बढ्दो विषादी प्रयोगका जोखिम – 710602

बढ्दो विषादी प्रयोगका जोखिमहाम्रो देशमा तरकारी, फलफूल अन्य खाद्यसामग्रीहरू आफ्नो देशको उत्पादनले नेपालीहरूलाई उपभोग गर्न पुग्दैन । त्यस कारणले गर्दा छिमेकी मुलुकहरूबाट ठूलो मात्रामा कृषि उपजको सहज रूपमा आयात गर्नुपरिरहेको छ । त्यसका लागि सरकारले बेलैमा विभिन्न भारतीय र चिनियाँ नाकाहरूमा क्वारेन्टाइन चेकपोस्टमार्फत आयात हुने तरकारी, फलफूल, अन्य खाद्यान्नहरूको जाँच गरेर मात्र देशका विभिन्न भूभागमा आपूर्तिको व्यवस्था मिलाउनुपर्ने हुन्छ ।
– विश्वनाथ खरेल
भनिन्छ, खेतको आलीदेखि भान्साको थालीसम्म शुद्धता हुनुपर्छ । देशकै सबैभन्दा ठूलो कालीमाटी बजार व्यवस्थापन समितिका अनुसार बजारमा दैनिक ३१ देखि ४१ ट्रक तरकारी भित्रिन्छ ।  यसका अतिरिक्त काठमाडौं उपत्यकामा सबैभन्दा बढी खपत हुने आलु, काउली, गोलभेंडा, लौकालगायत तरकारीमा विषादी निषेधदर ९१ भन्दा माथि पाइएको हालैको अनुसन्धानले देखाएको छ । यसै तथ्यलाई मनन गरी अहिले कालीमाटी तरकारी बजारको विषादी जाँच्ने मेसिन चर्चामा छ । यसको आगमनसँगै आफूलाई सचेत, सभ्य र आधुनिक ठान्ने उच्च घरानियाँका सहरिया उपभोक्ताहरू भने अहिले सुपरमार्केटहरूको अर्गानिक तौरतरिकाबाट उत्पादन गरेको तरकारी, फलफूल आदि किन्नमा व्यस्त रहेका छन् । अर्कातिर नसक्ने सानातिना तथा मध्यमस्तरका उपभोक्ताहरू भने विष सेवनका कारण कतिपयले डाक्टरको पालो पर्खेर बसेका छन् । तरकारीमा विषादीको मूल जरो नेपाली कृषिलाई प्रतिस्पर्धात्मक बनाउने नाममा राज्यले अवलम्बन गरेको पश्चिमी शैलीको उच्च लगानीसहितको बजारमुखी कृषि ढाँचामा फैलिएको छ । यही ढाँचाअन्तर्गत रसायन र विषादीको प्रयोग बढाउने योजना र कार्यक्रमसहित यसको प्रसारका लागि नै कृषि मन्त्रालय, मातहतका कार्यालय र सेवा केन्द्र सक्रिय छन् । यी निकाय कृषिबाट नाफा बनाउन रसायन र विषादीको कुनै सजिलो विकल्प कम्पोस्ट, गोठमल सुधार र गाउँघरमै पाइने जैविक उपाय देख्दैनन् । यदि हाम्रो देशमै विषादी र रसायन उत्पादन हुँदो हो त कस्तो विषादी र कति मात्रामा भन्ने कुरामा सम्म बहस गर्न पाइन्थ्यो, तर यो अहिलेकै परिस्थितिमा हाम्रो नियन्त्रणबाहिर छ । अहिले धेरैजसो रसायन र विषादी खुला सीमा रहेको भारतबाट आउने हुनाले पनि यसको नियन्त्रण सोचेजस्तो सजिलो छैन । उत्तरी र दक्षिणी खुला सीमा नियन्त्रण गर्ने ल्याकत छ कसैको भने बहसको प्रसंग फेरौँला, होइन भने विषादीको त्रास त रहि नै रहन्छ । त्यसैले अहिले तरकारीमा विषादी हाल्ने किसानलाई सत्तोसराप गरेर समय बिताउनुभन्दा के ग¥यो भने नेपाली कृषि विषादीमुक्त हुन्छ भन्नेतर्फ सार्थक पहल गर्न लाग्नुको विकल्प छैन, तर सँगै बझ्नुपर्ने के छ भने अहिलेकै अवस्थाको नेपाली कृषि जरैदेखि मासिनुको अघिल्लो दिनसम्म हामीले रसायन र विषादी खानुको विकल्प छैन । किनकि विषादीरहित खानेकुरा उत्पादन गर्न चाहिने कृषि प्रणाली र प्रविधि आत्मसात् गर्ने रणनीतिक योजना बनेर कार्यान्वयन नभएसम्म विषादी खानु कालान्तरसम्म हाम्रो नियति रहिरहनेछ ।
