एनिमल किङडम

जेष्ठ ३१ –
– बर्षात्मा भ्यागुतो ट्वार्र… ट्वार्र कराएको सुनेका छौ होला । भ्यागुतो बिषालु देखि खान हुने सम्मका हुन्छन् । भ्यागुतोको समूहलाई आर्मी पनि भनिन्छ ।
– जलगैंडा मुलत अफ्रिकी महादेशमा धेरै पाईन्छ । हिंस्रक जनावरको रुपमा मानिने जलगैंडाले आफ्नो मुख ४ फिट फराकिलोसम्म खोल्न सक्छ ।
– सरुवा रोग सार्न मुख्य भुमिका खेल्ने किराको रुपमा झिंगालाई पनि लिइन्छ । झिंगाले एक मिनेटमा आफ्नो पखेटालाई २० हजार पटक फैलाउन सक्छ ।
प्रकाशित मिति: २०७१ असार १ १०:५०

मदर अफ गेम्स्

दामोदर न्यौपाने

जेष्ठ ३१ –
तारा शिवाकोटी सानोठिमीको एसओएस बालग्राममा बस्छिन् । त्यहींको हर्मन माइनर स्कुलमा ७ कक्षामा पढ्छिन् । पढाइ सकेपछि एक घन्टा जिम्न्यास्टिक सिक्छिन् । बेलाबेला हुने प्रतियोगितामा भाग पनि लिइरहन्छिन् । यही साता भएको भक्तपुर जिल्लाव्यापी जिम्न्यास्टिक प्रतियोगितामा जुनियर गल्र्सतर्फ अलराउन्ड च्याम्पिएन भइन् । भक्तपुर जिल्ला खेलकुद समितिले आयोजना गरेको प्रतियोगितामा उनले तीनवटा गोल्ड मेडल हात पारिन् । जुनियर व्याइजतर्फ चाहिँ सैनिक महाविद्यालयका विश्वास सुवेदी अलराउन्ड च्याम्पिएन भए ।

हर्मन माइनरकै सुजिता न्यौपाने सिनियर गल्र्सतर्फ अलराउन्ड च्याम्पियन भइन् । राष्ट्रिय खेलसमेत खेलिसकेकी उनले पनि ३ वटा गोल्ड मेडल हात पारिन् । सिनियर व्याइजतर्फ त्रिदेव गिरी अलराउन्ड च्याम्पियन भए । उनीहरू दुवै विद्यालय सकिएपछि अतिरिक्त समयमा जिम्न्यास्टिक सिक्छन् । २०७० पुसमा विराटनगरमा भएको राष्ट्रिय स्तरको खेलमा कक्षा ७ का उज्ज्वल तिवारीले २ वटा स्वर्ण र कक्षा १० की सुजिताले एउटा स्वर्ण पदक पाए । एसओएसका प्रशिक्षक विजेन्द्र श्रेष्ठ भन्छन्, ‘स्कुलस्तरीय र राष्ट्रिय प्रतियोगितामा १० वर्षदेखि हाम्रो स्कुल अगाडि छ ।’

केही वर्ष यता विद्यालयमा जिम्न्यास्टिक सिकाउने प्रवृत्ति बढेको छ । बेलाबेलामा विद्यालय स्तरीय प्रतियोगिता भएकाले खेलाडीलाई पनि प्रोत्साहन भएको छ । भक्तपुरको एसओएस, सैनिक, इभरेस्ट, विनायक शिक्षा निकेतन गरी ७ विद्यालयमा खेल सिकाइन्छ । त्यसबाहेक काठमाडौंका ग्यालेक्सी, जेम्स, शुभतारा लगायत स्कुलमा सिकाइन्छ । केजीदेखि १० कक्षासम्मका विद्यार्थी अतिरिक्त समयमा खेलिरहेका देखिन्छन् ।

