‘हनिमुन’ बाट फर्केनन् श्रीकृष्ण

 

honeymoon-shreekrishnaविदुर गिरी
काठमाडौं
नायिका श्वेता खड्कासँगको लामो प्रेम सम्बन्धलाई गन्तव्य दिने क्रममा उनैसँग बिहे गरेपछि ३ साताअघि ‘हनिमुन मनाउन’ भन्दै भारत गएका नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठ अब कहिल्यै नर्फकने गरी यो धर्तीबाट बिदा भएका छन्।
बिहे गरेको महिना दिन बित्दा नबित्दै उपचारका क्रममा उनको शनिबार राति साढे एघार बजे निधन भएको छ। उनले गत असार २३ गते मात्र भव्य प्रितीभोजका साथ आफूद्वारा निर्मित पहिलो चलचित्र कहाँ भेटिएलाबाट डेब्यु गराएकी नायिका श्वेता खड्काका साथ अन्तरजातीय विवाह गरेका थिए।
निमोनिया र बोन क्यान्सरले ग्रस्त नायक श्रेष्ठको उपचारका क्रममा नयाँ दिल्लीस्थित गंगाराम अस्पतालमा निधन भएको हो। उनी बिहेको केही दिन अगाडि मात्र पनि श्वासप्रश्वासको समस्या भएपछि उपचारका लागि दिल्ली पुगेका थिए। बिहेको निम्तो बाँडिसकेको अवस्थामा बिरामी परेपछि श्रीकृष्णको परिवारले उपचारका लागि उनलाई रातारात दिल्ली पुर्याएको थियो।
केही दिनको उपचारपश्चात् काठमाडौं फर्केलगत्तै अस्वस्थाताका बीच विवाहबन्धनमा बाँधिएका श्रीकृष्ण कोल्ड एलर्जीका कारण घाँटीमा आएको समस्या बेहोरिरहेका थिए। बिहेलगत्तै उनी ‘हनिमुन’ का लागि श्वेताका साथ भारतको श्रीनगर पुगेका थिए। ‘श्रीनगरको चिसो गडेपछि’ श्रीकृष्ण फेरि अस्वस्थ भएकाले उनी उपचारका लागि त्यहींबाट दिल्ली पुगेको बताइन्छ। केही दिनको उपचार र थप परीक्षणपश्चात् मात्र उनलाई निमोनिया भएको पत्ता लागेको थियो भने त्यसलगत्तै फेरि बोन क्यान्सर भएको पत्ता लागेको पारिवारिक स्रोतले नेपाल समाचारपत्रलाई जानकारी गराएको छ।
प्राप्त समाचारअनुसार क्यान्सरबाट जोगाउन केमो थेरापी दिए पनि श्रीकृष्णको शरीरले केमो लिन नसकेपछि मृत्युसँग उनी हार्नुपर्यो। दोस्रो पटक केमो दिने क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
अस्वस्थताले गालेका कारण गत शुक्रबारदेखि रिलिजमा आएको आफ्नो चलचित्र कोहिनुरको प्रवद्र्धनका लागि समेत नेपाल फर्कन सकेका थिएनन्। उनको निधनको खबर आइतबार बिहान सबेरैदेखि पैmलिए पनि सबैलाई पत्याउन कठिन भइरहेको थियो। यो असामयिक निधनको खबरले उनका प्रशंसक, शुभचिन्तक तथा चलचित्रकर्मी स्तब्ध भएका छन्।
फेसबुकका टाइमलाइन उनकै शोक र उनीप्रतिको श्रद्धाञ्जलिले भरिएका छन्। नायक राजेश हमालले अन्य कलाकारका साथ आफू र श्रीकृष्णले एकअर्काको हात समातेर उठाइरहेको चलचित्र कसमको फोटोसमेत राख्दै फेसबुकमा लेखेका छन्– ‘श्रीसँगको मेरो पहिलो चलचित्र। यो दुखद् घडीमा उसको नयाँ दुलही र परिवारलाई ईश्वरले शक्ति प्रदान गरून्।’
