हिमाल पारिको मुस्ताङ(फोटोफिचरसहित)

Mustang on Bullet

काठमाडौ, कार्तिक २३ – हिमाल पारिको जिल्ला मुस्ताङमा बाटो खुलेको धेरै भएको छैन । बाटो असाध्यै अप्ठ्यारो भएको थाहा पाउँदा पाउँदै बुलेट बाइक चढ्नेहरुको समूह ‘नासा बुलेट क्लब’ले मुस्ताङ जाने निर्णय गर्‍यो ।

क्लबको १६ सदस्यीय टोली छठको दिन ‘सेभ द इनर्जी टु सेभ आवर प्लानेट’ भन्ने अभियान लिएर काठमाडौंबाट हुँइकियो । चार रात पाँच दिनको यो यात्राका सबै १६ जना ‘इन्पिmल्डर्स’ थिए । हाम्रो यात्रा करिव ४ सय किमिको थियो । त्यसमा २८२ किमिमात्रै पक्की थियो । बाँकी कच्ची बाटो हिड्नु कम्ति सकस थिएन । केही हप्ताअघिमात्र ‘हुदहुद’ आँधिले दर्जन बढीको ज्यान लिएको थियो । त्यो खबरले परिवारबाट अनुमति लिन पनि सजिलो थिएन । आफ्नो मुटुमा पनि ढ्याङ्ग्रो ठोकेकै थियो । हाम्रो सातो लिने गरेर हिँड्ने दिनै ‘निलोफर’ नामक नयाँ आँधीको खबर पनि आएको थियो । निलोफरको प्रभाव नपर्ने मौसमविद्को भनाइपछि मात्र हामीले जाने साहस गरेका थियौं ।

पहिलो दिन म्याग्दीको बेनी पुगियो । दोस्रो दिन मुस्ताङको जोमसोममा पुग्नु पर्ने थियो । करिब ७५ किमि मात्र भए पनि पूरै कच्ची भएकाले ‘एड्भेन्चर’का लागि सबै अत्यन्तै उत्साही थियौं ।

बेनी-जोमसोमको बाटो हुँदै अन्नपूर्ण परिक्रमाको पदयात्रा पहिला २१ दिन लाग्दथ्यो । गाडी चल्न थालेपछि करिव १० दिनमा अन्नपूर्ण फन्को मार्न सकिने भयो । हाम्रो रुट पनि बेनी, तातोपानी, घाँसा, लेते, कालापानी, टुकुचे, मार्फा, जोमसोम हुँदै मुक्तिनाथ थियो । बाटोमा थकाली खानाको स्वाद नलिने कुरै थिएन । काठमाडौंको थकाली भान्साघरले जस्तो त्यहाँ घिउ ‘सर्भ’ भएन । साथीहरुले घिउ मगाए । तर, बिल तिर्दा घिउको मात्रै ५ सय रुपैयाँ आएपछि झन्डै सातो गएन ।

कालीगण्डकी किनारै किनारको यात्रामा धेरै काठे पुल तरियो । रुप्से छहरामा बाइक आधी-आधी डुब्यो । तार्न निक्कै हम्मे पर्‍यो । धेरै जना साथी भएकाले त्यो खासै ठूलो कुरा भएन । हामी बेलुका जोमसोम पुग्यौं । तर, बाटोमा एकजना साथी लड्दा उसको ‘ब्रेक लिभर’ नै भाँचियो । हामीसँगै रहेका मेकानिक साथी मिथिलेषले त्यसलाई तुरुन्तै दुरुस्त बनाइहाले ।

रोयल इन्पिmल्डर्सको टोली तेस्रो दिन बिहान मुक्तिनाथतिर लाग्यो । मुक्तिनाथ पुग्ने बाटोबाट दृश्यावलोकन गर्दा सायद स्वर्ग भनेको यही हुनुपर्छ भन्ने लाग्यो । मुक्तिनाथबाट फर्केर हामी तातोपानी आएर बस्यौं । यहाँ आइपुग्दा शरीरको त्यस्तो कुनै अंग थिएन जो नदुखेको होस् ।  तातोपानी कुण्डमा केही समय डुबेपछि दुखाइ र थकाइ मर्‍यो । जीवनमा कहिल्यै ‘अफ रोड टुर’ नगरेका एनआरएन वासु खड्कालाई उनका विदेशी साथीहरुले मुस्ताङको फोटो देखाएर यो ठाउँ बारे सोध्दा उनीसँग केही जवाफ हँुदैनथियो । अब उनीसँग जवाफमात्रै छैन, जीवनको बिर्सन नसक्ने अनुभव पनि छ ।

एभरेष्ट फिटनेशका कविन शाहीलाई आधा डुबिने रुप्से खोला तर्दा डर लागेको थियो । फर्किदा साथीहरुको बुलेट बाइक मिलेर तार्नुपर्छ भन्दै हात दिँदै थिए । सबै बाइक तरेपछि यसो पछाडि र्फकदा त उनीमात्र बाँकी थिए ।

२००१ देखि पर्यटन व्यवसायमा संलग्न बौद्धका लोप्साङ शेर्पाले २००५ मा ६२०० मिटरको आइसल्यान्ड ‘पिक’ चढेका थिए । प्रायः नेपालका सबै हिमाली भागमा ट्रेकिङ गरेका उनलाई बुलेटमा मुस्ताङ पुगेर आएपछि यो अनुभव हिमाल चढ्नुभन्दा रोमाञ्चित लाग्यो । ६ वर्षदेखि अस्टे्रलिया बस्दै आएका सचित घिमिरेले दिनको २ हजार तिरेर भाडामा लिएको मोटरसाइकलमा पुगेर आएपछि भने, ‘यो जीवनकै सबैभन्दा एडभेन्चरस टुर भयो ।’

क्लबका अध्यक्ष प्रकाश लिम्बू भन्दै थिए, ‘अफ रोड बुलेटमा हिड्दा जति दुःख छ त्यति नै सुख पनि छ । किनकि, मुस्ताङको भूगोल नै स्वर्ग जस्तै छ । हाम्रो क्लबको उद्देश्य नै रोमाञ्चक, मनोरञ्जक यात्राकासाथ सामाजिक काम गर्नु हो ।’ पर्यटकीय क्षेत्रलाई बुलेट राइडको माध्यमले प्रबर्द्धन गर्न यो यात्रा गरेको पनि उनले बताए ।

प्रकाशित मिति: २०७१ कार्तिक २३ ०१:४५

Source : http://www.ekantipur.com/np/2071/7/23/full-story/398326.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s