खाद्यान्न उत्पादन गरी पृथ्वीलाई जोगाऔं

Thursday, 16 October 2014 01:59:57

विश्वनाथ खरेल
खाद्यान्न पहिलो आवश्यकता हो भन्ने विषयलाई लिएर सर्वप्रथम सन् १९८१ को अक्टोवर १६ तारिखलाई नेपाल लगायत १८० राष्ट्रहरुले विश्व खाद्य दिवसको रुपमा शुरुआत गरे । नेपालले भने उतm संगठनको सदस्यता सन् १९५१ देखि हासिल गरेको थियो । खाद्य तथा कृषि संगठनले विश्वमा हालसम्म ३३ वटा विश्व खाद्य दिवस मनाइसकेको छ । यसै पुनीत अवसरको दिनलाई सम्झना गरी प्रत्येक साल खाद्य तथा कृषि संगठनले समयानुकूल विषय छनोट गरी घुमघामसाथ मनाउंदै आएको छ ।

यसै परिप्रेक्ष्यमा सन् २०१४ अक्टोवर १६ मूल विषयको रुपमा ू ँब्ःक्ष्ीथ् ँब्च्ःक्ष्ल्न्स् ँभ्भ्म्क्ष्ल्न् त्ज्भ् ध्इच्ीम्, ऋब्च्क्ष्ल्न् ँइच् त्ज्भ् भ्ब्च्त्ज्ू छनोेट भएको छ । यसलाई नेपालीमा परिमार्जित तथा परिष्कृत गरी “पारिवारिक खेती ः सबैलाई खुवाऔं, पृथ्वीलाई जोगाऔं ।” भन्ने नारा निर्धारण गरेको छ । यसर्थ यस वर्षको नारा पनि विगत वर्षको सम्पूर्ण आँकडालाई अवलोकन गरी तय गरिएको छ । कृषिको विकासको लागि पारिवारिक खेती अपरिहार्य रहेको छ ।

कुनै पनि देशमा जबसम्म कृषि पारिवारिक खेतीको विस्तार हुन सक्दैन तबसम्म त्यस देशको कृषि विकासको भाग्य रेखा कोरिन नसक्ने कुरा निर्विवाद रहेको छ । विश्वमा पाँच सय सत्तरी मिलियन खेतहरु विद्यमान छन् । जसमध्ये पाँच सय मिलियन परिवारको स्वामित्वमा रहेको छ । अर्कोतिर हेर्ने हो भने तिनीहरुमा कम से कम ५६ प्रतिशत कृषि उत्पादनको लागि जिम्मेवार रहेका छन् । त्यस्तै गरी यो पृथ्वीको कुल खेतहरुमा कार्य गर्नेहरुमा अधिकांश पारिवारिक किसानहरु नै पर्दछन् । जस अन्तर्गत सबैभन्दा बढी एशियामा ८५ प्रतिशत, उत्तर तथा मध्य अमेरिकामा ८३ प्रतिशत, युरोपमा ६८ प्रतिशत, अफ्रिकामा ६२ प्रतिशत र दक्षिण अमेरिकामा १८ प्रतिशत रहेका छन् ।

अन्त्यमा भन्नुपर्दा एफएओको एक प्रतिवेदन अनुसार ३ दशमलव ५ अर्ब भन्दा बढी मानिसहरु दैनिक २० प्रतिशत क्यालोरीको लागि चामलमा भर पर्दछन् भने त्यस्तै गरी एक अर्बभन्दा बढी मानिसहरुको जीविकोपार्जनको लागि धान उत्पादनमा निर्भर रहेका छन् । त्यसै गरी पारिवारिक खेती विशेष गरी एसियामा धान उत्पादनको प्रमुख स्रोत हो । पारिवारीक खेती एउटा महत्वपूर्ण ¬सामाजिक आर्थिक, वातावरणीय र सांस्कृतिक भूमिका छ । किन पारिवारिक खेती महत्वपूर्ण छ ? परिवार र सानो मात्रा खेती प्रेमबीच विश्व खाद्य सुरक्षा सम्बन्धित हुन्छ । सन्तुलित आहार गर्न योगदान र संसारको कृषि¬जैविक विविधता र प्राकृतिक स्रोत दिगो उपयोग रक्षा गर्दा पारिवारिक खेती, परम्परागत खाद्य उत्पादनहरु पाउँछ ।