‘श्रीको आत्माको शान्तिको प्रार्थना गर्छु। सच्चा कलाकार अनगिन्ती मन मस्तिष्कमा अमर रहन्छ’, नायिका रेखा थापाले फेसबुकमा स्ट्याटस अपलोड गर्दै लेखेकी छिन्– ‘दाइ, तपाईंले दिएको योगदान हाम्रा लागि सदा प्रेरणा र अमर रहिरहनेछ।’
त्यसै गरी खलनायक सुनील थापाले उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै नेपाली चलचित्र उद्योग र राष्ट्रले सधैं मिस गर्ने उल्लेख गरेका छन्। अखिल नेपाल चलचित्रकर्मी संघले शोक वक्तव्य जारी गर्दै श्रीकृष्णको असामयिक निधनले मर्माहत बनाएको जनाएको छ।
४७ वर्षीय श्रीकृष्णको निधनपछि उनका दाइ र दिदीहरू आइतबार नै दिल्ली पुगेका छन्। नेपाल टेलिभिजनका नवनियुक्त अध्यक्ष नीर शाह र कोहिनुरका निर्देशक आकाश अधिकारीले आइतबार नै परराष्ट्रमन्त्री प्रा. डा. महेन्द्रबहादुर पाण्डेलाई भेटी यथाशीघ्र उनको शव ल्याउन पहल गरिदिन आग्रह गरेका थिए। मन्त्री पाण्डेको निर्देशनमा भारतका लागि नेपालका कार्यवाहक राजदूत कृष्ण ढकाल अस्पताल पुगी श्रीकृष्णको शव नेपाल पठाउने पहलमा लागेका छन्। उनको शवलाई आज सोमबार काठमाडौं ल्याइने भएको छ। उनीप्रति अन्तिम श्रद्धाञ्जलि प्रकट गर्न आज उनको शव नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ। श्रीकृष्ण १३ वर्षअगाडि पनि गम्भीर बिरामी भएका थिए। त्यस समय उनलाई कडा जन्डिस र निमोनियाले सताएपछि उनको कलेजो र फोक्सोमा समस्या आएको थियो भने आन्द्राको अल्सरले समेत समस्यामा पारेका थियो। जीवनमा कहिल्यै धुम्रपान र मद्यपान नगरेका श्रीकृष्ण चिसो पेय पदार्थका भने अत्यन्तै सौखिन थिए। उनी दिनमै २५ बोतल पेय पदार्थ पिउँथे।
शनिबार राति श्रीकृष्णको निधन भएपछि उनकी पत्नी नायिका श्वेता खड्का अस्पातलमै अचेत भएकी थिइन्। स्वास्थ्य समस्या बढ्दै गएपछि श्रीकृष्णले केही दिनअघि श्वेता र आफ्ना दाइ मीनकृष्णलाई ‘यदि मलाई केही भइहाल्यो भने आमालाई मेरो फेस कसरी देखाउनु भन्दै चिन्ता व्यक्त गरेका थिए। श्रीकृष्ण र श्वेता कोहिनुरको रिलिज सकाएर आरामले आगामी मंसिर महिनामा बिहे गर्ने योजनामा थिए। ज्योतिषले असारमै बिहे गर्नु उत्तम हुने सल्लाह दिएपछि गत असार २३ गतेका लागि साइत जुराइएको थियो। श्रीकृष्णको परिवारमा आमा, १ दिदी र ६ जना दाइ छन्। त्यसै गरी श्वेताको परिवारमा बुबा, आमा तथा ५ जना दिदी र २ भाइ छन्।
२०४५ सालमा भुमरी नामक चलचित्रको सानो भूमिकाबाट अभिनय करियर शुरू गरेका नायक श्रेष्ठ कसममा नायक राजेश हमालको साथी र पुकारमा खलपात्रको भूमिकामा थिए। नाताबाट नायकका रूपमा अभिनय यात्रा अगाडि बढाएका उनले आफ्नो मान्छे, आफन्त, सुख–दुःख, पाहुना, ए मेरो हजुर, हामी तीन भाइ, कहाँ भेटिएलाजस्ता चलचित्रबाट दर्शकको मन जित्दै आएका थिए। हाल प्रदर्शनमा रहेको उनको चलचित्रलाई पनि मन पराइएको छ। नृत्यकलामा माहिर उनी नेपाल प्रज्ञा–प्रतिष्ठानमा कलाकारका रूपमा जागिरेसमेत थिए।

