युगको माग सामाजिक सञ्‍जाल

एक्‍काइसौं शताब्दी सूचना र प्रविधिको युग हो। सूचनाप्रविधिको विकाससँगै इन्टरनेट, ईमेल र वर्ल्डवाइड वेबको व्यापकता बढेको छ। २१ प्रतिशत नेपाली इन्टरनेट चलाइरहेका छन्। यो तथ्यांक अन्य देशको तुलनामा कमै भए पनि नेपालका लागि द्रूत रूपमा बढ्दै गएको प्रतिशत हो।

इन्टरनेटमा पनि धेरै खोलिने साइटहरूमा सामाजिक सञ्जाल अर्थात् सोसियल नेटवर्किङ रहेको छ। कतिपयमा त सामाजिक सञ्‍जाल नै इन्टरनेट हो भन्‍ने छाप पनि बसिसकेको छ। आजको युवा पुस्ताका सदस्य त घन्टाघन्टाको अन्तरालमा यसमा प्रवेश गरेर स्टेटस तथा कमेन्ट चेक गरिरहेका हुन्छन् त कतिले आफ्नो फोनमै यस्ता साइटलाई लाइभ बनाई हरपल आफूलाई सम्पर्कमा राखेका हुन्छन्।

सोसियल नेटवर्किङ साइटमा हाल फेसबुक, ट्विटर, लिंक्डइन, माइस्पेस अग्रपंक्तिमा छन्। अहिले फेसबुकमा एक अर्ब, ट्विटरमा ५० करोड, लिंक्डइनमा १६ करोड तथा माइस्पेसमा १० करोड हाराहारीमा सदस्य छन्। सामाजिक सञ्जालमा फेसबुक र ट्विटर अग्रस्थानमा छन्।

हुन त नेपालजस्तो सीमित इन्टरनेट सुविधा भएको देशमा समेत १७ लाखभन्दा बढी प्रयोगकर्ता भएको फेसबुकको बजार छ। कुनै बेला फेसबुकको लोकप्रियतासँग डाह गर्ने गुगलले अहिले आएर त्यसको लोकप्रियता स्वीकार गरेको छ। गुगल भन्छ, ‘इन्टरनेट सञ्‍जालको ३५ प्रतिशतभन्दा बढी ब्यान्डविथ फेसबुकले मात्र खर्च गर्छ।’

गुगलले सञ्‍चालन गरेको विज्ञापन व्यवस्थापन र प्रवर्द्धनसम्बन्धी काम हेर्ने वेबसाइट गुगल एडप्लानरले तयार गरेको तथ्यांकअनुसार फेसबुकलाई मासिक ५४ करोड युनिक भिजिटरले जम्मा पाँच खर्ब ७० करोड पटक क्लिक गर्छन्। गुगलका अनुसार यो भिजिट इन्टरनेट प्रयोगकर्ताको मासिक भिजिट गर्ने साइटको ३५ प्रतिशत हो।

सोसियल मिडियामा थुप्रैको एकैपटक सहभागिता हुन्छ, स्रोत र आवाज धेरै हुन्छन्। यसमा दुईवटा बाटा हुन्छन्, एउटा भन्‍नेको र दोस्रो त्यसलाई प्रतिक्रिया दिनेको। एक किसिमले भन्दा सोसियल मिडिया भनेको कुनै वेबसाइट हो जसले आफ्नो साइटमा थुपै्र सदस्यबीच अन्तरसंवाद गराउँछ।

सामाजिक मिडियालाई दुवै किसिमले व्याख्या गर्न सकिन्छ, त्यसैले यो परस्पर विरोधी छ। यसको प्रयोग कुन रूपमा गर्ने हो त्यसैमा भर पर्छ। मिडिया भन्‍नेबित्तिकै स्वतन्त्रताको अभिव्यक्ति भन्‍ने बुझिन्छ। त्यसैले सामाजिक मिडियामा अझ फराकिलो र धेरै मानिससमक्ष पुग्ने माध्यम बनेको छ। तपाईं जे पनि पोस्ट अथवा सेयर गर्नुहुन्छ, त्यो ग्लोबल अथवा विश्‍वव्यापी हुन्छ तर सबैले पढे भन्‍ने सोच्नु मूर्खता हुन्छ।

