गोसाईंकुण्ड

 

gosaikundaरामहरि गजुरेल
प्रकृतिको यही सुन्दर, शान्त र शीतल भूमी हो गोसाइँकुण्ड । जसलाई यो धर्तीको स्वर्ग मान्न सकिन्छ । त्यसैले त भगवान् शिवजी कालकुट विषले छट्पटिँदै र खोज्दै यही स्वर्गभूमिको खोजीमा आइपुगेका थिए । मानौं भगवान् शिवजीका लागि समेत गोसाइँकुण्ड स्वर्ग बनेको थियो । पौराणिक किम्बदन्तीले पनि यसै भन्छ । हिन्दू धर्मालम्बीले आज मनाउने जनैपूर्णिमाको उपयुक्त गन्तव्य हो भन्दा फरक पर्दैन ।
हिमाली शृंखला र पहाडको उपत्यका रहेको गोसाइँकुण्डको धार्मिक महत्त्व त छँदै छ, पर्यटकीय दृष्टिकोणले त अति नै ख्याति कमाएको छ । प्रकृतिप्रेमी र पदयात्री पर्यटकहरूका लागि, शान्त र शीतल खोज्नेहरूका लागि धर्तीकै भूस्वर्ग । अरूले सुनाएर पनि आत्मैदेखि लोभिने यो ठाउँ, जहाँ बसिरहुँ हुनसक्छ, पुग्नेहरूका लागि । सामुन्द्रिक सतहबाट १४ हजार फिट अर्थात् ४ हजार ३ सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्डको लम्बाइ छ १ सय मिटर र चौडाइ ३ सय ७० मिटर भूभाग क्षेत्रफमा फैलिएको छ । यहाँ गंगा दशहरा र जनैपूर्णिमा गरी वर्षमा दुईपटक भव्य मेला लाग्छ । यद्यपि, बा≈य पर्यटक भने जुनसुकै महिनामा पनि यस क्षेत्रको धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक छटा र सुन्दरतालाई हरबखत साक्षत्कार गर्न पुगिरहन्छन् । यसर्थ पनि गोसाइँकुण्डको महिमा धार्मिक, जैविक विविधता, ऐतिहासिक, पर्यटकीय, कला र संस्कृतिले धनी मानिन्छ । यहाँ आएर नुहाउँदा पाप पखालिने र पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ । हिन्दूबाहेक बौद्ध र वोन्पो धर्मावलम्बीको समेत यो पवित्र तीर्थस्थल हो । जनैपूर्णिमाका लागि पञ्चमीदेखि शुरू हुने मेला एकादशी र पूर्णिमाको दिन बढी भिड लाग्छ यही यहाँको प्रमुख आकर्षण हो । पापबाट मोक्ष हुन र पुण्य कमाउन जीवनमा एकपटक पुग्नैपर्ने धार्मिक आस्था अनि प्रचलनका कारण धेरै टाढाबाट युवादेखि वृद्धवृद्धासमेत हिमालको काखमा रहेको कुण्डमा स्नान गर्न आइपुग्छन् । भारतको वनारस र काठमाडौंको पशुपतिनाथदेखि जोगी बाबा आउने प्रचलन पुरानै हो ।

पापबाट मुक्ति खोज्न
पवित्र स्थल गोसाइँकुण्डप्रति हिन्दू धर्मावलम्बीको ठूलो आस्था र श्रद्धा अझै पनि उत्तिकै कायम छ । पौराणिक किम्बदन्तीअनुसार पहिले देवता र दानवबीच भयानक युद्ध हुने क्रममा दानवहरूले देवतालाई जिते । देवताहरू भगवान् विष्णुको शरणमा पुगेपश्चात् विष्णु भगवान्को सल्लाहअनुसार राक्षस र देवता मिलेर समुन्द्र गर्ने, समुन्द्र मन्थनबाट निस्कने अमृत देवतालाई पिलाएर अमर बनाउने र त्यसपछि दानवलाई मद्य पान गराएर उनीहरूको सर्वनाश गर्ने सल्लाह दिएपछि देवताले दानवहरूलाई फकाइफुल्याई समुन्द्र मन्थन गर्न सहमत गराए । समुन्द्र मन्थन गर्दा विभिन्न वस्तुहरू निस्के । यसैक्रममा कालकुट विष पनि निस्कियो । कालकुट विष सहन नसकेकर देवता र दानव कोही मूच्र्छा परे त कोही मर्न लागे । जसलाई शान्त नपारेमा यो संसार तथा सृष्टिलाई नै भष्म गराउन सक्थ्यो । यो अवस्था देखेपछि सबै देव र दानव भगवान् शिवको शरणमा पुगेपछि दयाकारी भगवान् शिवले उक्त विष स्वयम् आफैंले सेवन गरेका थिए ।
विषको डाहा शान्त पार्न हिमालय पर्वतमा पुगेर आफूसँग भएको त्रिशूलले भित्ता खोपे । त्यसबाट तीनधारा भएर निस्किएको जल पिएपछि डाहा शान्त भएको र त्यही त्रिशूलधाराबाट उक्त पानी बगेर गई हालको गोसाइँकुण्ड उत्पत्ति भएको प्रचलित किम्बदन्ती धार्मिक ग्रन्थहरूमा पाइन्छ । सोही कुण्डको बीचमा अहिले पनि भगवान् शिव अर्थात् महादेव विराजमान रहनुभएको विश्वास गरिँदै आइएको छ । पुराणमा उल्लेख भएअनुसार जो कोही मानिस यो कुण्डमा साउनमास अर्थात् जनैपूर्णिमामा आएर नुहाउँछ, उसले जीवनमा गरेका सबै पाप नष्ट हुन्छ भन्ने किम्बदन्ती रहिआएको छ । गोसाइँकुण्ड त्रिशूली नदीको उद्गम क्षेत्र पनि हो ।

