बाह्रबिसे बजारको पश्चिमी भाग र पहिरोले सुनकोसी थुनिएर बनेको ताल

 

सिन्धुपाल्चोकको प्रमुख व्यापारिक केन्द्र बाह्रबिसे बजारको पश्चिमी भाग र पहिरोले सुनकोसी थुनिएर बनेको तालको मंगलबार हेलिकप्टरबाट खिचिएको तस्बिर। बाह्रबिसे डुबानमा पर्ने भयले बजारवासीले भोटेकोसी किनारमा बत्ती बालेर राति ११ बजेसम्म गस्ती गर्ने गरेका छन्। तस्बिर : राजेन्द्र मानन्धर/कान्तिपुर

एउटै रूखले ३६ लाख

मझवा (रामेछाप), श्रावण २७ –
एउटा रूखबाट वर्षभरिको कमाइ कतिसम्म होला? हजार, दस हजार या लाख। सायद कसैले अनुमान गर्ला, मझुवाका धनबहादुर लामाको एउटै रूखको वाषिर्क कमाइ ३६ लाख रुपैयाँ पुगेको छ। यो बोधिचित्तको रूख हो, जसको वर्षको दुई छिमल फल बेच्दा उनलाई धनवर्षा भइरहेको छ। पैसाको झोला बोकेर क्रेता
फेदमै आइपुग्छन्। पहिले उक्त रूखमा फल्ने दानाबाट उपार्जन होला भन्ने कल्पनासमेत थिएन। गेडा फल्थ्यो, झथ्र्यो। रहँदाबस्दा तिनै दाना उनेर माला लगाउनुपर्छ भन्ने जाने। अरूलाई बाँडे। तीन वर्षअघि नै उनले बोधिचित्तको फल बेचेर साढे १२ लाख रुपैयाँ कमाए। त्यो कुरा सञ्चारमाध्यममा आयो, जसबाट झन् चर्चा भएर कमाइ साढे २२ लाख पुग्यो। अनि यो वर्ष २८ लाख कमाइ भइसक्यो, दोस्रो सिजनको फलका लागि ८ लाख थमाउने आइसके।
‘अरू कमाउन कतार र मलेसिया जान्छन्,’ लामाले भने, मेरो त यै रूख अमेरिका हो।’ उनले केही वर्षअघि आफन्तको घरबारीबाट ल्याएको एउटै बिरुवा हुर्केर यस्तो चमत्कार भएको हो। उनले पछि अरू बिरुवा पनि थपे, जसले भर्खर उत्पादन दिन थालेका छन्।
प्रतिबोट ३० दानाको हाराहारीमा। अर्को वर्षदेखि तिनमा पनि राम्रै फल्न थाल्ने उनको अपेक्षा छ। बोधिचित्तको कमाइबाट लामाले काठमाडौंमा राम्रो घर किनिसके। कमाइ बढेसँगै तला थप्ने योजना पनि बन्दैछ।
बोधिचित्तको दाना खासमा बुद्ध धर्मावलम्बीहरू औधी रुचाउँछन्। १ सय ८ दानाबाट बनेको माला हातको मुठीभित्र अटेमा त्यसले ठूलो दाम पाउँछ। ठूला दानाको भाउ छैन। थोरै मूल्यमा बेच्नुपर्दा पनि बगैंचाका अरू सबै फलफूलको कमाइबराबर एउटै रूखले उठाइहाल्छ। स्थानीय किसान हिरू लामाले थोरै बेच्दा पनि यस वर्ष अढाइ लाख कमाए।
बोधिचित्तलाई स्थानीय भाषामा बुद्धमाला पनि भनिन्छ। हरियो फल ढिकीमा कुटेर बोक्रा फालेपछि बोधिचित्त तयार हुन्छ। दानालाई आधुनिक मेसिनले प्वाल पारेर माला उनिन्छ। अचम्म के भने बोधिचित्तको रूखले धेरै स्याहार पाएमा चाहिँ राम्रो कमाइ गर्दैन। सुख्खा पंखर जग्गामा भएको रूखमा फल्ने साना दानाले नसोचेको कमाउँछ।
लामाका अनुसार बिक्रीको कुनै चिन्ता छैन् । काभ्रे र काठमाडौं बौद्धतिरका व्यवसायी घरघर धाउँछन्। ‘मलाई दिनु कि दिनु भनेर आए, मैले अलि बेला भएको छैन भन्दा पनि हुन्छ भनेर असारमा नै लगे,’ धनबहादुरले भने। बोधिचित्तको माग तिब्बततिर पनि निकै रहेको जानकारहरूले बताए। धनबहादुरले बोधिचित्तबाट गरेको कमाइबारे दुई वर्षअघि कान्तिपुरले समाचार छापेपछि बिरुवाको माग हात्तै बढेको मझुवास्थित प्रधान नर्सरीका प्रकाश प्रधानले बताए। उनको नर्सरीबाट हालसम्म ६ हजारको हाराहारीमा बिरुवा बिक्री भइसक्यो। उनले बिरुवा बेचेरै ३ वर्षमा ४० लाख रुपैयाँभन्दा बढी कमाइ सके। उनको बारीमा पनि ४ सय बिरुवा हुर्किरहेका छन्, फल अर्को वर्षदेखि लाग्ने उनको अनुमान छ। बोधिचित्तको कमाइकै कारण यस वर्ष मझुवामा गाविसको अनुदानबाट अभियानकै रूपमा प्रतिघर दुई बिरुवा रोपिएका छन्। झुवामा ९ सय ३ घरधुरी छन्।
प्रकाशित मिति: २०७१ श्रावण २८ १०:३२

Source : http://www.ekantipur.com/kantipur/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s