गढीमाई मेलामा मानव सागर, आज पशुबलि (फोटोफिचर)

दिवाकर भण्डारी|२०७१ मङ्शिर १२ शुक्रबार

(बरियारपुर) बारा: आस्थाकी देबीको रुपमा रहेको बाराको गढीमाई मन्दिरको पुजा र दर्शनमा मानव सागर ओर्लिएको छ। बलिको अघिल्लो दिन बिहिवार मात्रै १० लाख भन्दा बढी भक्तजनले मन्दिरमा पुजा र दर्शन गरेका छन्। बिहानैदेखी खुल्ला गरिएको मन्दिरमा दर्शन र पुजा गर्न आउनेको भीड् रातीसम्मनै लागेको थियो। मेला ब्यवस्थापन समितिले हालसम्म ३० लाख भन्दा बढी भक्तजनले मन्दिरको दर्शन र पुजा गरेको जानकारी दिएको छ । बलिको अघिल्लो दिन भएकाले पनि बरियापुर क्षेत्रमा भक्तजनको भिड् बढेको समितिका सचिव मोतिलाल कुशवाहाले बताएका छन्।
मन्दिर दर्शन गर्नका लागि सात किलोमिटर पर रहेको सदरमुकाम कलैयादेखी नै दर्शनार्थीको भिड् लागेको छ । भक्तजनको भिड् बढेपछि मन्दिरदेखी करिब चार किलोमिटर भित्र सवारी प्रवेशमा रोक लगाइएको छ। सवारी ब्यवस्थापनमा  ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वयसेवक बाक्लो संख्यामा खटिएका छन् । छिमेकी मुलुक भारतबाट पनि बाक्लो संख्यामा भक्तजनहरु मन्दिरमा पुजा गर्नका लागि भिड् छिचोल्दै भित्रिएका छन् । सिमामा रहेको मटिअर्वा, कवहीगोठ, सिम्रौनगढलगायतका स्थानमा रहेको नाकाबाट भक्तजनहरु मेलामा आईपुगेको समितिको जनाएको छ।
 
मन्दिर क्षेत्रको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरि एक हजार चार सय सुरक्षाकर्मी खटिएका छन्। जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक रबिन्द्र रेग्मीले भक्तजनले सुरक्षित भएर दर्शन गर्न पाउने गरि सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए। सुरक्षाकर्मीले मेला क्षेत्रलाई घेरेर सुरक्षा प्रदान गरिरहेका छन् ।
बलिका लागि बिहिवार साझ सम्म छ हजार भन्दा बढी रांगा र पाडा बधस्थल भित्र राखिएको समितिका सचिव कुशवाहाले जानकारी दिएका छन् । बरियारपुरका स्थानिय बासिन्दाबाहेक अन्य क्षेत्रबाट बलिका लागि बधस्थल भित्र राखिएका रांगा र पाडाको तथ्यांक मात्र आफुले पाएकाले संख्या अझ बढ्न सक्ने कुशवाहाको भनाई छ। ‘बाहिरबाट ल्याइएका रांगा र पाडाको मात्र हामिले तथ्यांक राखेका छौ’ कुशवाहाले भने ‘स्थानियलाई निशुल्क प्रवेश गराइएकाले करिब १० हजार पुग्न सक्ने देखेका छौ ।’
समितिले बरियारपुर क्षेत्रभन्दा बाहिरबाट ल्याइएका रांगालाई बधस्थल प्रवेश गराउनका लागि एक सय रुपैयाको रसिद काट्ने ब्यवस्था गरेको छ । समितिले पाच सय भन्दा बढी स्वयंसेवक रांगा तथा पाडा ब्यवस्थापनका लागि खटाएको छ । रांगा तथा पाडा ब्यवस्थापनका लागि खटिएका प्रति ब्यक्तिले दैनिक पाच सय रुपैया पाउने समेत समितिको भनाई छ ।
 
बलिका लागि समितिले मार हान्न तीन सय ५० जना मारक नियुक्त गरेको छ। नेपाली नागरिकताको आधारमा नियक्त गरिएका मारकले शुक्रवार बिहान पञ्चबलि दिएपछि बधस्थल भएर रांगाको बलि दिनेछन् । समितिले यसपटक बलि चढेका रांगा र पाडाको एक करोड ६० लाख १० हजारमा टेण्डर लगाएको छ । टेण्डर सकारेका ठेकेदार बलि सकिएलगत्तै रांगा तथा पाडा उठाउन सुरु गर्ने समितिका सचिव कुशवाहाले जानकारी दिए।
समितिले मेलाको अवलोकनका लागि यस पटक हेलिकप्टरको ब्यवस्था गरेको छ। मन्दिर दर्शन गर्न
आएका दर्शनार्थीले पाच हजार तिरेर हेलिकप्टर चढी मेलाको अवलोकन आकाशबाट गर्न सक्नेछन्। सुरक्षाका लागि पनि सोही हेलिकप्टर चढेर अवलोकन गरिरहेको छ ।
Source
मन्दिर क्षेत्रमा एक हजार भन्दा बढी स्टल राखिएका छन्। स्टलका लागि समितिले जमिन समेत टेण्डर लगाएको थियो । मेलामा हालसम्म करिब ४० करोडको कारोबार भएको समितिका अध्यक्ष रामचन्द्र साहले जानकारी दिए।
 
जिल्ला कृषि बिकास कार्यलयले मेला क्षेत्रमा कृषि मेला आयोजना गरेको छ। युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले उद्घाटन गरेको कृषी मेलामा दैनिक हजारौको संख्यामा रहेका दर्शनार्थीले अवलोकन गर्ने गरेको कार्यलय प्रमुख जितेन्द्र यादवले जानकारी दिए।
Source : http://www.annapurnapost.com/News.aspx/story/3182
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s