आँपकोे घट्दो उत्पादन र बढ्दो माग

 

विश्वनाथ खरेल ,     फलफूलमा आँप सबैभन्दा राम्रो फलफूल मानिन्छ । यसले शरीरको लागि आवश्यक तत्व प्रदान गर्दछ । विभिन्न फलफूलमा आ–आफ्नै किसिमको खाद्य तत्वहरु पाइने हुन्छ । यसमध्ये आँप पनि एक हो । देशको भौगोलिक विविधताले गर्दा ठाउँअनुसार विभिन्न जातका आँपहरु लगाउन सकिने अवस्था रहेको सम्बन्धित क्षेत्रका विज्ञहरुको भनाइ रहेको पाइन्छ । हाम्रा देशका किसानहरुलाई आँप लगाउन सिकाउने र सरकारी अनुदान दिने हो भने प्रत्येक वर्षको वैशाखदेखि कात्तिकसम्म आँप उत्पादन गर्नसक्ने भौगोलिक वातावरणले युक्त रहेको पाइन्छ । उदाहरणको लागि सुर्खेतको रामघाटको दशहरी आँप असोजमा खानयोग्य हुन्छ । त्यस्तैगरी फलफूल लगायत उच्च मूल्यका कृषि उपजहरु विश्वमै तुलनात्मक रुपमा लाभ हुने गरी उत्पादन गर्नसक्ने हो भने आन्तरिक र बाह्य बजार प्रशस्त पाउन सकिने सम्बन्धित क्षेत्रका विश्लेषकहरुले बताएका छन् ।
मुलुकमा आर्थिक वर्ष २०६७÷०६८ सम्ममा नेपालमा ७९ हजार एक सय ८४ हेक्टर जमिनमा आँपखेती भएको अनुमान थियो । त्यस्तै, आर्थिक वर्ष २०६८÷०६९ मा तीन दशमलव एक प्रतिशतले वृद्धि भई ८१ हजार छ सय २५ हेक्टरमा फलफूल खेती भएको कृषि विकास मन्त्रालयले जनाएको छ । त्यसैगरी उत्पादन भने आर्थिक वर्ष २०६७÷०६८ मा आठ लाख ३१ हजार पाँच सय ७६ मेट्रिक टन भएको अनुमान थियो भने आर्थिक वर्ष २०६८÷०६९ मा भने छ दशमलव पाँच प्रतिशतले वृद्धि भई आठ लाख ८५ हजार पाँच सय २१ मेट्रिक टन पुग्ने अनुमान गरिएको छ । त्यस्तै, उत्पादकत्व दरमा पनि दुई दशमलव ४३ प्रतिशतबाट तीन दशमलव तीन प्रतिशतले वृद्धि भएको अनुमान छ । प्रतिवर्ष सयदेखि तीन सय हेक्टरमा आँपखेती विस्तार भइरहेको छ । नेपालको सिराहा, सप्तरी, धनुषा, महोत्तरी लगायत जिल्लामा आँपको बढी खेती हुने गरेको पाइन्छ । त्यसमध्ये पुरानो बोटबाट करिब दुई तिहाइ अर्थात् करिब एक लाख २२ हजार मेट्रिक टन आँप उत्पादन भएको थियो । काठमाडौं उपत्यका, मनाङ, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालिकोट र बाजुरा गरी १० जिल्लाहरुमा आँपको व्यावसायिक रुपमा खेती गरिएको पाइँदैन । बाँकी ६५ जिल्लाहरुमा भने आँपको खेती हुने कृषि विकास मन्त्रालयको आँकडाले देखाएको पाइन्छ ।
मुलुकमा गत वर्षको तुलनामा यस वर्ष आँपको मूल्य वृद्धि भएको छ । आँपको बजारमाग दिन प्रतिदिन बढ्दै गएको छ । तर, उपभोक्ताको मागबमोजिमको आपूर्ति कम हुन गएको कारणले गर्दा नै मूल्यवृद्धि भएको सम्बन्धित क्षेत्रको भनाइ रहेको पाइन्छ । यसमा स्वदेशी आँपको आपूर्तिमा कमी भएको कारणले गर्दा छिमेकी मुलुकहरुबाट आउने आँपको मूल्य बढी हुने गरेको पाइन्छ । तसर्थ, स्वदेशमा उत्पादन हुने आँप घट्न थालेपछि भारतीय आँप बजारमा आउन थालेकोले मूल्यवृद्धि भएको हो । गत वर्ष पनि आँपको मूल्य अहिलेकै जसरी घटबढ भएको थियो । मुलुकमा गत जेठको पहिलो साता प्रतिकिलो ९० रुपैयाँ थोक मूल्य रहेको आँपको आपूर्ति बढेपछि असारको पहिलो सातामा प्रतिकेजी थोक मूल्य ९०÷१०० रुपैयाँमा पुगेको थियो । आँपको मौसम सुरु भएकाले जेठदेखि नै मूल्य बढेको थियो । गत वर्ष वैशाखमा औसत ८५ रुपैयाँ प्रतिकेजी थोक मूल्य रहेको आँप यस वर्षको जेठमा ८५ देखि ९० र असारमा १००÷११० रुपैयाँसम्ममा बिक्री हुने अनुमान गर्न सकिन्छ । त्यस्तै, यो मूल्य बढेर गत वर्षको साउनमा ९० रुपैयाँ प्रतिकेजी पुगेको थियो भने यस वर्ष भने एक सय २५ देखि एक सय ३५ रुपैयाँसम्म पुग्ने अनुमान गर्न सकिन्छ ।
समग्रमा भन्नुपर्दा गत वर्ष कालिमाटी तरकारी बजार र अन्य बजारमा गरी दैनिक सरदर ४० मेट्रिक टन आँप आएको थियो । त्यस्तै, गत वर्ष मोटामोटी रुपमा हेर्ने हो भने आठ हजार मेट्रिक टन आँप काठमाडौंमा भित्रिएको थियो । त्यस्तै, यस वर्षलाई पनि करिब ८÷१० हजार मेट्रिक टन आँप आवश्यक पर्ने सम्बन्धित क्षेत्रका व्यवसायीहरुले बताएका छन् । यसको सरदर थोक मूल्य ५५ का दरले थोक भाउ राख्दा पनि ६० करोड मूल्य बराबरको हुन आउँछ । आँपलाई अन्य फलफूलको दाँजोमा अतिउत्तम मानी राजा फलको रुपमा संज्ञा दिइएको छ । यो मानव शरीरलाई पनि निकै नै फाइदाजनक हुनेहुँदा यो फल सबैलाई मनपर्ने हुन्छ । दिन प्रतिदिन बढ्दो जनसंख्याको कारणले गर्दा राजधानीमा अहिले दैनिक ५० हजार केजीसम्म आँप भित्रिने गरेको व्यवसायीहरु बताउँछन् । यस मौसममा ६० लाख केजीभन्दा बढी आँप राजधानी भित्रिइसकेको फलफूल तथा तरकारी थोक व्यवसायी संघले जनाएको छ । गत वर्ष यो मौसममा ४४ लाख ५१ हजार सात सय केजी आँप राजधानी आएको थियो । राजधानीका आँप उपभोक्ताहरुले विशेष रुपमा मनपराउने माल्दा, कलकत्तिया, किसनभोग, दशहरी, बम्बई लगायत आँपको बिक्री हुने गरेको छ । यहाँ केहीदिन अघिसम्म ७५ देखि ८० रुपैयाँ प्रतिकेजी थोक मूल्य रहेको आँप हाल आएर ८५ देखि सय रुपैयाँ प्रतिकेजीमा बिक्री भएको छ । यस वर्ष काठमाडौंको बजारमा आठ हजार मेट्रिक टन आँप भित्रिएको व्यवसायीहरुको अनुमान रहेको छ । अहिले बजारमा तराईको आँप सकिन लागेको छ भने भारतीय आँप आउन सुरु गरेको छ र केही दिनपछाडि गएर विभिन्न पहाडी भेगमा फलेका आँपहरु पनि राजधानीमा आउँदा मूल्यमा धेरै नै वृद्धि हुने व्यवसायीहरु बताउँछन् ।

