पशुपतिमा दर्शन गर्नेभन्दा रमाइलो गर्ने बढी (फोटोफिचर) – 710512

काठमाडौं—तीजको अवसरमा पशुपति मन्दिरमा करिब डेढ लाखभन्दा बढी भक्तजनहरुले दर्शन गरेका छन्। दिउसो तीनबजेसम्म तय गरिएको यो संख्या साँझसम्म अढाइ लाख पुग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
 रमाइलो गर्न जानेहरु भने झन्डै चार लाखको संख्यामा रहेको कोषले जनाएको छ। दर्शन गर्न भक्तजनहरुले बिहान तीनबजेदेखि पाइरहेको र बेलुकी साढे आठ बजेसम्म उनीहरुलाई यस्तो अवसर दिइने कोषका कोषध्यक्ष तारानाथ सुवेदीले बताए । ‘दर्शनार्थी भीड बिहानदेखि घटेको छैन,’ उनले नागरिकन्युजसँग भने, ‘बेलुकासम्म साढे दुइ लाखभन्दा बढीलाई पशुपति दर्शन गराउने हाम्रो लक्ष्य छ।’
उनका अनुसार पशुपति मन्दिर छिर्ने तीनवटा ढोका १२ देखि २ बजेसम्म दैनिक नित्ययोगका लागि बन्द गरिँदा केहीबेर दर्शन कार्य रोकिए पनि अहिले खोलिएको छ। सर्वसाधारणले डेढ घन्टा लाइनमा बसेर दर्शन गरिरहेको उनले बताए।
पशुपति मन्दिरमा रमाइलो गर्न जानेहरु करिब तीनदेखि चार लाखको संख्यामा रहेको उनले बताए। मन्दिर परिसरमा रहेका करिब आधा दर्जन स्वास्थ शिविरमा ६ सय दर्शनार्थीका सामान्य उपचार पनि तीन बजेसम्म सकिएको उनले बताए। ‘दिउसो तीन बजे बुझ्दा दर्शनार्थी लाइनमा बस्दा असजिलो मानेर उनीहरुको उपचार गरिएको हो,’ उनले भने । कोषले दर्शनार्थीलाई गहना नलगाउन, प्लाष्टिकका झोला नबोक्न, दर्शन छिटो गर्न, मोवाइल प्रयोग नगर्न अनुरोध गरिएको छ। दर्शन गर्नका लागि बनकाली, चारशिवालय, पञ्चदेवलपूर्व, बजघर, दक्षिणढोकासम्म पुग्ने पहिलो लाइनको व्यवस्था गरिएको छ।
त्यसैगरी अर्को लाइनमा जयवागेश्वरी, भुवनेश्वरी, फलामेपुल, पश्चिम सानो ढोका दोस्रो लाइन र मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकीबाट मन्दिर प्रांगण प्रवेश गर्ने तेस्रो लाइनको कोषले व्यवस्था गरेको छ । तीज विशेष महिलाहरुको पर्व भएकोले सूर्यघाटबाट आर्यघाटतर्फ पुरुष प्रवेश नपाउने व्यवस्था पनि मिलाइएको छ। कोषका सदस्य सचिव गोविन्द टन्डनका अनुसार सवारी पास भएकालाई तीलगंगा, देवउद्यान कोषको कार्यालय, महानगरीय प्रहरी वृत गौशाला र गुह्येश्वरी पार्किङ व्यवस्था मिलाइएको छ ।
T12
 
T11
 
T10
 
T9
 
T8
 
T7
 
T6
 
T5
 
T4
 
T3
 
T2
 
T1
तस्बिरहरु : दिनेश गोले, उपेन्द्र लामिछाने
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s