पारिवारिक खेती र कृषि विकासको विस्तार – 710631

बढ्दो विषादी प्रयोगका जोखिम

विश्वनाथ खरेल,
विश्वभर प्रत्येक वर्ष १६ अक्टोबरका दिन ‘विश्व खाद्य दिवस’ मनाइन्छ । भोकमरी, गरिबी, अशिक्षा र कुपोषणबाट मानवलाई मुक्ति दिलाउने अभिप्रायले संयुक्त राष्ट्र संघको एक महत्वपूर्ण अंग खाद्य तथा कृषि संगठनको स्थापना भएको थियो । तेस्रो विश्वका राष्ट्रहरुमा लगभग दुई अर्बभन्दा बढी जनता रहेका छन् । यसै सन्दर्भमा सन् १९७९ मा भएको कृषि सुधार तथा ग्रामीण विकाससम्बन्धी विश्व सम्मेलनमा एक सय ४७ राष्ट्रको सहमतिबाट १६ अक्टोवर १९८१ मा पहिलो विश्व खाद्य दिवस एक सय ५० राष्ट्रहरुमा विभिन्न कार्यक्रमसहित मनाइयो । यसै परिप्रेक्ष्यमा ‘पहिलो आवश्यकता खाद्य र सबै वर्गको लागि खाद्यान्न’ भन्ने विचारहरु विभिन्न सहभागी राष्ट्रहरुले व्यक्त गरेका थिए । त्यस्तै गरी हाल आएर ३४औं विश्व खाद्य दिवसको नारा ‘पारिवारिक खेती :सबैलाई खुवाऔं, पृथ्वीलाई जोगाऔं’ भन्ने रहेको छ । परिवार खेती सबै परिवारमा आधारित कृषि गतिविधिहरु समावेश र यो ग्रामीण विकासको धेरै क्षेत्रहरुसँग गाँसिएको छ । परिवारिक खेती व्यवस्थित र सञ्चालित हुनुका साथै एकै परिवारका महिला र पुरुष दुवैसहित परिवार श्रममा मुख्यतया निर्भर छ जो कृषि, वन, माछापालन र जलीयकृषि उत्पादन आयोजना गर्ने माध्यम हो । दुवै विकासशील र विकसित राष्ट्रहरूमा परिवारिक खेती खाद्य उत्पादन क्षेत्रमा कृषिप्रधान फारमको रुपमा उल्लेख रहेको पाइन्छ । राष्ट्रियस्तरमा नै परिवारिक खेती एक सफल विकासका लागि महत्वपूर्ण छ । यसबाट कृषि पर्यावरणीय अवस्था र प्रादेशिक विशेषताहरु, नीति वातावरण, बजार पहुँच, भूमि तथा प्राकृतिक स्रोतको पहुँच, प्रविधि र विस्तार सेवामा पहुँच, वित्त पहुँच, डेमोग्राफिक आर्थिक र सामाजिक सांस्कृतिक अवस्थामा विकासजस्ता विभिन्न क्षेत्रबीच समन्वय तथा प्रगतितर्फ उन्मुख पार्दछ ।
विश्वका प्रत्येक पाँच वर्षमुनिका चार बालबालिकामध्ये एकजना कुपोषणले ग्रसित छन् । जुन संसारमा एक सय ६५ मिलियन यस्ताखालका बच्चाहरु शारीरिक र मानसिक रुपमा क्षमता वहन गर्न सक्दैनन् । त्यसरी नै विश्वमा झन्डै दुई अर्ब मानिसहरु अति आवश्यक भिटामिन, खनिज पदार्थ आदिको कमीबाट बाँच्न बाध्य भएका छन् । त्यसैगरी विश्वमा एक दशमलव चार अर्ब मानिसहरु मोटोपनको शिकार हुन पुगेका छन् जसको कारणले गर्दा लगभग एक तिहाइ धेरै मोटा व्यक्तिहरु रहेका छन् । उनीहरु मुटुसम्बन्धी समस्या, मधुमेह र अन्य शारीरिक समस्याबाट पनि ग्रसित रहेका छन् । कुपोषणले गर्दा विश्व अर्थतन्त्रको आय पाँच प्रतिशतले घट्ने र उक्त रकम कुपोषण निवारणमा नै खर्च हुने गर्दछ । त्यसलाई अर्को शब्दमा भन्नुपर्दा तीन दशमलव पाँच ट्रिलियन डलर यसमा खर्च हुन्छ वा पाँच सय डलर प्रतिव्यक्ति खर्च हुने गरेको छ । अझ राम्रो भविष्यका लागि पोषणमा लगानीका नाराका साथ मनाइएको यो दिवसमा पोषणयुक्त खानाले व्यक्ति, समाज र अर्थतन्त्रलाई नै रुपान्तरण गर्ने कुरामा जोड दिइएको छ । पर्याप्त पोषणको अभावमा केटाकेटीहरुको स्वास्थ्यमा समस्या आउने गरेको उल्लेख गर्दै त्यसले भविष्यमा उनीहरुको कार्यक्षमतामै प्रतिकूल असर पर्ने विश्व खाद्य कार्यक्रमको कार्यकारी निर्देशक इर्थरिन कोपसिनले जनाउनुभएको छ । पोषणयुक्त खानामा अहिलेको लगानी प्राथमिकताले भोलिको सामूहिक विश्वलाई राम्रो बनाउने भन्दै उहाँले लगानी खानाका साथै कृषि, स्वास्थ्य र शिक्षामा पनि हुनुपर्ने कुरामा जोड दिनुभएको छ ।
कृषकवर्गको हितलाई ध्यानमा राखेर कम आयमा उत्पादन गरेको खाद्यान्नलाई सकभर कम मूल्यमा बिक्रीवितरण गर्नसके उपभोक्ताहरुलाई राहत हुनजान्छ । जसले गर्दा कृषकहरुको आर्थिक वृद्धिमा टेवा पुग्ने हुन्छ । मानवलाई आवश्यक पर्ने दूध, फुल, माछामासु, फलफूल, तरकारी आदि पौष्टिक तत्वहरुको गुणस्तरीय प्याकेजिङ व्यवस्था हुनुपर्छ । प्रायः गरी अधिकांश कृषकहरु ग्रामीण क्षेत्रमा बसोबास गर्ने भएकाले सुपर मार्केटिङभन्दा स्थानीय स्तरका बजारको बढी महत्व रहेको छ । खाद्यान्नको स्तरलाई मूल्यांकन गर्ने हेतु प्रथम पोषण सम्मेलन सन् १९९२ मा भएको थियो । विश्वमा बढ्दो जनसंख्याको कारणले गर्दा खाद्यान्नमा वृद्धि गर्नु एकातिर छ भने अर्कोतिर भोकमरी र गरिबी समस्यालाई निराकरणको लागि आवश्यक कार्यक्रमहरु कार्यान्वयन गर्न स्रोतसाधनको व्यवस्था गर्नुपर्दछ । संसारमा हाल अनुमान गरिएअनुसार कुपोषणबाट पीडित मानिसहरुको संख्या ८५ करोडभन्दा बढी रहेको छ । अझ खाद्यान्नको मूल्यवृद्धिले बढीभन्दा बढी भोकमरीको जोखिम बढाउने मात्र नभई यसले गरिबीको चाप अझ बढाउनेछ । विश्व खाद्य सुरक्षाका लागि हालै सम्पन्न उच्च तहको सम्मेलनमा उपभोग्य खाद्यको कम उपलब्धता, बढ्दो मूल्य र सम्बन्धित विविध सवालहरुको प्रभावमाथि विचार गरिएको थियो ।
विश्व अर्थतन्त्रलाई पुनः सबलीकरण गर्दै सम्पन्न अर्थतन्त्रलाई उकास्न खर्बाैंको लगानी भइरहेको छ तर गरिबहरुको आर्थिकस्तर उकास्न ठोस पहल भइरहेको छैन । यस्तो परिस्थितिमा विगतका आर्थिक संकटहरुसँग जुध्न विभिन्न देशहरुले चालेको कदमबाट पाठ सिक्दै भोकमरी संक्रमणको जोखिममा रहेका ती गरिबहरुलाई सम्भावित भोकमरीको खतराबाट बचाउन र कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धिका लागि व्यापक लगानीको विस्तार गरी खाद्य संकट न्यूनीकरण गर्ने र खाद्यान्नको बढ्दो मूल्यलाई कम गर्नेतर्फ तत्काल पहलकदमी अत्यन्त जरुरी भइसकेको छ ।
