प्रत्येक नेपालीको टाउँकोमा ३३ हजार ऋण

आशीष ज्ञवाली |

काठमाडौं : नेपालीको प्रतिव्यक्ति ऋण बढेर झन्डै ३३ हजार रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र ब्यांकका अनुसार अहिले ३० वटा वाणिज्य ब्यांकले कुल आठ खर्ब ७० अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्। २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या अहिले दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ।

कुल ऋणलाई अहिलेको जनसंख्याले भागा गर्ने हो भने प्रत्येक नेपालीको टाउँकोमा ३२ हजार आठ सय ३० रुपैयाँ पर्न आउँछ। ऋण बढ्ने क्रम बर्सेनि बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ।

वाणिज्य ब्यांकको जेठ दोस्रो सातासम्मको तथ्यांकअनुसार क वर्गका ब्यांकहरूले गरेको कुल कर्जा लगानीको आधारमा यस्तो औसत निकालेको हो तर विकास ब्यांक, फाइनान्स कम्पनी, लघुवित्त र सहकरीको ऋण जोड्ने हो भने यो रकम अझै धेरै बढी देखिन्छ।

यसैगरी ३० वटा वाणिज्य ब्यांकको मूल निक्षेपको आधारमा हिसाब गर्दा औसतमा प्रतिव्यक्ति नेपालीले वाणिज्य ब्यांकमा ४२ हजार आठ सय ३० रुपैयाँ निक्षेप राखेको देखिन्छ। एक वर्ष अगाडिसम्म प्रतिनेपाली निक्षेप ३८ हजार चार सय रुपैयाँ थियो भने प्रतिनेपालीले जम्मा २८ हजार चार सय ५२ रुपैयाँ मात्र ब्यांकबाट ऋण लिएका थिए। कर्जा रकम तथा निक्षेप रकम दुवै प्रतिनेपाली क्रमश: चार हजार रुपैयाँका दरले एक वर्षमा बढेको देखिन्छ।

यसबाट नेपालीले ब्यांकमा रकम जम्मा गर्ने र ऋण लिने प्रवृत्ति क्रमश: बढिरहेको देखिन्छ, जुन अर्थतन्त्रको लागि सकारात्मक संकेत हो। नेपाल राष्ट्र ब्यांकका अनुसार अहिले ३० वटा वाणिज्य ब्यांकले कुल आठ खर्ब ७० अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्। ब्यांकहरूले जेठको दोस्रो सातासम्ममा निक्षेप संकलन ११ खर्ब ३५ अर्ब रुपैयाँ पु्र्‍याएका छन्।

जनता ब्यांकका प्रमुख कार्यकारी अधिकृत डा.रमेशकुमार भट्टराईले निक्षेप र कर्जाको वृद्धिदर राम्रो ढंगले अगाडि बढेको बताए। ‘कर्जाको तुलनामा निक्षेपको वृद्धिदर बढे पनि कर्जाको वृद्धिदर पनि नराम्रो भन्न मिल्दैन’, उनले भने, ‘अहिले साना तथा मझौला उद्योगीहरू ऋण लिने क्रम बढेको छ।’

राष्ट्र ब्यांकको तथ्यांकअनुसार पछिल्लो एक वर्षमा ब्यांकहरूको निक्षेप एक खर्ब १८ अर्ब रुपैयाँले बढेको छ। निक्षेप संकलन भने एक खर्ब १६ अर्ब रुपैयाँले बढेको देखिएको छ। चालू आर्थिक वर्षको प्रथम ६ महिनामा सुस्त रहेको वाणिज्य ब्यांकहरूको कर्जा प्रवाह पछिल्लो ६ महिनामा भने निक्षेपको तुलनामा बढेको देखिन्छ।

तथ्यांकका अनुसार पछिल्लो ६ महिनामा वाणिज्य ब्यांकहरूको निक्षेप ६२ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ७७ अर्ब रुपैयाँले बढेको छ। अहिले ब्यांकहरूसँग भएको निक्षेप र कर्जा लगानीको आधारले ४५ अर्ब रुपैयाँ वाणिज्य ब्यांकहरूले अझै लगानी गर्न सक्छन्। राष्ट्र ब्यांकले गरेको व्यवस्थाअनुसार कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८० प्रतिशत हुनुपर्ने व्यवस्था छ। अर्थात् कुल निक्षेपको ८० प्रतिशत रकममात्र वाणिज्य ब्यांकहरूले लगानी गर्न पाउँछन्।

यसरी अहिलेको तरलताको अवस्था हेर्दा आगामी ब्याजदर अझै ओरालो लाग्ने देखिएको छ। एकातिर आर्थिक वर्षको अन्तिम महिनामा विकास खर्चको लागि सरकारले ठेकेदारलाई दिने भुक्तानी बढ्ने भएकोले ब्यांक तथा वित्तीय संस्थामा निक्षेप रकम बढ्छ भने अर्कोतिर आगामी साउन १ देखि ब्यांकहरूले ब्याजदर अन्तर (स्प्रेडदर) पाँच प्रतिशतमा सीमित राख्नुपर्ने भएकोले पनि ब्यांक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन थप दबाब पर्ने देखिन्छ।

२०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या अहिले दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार छ। कुल ऋणलाई अहिलेको जनसंख्याले भाग गर्ने हो भने प्रत्येक नेपालीको टाउँकोमा ३२ हजार आठ सय ३० रुपैयाँ पर्न आउँछ। ऋण बढ्नेक्रम बर्सेनि बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ।

नयाँ ब्यांकको तुलनामा पुराना ब्यांकको ब्याजदर घट्ने सम्भावना रहेको जनता ब्यांकका प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए। ‘अबको एक महिनाभित्रमा स्प्रेडदर पाँच प्रतिशतमा सीमित गर्नुपर्छ’, उनले भने, ‘पाँच प्रतिशतभन्दा बढी स्प्रेड भएका ब्यांकहरूले कर्जाको ब्याजदर घटाउनको लागि निक्षेपको पनि ब्याजदर घटाउनुपर्छ। यसले बढी स्प्रेड हुने ब्यांकको ब्याजदर घट्ने सम्भावना छ।’

अहिले पाँच प्रतिशतभन्दा तल स्प्रेड रहेका ब्यांकको भने ब्याजदर घट्ने सम्भावना नरहेको भट्टराईले बताए। ब्यांक तथा वित्तीय संस्थाहरूसँग तरलता धेरै रहेकोले ट्रेजरी बिल्सको ब्याजदर पनि ०.०४७ प्रतिशतसम्म झरेको छ। यसैगरी, ब्यांकहरूबीच एकआपसमा हुने अन्तरब्यांक कारोबारको ब्याजदर पनि ०.२ प्रतिशतमा झरेको छ।

यसरी ट्रेजरी बिल्स अन्तरब्यांक कारोबारको ब्याजदर अत्यन्त न्यून रहेकोले ब्यांकहरूमा तरलताको स्थिति अत्यन्त सहज रहेको देखाउँछ।जसले गर्दा पनि ब्यांकहरूसँग ब्याजदर घटाएर लगानी बढाउनुको कुनै विकल्प नरहेको देखिन्छ।

Source : http://www.annapurnapost.com/en/news/business/.htm

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s