सोसियल मिडियाले नेपालमा ठूलो फड्को मारिरहेको छ किनकि चलेको मिडिया फेसबुक र ट्विटरमात्र हैन, थुप्रै नेपाली लिंक्डइन र डिग पनि चलाइरहेको पाइन्छ। सामाजिक सञ्‍जाल सशक्त र कमजोर दुवै हुन सक्छ। यदि यसमा सबैको साथ र सम्झौता हुन्छ भने यो शक्तिशाली बन्छ नभए यो कमजोरीतर्फ उन्मुख हुन्छ।

त्यसैले सामाजिक सञ्‍जाल एक्लै खडा हुन सक्दैन, सबैको साथ अपरिहार्य हुन्छ। तसर्थ सामाजिक सञ्‍जालको जग भनेकै सबैको साथ हो। धेरैले सोसियल मिडिया भन्‍नेबित्तिकै सामाजिक सञ्‍जाल भन्‍ने बुझ्छन्। तर, सत्यता भनेको सामाजिक सञ्‍जाल सोसियल मिडियाको एउटा बलियो हाँगा हो।

सोसियल मिडिया थुप्रै किसिमका छन्। जस्तै, सोसियल न्युज, सोसियल बुकमार्किङ, सोसियल नेटवर्किङ, मल्टिमिडिया (फोटो, भिडियो, अडियो) सेयरिङ, विकिज, साधारण मिडिया आदि। साधारण मिडियाले सीधा एउटै बाटो लिन्छ र स्रोत पनि पर्याप्त हुँदैन तर सोसियल मिडियामा थुप्रैको एकैपटक सहभागिता हुन्छ, स्रोत र आवाज धेरै हुन्छन्।

यसमा दुईवटा बाटा हुन्छन्, एउटा भन्‍नेको र दोस्रो त्यसलाई प्रतिक्रिया दिनेको। एक किसिमले भन्दा सोसियल मिडिया भनेको कुनै वेबसाइट हो जसले आफ्नो साइटमा थुपै्र सदस्यबीच अन्तरसंवाद गराउँछ।

विश्‍वकै सबैभन्दा पुरानो सामाजिक सञ्‍जाल भनेको सिक्सडिग्रिज डटकम हो, जुन सन् १९९७ मा उद्घाटन गरिएको थियो र सन् २००० मा बन्द भयो। निल्सेनको ‘ग्लोबल फेसेस एन्ड नेटवर्कड प्लेसेस’को रिपोर्टअनुसार सामाजिक सञ्‍जाल र ब्लगिङ अनलाइन क्रियाकलापमा चौथो स्थानमा आउँछन्, व्यक्तिगत ईमेलभन्दा माथि।

संसारका सबै अनलाइन प्रयोगकर्तामध्ये ६७ प्रतिशत अब सामाजिक सञ्‍जालको साइट प्रयोग गर्छन् र इन्टरनेटको कुल समयको १७ प्रतिशत सामाजिक सञ्‍जालमा बिताइरहेका छन्। ब्लग विकिपेडिया र युट्‍युब सबै सामाजिक मिडिया ज्ञानका भण्डार हुन्। यिनीहरूको प्रयोग र सुविधा अतुलनीय छ।

शरीरका सबै अंग देखिने प्रविधिको विकास

लस एन्जलस : अमेरिकी वैज्ञानिकले शरीरलाई सिसाजस्तो पारदर्शी रूपमा हेर्न मिल्ने एक प्रविधिको विकास गरेका छन्। अब यस प्रविधिको प्रयोगले शरीरका सबै अंगहरू हेर्न सकिनेछ। यो प्रविधिबारे ‘सेल’ नामको विज्ञान पत्रिकामा विस्तृत जानकारी दिइएको छ। वैज्ञानिकका अनुसार यस प्रविधिको प्रयोग गर्दा शरीरमा कुनै नोक्सानी पनि हुँदैन। यसबाट शरीरका अंगहरूले के-कसरी काम गरिरहेका छन् भनेर बुझ्न सकिन्छ।

