एसएलसीमा आधाभन्दा बढी फेल

मिति : २०७१ जेठ, ३१ शनिबार

सुर्यप्रसाद पाण्डे |

काठमाडौं : यसपालि प्रवेशिका (एसएलसी) परीक्षामा आधाभन्दा धेरै विद्यार्थी अनुत्तीर्ण भएका छन्। एसएलसीको परिणाम सुधार्न शिक्षा मन्त्रालयले प्रयास गरे पनि यस वर्ष ५६ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका हुन्।

वर्षैपिच्छे सफलता घट्दै गएपछि मन्त्रालयले गत वर्ष उत्तीर्ण दर १० प्रतिशत वृद्धि गर्ने योजनासहित करोडौं रुपैयाँ खर्च गरेको थियो। मन्त्रालयले शिक्षा विभागमार्फत क्षेत्रीय शिक्षा निर्देशनालय तथा जिल्ला शिक्षा कार्यालयलाई २३ बुँदे निर्देशन जारी गरी कम्तीमा १० प्रतिशत सफलता बढाउन भनेको थियो। एसएलसीको परिणाम सुधार्ने विषय सरकारले नीति तथा कार्यक्रममै उल्लेख गरेको थियो।

परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको परिणामअनुसार यस वर्ष नियमिततर्फ ४३.९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्षको तुलनामा यस वर्ष २.३५ प्रतिशत उत्तीर्ण दर बढेको छ। गत वर्ष नियमिततर्फ ४१.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।

शिक्षा विभागका महानिर्देशक तथा एसएलसी परीक्षा बोर्डका सदस्य लवदेव अवस्थीले तयारीअनुसार परिणाम नआएको स्वीकार गरे। उनले भने, ‘गत वर्ष पनि हामी शिक्षक व्यवस्थापनमा कमजोर रह्यौं। गत वर्षको तुलानामा परिणाम बढे पनि सन्तोषजनक परिणाम भने होइन।’

मन्त्रालयले गत वर्ष जारी गरेको निर्देशनका अधिकांश बुँदामा परिणाम सुधार्न शिक्षकलाई जिम्मेवार गराउने विषय समेटिएको थियो। विद्यालय शिक्षाको स्तर उकास्न विद्यालय निरीक्षक तथा स्रोत व्यक्तिहरूको बैठक महिनामा एकपटक अनिवार्य बस्नुपर्ने र शिक्षकले पढाउने विषयको कार्ययोजना बनाउनुपर्ने व्यवस्था गरिएको थियो। त्यस्तै विद्यालयले त्रैमासिक परीक्षा सकेपछि कक्षा १० को नतिजा स्रोतकेन्द्र स्तरमा विश्लेषण गरेर जिल्ला शिक्षा कार्यालयसमक्ष जानकारी गराउनुपर्ने, शिक्षक तथा विद्यार्थीले आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने र त्यसबारे विद्यालय निरीक्षक र स्रोत केन्द्रले नियमित अनुगमन गर्नुपर्ने व्यवस्था पनि गरिएको थियो।

बोर्डका अर्का सदस्य तथा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले पनि एसएलसी परिणामले निराश बनाएको बताए। उनले शिक्षक व्यवस्थापनमा देखिएको कमजोरी नै परिणाम बढ्न नसक्नुको मुख्य कारण रहेको औंल्याए। उनले भने, ‘सरकारले शिक्षकलाई पढाउने वातावरण दिन सकेन। शिक्षकलाई जिम्मेवार र नियन्त्रण गर्न सकियो भने नतिजामा सुधार हुन्छ।’

परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७० सालको परीक्षामा मुलुकभरबाट नियमित र एक्जाम्टेड गरी पाँच लाख ४८ हजार दुई सय ४८ जना विद्यार्थी सहभागी थिए। जसमध्ये नियमिततर्फ तीन लाख ९४ हजार नौ सय ३३ तथा एक्जाम्टेडतर्फ एक लाख ३३ हजार ६ सय २६ जना सहभागी थिए।

