२५ हजार च्याङ्ग्रा भित्रिँदै

  • आइतबार ५ असोज, २०७१
  • २५ हजार च्याङ्ग्रा भित्रिँदै
  • पोखरा— यसपालिको दसैंलाई भनेर २५ हजार भेडाच्यांग्रा पोखरा ल्याउन लागिएको व्यवसायीले जनाएका छन्। उनीहरुका अनुसार भेडाच्यांग्रापालनको मुख्य जिल्ला मुस्ताङबाट १५ हजारवटा पोखरातिर हिँडाइसकिएको छ।
    ‘केही अहिले आइरहेका छन्,’ पोखरा खसीबोका व्यवसायी समितिका अध्यक्ष गोकर्ण भण्डारीले नागरिकसँग भने, ‘८÷१० हजारवटा पछि आउँछन् ।’ केही भेडाच्यांग्रा मुस्ताङबाट म्याग्दी आइसकेको जानकारी उनले दिए । पोखरामा मात्रै २० हजारभन्दा बढी भेडाच्यांग्रा दसैंमा खपत हुने अनुमान छ । त्यसबाहेक काठमाडौं, पर्वत, तनहुँ, स्याङ्जा र चितवनसम्म पुर्याइन्छ ।
    भण्डारी आफैंले यसपालिका लागि साढे ३ सय च्यांग्रा झिकाएका छन् । ‘पोहोर १२ सय ल्याएका थियौं,’ उनले भने, ‘अहिले घटाइयो ।’ भेडाच्यांग्रा ल्याउँदाका झन्झटका कारण संख्या घटाएको उनले बताए ।
    ‘एक त बाटोमा ल्याउँदा ल्याउँदै भिरबाट खस्ने, हराउने हुन्छ,’ उनले भने, ‘अर्काे ठाउँठाउँमा विभिन्न समूहलाई अनावश्यक पैसा बुझाउँदाबुझाउँदा हैरान भइन्छ ।’ उनका अनुसार जिल्ला विसका समितिले लिने निकासी करबाहेक ठाउँठाउँका युवा र आमा समूहलाई अनावश्यक रुपमा चन्दा दिनुपर्ने बाध्यता छ । त्यही कारणले पनि हजार पन्ध्र सय रुपैयाँ भाउ बढ्ने गरेको उनी बताउँछन् ।
    ‘पोहोर कास्कीकै नयाँ पुलमा चर्पी बनाउन भनेर चन्दा दिनुपर्‍यो,’ भण्डारीले भने, ‘दिन्न भनेर वादविवाद गर्न लाग्ने हो भने च्यांग्रा भागेर हराउन सक्छ, १२÷१५ हजारको च्यांग्रा हराउन दिनुभन्दा पैसै दिनु बेस भन्ने हुन्छ ।’
    कास्की जिविसले एउटा च्यांग्राको १०० र पोखरा नगरपालिकाले १० रुपैयाँ लिने गरेको भण्डारीले बताए । ‘जम्मा १० रुपैयाँ लिनुपर्नेमा नगरपालिकाका तर्फबाट ठेक्का पाउनेले दिनको १० का दरले उठाइदिएर ७० रुपैयाँ तिर्नुपर्ने बनाउँछन्,’ उनले भने । त्यसबाहेक पोखराको टुँडिखेलमा खोरमा राख्दा एउटै खोरको लागि मोटो रकम व्यवसायीले बुझाउनुपर्छ । त्यसको सट्टा पोखरा प्रवेश नगराई हेमजा गाउँतिर राख्न पाइने व्यवस्था गरे पनि च्यांग्राको भाउ सस्तो पर्ने उनी बताउँछन् । ‘तर पोखरै ल्याउनुपर्नेखालको अप्रत्यक्ष दबाब आउँछ,’ उनले भने ।
    एउटा जिविसले कर लिएपछि अर्काे जिल्लामा नलाग्ने भए पनि सबैले उठाउने गरेको अर्का व्यवसायी आङ्गे गुरुङ बताउँछन् । ‘मुस्ताङको घाँसा, म्याग्दी अनि कास्की सबैतिर तिर्नुपर्छ,’ उनले भने । सोही कारण नै उनीहरुले म्याग्दीबाट पर्वतको साटो पुनहिलको बाटो कास्की प्रवेश गराउने गरेको उनले जानकारी दिए । आङ्गेले यसपालि ३ सय ५० च्यांग्रा पोखरा ल्याउँदैछन् । ‘अब मुस्ताङबाट हिँडाउँदैछु,’ पोहोर पनि पोखरा आएका उनले नागरिकसँग फोनमा भने ।
    कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत भने विभिन्न समूहले भेडाच्यांग्रा व्यवसायीसँग असुली गर्न नपाउने बताउँछन् । त्यस्तो असुली गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता उनले व्यवसायीसामु गरेका छन् ।
    पोखरामा पोहोर दसैंमा भेडाच्यांग्रा अत्यन्तै थोरै आएकाले भाउ अकासिएको थियो । पसलमा च्यांग्राको मासु किलोको एक हजार रुपैयाँ पुगेको थियो । दसैंमा च्यांग्राकै मासु खाने पोखरेली उपभोक्ताको चलनका कारण पनि यसको भाउ वर्षनि बढिरहेको छ । दसैंमा च्यांग्रा मासुको मूल्यसूची नै नराखी पसलेले बेच्ने गरेको सुशासनका लागि नागरिक समाजका भानु पराजुली बताउँछन् । ‘दसैंमा बजार अनुगमन हुनुपर्ने देखिन्छ,’ उनले भने । व्यवसायीका अनुसार मुस्ताङबाट च्यांग्रा हिँडाएर पोखरासम्म ल्याइपु¥याउँदा १३ दिन लाग्छ । ‘ट्रकमा ल्याउँदा मर्छ कि भनेर हिँडाएरै ल्याइन्छं,’ एक व्यवसायीले भने ।

    Source : – See more at: http://www.nagariknews.com/economy/agriculture/story/25161.html#sthash.KP6ovMc1.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s