२०१६ को डिभी असोज १५ देखि

काठमाडौं, (नेस)
सन् २०१६ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन दर्ता अवधि बुधबार अक्टोबर १, २०१४ (२०७१ असोज १५) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार ९ः४५ बजे) बाट शुरू हुँने गरी खुलेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ।
दूतावासद्वारा जारी वक्तव्यमा जनाइएअनुसार नोभेम्बर ३, २०१४ (२०७१ कात्तिक १७) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न (नेपालमा स्थानीय समयअनुसार १०ः४५ बजे) बन्द आवेदन गर्ने म्याद सकिने जनाइएको छ।
दूतावासले डिभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौं भनेको छ। दूतावासले वक्तव्यमा भनेको छ– ‘डिभी चिठ्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन। अमेरिकी दूतावास तपाईंलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ। आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं आफैं जिम्मेवार रहनुहुँनेछ।

Published Date: September 27, 2014

Source : http://www.newsofnepal.com/new/society/2014/09/72035

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s