सम्मेलन माल्दिभ्सको अड्डु एटोलमा भएको थियो। यो शिखर सम्मेलन सन् २०११ नोभेम्बर १० देखि ११ तारिखसम्म सञ्चालन भएको थियो। यस सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले भाग लिनुभएको थियो।
सार्क राष्ट्रहरूको अठाह्रौं शिखर सम्मेलन नेपालको राजधानी काठमाडौँमा सन् २०१४ नोभेम्बर २६ र २७ अर्थात् हिजो मंसिर १० र आज ११ गते सम्पन्न भइरहेको छ। यस सम्मेलनका लागि नेपालले हुनेसम्मका सबै कुरा तयारी गरी समापन गर्दै छ। तर अबका सम्मेलनहरूमा दुई पक्षीय विवादका विषयमा समेत कुरा उठाइनु र समस्याको दिगो समाधानको पहल गरिनु सार्क शिखर सम्मेलनको उपलब्धि हुनुपर्ने आवश्यकता टड्कारोरुपमा देखिन्छ।

Source : http://www.newsofnepal.com/new/bichar/2014/11/76677

Published Date: November 27, 2014

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s