घरजग्गा कारोबार पाँच वर्षकै उच्च

काठमाडौं : सिथिल रहेको घरजग्गाको कारोबार गत आर्थिक वर्षमा पाँच वर्षमैै उच्च भएको छ। पछिल्लो पाँच वर्षको अवधिमा आर्थिक वर्ष २०७०/७१ मा कारोबार सबैभन्दा बढी हुन पुगेको हो। आव २०७०/७१ मा घरजग्गा कारोबारबाट उठ्ने रजिस्ट्रेसन दस्तुरबाट यो पुष्टि भएको हो। यस अवधिमा दस्तुर एक सय ७३ प्रतिशतले बढेको छ।

गत आवमा घरजग्गा कारोबारबाट हुने रजिस्ट्रेसन दस्तुर सात अर्ब ८१ करोड ३६ लाख ५३ हजार रुपैयाँ उठेको छ। यो लक्ष्यभन्दा झन्डै दोब्बर (एक सय ७३ प्रतिशत) हो। यस आवमा चार अर्ब ५० करोड ५७ लाख २६ हजार रुपैयाँ रजिस्ट्रेसन दस्तुरबापत राजस्व उठाउने लक्ष्य राखिएको थियो।

घरजग्गा कारोबार आर्थिक वर्ष २०६६/६७ देखि ओरालो लाग्न थालेको थियो। यो क्रम आव २०६७/६८ मा एकैपटक व्यापक घटेको थियो। २०६७/६८ मा लक्ष्यको ६६ प्रतिशतमात्रै राजस्व उठेको थियो, जुन अन्य वर्षका तुलनामा निकै कम हो।

आव २०७०/७१ मा घरजग्गा कारोबारबाट उठ्ने रजिस्ट्रेसन दस्तुरबाट कारोबार बढेको पुष्टि भएको हो। यस अवधिमा दस्तुर संकलन एक सय ७३ प्रतिशतले बढेको छ।

देशभरका मालपोत कार्यालयबाट प्राप्त विवरणलाई आधार मानी भूमिसुधार तथा व्यवस्थापन विभागले तयार पारेको तथ्यांकअनुसार घरजग्गा कारोबार आर्थिक वर्ष आव २०६८/६९ देखि बिस्तारै उकालो लाग्न सुरु गरेको थियो। आव २०६८/६९ मा लक्ष्यभन्दा एक सय ६ प्रतिशतले बढेर कारोबारले उकालो लाग्न सुरु गरेको तथ्यांक छ। यो क्रम २०६९/७० मा एक सय ४६ प्रतिशतले बढ्यो। त्यस्तै आव २०७०/७१ मा एक सय ४७ प्रतिशतले बढेको हो।

भूमिसुधार तथा व्यवस्थापन विभागका अधिकृत राजु बस्नेतले आव २०६७/६८ मा ओरालो लागेको कारोबार २०६८/६९ देखि बिस्तारै उकालो लाग्न सुरु भएको जानकारी दिए। ‘बिस्तारै उकालो लाग्न सुरु गर्दै पछिल्लो आव २०७०/७१ मा दोब्बरले बढेको छ’, अधिकृत बस्नेतले अन्नपूर्णसँग भने, ‘अब त कारोबार उकालो लाग्ने स्पष्ट संकेत मिलेको छ।’

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा कारोबारले गति लिएको विभागले जनाएको छ। घरजग्गा एजेन्ट संघ (रिआन) नेपालका अध्यक्ष ईश्वरप्रसाद खरेलले चक्रपथबाहिर कारोबार बढ्न थालेको बताए। तर पनि ठूल्ठूलो कारोबार हुन नपाएको अध्यक्ष खरेलको अनुभव छ। ‘आफ्नै लागि चाहिने ससाना टुक्रा जग्गा तथा घर खरिदबिक्री हुने क्रम मात्रै बढेको छ’, अध्यक्ष खरेलले भने, ‘अब विस्तारै ठूल्ठूला कारोबार पनि हुने अपेक्षा गरिएको छ।’

Source :- See more at: http://www.annapurnapost.com/en/news/business/12145.htm#sthash.riaFXgom.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s