यहाँ कसरी पुग्ने ?
रसुवाको स्याफ्रु गाविसको उच्च स्थानमा पर्ने यस कुण्डमा पुग्न सदरमुकाम धुन्चेदेखि एकदिनको पैदलयात्रापछि गोसाइँकुण्ड पुग्न सकिन्छ । धुन्चेबाट देउराली, च्योलाङपाटी, चन्दनबारी, लौरिविनायकको उकालोपछि गोसाइँकुण्ड पुगिन्छ । यात्राको क्रममा पटकपटक वर्षा भइरहने र अत्याधिक चिसो हुने हुनाले बाटोमा जुका लाग्ने समस्याले यात्रुहरूलाई सताउने गर्दछ । यसबाहेक ढिस्सा अर्थात् ३ हजार मिटरदेखि माथिको उचाइमा पुगेपछि लेक लाग्न शुरू हुन्छ । चिसोले पेट फुल्ने, रिंगटा लाग्ने र बाटोमा हुने अनेकथरी फूलका कारण टाउको दुख्ने यात्रुहरूका लागि अर्को समस्या हो । यद्यपि यहाँबाट देखिने अन्नपूर्ण, गणेश हिमाल, मनास्लु, लाङटाङलगायतका तिब्बतका हिमशृंखलाले पर्यटक तथा तीर्थालु भक्तजनहरूको मनलाई रोमाञ्चित तुल्याउँछ ।

सांस्कृतिक एवम् प्राकृतिक थलो
गोसाइँकुण्ड क्षेत्र कुण्डैकुण्डको क्षेत्र पनि हो । यस क्षेत्रमा भैरव कुण्ड, सूर्यकुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, दूधकुण्ड, पार्वती कुण्डलगायतका महत्त्वपूर्ण मानिने १०८ वटा कुण्ड छन् । लाङटाङ र गणेश हिमाल आसपासमा रहेका दर्जनौं ताल र कुण्डका बारेमा पनि अध्ययन अनुसन्धान र नामाकरण हुन बाँकी नै छन् । विश्व सम्पदा सूचीमा सूचीकृत गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा संरक्षित क्षेत्र भएकाले पनि यस ठाउँको वातावरण अत्यन्त आकर्षक र मनमोहक देखिन्छ । गोसाइँकुण्डमा घाम लागेका बेला महादेव शिवको आकृतिजस्तो गेरु रंगको चट्टान देखिन्छ । त्यसैले यसलाई शिवकुण्ड पनि भनिन्छ ।
यस कुण्डको सम्बन्ध नेपाली धर्म संकृति र इतिहाससँग मात्र नभएर विभिन्न जातजाति, कलासंस्कृति र साहित्यमा पनि उत्तिकै महत्त्वका साथ जोडिएको पाइन्छ । जनैपूर्णिममा गोसाइँकुण्ड पुग्ने जो कसैले त्यहाँको तामाङ संस्कृतिमा रहेका तामाङसेलो, मेन्दोमायाँ, ढ्याङ्ग्रे नाच र अन्य सम्प्रदायबाट प्रदर्शन गरिएका भजन कृतन, खैंजरी नाँच आदिले धार्मिक पर्यटकहरूलाई रमणीय वातावरण सिर्जना गरिदिन्छ । कुण्डको निलो पानी वरिपरि उभिएका भीमकाय र अग्ला पहाड, पहाडनजिकका चाँदीझैं टल्किरहने हिमाल र हिमशृंखला, स्वच्छन्द हावा, मनमोहक वातावरण, त्यस्तो स्थान कसलाई मन नपर्ला र ? बरु साँच्चै नै स्वर्गको अनुभूति गर्न सकिने गोसाइँकुण्ड ध्यान, साधनामा लाग्ने मानिसहरूका लागि उत्कृष्ट तपोभूमि मानिन्छ । एकपटक गोसाइँकुण्डको यात्रा गर्ने हो कि π

Source : http://www.newsofnepal.com/new/mahanagar/2014/08/67044

Published Date: August 11, 2014

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s