सार्क सौन्दर्य र सकस (फोटो र भिडियोमा)

अन्‍नपूर्ण|२०७१ मङ्शिर ८ सोमबार

फोटो :एसबी गौतम
काठमाडौं: सार्क सम्मेलनका लागि काठमाडौंका केही भागलाई सिंगारेर सुन्दर बनाइए पनि सहरबासीलाई भने सकस भएको छ ।  सोमबारदेखि लागु गरिएको जोरबिजोर प्रणालीका कारण सवारीको संख्या घटेपछि यात्रुहरुलाई समस्या भएको छ।
नयाँं बानेश्वर, पुरानो बसपार्क, रत्नपार्क, चाहविल, गौशाला, काटेश्वर, नयाँं बसपार्कलगायतका मुख्य चोकमा बिहानदेखि नै गाडी कुर्ने यात्रुहरुको भीड देखिन्छ। घन्टौं कुर्दा पनि सवारी नपाएपछि कर्मचारी तथा अन्य यात्रुहरु पैदल हिडेर गन्तव्य पुग्नु परेको छ।
सार्क सम्मेलनमा भाग लिनका लागि सार्क मुलुकका परराष्ट्रमन्त्री तथा अन्य अधिकारीहरु सोमबार नै काठमाडौं आउने भएकोले पनि नियमित सवारी प्रभावित भएको छ।
सोमबार बिहान विशिष्ट अतिथीका सवारीको सुरक्षाका लागि सडकमा पूर्वअभ्यास गरिएकोले पनि सार्वजनिक यातयातमा वाधा पुगेको थियो ।

विमानस्थलदेखि सार्कका विशिष्ट पाहुनाहरु बस्ने सोल्टी होटल र सम्मेलनस्थल राष्ट्रियसभा गृहसम्मको सवारी संचालन र सुरक्षा व्यवस्थाको पूर्वअभ्यास गरिएको थियो ।

विमानस्थलदेखि गौशाला, तीनकुने, नयाँं बानेश्वर, माइतीघर, प्रदर्शनी मार्ग, सोल्टीसम्मको क्षेत्रमा सडक मर्मत तथ सुधार गरेर चिटिक्क बनाइएको छ।

Source : http://annapurnapost.com/News.aspx/story/3009

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s