मोतीजयन्तीको अवसरमा ‘अन्तर्राष्ट्रिय नेपाली गजल

काठमाडौं: १४९ औँ मोतीजयन्तीको अवसरमा अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्‍चले संयुक्त रुपमा आयोजना गरेर ‘अन्तर्राष्ट्रिय नेपाली गजल महोत्सव, २०७१’ मनाएको छ। स्वदेश तथा विदेशमा रहेका एक दर्जनबढी संस्थाहरुको सहकार्यमा काठमाडौँको शिल्पी थिएटरमा भदौ ६ र ७ गते गजल महोत्‍सव मनाइएको हो।

महोत्‍सवको पहिलो दिन शुक्रबार गजल गोष्ठी र विशेष गजल वाचन मनाइएको थियो। कार्यक्रममा नारायण शर्मा गैरेले ‘समकालीन नेपाली गजलका प्रवृत्ति र प्रयोग’ शीर्षकमा, रूपक अलंकारले ‘प्रवासमा नेपाली गजल’ शीर्षकमा तथा शैलेन्द्र समदर्शीले ‘भारतमा नेपाली गजल’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए।

प्रस्तुत गरिएका उक्त कार्यपत्रमाथि क्रमश: घनेन्द्र ओझा, गोवर्द्धन पूजा र शेखर अस्तित्वले टिप्पणी गरेका थिए। कार्यक्रममा पुराना गजलकारहरू बूँद राना, ललिजन रावल, रवि प्रान्जल, करुण थापादेखि नयाँ पुस्ताका नवीन चिराग, वासुदेव गौतस, तपेन्द्र घोडासैनीनगायतले गजलवाचन गरेका थिए।

यस्तै गजल महोत्‍सवको दोस्रो दिन स्रष्टाका आधा दर्जन गजल कृति, गजल बहस नामक पुस्तकको ई-कपी विमोचन, विशिष्ट स्रष्टा सम्मान तथा देशका चर्चित गजल गायक-गायिकाद्वारा प्रत्यक्ष गजल प्रस्‍तुत गरिएको थियो।

कार्यक्रममा २०५० सालअगाडिदेखि नेपाली गजललेखन, समीक्षणका क्षेत्रमा निरन्तर कृयाशील एक दर्जन स्रष्टा, समीक्षकलाई ‘विशिष्ट सम्मान’, ०५० यता नेपाली गजलको उत्थानमा समर्पित एक दर्जन स्रष्टा, समीक्षक, संगीतकर्मी तथा सन्चारकर्मीलाई ‘सम्मान’ प्रदान गरिएको थियो।

गजलस्रष्टाहरू ललिजन रावल, बूँद राना, रवि प्रान्जल, करूण थापा, डा. विजय सुब्बा, डा. घनश्याम न्यौपाने परिश्रमी, श्रेष्ठ प्रिया पत्थर, डा. भोजराज घिमिरेलाई विशिष्ट सम्मानबाट सम्‍मानित भएका थिए भने देवी नेपाल, अच्युत घिमिरे, शैलेन्द्र समदर्शी, शेखर अस्तित्व, याम थुलुङ आदिलाई सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा अनाममण्डलीले हरेक वर्ष प्रदान गर्दै आएको पाँच हजार राशिका ‘मोतीराम-सेतुराम गजल पुरस्कार, २०७०’ पनि दुईजनालाई प्रदान गरियो। संगीतर्फको पुरस्कार यस वर्ष गायक/संगीतकार शिव परियारलाई प्रदान गरियो। साथै पुस्तकतर्फको मोतीरम-सेतुराम पुरस्कार खकेन्द्र साउद समर्पणको गजलकृति ‘आवरण’लाई प्रदान गरियो।

महोत्सवको अन्तिम शनिबार अन्तर्राष्ट्रिय नेपाली गजल मञ्‍चले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय नेपाली गजल प्रतियोगिता, २०७१ का पुरस्कृत गजलकारहरू अछामका कमल संघर्ष, कैलालीका तपेन्द्र घोडासैनी र मकवानपुरका श्रीराम अधिकारीलाई गजलका क्षेत्रमा राखिएको हालसम्मकै ठूलो राशिको पुरस्कार प्रदान गरियो।

प्रतियोगितामा प्रतियोगीहरुले प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: अमेरिकी डलर ३००, २०० र १०० प्राप्त गरेका थिए।

– See more at: http://www.annapurnapost.com/en/news/entertainment/12793/%A4%A8.htm#sthash.Y2f0cDMH.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s