Published Date: August 11, 2014

       
shree

नायक तथा निर्माता श्रीकृष्ण श्रेष्ठको निधन भएको आज पाँच दिन भएको छ। उनको निधनप्रति जताततै दुःख र शोक छाएको छ। कलाकार र सर्वसाधारणले उनको निधनमा दुःख प्रकट गर्दै सामाजिक सञ्जालहरुमा भावपूर्ण श्रद्धाञ्जलि र तस्वीर अपलोड गरिरहेका छन्। केही भावपूर्ण श्रद्धाञ्जलि यस्ता छन् ः

अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनको खबरले स्तब्ध भएको छु। उहाँको चिर आत्माको शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु।
– हरिवंश आचार्य

श्री भाइ, तिमी जहिले भन्ने गथ्र्यौ नि हामी दर्शकको सुखदुःखको साथी। तर अहिले साथ छोड्यौ, आँशु मात्र बगाई।
– मिथिला शर्मा

वि लभ यु श्री दाइ फरइभर।
– रेखा थापा

हामीले गरेका पाप चाहिँ पाप, भगवान्ले गरेको पाप चाहिँ लेखान्त? धिक्कार छ दैव तँलाई।
– सारंगा श्रेष्ठ

श्रीजी प्लिज कम ब्याक।
– जल शाह

विगतमा एक⁄दुई जना राजनीतिक व्यक्तित्वहरुको अन्तेष्टिलाई छोड्ने हो भने सम्भवतः आर्यघाटमा त्यति धेरै शोकाकुल मानिस इतिहासमा पहिलोपटक यसरी एउटा कलाकारको सम्मानमा उपस्थित भएको अनुभूति गरें। अलबिदा श्रीकृष्ण?
– टीका भण्डारी

चलचित्र महाराजाको कथा सुनाउँदा श्रीदाइ मौनता, यु आर सच ए गुड कमर्सियल स्कृप्ट राइटर भन्नुभएको म कहिल्यै बिर्सन्नँ। निर्माताका कारणले सो चलचित्र बनेन। श्री दाइलाई हृदयदेखि श्रद्धाञ्जलि।
– मौनता श्रेष्ठ

जनम जनम जिउँला सँगैं भाकेर वर पीपलु। अलबिदा श्री दाइ।
– विमल डाँगी

नेपाली कलाकारलाई माया गर्ने यो सारा नेपालीको भीडले भन्दैछ श्रीदाइको आत्माले शान्ति पाओस्। श्वेता भाउजूलाई यो सब दुःख सहने सक्ने शक्ति देउ भगवान्। दाइ तपाईं जहाँ भए पनि सधैं हाम्रो मन मुटुमा रहनुहुनेछ। तपाईं जस्तो राम्रो व्यक्ति र कलाकारलाई गुमाएकोमा सारा फिल्म इन्डस्ट्रि र सारा नेपाली दुःखी छौं।
– पुजना स्त्री

चलचित्र नायक तथा मेरा मित्र श्रीकृष्ण श्रेष्ठको उपचारका क्रममा भएको मृत्युको खबरले स्तब्ध छु, मर्माहत छु।
– दीपकराज गिरी

म अस्पतालमा गएको थिएँ, ब्याड लक यहाँ (नयाँ दिल्ली) बाट लगिसकेको रहेछ। म खुब रोएँ। एयरपोर्ट पनि पुगें, तर बोड्र्री भइसकेको रहेछ। लेट माई गुड फ्रेन्ड ह्याभ पिस इन हिज हेभन।
– विपना थापा
हार्दिक श्रद्धाञ्जलि ः कसैले आफन्त गुमायो, कसैले आफ्नो मान्छे त कसैले ए मेरो हजुर हरायो। जिन्दगी सुखदुःखको चर्खा रहेछ। उनी जस्ता सरल नायक अब कहाँ भेटिएला?
– शिवहरि पौडेल

रियल्ली सक्ड टु हेयर द न्युज। यु वेर ए जेम अफ आवर इन्डस्ट्री। मे योर सोल रेस्ट इन पिस।
– ऋचा शर्मा

श्रीकृष्ण श्रेष्ठ दाइको दुःखद खबरले स्तब्ध बनाएको छ। परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ति मिलोस्।
– केकी अधिकारी

Source : http://www.newsofnepal.com/new/entertainment/2014/08/67166

Published Date: August 13, 2014

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s