सार्कका सबै राष्ट्रप्रमुख काठमाडौंमा (फोटोफिचर)

काठमाडौं, मंसिर ९ – सार्क शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरु srilankaमङगलबार राजधानी आइपुगेका छन् । सबभन्दा पहिला बिहान १० बजे श्रीलंकाली राष्ट्रपति महिन्द्रा राजपाक्षे विमानस्थलमा ओर्लिएका थिए । विदेशमन्त्रीका साथ आएका उनलाई उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले स्वागत गरेका थिए ।

हसिँलो चेहराकासाथ आएका उनलाई अवतरणपछि पञ्चकन्या मञ्चमा नेपाली सेनाको टुकडीले गारद सलामी दिएको थियो । त्यहाँ श्रीलंकन र नेपाली राष्ट्रिय धुन नेपाली सेनाले बजाएको थियो ।

त्यसपछि सय मिटर दुरीमा रहेको अतिबिशिष्ट कक्षमा लगिएको थियो । केही समय आराम गरेपछि राजपाक्षे नेपाली सेनाको सुपरपुमा हेलिकप्टरबाट लुम्बिनी लागेका थिए । उनी चढेको हेलिकप्टरलाई नेपाली सेनाको अर्को हेलिकप्टरले हवाईगस्ती गरेर सुरक्षा दिएको थियो ।

उनी लुम्बिनी प्रश्थान गरेको केही समयपछि अफगानस् राष्ट्रपति असरफ घानी काठमाडौंमा अवतरण गरेका थिए । उनलाई अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंहले स्वागत गरे । उनलाई पनि राजपाक्षेलाई स्वागत गरे जसरी गरिएको थियो । सार्क राष्ट्र तथा सरकार प्रमुखहरु केही समयको अन्तरालमा आउने भएपछि उनीहरुलाई स्वागतका लागि बसेका उपप्रधानमन्त्रीद्वय गौतम र सिंह अतिबिशिष्ट व्यक्ति कक्षमा पर्खिदै स्वागत गरेका थिए । स्वागत गरिएका अतिथीहरुलाई भने सुरक्षाकर्मीहरुले स्कर्टिङ गरेर सोल्टी होटल पुर्‍याएका थिए ।  मुख्यसचिव लिलामणी पौडेल पनि साथै थिए ।

अफगानिस्तानपछि भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे बिमानस्थलमा अवतरण गरेका थिए । डुक एयरको नियमित उडानबाट आएका उनलाई उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले स्वागत गरे । त्यसको केहि समयपछि माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन गैयूम काठमाडौं आईपुगेका थिए । उनकी पत्नि पनि साथै थिईन ।

दिउँसो पौने ४ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिमानस्थलमा ओर्लिएका थिए । बिशेष बिमानबाट आएका उनलाई गौतमले नै फुलको गुच्छा दिएर स्वागत गरेका थिए । स्वागत क्रममा सञ्चारकर्मीले फोटो खिच्न खोज्दा भारतबाट नै आएका सुरक्षकर्मीले छेकेपछि मोदी आफैंले त्यहाँ हट्न इशारा गरेका थिए । भारतीय प्रधानमन्त्रीपछि पाकिस्तानी प्रधानमन्त्री नवाब सरिफ आइपुगे । उनलाई प्रकाशमान सिंहले स्वागत गरे । अन्तिममा बंगालादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौं आईपुगिन् । उनलाई प्रकाशमानसिंहले स्वागत  गरेका थिए ।

तस्विरहरु : नरेन्द्र श्रेष्ठ

प्रकाशित मिति: २०७१ मंसिर ९ ०२:४७

Source : http://www.ekantipur.com/np/2071/8/9/full-story/399221.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s