मेसीलाई रोक्ने जर्मन लक्ष्य

आइतबार २९ असार, २०७१
केपी ढुंगाना

काठमाडौं–प्रहरी प्रधान कार्यालयले एसएसपी रमेश खरेललाई काठमाडौंबाट सरुवा गरेर उनको स्थानमा उत्तम कार्कीलाई ल्याएको छ। विदामा बसेका खरेलको विदाको समय सकिएपछि आइतवार प्रहरी प्रधान कार्यालयले सरुवा निकालेको हो।
खरेललाई हेडक्वाटरको कार्यविभागमा लगिएको छ। उनको स्थानमा आएका कार्की यस अघि केन्द्रीय अनुसन्धान ब्युरोमा थिए।
डिआइजी बढुवाको प्रकृयामा ब्रिफकेसको चलखेल भएको अभिब्यक्ति दिएर विवादमा तानिएपछि उनी असार २० गतेसम्म विदामा बसेका थिए। उनी विवादमा तानिएसँगै हेडक्टरले डिआइजी विज्ञानराज शर्माको संयोजकत्वमा छानविन समिति गठन गरेपछि उनको सरुवाको प्रयास भएको थियो।
तर, काठमाडौं क्षेत्र नम्बर २ को उप–निर्वाचनको कारण निर्वाचन आयोगले सहमती नदिएपछि गृह र हेडक्वाटरको प्रयास सफल भएको थिएन।

मेट्रोमा विज्ञान, सिआइवीमा मल्ल, महाशाखामा कार्की
प्रहरी प्रवक्ता गणेश केसीका अनुसार प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी आयुक्त कार्यालयमा डिआइजी विज्ञानराज शर्मालाई ल्याएको छ। मेट्रोका डिआइजी विश्वराज सिंह शाहीलाई आइजीपी सचिवालयमा लगेको छ। केही महिनादेखी एसएसपीको भरमा चलेको सिआइवीको प्रमुखमा डिआइजी हेमन्त मल्लको सरुवा भएको छ। डिआइजी प्रमुख रहने भए पनि ब्युरो यस अगाडि निमित्त प्रमुखको भरमा थियो।
महानगरीय प्रहरी अपराध महाशाखामा एसएसपी पुष्कर कार्की प्रमुख भएका छन्। महाशाखाका प्रमुख विजयलाल कायस्थको २ दिन अगाडि विमानस्थलमा सरुवा भएपछि प्रमुखको पद रिक्त थियो।
– See more at: http://nagariknews.com/politics/party-politics/story/21200.html#sthash.Nw5auKgv.dpuf

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s