सन् १९६२ मा अमेरिकी जीवशास्त्री राचेल कार्सनले रासायनिक विषादीहरूले पु¥याउने खतरनाक प्रभावका बारेमा लेखेको किताब ‘द साइलेन्ट स्प्रिङ’ सार्वजनिक भएपछि विश्व समुदाय निकै चिन्तित बन्यो । उनको अनुसन्धानले जनाएअनुसार १ डलरको विषादीले ५ देखि ११ डलरबराबरको नोक्सानी पु¥याउँछ । त्यसपछि भएका विभिन्न अनुसन्धान र मेडिकल रिसर्च रिपोर्टअनुसार रासायनिक विषादीको अत्यधिक प्रयोगबाट एलर्जी, हेपाटाइटिस, हृदयरोग एवं क्यान्सरजस्ता रोगहरू व्यापक रूपले बढिरहेका छन् । मात्राका हिसाले भन्ने हो भने नेपाल धेरै विषादी प्रयोग गर्ने देशमा पर्दैन । तर पनि विषादी प्रयोग गर्ने हाम्रो तरिका भने निकै खतरनाक छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरूले आफूले उत्पादन गरेको अर्गानिक खालको तरकारी उपभोग गर्छन् भने सहरी क्षेत्रमा बसोबास गर्ने उपभोक्ताहरूलाई यो सम्भव छैन, किनकि सहरी क्षेत्रमा करेसाबारी नभएकाहरूको संख्या अत्यधिक हुन्छ । करेसाबारी आफैंले पनि धान्न सक्दैन । त्यस्तो स्थितिमा सरकारले फलाना वस्तुमा अत्यधिक विषादी अवशेष रहेको भनी सूचना मात्र दिएर बसेको अवस्थाले एक प्रकारको राज्यहीनता देखाउँछ ।
राज्य भनेको सर्वसाधारणलाई संकट परेका बेला त्यसबाट उद्धार गर्ने दायित्व भएको निकाय हो । त्यसले यस्ता घरघरमा पुगिरहेका विष र तिनको प्रयोगलाई रोक्न, त्यस्तो विषादीबाट मुक्ति पाउन आवश्यक सुझाव र प्रविधिको प्रयोग तत्काल गर्नुपर्ने हो । त्यस्तो भएको देखिएन । सबैभन्दा दुःखद पक्ष पनि यही हो । विषादीका अवशेष उच्च र उपभोग गर्नै नहुने तहमा रहेको त भनियो तर त्यसबाट बच्न उपायहरू भने सुझाइएन । यसले विष भन्ने जानीजानी उपभोक्ताहरू उपभोग गर्न बाध्य भइरहेका छन् । निश्चय नै सरकार यसमा मूकदर्शक भएर बस्न मिल्दैन । जसरी अहिले मौन छ । विज्ञहरूबाट विषादी कसरी कम गर्न सकिन्छ, त्यसमा घरेलु उपचार के छन् बाहिर आउनुपर्छ र उच्च विषादी अवशेष रहेका वस्तुहरूको बिक्रीवितरण तुरुन्त रोक्नुपर्छ । त्यसो भएन भने सरकारले नै आफ्ना नागरिकलाई विष दिएको अर्थ लाग्नेछ ।
सरकारले खाद्य ऐन–२०२३ र उपभोक्ता अधिकार ऐन–२०५४ टेकेर उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर पार्ने तरकारी बिक्रीवितरण रोक्न यस्तो निर्देशन दिइएको जानकारी दिए पनि ५१ प्रतिशत तरकारीमा मापदण्डभन्दा माथि विषादी पाइएको भनी विज्ञहरूले बताएका छन् । गत असार ४ गते राजधानीमा रहेको तरकारी बजार कालिमाटीमा सुरु गरिएको विषादी परीक्षणमा हालसम्म १ सय ४१ वटा कृषिवस्तुको विषादी मात्रा परीक्षण गरिसकिएको सम्बन्धित निकायले जानकारी दिएको थियो । उक्त निकायले परीक्षण गरिएकामध्ये करिब ७१ प्रतिशत तरकारीमा विषादी दर ९१ भन्दामाथि पाइएको थियो । तर, सरकारी मापदण्ड अनुसार तरकारीमा विषादीको निषेधदर ४५ भन्दा बढी हुनुहुँदैन भने विश्व स्वास्थ्य संगठनले त यो दर ३१ सम्म रहेको तरकारी मात्र खानयोग्य मानेको छ ।
हाम्रो देशमा तरकारी, फलफूल अन्य खाद्य सामग्रीहरू आफ्नो देशको उत्पादनले नेपालीहरूलाई उपभोग गर्न पुग्दैन । त्यसकारणले गर्दा छिमेकी मुलुकहरूबाट ठूलो मात्रामा कृषि उपजको सहज रूपमा आयात गर्नुपरिरहेको छ । त्यसका लागि सरकारले बेलैमा विभिन्न भारतीय र चिनियाँ नाकाहरूमा क्वारेन्टाइन चेकपोस्टमार्फत आयात हुने तरकारी, फलफूल, अन्य खाद्यान्नहरूको जाँच गरेर मात्र देशका विभिन्न भूभागमा आपूर्तिको व्यवस्था मिलाउनुपर्ने हुन्छ । हालसम्मको स्थितिलाई मध्यनजर गर्ने हो भने यस्तो किसिमको व्यवस्था भएको देखिँदैन । यसका अतिरिक्त राष्ट्रको एक स्थानबाट अर्को स्थानमा लैजाने तरकारीजन्य, फलफूलजन्य र अन्य वस्तुहरूको विषादी नियमित जाँचिनुपर्ने तथा विषादी भेटिए तत्काल नष्ट गरिनुपर्नेलगायत काम तत्काल राज्यले गर्नुपर्ने देखिन्छ । यस्तो किसिमको कडाभन्दा कडा कानुन बनाएर तत्काल रोक्ने प्रयास गरिएन भने भोलि गएर भयावह स्थिति नहोला भन्न सकिन्न ।

Source : http://www.karobardaily.com/nepali/news/2014/09/1411095860

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s