यस वर्षको आँपको सिजन समाप्त हुन लागेकोले पनि आँपको आपूर्तिभन्दा माग बढी भएको कारणले गर्दा बजारमा आँपको आपूर्तिमा कमी आएको हो । यसकारणले गर्दा आँपको मूल्यमा पनि दिनहुँ आकाशिँदै गएको छ । देशमा आँपको आपूर्ति खास गरी छिमेकी देश भारतबाट हुने गरेको पाइन्छ । हाम्रो देशमा कृषि विकासको जिम्मा लिएको कृषि विकास मन्त्रालयले स्वदेशमा नै आँपमा आत्मनिर्भर हुने लक्ष्य राख्ने हो भने तराईका २० जिल्लाहरुलाई पकेट आँपको खेतीका रुपमा विस्तार गर्नुपर्ने हुन्छ । त्यसको लागि सरकारले आवश्यक पर्ने बेर्ना, बीउ, मल, सिँचाइ, प्राविधिक सहयोग, ऋण, उन्नत औजारहरुको व्यवस्था गर्नुपर्ने एकातिर छ भने अर्कोतिर मुलुकका सानाखाले कृषकहरुको व्यवसायमा पनि वृद्धि भई रोजगारीको अवसर प्राप्त हुने कुरामा कसैको पनि दुईमत नहोला ।

Source : http://www.aarthikdainik.com.np/news_details/8767/ 710229.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s