परिवार खेती विशेष गरी सामाजिक सुरक्षा र समुदायको हितको उद्देश्य विशिष्ट नीतिहरु संग संयुक्त स्थानीय अर्थतन्त्रले बढावा मौका प्रतिनिधित्व गर्दछ । पारिवारीक खेती सबै परिवार आधारित कृषि गतिविधिहरु समावेश, र यो ग्रामीण विकासको धेरै क्षेत्रहरु गाँसिएको छ । परिवार खेती व्यवस्थित र संचालित एक परिवारलाई र महिला र पुरुष दुवै सहित, परिवार श्रम मा मुख्यतया निर्भर छ जो कृषि, वन, माछा पालन र जलीयकृषि उत्पादन आयोजना गर्ने माध्यम हो ।

कृषि विकासको लागि पारिवारिक खेतीको खाँचो पर्ने हुन्छ । कृषि विकास र पारिवारिक खेती एक अर्काका परिपूरक हुन । कृषि विकास गर्नको लागि आवश्यक पर्ने अनुसन्धान, प्रविधि, औजार तथा पूर्वाधार विकासमा वेवास्ता गर्नु हुन्न । यो हुनुको मुख्य कारण हो विभिन्न विकसित देशहरुले कृषिमा लगानी गर्दै आएकोमा हाल आएर ४३ प्रतिशत लगानी कटौती गरेको देखिन्छ । यहि कारणले गर्दा नै हाल आएर खाद्यान्न वस्तुको मूल्यमा बृद्धि भयो ।

Source : http://www.commanderpost.com/index.php?option=newsDetail&newsId=16770&catId=9

sss

So

Ss

वर्तमान विश्व अर्थ व्यवस्थामा मासु र दुग्ध उत्पादनको उपभोगमा भएको मागको बृद्धि सँगसँगै पशु आहाराको माग बढ्दो रुपमा छ । विगत ३० वर्षमा औपचारिक विकास सहायताअन्र्तगत विकसित र विकासशील देशहरुले कृषि क्षेत्रमा गरेको उपेक्षा र अत्यन्त न्यून लगानी आजको खाद्य संकटको मूल कारण हो  भन्ने ठहर खाद्य तथा कृषि संगठनको छ । विश्वमा प्रति वर्ष करिब ८ करोडका दरले जनसंख्या बृद्धि भएको छ । यसको साथ साथै विश्व तापक्रममा बृद्धि र जलवायु परिवर्तनका कारणले गर्दा पनि खाद्य वस्तुको उत्पादन तथा उपलब्धतामा कमी हुनुे गर्दा खाद्य वस्तुको मूल्य अनिश्चित हुनु अर्को मुख्य कारण यो पनि हो ।

विश्वका धेरै मुलुकहरुले कृषि उत्पादनलाई भन्दा  विलासिताका सामानलाई प्रथम प्राथमिकता दिएको कारणले गर्दा खाद्य वस्तुहरुको उत्पादनमा कमी नै आयो । जसले गर्दा उत्पादन र बजारीकरण बीच तालमेल मिल्न सकेन । जसले गर्दा उपभोक्ताले चाहे अनुसारको खाद्यन्न प्राप्त गर्न सक्दैनन् । अतः खाद्यवस्तु तथा इन्धनको गत वर्षमा भएको उच्च मूल्यबृद्धिले विकासोन्मुख राष्ट्रका खासगरी ग्रामीण क्षेत्रहरुको अवस्था दयनीय बनाएको छ । यसले गर्दा खाद्य संकटलाई निराकरण गर्नुको साथसाथै ग्रामीण भेगका जनताले सजिलैसँग रोजगारीको अवसर प्राप्त गर्न सक्छन् ।

यसले गर्दा सरोकारवाला व्यक्ति वा निकायहरुलाई निर्णय गर्ने क्षमता अभिवृद्धि गर्न, अस्थिरता न्यूनीकरण गर्न, राष्ट्रिय वा क्षेत्रीय खाद्य सुरक्षा कायम गर्न, आपतकालिन अवस्थाको लागि खाद्य भण्डारण गर्न र खाद्य संकटको अवस्थामा खाद्यान्नमा असुरक्षित समूहलाई खाद्य सुरक्षामा सुनिश्चित गर्न सहयोग गर्छ । विश्वमा बढ्दो जनसंख्यको कारणले गर्दा एकातिर खाद्यान्न आवश्यकताको माग दिनहूँ बढ्दै गएको छ भने अर्कोतिर कृषि भूमिको विविध कारणले गर्दा उत्पादनमा ह्रासको  कारणले गर्दा खाद्यन्न घट्दो रुपमा रहेको देखिन्छ । अतः विकसित तथा बिकासोन्मुख राष्ट्रहरुले जतिसक्दो रुपमा खाद्यान्नको भण्डारलाई भरिपूर्ण गर्न सक्ने कुरामा कसैको पनि दुईमत नहोला ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s