श्रीकृष्णलाई हजारौंको श्रद्धाञ्जली -710425

 
श्रीकृष्णलाई हजारौंको श्रद्धाञ्जली
काठमाडौं-उपचारका क्रममा भारतको नयाँ दिल्लीमा आइतबार निधन भएका अभिनेता श्रीकृष्ण श्रेष्ठको पशुपति आर्यघाटमा सोमबार अन्त्येष्टी गरिएको छ। श्रीकृष्णका जेठा दाइ ६१ वर्षे रामकृष्ण श्रेष्ठले सोमबार राती ९ बजे दागबत्ती दिए। म्हैपीस्थित पुर्ख्याैली घरमा रामकृष्ण नै किरिया बस्ने भएका छन्।

20140811 183833 resizedदागबत्ती दिनुअघि उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह रसञ्चारमन्त्री मीनेन्द्र रिजालले श्रीकृष्णको शवमा राष्ट्रिय झन्डा ओढाएर राष्ट्रिय सम्मान प्रदान गरेका थिए। त्यसलगत्तै नेपाल प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो। उनका दाजु रामकृष्ण, मीनकृष्ण, दिदी शर्मिला र पत्नी श्वेता खड्काले श्रीकृष्णको पार्थिव शरीरलाई राजधानी ल्याएका थिए।

solemn procession of Shree Krishna Shrestha -01
श्रीकृष्णको अन्त्येष्टीमा सहभागी हुन हजारौं प्रशंसक आर्यघाट पुगेका थिए। गृह तथा उपप्रधानमन्त्री वामदेव गौतम, एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस नेता अर्जुननरसिंह केसी, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी, हिसिला यमी लगायत नेताले कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगी श्रीकृष्णप्रति श्रद्धाञ्जली दिएका थिए।
गत असार २३ मा अभिनेत्री श्वेता खड्कासँग बिहे गरेर हनिमुनका लागि भारत गएका श्रीकृष्ण अस्वस्थ भएपछि नयाँ दिल्लीको गंगाराम अस्पताल भर्ना भएका थिए। करिब एक महिना भारतमै उपचार गराएका श्रीकृष्णको बोन क्यान्सरका कारण आइतबार ४६ वर्षको उमेरमा निधन भएको थियो। सोमबार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर सोमबार अपरान्ह एयर इन्डियाको जहाजबाट श्रीकृष्णको शवलाई काठमाडौं ल्याइएको थियो।
उनलाई श्रद्धाञ्जली दिन त्रिभुवन विमानस्थल र प्रज्ञा प्रतिष्ठानमा हजारौं दर्शकको भिड उर्लिएको थियो। तीनकुने, नया“ बानेश्वर, माइतीघर, पुतलीसडक हुँदै प्रज्ञा प्रतिष्ठानसम्म गरिएको उनको शवयात्रामा शुभचिन्तकहरुले सडकका दायाँबायाँ उभिएर श्रद्धाञ्जली दिएका थिए। श्रद्धाञ्जलीका लागि दुई घन्टा राख्ने भनिए पनि प्रज्ञा प्रतिष्ठानमा प्रशंसकको भीड थेगिनसक्नु भएपछि शवलाई केही बेरमात्र राखेर आर्यघाट लगिएको थियो।
a funeral of Actor Shree Krishna Shrestha 03
चलचित्र विकास बोर्डका अध्यक्ष धमेन्द्र मोरवैताले श्रद्धाञ्जली दिन आउने शुभचिन्तकको भीड अनुमान गर्न नसकिएको हुनाले अस्तव्यस्त भएको स्विकारे। उनका अनुसार श्रीकृष्णको श्रद्धाञ्जली र दाहसंस्कारको सबै खर्च सरकारले बेहोर्ने छ। उनले श्रीकृष्णको सम्मानका लागि कोष स्थापना गर्ने तयारी भइरहेको पनि जानकारी गराए।
a funeral of Actor Shree Krishna Shrestha 05

a funeral of Actor Shree Krishna Shrestha 07
प्रधानमन्त्री सुशील कोइरालाले श्रीकृष्णको निधनप्रति विज्ञप्तिमार्फत् दुःख प्रकट गरेका छन्। ‘फिल्ममार्फत् समाजलाई मनोरञ्जन दिने कलाकारको निधनले नेपाली फिल्म उद्योगमा अपूरणीय क्षति पुगेको छ,’ प्रधानमन्त्री कोइरालाले विज्ञप्तिमा बताएका छन्।
पूर्व राजा ज्ञानेन्द्र शाहले पनि विज्ञप्तिमार्फत् श्रद्धाञ्जली दिएका छन्। ‘अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनले नेपाली फिल्म उद्योगमा ठूलो क्षति पुगेको छ,’ शाहले भनेका छन्।

a funeral of Actor Shree Krishna Shrestha 08

स्मृति ढुंगानाबाट थप

Source :- See more at: http://www.nagariknews.com/entertainment/nepali-film/story/22808.html#sthash.WISxY66j.dpuf

 
Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s