उपत्यकाको ६ वटा रुटमा रात्रीबस संचालन हुँदै

काठमाडांै, कात्तिक ५ गते । राजधानीबासी यात्रुले काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न छ रूटमा साँझ ८ देखि राति ११ बजेसम्म रात्रिवसमा यात्रा गर्ने सुविधा पुनः पाएका छन् । दिउँसो ती रूटमा चल्ने वसले लिने भाडादरमै सुरक्षा व्यवस्थासहित गन्तव्यसम्म यात्रा गर्न सकिनेछ ।
यातायात व्यवसायी राष्ट्रिय महासंघ वागमती अञ्चलले झण्डै एक वर्षदेखि बन्द अवस्थामा रहेको रात्रिवस सेवा पुनःसञ्चालन गरेपछि राजधानीवासी यात्रुका लागि यो सुविधा मिलेको हो ।
गतबर्ष कात्तिक १५ गतेदेखि घाटा थेग्न नसकेको भन्दै बन्द गरिएको रात्रि बस सेवा गत असोज २२ गतेबाट छवटा वसमार्फत पुनःसञ्चालन गरिएको छ । यात्रुको चाप बढेमा यो सेवा अझै विस्तार गर्न सकिने पनि व्यवसायीहरूले बताएका छन् ।
महासंघका अनुसार हाल सुरू भएको वससेवा जोरपाटी अपाङ्ग अस्पतालदेखि रत्नपार्क, गोंगबुदेखि वि एण्ड वि अस्पताल, लखनखेल हुँदै रत्नपार्क, कोटेश्वर सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज सिंहदरबार हुँदै रत्नपार्क, कलंकीदेखि रत्नपार्क, कलंकी बालाजु चक्रपथ र कंलकी बल्खु हुँदै सातदोबाटोसम्म एक÷एक वटा बस सञ्चालनमा ल्याइएको छ ।
हाल रात्रिवस सेवा सञ्चालनका लागि यसअघि सञ्चालनमा रहेका १४ वटा बसमध्ये १२ वटा वसले १५÷१५ दिनमा तोकिएका रूटमा वस सेवा दिने वागमती अञ्चल संयोजक धर्मराज रिजालले जानकारी गराउनुभयो ।
तत्कालीन समयमा महानगरपालिकाले आर्थिक अनुदान उपलब्ध गराएमा वा रात्रिकालीन व्यवसायलाई राति अबरेसम्म सञ्चालन गर्न सकिने वातावरण बनाएमा वा दिउँसो लिने वस भाडादरमा ४० प्रतिशतसम्म वृद्धि गरेमा मात्र रात्रिवस सञ्चालन गर्न सकिने अडान व्यवसायीहरूले राख्दै आएका थिए ।
यी विषयमा महानगरपालिका र व्यवसायीहरूबीच सहमति जुट्न नसकेपछि सो बससेवा तत्कालका लागि पूर्णरूपमा बन्द गरिएको थियो तर व्यवसायीहरूले अहिले थोरै संख्यामा भएपनि विनासर्त रात्रिवस सेवा सञ्चालनमा ल्याएका छन् ।
महानगरपालिकाभित्र तत्काल रात्रिवस सञ्चालन गर्दा नोक्सान भए पनि सेवामुखी उद्देश्यले सञ्चालनमा ल्याइएको बताउँदै संयोजक रिजालले भन्नुभयो, ‘महानगरभित्रका वासिन्दालाई रातिसम्म वस सेवा दिने जिम्मेवारी महानगरपालिकाको हो, त्यसैले यसलाई निरन्तरता दिन महानगरपालिकाले सहयोग गर्नेमा विश्वस्त छौँ ।’
वस व्यवसायीहरूले उपत्यकामा चल्ने ३० वटासम्म वस ल्याउँदा भन्सारमा सतप्रतिशत छुट दिएमा महानगरपालिकाभित्रका विभिन्न सबै रूटमा रात्रिवस सञ्चालन गर्ने, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी र वृद्धवृद्धालाई वस भाडामा विशेष सहुलियत दिनेलगायतका सर्तसहितको प्रस्ताव महानगरपालिकासमक्ष पेश गरेका छन् । उक्त प्रस्ताव महानगरपालिकाले सम्बन्धित सरकारी निकायमा बुझाएर त्यसको प्रक्रिया अगाडि बढाउनुपर्नेछ ।
काठमाडौ महानगरपालिकाका कार्यकारी अधिकृत धनबहादुर श्रेष्ठले महानगरपालिकाका विभिन्न रूटमा यातायात व्यवसायीहरूले हाल विनासर्त रात्रिवस सञ्चालनमा ल्याएकोमा स्वागत गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरूले यसअघि गरेका कतिपय माग सान्दर्भिक भएको र त्यस विषयमा महानगरपालिका संवेदनशील रहेको बताउनुभयो ।
महासंघका अनुसार यसअघि २०६९ भदौ १ गतेदेखि काठमाडौँ महानगरपालिकाभित्रका विभिन्न रूटमा १४ वटा रात्रिवसले साँझ ६ बजेदेखि राति ११ वजेसम्म सेवा दिएका थिए । तत्कालीन समयमा महानगरपालिकाका विभिन्न रूटमा १३ महिनासम्म रात्रिवस सेवा सञ्चालन गरिएको थियो ।
महानगरपालिकाको ४५ लाख रूपियाँ आर्थिक अनुदानमा यातायात व्यवासायीहरूले छ महिनासम्म तोकिएको समय र यी रूटहरूमा रात्रिवस  निरन्तर सञ्चालन गरे पनि पछिल्ला सात महिना भने घाटा भएको भन्दै धेरै रूटमा वस सञ्चालन गरिएनन् । अन्त्यमा सबै रूटमा वस सेवा बन्द गरिएको थियो ।
महानगरपालिकाका अनुसार हाल रात्रिवस सञ्चालनमा सुरक्षाका लागि प्रत्येक वसमा दुई जना प्रहरी र एक जना नगरप्रहरी उपलब्ध गराइएको छ । महानगरपालिकाले खटाएका प्रहरीलाई खाजाखर्च स्वरूप दैनिक केही रकमसमेत उपलब्ध गराएको छ ।

Source : http://www.gorkhapatraonline.com/.html

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s