धानबालीको क्षेत्रफल र उत्पादन स्थिति

विश्वनाथ खरेल ,

 
विश्वका देशमा हेर्ने हो भने चीनमा धानको क्षेत्रफल, उत्पादन र उत्पादकत्व विश्वकै सबैभन्दा बढी रहेको छ । त्यसपछि भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, ब्राजिल आदिले जसरी थोरै समयमा धेरै प्रयास गरेर धान निर्यातकर्ता मुलुकको रुपमा चिनिएका छन् भने त्यो सम्भावना हामीकहाँ पनि छ । हाम्रो प्रमुख लक्ष्य नै उत्पादन क्षमता वृद्धि गर्नु हो । हाम्रो देशमा उत्पादन तीन टन प्रतिहेक्टर पनि छैन, जबकि एसियाको औसत क्षमता चार टन प्रतिहेक्टर छ । अरु मुलुकमा अझ बढी ६ देखि १५ टनसम्म क्षमता बढाउन सकिने वैज्ञानिकहरु बताउँछन् । तर, हामीले चार टन प्रतिहेक्टर मात्र गर्नसके अन्तर्राष्ट्रिय बजार पाउन सकिने विज्ञहरु बताउँछन् । मौसम र वातावरणले चार टन क्षमता पु¥याउन हामीलाई साथ दिएको भए पनि यसका लागि राष्ट्रिय प्रयास भएको छैन । झापाको केचनाकलनको ७० मिटरदेखि जुम्लाको जीऊखोला ८५० मिटर उचाइसम्म यहाँ धान फल्छ । उचाइमा फल्ने धानमा रोग कम लाग्ने र स्वाद बढी हुने हुन्छ । यस्ता चामल धनी देशका मानिसले महँगोमा किन्छन् । हाम्रो धान उत्पादन बढ्दै नगएको होइन, तैपनि जनसंख्याको वृद्धि दरसँग यसले सन्तुलन कायम राख्न सकेको छैन । गएको आधा शताब्दीमा धान उत्पादन शत प्रतिशत बढ्ेको छ भने जनसंख्यामा डेढ सय प्रतिशत बढेको छ । यसैकारण निर्यात गर्ने वस्तु आज खान ठिक्क हुने ठाउँमा आइपुगेको छ । त्यस्तै, कृषि प्राविधिक, सिँचाइ आदिको राम्रो व्यवस्था भएको छैन ।
देशभर वर्षाको सुरुवात भइरहेकोले धान रोपाइँ सुरु भइरहेको छ । सरकारले यस असार १५ मा ११औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७१ मनाउने तयारी गरेको छ । यस वर्ष रोपाइँ मनाउने तयारी गरेको छ । विगत १० वर्षदेखि सरकारले धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै आएको छ । मुलुकको प्रमुख बालीका रुपमा रहेको धानको अनुसन्धान, उत्पादन र प्रवद्र्धनलाई प्राथमिकता दिने उद्देश्यले असार महिनामा सरकारले यो दिवस मनाउँदै आएको छ । धान दिवस तथा रोपाइँ महोत्सव सफल पार्न कृषि विकास मन्त्रालय, कृषि विमाग र विभागअन्तर्गतका निकायहरुको संलग्नता रहँदै आएको छ । दही–चिउरा खाएर किसानहरुका साथ विभिन्न सरकारी र गैरसरकारी निकायका पदाधिकारी मिलेर मनाइने यो महोत्सवमा हिलो छ्यापाछ्याप गरी रमाइलो गरिन्छ । किसानहरुले यो दिनलाई महान् चाडका रुपमा लिँदै आएका छन् । हाम्रो देशमा पछिल्ला वर्षहरुमा धानको उत्पादन बढ्दै गएको छ । मनसुन हाम्रो देशमा प्रायः गरी जुन १० तारिखका दिनदेखि सुरुवात हुनुपर्नेमा हालसम्म सुरु हुनसकेको छैन । आर्थिक वर्ष २०६८/०६९ को अनुमानअनुसार नेपालमा १५ लाख ३१ हजार चार सय ९३ हेक्टरमा धानखेती भई ५० लाख ७२ हजार दुुई सय ४८ मेट्रिक टन उत्पादन भएको थियो र उत्पादकत्व भने तीन हजार तीन सय १२ किलोग्राम प्रतिहेक्टर रहेको थियो । गत वर्ष धान रोप्ने समयमा अनुकूल वर्षा भएकोले विगतका वर्षहरुको तुलनामा उत्पादन बढेको थियो भने चालू वर्षमा भने धानको उत्पादन केही प्रतिशत बढ्ने अनुमान गरिए पनि मनसुन बेलामा सक्रिय नभएको कारणले घट्ने सम्बन्धित क्षेत्रका विज्ञहरुले जनाएका छन् । प्रत्येक असार १५ लाई देशभरका कृषकले महत्वपूर्ण पर्वको रुपमा मनाउँदै आइरहेका छन् । पछिल्लो समयमा देशभर विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले औपचारिक कार्यक्रम गरी मनाउने प्रचलन बढ्दै गएको छ ।