क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले यो प्रविधिको प्रयोग मुसा र छुचुन्द्रोमा गरेका छन्। वैज्ञानिकहरूले यसअघि शरीरका अंगहरू हेर्न गरिएका अध्ययनको विश्लेषण गरी तीन स्तरीय प्रविधिको विकास गरेका छन्। सुरुमा कोषलाई प्लास्टिकजस्तो झिल्लीले समात्छ र रगतको प्रवाहबाट आनुवांशिक डिटरजेन्ट राखिन्छ, जसले लिपिड (बोसा) मोटो अणुलाई घोलेर अंगलाई पारदर्शी बनाउँछ।

क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिकहरूले यो प्रविधिको प्रयोग मुसा र छुचुन्द्रोमा गरेका छन्।

वैज्ञानिकहरूले यस नयाँ प्रविधि प्रयोग गरी तीन दिनमै मुसाको मिर्गौला, मुटु, फोक्सो र आन्द्रा हेर्न सफल भए। उनीहरूले दुई सातामा जनावरको पूरा शरीर पारदर्शी रूपमा हेरे। यस अध्ययनका प्रमुख अनुसन्धानकर्मी डाक्टर भिभियाना गार्डिनारुले भने, ‘यसले जीव वैज्ञानिकको सपनालाई वास्तविक बनाएको छ। यो अध्ययनको निकै प्रशंसा भइरहेको छ। दशकौंदेखि वैज्ञानिकहरू शरीरलाई पारदर्शी रूपबाट हेर्ने कोसिस गरिरहेका छन्। यसअघिका अधिकांश प्रविधि नोक्सानदायक थिए, तर यो प्रविधिले कुनै बेफाइदा गर्दैन’

वैज्ञानिकहरूले यो प्रविधिको प्रयोगबाट मानव शरीरमा क्यान्सर र भाइरसको फैलावट थाहा पाउन सकिने जानकारी दिए। यस प्रविधिको थप अध्ययन हुन बाँकी रहेको बताइएको छ। -एजेन्सी

थप तस्बिरहरु  हेरनुस्

अब औंठीमा माउस

अब हातले च्याप्प समातेर माउसप्याडमा माउस चालाइरहनु नपर्ला। किनभने औंठीजस्तो औंलामा लगाएर चलाउन मिल्ने माउस निर्माण भइसकेको छ। माइसेस्त्रो थ्रीडी माउस यस्तो माउस हो जुन चोर औंलामा औंठीजस्तै लगाएर चलाउन सकिन्छ।

कलमको बिर्कोजस्तै औंठीका रूपमा लगाइने यो माउसको बायाँतर्फ परम्परागत माउसको जस्तै तीनवटा बटन रहेको छ। दाहिने हातको चोरी औंलामा लगाउन मिल्ने यो माउस चलाउँदा किबोर्डबाट हात उठाइरहनु पर्दैन। आफ्नो आवश्यकताअनुसारको बटन बूढी औंलाले दबाएर यसलाई चलाउन सकिन्छ। यसबाट माउसले दिन मिल्ने सम्पूर्ण कमान्ड जस्ताको तस्तै दिन सकिन्छ।

ब्लुटुथ ४.० प्रोटोकल प्रयोग भएको यो माउस ब्याट्रीबाट सञ्चालित हुन्छ। एकपटक चार्ज गरेपछि आठ घन्टा चलाउन सकिन्छ। यसलाई थ्रीडी माउस नाम दिइएको छ। यसलाई स्क्रिनमा दायाँबायाँ र माथितल मात्र होइन कतिपय सफ्टवेयरको प्रयोगमा अगाडि पछाडिको गतिमा पनि चलाउन सकिन्छ।

हवाईजहाजमा ल्यापटप चलाउँदा भएको अप्ठ्यारोबाट पीडित एक प्रयोगकर्ताले यस्तो अनौठो माउस विकास गरेको बताइएको छ। यात्रा तथा उभिएर काम गर्नु परेको अवस्थामा यो माउस प्रयोग गर्दा सजिलो हुने बताइएको छ। -एजेन्स

Source :- See more at: http://www.annapurnapost.com/en/news/technology/12026.htm#sthash.tp7aVxyH.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s