जुम्लामा फूलपाती भित्र्याइयो (फोटो फिचर)

  • बुधबार १५ असोज, २०७१
  • डिवी वुढा
  • fulapati jumla-5
  • जुम्ला- वडा दसैंको सातौं दिनअन्तर्गत् आज फूलपाती जुम्लामा पनि भित्र्याइएको छ। दूर्गा भवानीको प्रतिमा राखिएको दसैंघरमा फूलपातीको शुभसाइतका रुपमा उँखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ।

    fulapati jumla-4

    गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरु, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कल्स्यौडीहरु र सांस्कृतिक नाचगानसहितको लावालस्करले विमानस्थलमा रहेको भद्रकालीमा ल्याइएको फूलपातीलाई हर्षबढाइँका साथ भित्र्याउने चलन छ।
    fulapati jumla-3

    घटस्थापनाका दिनदेखि दसैं सुरु हुने भए पनि दसैंको विशेष चहलपहल भने आजैदेखि घरघरमा सुरु हुन्छ। फूलपातीदेखि सरकारी कार्यालय पनि बन्द भएका छन्। आजबाट हिन्दु नेपालीहरु परिवारसँग बसेर दूर्गा भवानीको पूजा गरेर हर्सोल्सासका साथ दसैं मनाउन जुट्ने भएका छन्।
    fulapati jumla-2

    दस वटा सलामी गर्नुपर्नेमा यहाँ ८ वटा सलामी मात्रै गरिएको छ। चन्दननाथ र भैरवनाथको सलामी भएन भने नेपाली सेनाका क्याम्पहरुवाट निसान भगवती पनि लिइएन। जसका कारण बोको पनि छिनिएन र बन्दुक पनि नपड्केको स्थानीय जानकार चित्रलाल श्रेष्ठेले जानकारी दिए।
    पहिले पहिले हुने घोडा दौडसमेत यसपाली भएन। विमानस्थल कालो पत्रे भएकाले समस्या आएको स्थानीयले बताए।fulapati jumla-1

    Source : – See more at: http://www.nagariknews.com/society/nation/story/25646.html#sthash.Vz3no6oG.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s