अन्त्यमा भन्नुपर्दा पारिवारिक खेती एउटा महत्वपूर्ण सामाजिक, आर्थिक, वातावरणीय र सांस्कृतिक भूमिकामा आधारित रहेको छ । परिवार र सानो मात्रा खेतीप्रेमबीच विश्व खाद्य सुरक्षा सम्बन्धित हुन्छ । सन्तुलित आहार गर्न योगदान र संसारको कृषि तथा जैविक विविधता र प्राकृतिक स्रोतको दिगो उपयोग रक्षा गर्दा पारिवारिक खेती, परम्परागत खाद्य उत्पादन सजिलैसँग पाउन सकिन्छ । परिवारिक खेती विशेष गरी सामाजिक सुरक्षा र समुदायको हितको उद्देश्यका विशिष्ट नीतिहरुसँग संयुक्त स्थानीय अर्थतन्त्रले बढावा हुने मौका प्रतिनिधित्व गर्दछ । अतः कृषिको विकास गर्नको लागि कृषिकर्ममा आवश्यक पर्ने अनुसन्धान, प्रविधि, औजार तथा पूर्वाधार विकासमा बेवास्ता गरियो भने उत्पादकत्वमा ह्रास आउन सक्छ । यो हुनुको मुख्य कारण हो विभिन्न विकसित देशहरुले कृषिमा लगानी गर्दै आएकोमा हाल आएर ४३ प्रतिशत लगानी कटौती गरेको देखिन्छ । यही कारणले गर्दा नै हाल आएर खाद्यान्न वस्तुको मूल्यमा वृद्धि भयो । विश्वमा प्रतिवर्ष करिब आठ करोडका दरले जनसंख्या वृद्धि भएको छ । यसको साथसाथै विश्व तापक्रममा वृद्धि र जलवायु परिवर्तनका कारणले गर्दा पनि खाद्य वस्तुको उत्पादन तथा उपलब्धतामा कमी हुनुले गर्दा खाद्य वस्तुको मूल्य अनिश्चित हुनु अर्को मुख्य कारण हो । सन् २०१४ को विश्व खाद्य दिवसको प्रमुख विषयको मान्यता नै संसारभरिका मानिसहरुलाई भोजन ख्वाउने साँचो नै कृषिको विकास हो भनेर बुझाउनु हो । यसको मुख्य कार्य नै खाद्य सुरक्षामा सुधार गर्नु रहेको छ । प्रत्येक आठ जनामा एक जनालाई भोजनको अभाव भएको छ । संसारमा भएको भोकमरी र स्थायी इन्धनको समस्या समाधान गर्नु नै आजको आवश्यकता हो ।
विकासको लागि सानास्तरका कृषकहरुलाई सहभागी गराई सन् २०५० सम्ममा नौ अर्बभन्दा बढीलाई भरिपूर्ण रुपले भोजनको आवश्यकता जरुरी भएको छ । एउटा आवश्यक कदम के चाल्न सकिन्छ भने खाद्य सुरक्षा समर्थन गर्ने सहकारी समितिहरुले लगानी गर्ने उत्पादक, विभिन्न संगठनहरु र अरु ग्रामीण संस्थाहरुले सहकारी संस्थामार्फत विश्वभरि नै सफल भएको जानकारी प्राप्त भएको छ । यसले सरोकारवाला व्यक्ति वा निकायहरुलाई निर्णय गर्ने क्षमता अभिवृद्धि गर्न, अस्थिरता न्यूनीकरण गर्न, राष्ट्रिय वा क्षेत्रीय खाद्य सुरक्षा कायम गर्न, आपत्कालीन अवस्थाको लागि खाद्य भण्डारण गर्न र खाद्य संकटको अवस्थामा खाद्यान्नमा असुरक्षित समूहलाई खाद्य सुरक्षामा सुनिश्चित गर्न सहयोग गर्छ ।

Source : http://www.aarthikdainik.com.np/news_details/htm

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s