धानको मूल्य सामान्य रुपमा सात रुपैयाँ प्रतिकिलो हुँदा पनि नेपालमा प्रतिवर्ष ३० अर्ब रुपैयाँभन्दा बढीको धान उत्पादन हुने अनुमान सम्बन्धित क्षेत्रको थियो । कृषिप्रधान मुलुक नेपालको प्रमुख बाली धान हो । कुल खाद्यान्न उत्पादनमा धानले ८० प्रतिशत अंश ओगटेको छ । कुल खेतीयोग्य जमिनमध्ये ५५ प्रतिशत जमिनमा धानखेती हुन्छ । धानको उत्पादकत्व प्रतिहेक्टर खासै वृद्धि हुन पनि नसकेको विगतमा गरेको अनुमानले देखाएको छ । जनसंख्या प्रतिवर्ष एक दशमलव ३५ प्रतिशत बढीले वृद्धि भएको अवस्थामा यसरी प्रमुख खाद्यान्न बालीको उत्पादन घट्नु खाद्यान्न सुरक्षाकै दृष्टिले चिन्ताको विषय हो । कृषि पूर्वाधारको निर्माणलाई तत्काल प्राप्त हुने प्रतिफलको मूल्यांकन गर्दा निजी क्षेत्र यसमा लगानी गर्नका लागि चासो नदेखाउने हुँदा यसमा सरकारले नै व्यापक लगानी बढाउनुपर्ने हुन्छ । धान हाम्रो देशको प्रथम खाद्यान्न बाली हो । नेपालको अर्थ व्यवस्थामा धानको स्थान प्रमुख भएको निर्विवाद छ । सिँचाइ सुविधा भएको तराई, भित्री मधेश र खोँचमा वर्षमा दुई बाली धान रोप्ने चलन छ । खाद्यान्नको बढ्दो माग पूरा गर्न धानबाली उत्पादन वृद्धि गर्नु टड्कारो आवश्यकता छ । बढी उत्पादन वृद्धि गर्न असल बीउ, मल, जात, आदिका अतिरिक्त रोग नियन्त्रणका उपायको बारेमा पनि ध्यान पु-याउनु नितान्त जरुरी छ । खाद्यान्नको अंशमा धानलाई सबैभन्दा महत्वपूर्ण रुपमा धेरैले प्रयोग गर्दछन् ।
मुलुकमा धानबाली क्षेत्रफल र उत्पादनको हिसाबले प्रमुख खाद्यान्न बाली हो । यसले रोजगारी र आय–आर्जनमा पनि विशेष योगदान पु-याइरहेको छ । देशको हिमाली र पहाडी क्षेत्रभन्दा तराई क्षेत्रले धान उत्पादनमा प्रमुख स्थान ओगटेको छ । मुलुकको कुल खाद्यान्न बाली उत्पादनमा धानको योगदान सबैभन्दा बढी रहेको छ र कृषि गार्हस्थ उत्पादनमा २० प्रतिशत योगदान दिएको छ । विगत ३९ वर्षमा नेपालमा खेती गर्ने तौरतरिकासहित धानबालीको तराई र पहाडका लागि ४९ वटा जात सिफारिस भएका छन् र आ.व.२०६०÷०६१ को तथ्यांकअनुसार तीन प्रतिशत धानबालीको क्षेत्रफल उन्नत बीउको जातले ढाकेको छ । केही कृषकप्रिय जातहरुमध्ये पहाडमा खुमल–४, खुमल–११, टाइचुङ–१७६ र तराईमा राधा–४, राधा–१२, मंसुली, सावित्री लगायत छन् । अब सिफारिस हुने क्रममा पहाडको लागि एनआर–१०३५३, एनआर–१०४१४, सुगन्ध–१ र तराईका लागि सीएनटीएलआर –८५०३३, बीपीआई–३,२ आदि छन् ।
समग्रमा भन्नुपर्दा कृषि विकास मन्त्रालयले आ.व.२०६८÷०६९ मा धानको उत्पादन गत वर्षको तुलनामा करिब १४ प्रतिशत अर्थात् करिब छ लाख १२ हजार मेट्रिक टनले बढ्न गई गत वर्षको करिब ४४ लाख ६० हजार मेट्रिक टनबाट करिब ५० लाख ७२ हजार मेट्रिक टन हुने अनुमान गरिएको छ । यो धानबालीको हालसम्मकै उच्च उत्पादन हो । धानको उत्पादन बढ्नुको कारण कृषि प्रविधिको विकासका अतिरिक्त लामो समयसम्म सक्रिय रहेको मनसुन नै हो । हाल सिफारिस गरिएका धानका जातहरु जस्तै तराईमा सावित्री, बिन्देश्वरी, राधा ४ र १२, मध्य पहाडमा खुमल ४, १०, ११ तथा उच्च पहाडमा चन्दननाथ आदिको उत्पादकत्व स्थानीय जातको भन्दा दोब्बर रहेको पाइएको छ भने यी सिफारिस गरिएका धानका जातहरुले ढाकेको क्षेत्रफल ९० प्रतिशतभन्दा पनि बढी रहेको छ ।  
सामान्य रुपमा जुन १० तारिखमा सुरु हुने मनसुन यस वर्ष १५ तारिखमा सुरु भएको छ । यसैगरी अधिकांश जिल्लाहरुमा धानको उत्पादकत्व बढेको कारण समग्र धानबालीको उत्पादन बढ्न गएको छ । मुलुकको बारेमा अध्ययन गर्दा के कुराको बोध हुन्छ भने धानखेतीमा प्रयोग हुने महँगो सिँचाइ, महँगो मलबीउ, खर्चिलो खनजोतका कारण किसानले लगानीअनुसार प्रतिफल पाउन सकेको छैन । हाम्रो देशको आँकडालाई अवलोकन गर्दा विकास क्षेत्रमध्ये धान उत्पादन सबैभन्दा बढी पूर्वाञ्चल विकास क्षेत्रमा र सबैभन्दा कम सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा भएको आँकडाबाट स्पष्ट हुन्छ ।  

Source : http://www.aarthikdainik.com.np/news_details/710316.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s