घरबहाल व्यवसायीले जान्नैपर्ने कुरा

October 17, 2014
थोरै समयको अन्तरालमा धेरै डेरावाल फेरिइरहे भने घर मालिकलाई त्योभन्दा ठूलो तनाव केही हुँदैन । यस्तो हुँदा असल मानिस सो घरमा डेरा सर्नसमेत डराँउछन् ।  त्यस्तै, घरमालिक पनि राम्रो बानीबेहारा तथा आय भएका डेरावालको खोजीमै चिन्तित हुन थाल्छ । त्यसैले यदि व्यावसायिक सोच र शीप छैन भने लहडमा घर किनेर भाडामा लगाउँदा त्यसले तनाव बढाउँछ । राम्रा डेरावाल पाउन निकै कठिन हुन्छ । साथै, घरको रेखदेख, मर्मतसम्भार तथा अन्य कानूनी विषयको व्यवस्थापन गर्न पनि सजिलो हुँदैन ।

कतिपय अवस्थामा बहालबापत आकर्षक रकम प्राप्त हुने लोभमा पनि मानिसले घर किनेर बहालमा लगाउने गरेका छन् । तर, यदि बुझेर यस व्यवसायमा हात हाल्ने हो भने यसमा प्रशस्त सम्भावना पनि छ । नेशनल मल्टिफ्यामिली हाउजिङ्ग काउन्सिलका अनुसार अमेरिकामा प्रत्येक तेस्रो परिवार भाडामा बस्छन् । बेलायतका १ चौथाई परिवार ‘रेण्टर–अकुपाइड’ छन् भने ३० प्रतिशत अष्ट्रेलियाली पनि भाडाको घरमै बस्छन् । पश्चिम यूरोपमा त यो सङ्ख्या अझै धेरै छ । ५० प्रतिशत भन्दा धेरै जर्मन र ६० प्रतिशत भन्दा धेरै स्वीसहरू भाडामै बस्ने गर्छन् । नेपालमा पनि दिनप्रतिदिन डेरामा बस्ने मानिसको सङ्ख्या बढिरहेको छ । आफ्नै घर किनेर बस्नुभन्दा डेरामै रमाउने मानिस पनि बढ्दै छन् । त्यसैले, घर बहाल लेनदेन पनि व्यवसाय बन्दै  गएको छ । तर, पर्याप्त व्यावसायिक शीप तथा सोच नभएमा यो व्यवसाय प्रतिफलमुखी बन्न सक्दैन ।

घरमालिकहरू आफ्नो सम्पत्ति अर्थात् घरजग्गा आफै रेखदेख गर्न चाहन्छन् । तर, आफैले व्यवस्थापन गर्दा धेरै झन्झटको सामना गर्नुपर्ने हुन्छ । उदाहरूणका लागि, त्यसमा भाडावाल छान्नु, सम्झौता, डिपोजिट तथा मर्मतसम्भार आदि थुप्रै काम हुन्छन् । यसका लागि ‘प्रपर्टी म्यानेजर’ राखेर बहालको केही निश्चित प्रतिशत दिएर यी सबै कामको व्यवस्थापन पनि गर्न सकिन्छ । अहिले यस्तो खालको सेवा दिने सेवाप्रदाय पनि उपलब्ध हुन थालेका छन् । घर बहालमा दिँदा ध्यान दिनुपर्ने विषय यसप्रकार छन् :

बहालवालाको पृष्ठभूमिको जाँच

घर बहालमा दिनुअघि हरेक सम्भाव्य भाडावालको पृष्ठभूमिको जाँच गर्नु राम्रो हुन्छ । बहालमा बस्न चाहने व्यक्तिको आर्थिक हैसियत, रोजगारी तथा बानीबेहोरा बुझ्नु असल ग्राहक खोजीको आधार हो । यसका लागि अघिल्लो घरमालिकसँग बुझ्ने जस्ता उपायको प्रयोग गर्न पनि सकिन्छ । घर बहालवाला व्यक्तिको बारेमा सकेसम्म धेरै जानकारी लिनु राम्रो हुन्छ । कतिपय अवस्थामा कसैलाई बहालमा घर दिइसकेपछि त्यसमा तपाईं अनुमतिविना प्रवेश गर्न नसक्ने अवस्था पनि हुन्छ ।

व्यवसायको रूपमा लिने

केही मानिस घर किनेर भाडामा लगाएर आनन्दले कमाउँला भन्ने ठान्छन् । वास्तवमा यो पनि एक खालको व्यवसाय नै भएकाले यसमा पनि अरू व्यवसायमा जस्तै स्वस्थ र पर्याप्त नगद प्रवाह गर्न सक्नु पर्दछ । त्यसैले, यसलाई पनि व्यवसायको रूपमै लिएर व्यावसायिक शैलीमा सम्झौता तथा र सुझबुझका साथ काम गर्ने गर्नुपर्छ ।

बीमा
घर वा सम्पत्तिको बीमा गर्दा आकस्मिक नोक्सानीको क्षतिपूर्ति हुने भएकाले आर्थिक रूपमा टाट पल्टनबाट जोगिन सकिन्छ । साथै, यसले वित्तीय दायित्व पनि कम गर्न मद्दत गर्छ ।

बिलम्ब शुल्कको प्रावधान
बहाल सम्झौतामा बिलम्ब शुल्कको प्रावधान राख्नु व्यावसायीक हिसाबले राम्रो हो । समयमै बहाल नबुझाउँदा पनि ‘ल ठीकै छ’ भनेर कसैलाई छोड्ने वा कसैसँग लिने गर्नु राम्रो हुँदैन ।

भावनाको नियन्त्रण
घरबेटी बन्नु बहालवालाको साथी बन्नु होइन । यो व्यवसाय भएकाले यसमा हुने सम्बन्ध व्यावसायिक नै हुनुपर्दछ । त्यो नै दुवैको हितमा हुन्छ ।

कर
समयमै कर तिर्नु सबैको दायित्व हो । समयमा कर नतिर्दा जरीवाना तिर्नुपर्ने हुन्छ । जरीवाना तिर्नु अतिरिक्त दायित्वको सृजना गर्नु हो । आम्दानी दायित्वको भुक्तानी नगरेर हुने होइन, खर्च कम गरेर मात्रै हुन्छ भन्नेमा सधैं ध्यान दिनुपर्छ ।

व्यवसायबाट बाहिरिने रणनीति
अन्य व्यवसायमा जस्तै यो व्यवसायमा पनि कहिले र कस्तो अवस्थासम्म रहिरहने भन्नेमा रणनीतिक रूपले तयारी अवस्थामा रहनुपर्छ । सम्पत्ति कहिले खरीद गर्ने र कहिले बेच्ने भन्ने विषयमा योजनबद्ध रूपले स्पष्ट भइरहनुपर्छ ।

सबै सम्झौता तथा कामलाई छरितो र सहजतापूर्वक सम्पन्न गर्नु नै व्यावसायिकता हो । साथै, असल ग्राहकलाई टिकाइराख्न सक्नु पनि एकखालको आम्दानी नै हो भन्ने सम्झनुपर्छ । तत्कालको लाभ देखेर कुनै खराब मानिसलाई घर बहालमा दिइयो भने त्यसको लाभ हानिमा परिणत हुने सम्भावना रहन्छ । साथै, राम्रो मान्छेले डेराको घरलाई पनि आफ्नो जस्तै माया गरेर सफा र चुस्त बनाइराखेको हुन्छ । त्यसले मर्मतसम्भार र हेरचाहको लागत कम गरिरहेको हुन्छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s