प्यारो नेपाल : पोखरा घुम्दा

जेष्ठ ३१ –
केही दिन  पहिला  हामी पोखरा घुम्न जाने निधो गर्‍यौं । हामी सबैजना ललितपुरको प्रयागपोखरीमा जम्मा भयौं । त्यहाँबाट हाम्रो यात्रा शुरु भयो । लखनखेल हुदै गाडी अघि लाग्यो । कलंकी थानकोट हुदै गाडी हुइकियो । थानकोटबाट करिब १ सय ८० किलोमिटर पर्दो रहेछ पोखरा ।
हामी ९ र १० का विद्यार्थी सहभागी थियौं । हामीहरु मलेखु, आदमघाट, मनकामना जाने कुरिनटार हुदै मुग्लिन पुगियो । मुग्लिनमा खाना खायौं । त्यहाँ पुग्दा झन्डै १ बजेको थियो । त्यहाँबाट अघि बढ्यौं । बाटोमा झरना देखियो । त्यो कुन ठाउँ थियो, मलाइ ठ्याक्कै याद भएन । त्यहाँभन्दा अलि पर पुगेपछि घाँसी कुवा पुग्यौं । घाँसी कुवा तनहुँमा पर्दो रहेछ । आदीकवि भानुभक्त आचार्यको जन्मथलो रहेछ त्यो ठाउँ । त्यहाँबाट २० मिनेटजति गुडेपछि दनहुँको सदरमुकाम दमौली पुगियो । त्यहाँबाट पोखरा पुग्न अझै डेढ घन्टा लाग्ने हेम सरले बताउनु भयो । गाडीमा खुब गित गाइयो । गितार बजाइयो । रमाइलो गर्दै लेखनाथ पुगियो । यो ठाउँ कवि लेखनाथ पौड्यालको जन्मथलो रहेछ । नाम चलेका साहित्यकारको जन्म थलो टेक्दा मन खुशी भयो ।
पोखरा पुग्दा साँझको ५ बजेको थियो । ओर्लेर खाजा खायौं । अनि सबैजना आ-आफ्नो कोठामा गएर सामान राख्यौं । थकाइ लागकेा थियो । आराम गर्‍यौं । पहिलो दिन कतै घुम्न गइएन । दोस्रो दिन विहान चारै बजे उठ्यौं । सूर्योदय हेर्न सराङकोट गयौं । वाक्लो कुहिरो लागेको थियो । घाम झुल्केकोचाहिं हेर्न पाएनौं । र्फकेर फेवाताल गयौं । त्यहाँको पावरहाउस पनि हेर्‍यौं ।
तेस्रो दिन डेविड फल्स, महेन्द्र गुफा, शान्ति स्तुपा, सेतीनदी, गयौं । डुङगा चढेर तालबाराही मन्दिर पनि दर्शन गर्‍यौं । हामीसँग सर र मिस पनि हुनुहुन्थ्यो । उहाँहरुले नै सबै ठाउँ घुमाउनु भयो । दिउसोको खाजा खाएर गोरखा ली संग्रहालय घुम्न गयौं । गोरखालीको बहादुर पन झल्कने पुराना सामान त्यहाँ राखिएको रहेछ । बेलुकाको खाना खाएर बजार घुम्न निस्कियौं ।
चौथो दिन महेन्द्र गुफा, चमेरे गृुफा, गुप्तेश्वर गुफा अवलोकन गर्‍यौं । त्यही दिन लेखनाथ नगरपालिकामा पर्ने बेगनास ताल घुम्न गयौं । त्यहाँ ढुंगा पनि चढ्यौं । त्यसपछि काठमाडौं फकियौं ।
इश्वर अधिकारी, यशोधरा वौद्ध
मावि , ललितपुर ।
प्रकाशित मिति: २०७१ असार १ १०:५४

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=323410

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s