तरकारीमा विषादी ‘उच्च’

काठमाडौ, श्रावण १ –
‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ले एक महिना अवधिमा जाँच गरेका १ सय ८७ कृषि उपजमध्ये २६ वटा वस्तुमा मानव स्वास्थ्यका लागि घातक रासायनिक विषादी प्रयोग गरिएको फेला पारेको छ । दैनिक साढे तीन करोड रुपैयाँ हाराहारीको कारोबार हुने मुलुककै सबैभन्दा ठूलो तरकारी बजार, कालिमाटीमा एक महिनाअघि स्थापित प्रयोगशालाले फलफूल र तरकारीमा विषादी अवशेष शीघ्र पत्ता लगाउने उपकरण ‘स्पेक्टोफोटोमिटर’ ले परीक्षण गर्दा २६ तरकारी/फलफूल ‘खान अयोग्य’ देखिएको हो ।

कृषि विकास मन्त्रालय मातहतको बाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माका अनुसार प्रयोगशालाले जाँचेका कुल उपजमध्ये मानव स्वास्थ्यलाई हानि पुर्‍याउने विषादीको अवशेष केही आलु, भेडेखुर्सानी, पीरो खुर्सानी, हात्तीसुढे खुर्सानी, बोडी, पालुंगो, काउली, गाँजर, गोलभेडा, प्याज, साग, केरा र लिची गरी २६ उत्पादनमा भेटाइएको हो ।

ती उत्पादनमा ४५ प्रतिशतभन्दा बढी विषादीको अवशेष देखिएको छ । बाली बिरुवामा विषादी हालेपछि निश्चित समयसम्म उक्त विषादीको सक्रिय तत्त्वहरू रहन्छन्् । यसैलाई विषादीको अवशेष भनिएको हो । आइतबार मात्रै प्रयोगशाला चलाउन मन्त्रालयले पारित गरेको कार्यविधिले ‘इनहिबिसन रेसीओ’ (रुकावट प्रतिशत) ४५ प्रतिशतभन्दा बढी भएका उपजलाई खान अयोग्य भनेको छ । कुल १ सय ८७ मध्ये रुकावटदर ३५ देखि ४५ प्रतिशत भएका उपज ६ वटा भेटिएका छन् । पहेंलो रङको रुकावट प्रतिशत मानिने यस वर्गमा परेका तरकारी तथा फलफूल उपजलाई ४ देखि ५ दिनसम्म चिसो अनि तातो पानीमा राखेर मात्रै खान योग्य मानिन्छ ।

त्यसैगरी हरियो रङको संकेत गर्ने ३५ प्रतिशतभन्दा कम रुकावटदर भएका उपज १ सय ५५ छन् (विस्तृत तालिकामा) ।

निर्देशनालयका अनुसार क्षेत्रगत आँकडाअनुसार, प्रयोगशालाले जाँचेका उपजमध्ये विषादी अवशेष अत्यधिक प्रयोग गर्नेमा काभ्रे जिल्ला पहिलो स्थानमा छ ।

त्यहाँबाट कालिमाटी ल्याइएका ३८ वटा कृषि उपजको नमुना जाँच्दा ८ वटामा अत्यधिक विषादी पाइएको छ । काभ्रेपछि भारत र अन्य मुलुकबाट आयत गरिएका उपजमा विषादीको अवेशष मात्रा धेरै छ । ११ वटा विदेशी नमुनामध्ये ४ वटा नमुना खान अयोग्य छन् । भक्तपुरका २६ वटा उपजको नमुना परीक्षण गर्दा ४ वटा नमुना अयोग्य भेटिएका छन् । चौथो स्थानमा काठमाडौं र धादिङ परेका छन् । काठमाडौंका २६ र धादिङका ३३ उपजको नमुना जाँच्दा ३/३ वटा उपज अयोग्य भेटिए । त्यस्तै बाराको १, मकवानपुरका १३, चितवनका ८ र पर्साका २ वटा नमुना जाँच्दा एक/एक उपजमा विषादी भेटिएको छ ।  

निर्देशनालयबाट खटाइएका प्राविधिकले एक महिना अवधिमा जाँचेका कुल १ सय ८७ नमुनामध्ये ४२ वटा खुद्रा व्यापारी र १ सय ४५ वटा थोक व्यापारीको पसलबाट लिइएको थियो । परीक्षण प्रतिवेदनले ४५ प्रतिशतभन्दा धेरै विषादीको अवशेष भएका उपजमा धादिङको जोगीमाराको करेला, खानीखोलाको भन्टा, काभ्रे पाँचखालकोे भेडे खुर्सानी, पनौती तथा बारा र भारतबाट आयत गरिएको आलु, भक्तपुर ठिमीको चिनियाँ बन्दा, नगदेशको हरियो प्याज, मकवानपुर कुलेखानीको बन्दागोभी, काठमाडौंको वाफलको सिमी र थानकोटको गोलभेडा देखाएको छ । विषादीमा अत्यधिक मात्रामा अर्गेनो फस्फेट र कार्वोमेट समूहका रासायनिक विषादीको मात्रा बढी छ । यिनले मानिस र पशुको स्नायु प्रणालीमा हुने एसिटायल कोलिनइस्टरेज इन्जाइमको क्रियाकलापलाई अवरोध गर्छ । विषादीका कारणले मानिस वा जनावरमा हुने इन्जायम कोलिनस्टरेजको उत्पादन तथा सञ्चालनमा विषादीले गर्दा रोकिने प्रक्रिया वा दरलाई नै रुकावट प्रतिशत भनिएको हो ।

साताअघि मात्रै प्रयोगशाला चलाउने कार्यविधि बनेकाले निर्देशनालयले किसान, बिक्रेता, आपूर्तिकर्तालाई सावधानी गराएको छ । धेरै मुनाफा आर्जन गर्ने लालसा राखेर तरकारीमा अत्यधिक कृषक र बिक्रेतालाई सचेत गराउँदा पनि नमाने बिक्री रोक लगाउने कार्यविधिले भनेको छ । ताइवानबाट ल्याइएको नौ लाख रुपैयाँ लागतको स्पेक्ट्रोफोटोमिटर राखिएको प्रयोगशालामा रहेका चार जना प्राविधिक (उपसचिव) ले थोकबजारमा बिक्रीमा राखिने तरकारी र फलफूलको नमुना हरेक दिन लिएर विषादीको अवशेष जाँच्न थालेका छन् । कृषि विभागका महानिर्देश युवकध्वज जिसीका अनुसार, मुलुकमा भित्रिने विषादीको ८५ प्रतिशत तरकारीबालीमा प्रयोग हुन थालेपछि ‘विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला’ सञ्चालनमा ल्याइएको हो । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कृषि सचिव जयमुकुन्द खनालले यस आर्थिक वर्ष प्रयोगशाला विस्तार गर्ने कार्यक्रम बजेटमा नभए पनि आवश्यक परे चाँडै क्षेत्रीय बजारहरूमा राख्ने मन्त्रालयको योजना रहेको बताए ।


कालिमाटीस्थित फलफूल तथा तरकारी बजारमा राखिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले असार ५ देखि ३१ गतेसम्म गरेको परीक्षण नतिजा- हरियो कोलममा खानयोग्य, पहेंलोमा ५ दिनसम्म पानीमा राखी खानमिल्ने र रातोमा खान अयोग्य ।

प्रकाशित मिति: २०७१ श्रावण २ ०९:५७

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=325551

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s