सुनकोसी ताल फुट्यो (फोटो फिचर) – 710522

  • 07 Sep 2014 | 08:50am
  • आइतबार २२ भाद्र, २०७१
  • सुनकोसी ताल फुट्यो (फोटो फिचर)

    काठमाडौं-सिन्धुपाल्चोकको कान्ले चट्टानी पहिरोले थुनेर बनेको कृतिम सुनकोसी ताल आज विहान अकस्मात फुटेको छ। ३७ दिन अघि तीन गाउँ सुनकोसीमा विलय गराउँदै १ सय ५७ जनाको ज्यान जाने गरी गएको पहिरोले सुनकोसी थुन्दा ताल बनेको थियो। ताल फुटेपछि तालको सतह १८ मिटर घटेको छ।

    DSC02055

    नेपाली सेनाको टोलीले सुरु देखि २० फुट विष्फोटक पदार्थ, ड्रिल मेसिन र स्काभेटर प्रयोग गरी ताल घटाउन अथक प्रयास गरिरहेका बेला विहान ३-४ बजेको समयमा ताल फुटेको हो। ‘ताल फुट्यो झण्डै १५ मिटर गहिरिएको छ’ ताल खुलाउन क्रियासिल एक सैनिक अधिकारीले भने ति अधिकारीका अनुसार तल्लो तटीय क्षेत्रमा कुनै मानविय क्षति पगेको छैन।’ तर पार्किङ गरिएका केहि मोटरसाइकल र नदि छेउको एक बंगुर फर्म बगेको छ।
    DSC02075
    ताल फुटेसँगै माथिल्लो तटीय क्षेत्रमा डुवानमा परेका घरहरु देखिएका छन्। डुवानमा परेका राम्चेका १९ र धुस्कुन स्थित सानिमा हाइड्रो पावरको उत्पादन गृह देखिएको छ। साउन १७ गते नदी थुनिदा करिव ४८ मिटर उचाइ लिँदै २ सय २७ मिटर लामो ताल औसतमा ४ सय मिटर चौडाई लिँदा १ करोड घनमिटर पानि जमेको थियो।
    DSC02076
    सेनाले ताल थुनिएपछि बनाएको दोस्रो मुखबाट ताल फुटेको हो। विस्फोटक पदार्थ र स्काभेटरले समेत काम नगरेपछि केहि साता यता कफड ड्याम प्रविधि अपनाउँदै आएको थियो। तालको मुखलाई अस्थारुपमा थुन्दै ह्वात्तै खोल्ने प्रविधिलाई कफर ड्याम प्रविधि भनिन्छ। सेनाले केहि दिन अघिमात्र पहिलो कफर ड्याम खोल्दा ताल सतह ३ मिटर घटेको थियो। सेनाले पहिलो मुख थुनेर दोस्रो ड्याम बनाउँदै थियो। तलाउ घटेसँगै डुवानमा परेको अरनिको राजमार्ग देखिन थालेको छ। देखिएको राजमार्गको डिल खसिरहेको इलाका प्रहरी कार्यालय बाह्रविसेका इनिस्पेक्टर जयस्वर रिमालले बताए।
    DSC02089
     
    DSC02093
     
    gold bars
     
    Himal
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s