विद्यालय केन्दि्रत गरेर ‘जिम्न्यास्टिक फर अल’ कार्यक्रम सञ्चालन गरिएपछि यसप्रति आकर्षण झन् बढ्यो । जापानको सहयोगमा २ वर्षअघि यो कार्यक्रम सञ्चालन गरिएको थियो । यसमा सबैले गर्न सक्ने सामान्य व्यायाम समेटिएको थियो । यो कोर्समा ३ मिनेटसम्म अभ्यास गराइन्छ । यसले स्वास्थ्यमा पुर्‍याउने फाइदाबारे जानकारी गराइयो । सामान्य रूपमा गर्दा पनि दिनभर ‘रिफ्रेस’ भएको महसुस गरे शिक्षकले । यसले विद्यालयका पि्रन्सिपलले खेलको महत्त्व बुझे । विद्यालयमा खेलाउन थाले । 

स्वास्थ्यका लागि धेरै फाइदाजनक छ यो खेल । यसले शरीर लचकदार बनाउँछ । परेको बेलामा लचक र कडा बनाउन सकिन्छ । शरीर फिट राख्न सकिन्छ । यो खेल्नेको शारीरिक बनावटै बेग्लै हुन्छ । ‘हाइट मेन्टेन’ गर्न सकिन्छ । राम्रो नाच्न सकिन्छ । जुनसुकै खेलमा जान सकिन्छ यसबाट । फुटबलमा सजिलो हुन्छ । यो खेल्ने सजिलै उफ्रन सक्छ । दौडन सक्छ । भलिबल राम्रो खेल्न सकिन्छ । कराँते, तेक्वान्दो, उसु, पौडी लगायत खेल्न यसले सजिलो बनाउँछ । ‘जो जिम्न्यास्टिक खेल्छ, ऊ सबै खेलमा फिट हुन्छ,’ जिम्न्यास्टिकका चिफ कोच राजेश्वर-मान स्थापित भन्छन्, ‘त्यही भएर यसलाई मदर अफ गेम्स् भनिएको हो ।’

जटिल खेलमध्येमा पर्छ यो । केटी र केटाले खेल्ने छुट्टाछुट्टै खेल हुन्छन् । अन्तर्राष्ट्रिय रूपमा पुरुषले खेल्ने ६ थरीका छन् । त्यसमा भुइँ-व्यायाम, भोल्टिङ टेबल, रोमनरिङ, होरिजेन्टल बार र फोमेल हर्स छन् । त्यसमध्ये नेपालका स्कुल लेबलमा भुँइव्यायाम र भोल्टिङ टेबल मात्रै खेलाइन्छ । केटीले खेल्नेमा भुँइव्यायाम, होरिजेन्टल बार, भल्टिङ टेबल र बिम गरी चारवटा छन् । केटीको पनि दुइटा मात्रै खेलाइन्छ । १२ वर्ष सम्मकालाई नोबिस (जुनियर) र त्यस माथिकालाई सिनियर भनेर छुट्याइन्छ ।

विद्यालय तहमा यसप्रति आकर्षण बढेको छ । तर राष्ट्रिय स्तरमा प्रतियोगिता कम हुँदा सिकिरहेका बालबालिकामा खेलप्रति इच्छाशक्ति कम हँुदै जाने गरेको छ । अन्य खेलको तुलनामा यसको प्रतियोगिता नगण्य हुने गरेको छ । फुटबल, क्रिकेट लगायत प्रतियोगिता भइरहन्छन् । श्रेष्ठ भन्छन्, ‘प्रतियोगिता भइरहने हुँदा धेरैले खेल भनेकै भलिबल र क्रिकेट हो भन्ने छाप परेको छ ।’ २०६१ सालमा १३ औं राष्ट्रिय प्रतियोगिता पोखरामा भएको थियो । त्यसको झन्डै ८ वर्षपछि २०६९ मा धनगढीमा भयो ।

गत वर्ष विराटनगरमा भयो । ‘प्रतियोगिता नहुँदा आफ्नो प्रतिभा देखाउन पाउँदैनन्, उनी भन्छन्, ‘त्यही भएर खेलमा डिप्रेसन देखापरेको छ ।’

प्रकाशित मिति: २०७१ असार १ १०:४८

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=323406

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s