काठमाडौं–दिल्ली बस सेवाको स्वागत

काठमाडौं–दिल्ली बस सेवाको स्वागत

मनोरञ्जन शर्मा
भैरहवा, १० मंसिर- सरकारीस्तरमा सुरु भएको काठमाडांै दिल्ली सार्वजनिक यातायात बस सेवाअन्तर्गत दिल्लीबाट काठमाडौंका लागि आएको यात्रुबाहक बसलाई बुधबार बिहान सीमानाका बेलहिया र भारतको सुनौलीमा हार्दिकतापूर्वक स्वागत गरिएको छ ।
डीएल १ पीडी ०७८६ नम्बरको बस ४४ यात्रुसहित मध्यान्न करिब पौने १२ बजे सीमानाकामा भारतीय एसएसबी प्रहरीको स्कर्टिङमा आएको थियो । उक्त बसका यात्रुलाई सीमामा रहेको एसएसबीका उच्च अधिकारीले फूलमालासहित स्वागत गरेका थिए ।
नेपाल प्रवेश गर्दा बेलहियामा सशस्त्र प्रहरी बल भन्सार राजस्व बल डन्डाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक कमल तिमिल्सिना, बेलहिया इलाका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक रबिन, नेपाल–भारत मैत्री समाजका अध्यक्ष शान्तकुमार शर्मा, नेपाल इन्टरमोडल यातायात प्रालि बेलहियाका प्रमुख रवि पारिख, भन्सार कार्यालयका कर्मचारीलगायतले बसका चालकदलका सदस्यसहित ४४ यात्रुलाई माला, खादा लगाई भव्यताका साथ नेपालतर्फ स्वागत गरेका थिए । स्वागतमा सीमानाकाका सयौं बासिन्दा उपस्थित थिए । दिल्लीबाटै सिंगारिएर आएको बसमा २ चालक थिए । यात्रा आरामदायक रहेको यात्रुहरूले प्रतिक्रिया दिएका थिए ।
दिल्लीबाट मंसिर ९ गते  काठमाडांैलाई छुटेको बस बेलहियाबाट दिउँसो १२:२५ बजे प्रहरी स्कर्टिङमा काठमाडौं प्रस्थान गरेको हो । यो बसलाई दिल्लीमा भारत सरकारका यातायातमन्त्री नितिन गडकारीले बिदाइ गरेका थिए । काठमाडौंमा नेपालका प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा यो सेवा शुभारम्भ गरेका थिए । दुवै देशको सरकारी स्तरबाट सेवा सुरु भएको यो पहिलो पटक हो । नेपालबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले र भारतबाट दिल्ली ट्रान्सपोर्ट कर्पोरेसन(डीटीसी)लाई भारत सरकारले स्वीकृत दिएको हो । एकतर्फी भाडादर ३ हजार ६ सय ८० रुपैयाँ रहेको यो बसमा पर्यटकीय यातायातका आधारभूत सेवा छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s