खाद्यले दसैंलाई ३५ सय खसीबोका ल्याउने – 710427

 

काठमाडौं- नेपाल खाद्य संस्थानले दसैंका लागि तीन हजार पाँच सय खसीबोका ल्याउने भएको छ। नेपाली बजारको माग र खपत हुने बजारलाई निर्धारण गर्दै संस्थानले खसीबोका ल्याउन लागेको हो। गत वर्ष पनि संस्थानले यति नै संख्यामा खसीबोका आयात गरेको थियो।
संस्थानका प्रवक्ता नवराज उपाध्यायले यो वर्ष पनि मागअनुसारै खसीबोका ल्याउन लागिएको बताए। दसैंको मागलाई हेर्दा काठमाडौंका लागि यति नै पर्याप्त हुने उपाध्यायको दाबी छ। ‘हामीले अनुमान गरेको संख्यामा पनि फरक पर्नेछैन। मूल्यमा पनि खासै फरक नपर्ने देखिएको छ,’ उनले भने। संस्थानले भारतसहित नेपालगन्ज, सुर्खेत, उदयपुर लगायत जिल्लाबाट खसीबोका काठमाडौं ल्याउने तयारी गरेको उपाध्यायले जानकारी दिए।
नेपाल पशुपक्षी व्यापार संघले भने ४० हजार खसीबोका काठमाडौं भिœयाउने तयारी थालेको छ। गत वर्ष पनि संघले यही संख्यामा खसीबोका आयात गरेको थियो। संघमा आबद्ध तीन सय व्यवसायीले खसीबोका ल्याउने संघका अध्यक्ष दीपक थापाले बताए। संस्थानले यो वर्ष मूल्य नबढ्ने संकेत दिएको भए पनि संघले भने मूल्य बढ्ने जनाएको छ। मासुको मूल्य पनि गत वर्षभन्दा केही प्रतिशतले बढेका कारण यो वर्ष जिउँदो खसीको मूल्य बढ्ने थापाले जानकारी दिए। ‘नेपालको आन्तरिक उत्पादनले मात्र नधान्ने भएकाले भारतबाट आयात गर्दा महँगो मूल्य तिर्नुपर्छ,’ थापाले भने, ‘त्यसैले बजारमा मूल्य बढ्ने पक्का छ।’
संघले भारतका विभिन्न राज्यबाट र नेपालको नेपालगन्ज, सुर्खेत, सल्यान, जनकपुर, गौर, सर्लाही, नुवाकोटबाट खसीबोका ल्याउनेछ। जिउँदो खसी तथा बोकाको मूल्य किलो र स्वास्थ्यका आधारमा निर्धारण गरिने थापाले बताए। संस्थानले गत वर्ष ३० किलोभन्दा माथिको खसीको मूल्य प्रतिकिलो तीन सय ९५ रुपैयाँ, २५ किलोदेखि ३० किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो तीन सय ९० रुपैयाँ, २० देखि २५ किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो तीन सय ८५ रुपैयाँ र २० किलोसम्मको जिउँदो खसीको मूल्य प्रतिकिलो तीन सय ७० रुपैयाँ कायम गरेको थियो। दसैं घटस्थापनाको भोलिपल्टदेखि सामान्यतयाः खसीबोकाको बिक्री सुरु हुने भए पनि संस्थानले गत वर्ष घटस्थापनाअघि नै बिक्री सुरु गरेको थियो।
राजधानीलगायत देशभर नै दसैंको समय खसीबोकाको अत्यधिक माग हुन्छ। दसैंको समयमा उपत्यकामा करिब ६० हजार खसीबोकाको कारोबार हुने र १२ लाख किलो मासु खपत हुने पशु सेवा विभागको तथ्यांक छ। गत वर्ष दसैंको समयमा कुखुरामा बर्डफ्लुको संक्रमणका कारण खसीको माग अत्यधिक बढेको व्यवसायीको अनुभव छ। संस्थान वा संघमा आबद्ध संगठित व्यवसायीसँगै किसानहरुले व्यक्तिगत रुपमा पनि खसीबोका ल्याएर बिक्री गर्छन्।
संस्थानले यो वर्ष पनि सरकारको वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा अन्य सरकारी संस्थानसँग मिलेर सुपथ मूल्य बजार विभिन्न स्थानमा सञ्चालनमा ल्याउनेछ। चाडपर्वका समयमा हुने सामान अभाव र कृत्रिम मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन यस्ता पसल सञ्चालन हुने गरेका छन्। यी पसलमा दैनिक उपभोग्य खाद्यवस्तु अन्यत्रभन्दा कम मूल्यमा बिक्री हुने गरेका छन्।

Source : – See more at: http://www.nagariknews.com/economy/story/22805.html#sthash.BsXS3UKa.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s