नियमिततर्फ परीक्षामा सहभागीमध्ये एक लाख ७३ हजार चार सय ३६ जनामात्र उत्तीर्ण भएका छन्। जसमा छात्रतर्फ ९८ हजार सात सय ७७ तथा छात्रातर्फ ७४ हजार ६ सय ५९ जना उत्तीर्ण भएका छन्। नियमिततर्फ विशिष्ट श्रेणीमा १८ हजार एक सय १० जना उत्तीर्ण भएका छन्। जसमा छात्र र छात्रा क्रमश: १० हजार नौ सय ८७ र सात हजार एक सय २३ जना छन्।

प्रथम श्रेणीमा ८३ हजार ६ सय ३७ जना उत्तीर्ण भएका छन्। तीमध्ये ४८ हजार तीन सय ३६ छात्र र ३५ हजार तीन सय एक छात्रा छन्।

द्वितीय श्रेणीमा ६७ हजार नौ सय ४२ जना उत्तीर्ण भएका छन्। यसमा ३७ हजार तीन सय ९२ जना छात्र र ३० हजार पाँच सय ५० जना छात्रा छन्। तृतीय श्रेणीमा तीन हजार सात सय ४७ जना उत्तीर्ण भएका छन्। त्यसमा दुई हजार ६२ जना छात्र र एक हजार ६ सय ८५ जना छात्रा छन्।

एक्जाम्टेडतर्फ १४ हजार पाँच सय ९१ जना उत्तीर्ण भएका छन्। यो कुल संख्याको १०.९२ प्रतिशत हो। त्यसमध्ये ६ हजार पाँच सय ९३ जना छात्र छन्। यसमा उत्तीर्ण हुने छात्रा सात हजार नौ सय ९८ छन्। एक्जाम्टेडतर्फ प्रथम श्रेणीमा दुई सय ६ जना उत्तीर्ण भएका छन्। त्यसमध्ये एक सय ११ जना छात्र र ९५ जना छात्रा छन्।

त्यसैगरी द्वितीय श्रेणीमा ११ हजार चार सय ७७ जना उत्तीर्ण भएका छन्। त्यसमा पाँच हजार एक सय २६ जना छात्र र ६ हजार तीन सय ५१ जना छात्रा छन्। तृतीय श्रेणीमा दुई हजार नौ सय आठजना उत्तिर्ण भए। त्यसमा एक हजार तीन सय ५६ जना छात्र र एक हजार पाँच सय ५२ जना छात्रा छन्।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले दुई विषय लागेर अनुत्तीर्ण हुने अवस्थामा रहेका विद्यार्थीलाई एकदेखि पाँच नम्बरसम्म ग्रेस मार्क दिइएको बताए। उनका अनुसार १५ हजार ७४ जनालाई पाँच नम्बर ग्रेसमार्क दिइएको छ। ग्रेस मार्क दिएर पनि दुई विषयमा अनुत्तीर्ण भएका विद्यार्थीका लागि आगामी साउन २० देखि २७ गतेसम्म पूरक परीक्षा सञ्‍चालन हुनेछ। 

उत्तिर्ण प्रतिशत

छात्र

छात्रा

 कुल

 ४९.४३ प्रतिशत

३८.२७ प्रतिशत

४३.९२ प्रतिशत

विशिष्ठ श्रेणी

१८ हजार १ सय १०  

छात्र

१० हजार ९ सय ८७ जना

छात्रा

७ हजार १ सय २३

प्रथम श्रेणी

८३ हजार ६ सय ३७

छात्र

४८ हजार ३ सय ३६

छात्रा

३५ हजार ३ सय १

द्धितिय श्रेणी

६७ हजार ९ सय ४२

छात्र

३७ हजार ३ सय ९२

छात्रा

३० हजार ५ सय ५०

तृतियश्रेणी

३७ हजार ४७

छात्र

२ हजार ६२

छात्रा

 

१६ सय ८५

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s