सिकाइमा प्रभावकारी ई–लाईब्रेरी

प्रगति ढकाल

सिकाइमा प्रभावकारी ई–लाईब्रेरी

काठमाडौं, ८ जेठ- केही वर्षअघिसम्म इ–लाईब्रेरी (डिजिटल पुस्तकालय)बारे कुनै जानकारी नभएका सेन्ट जेभियर कलेजका आलोक श्रेष्ठ अहिले आफैं ई–लाइब्रेरी प्रयोगकर्ता बनेका छन् । इ–लाइबे्ररीले उनको समय पनि बचत गराइदिएको छ । 
इ–लाइब्रेरीले गर्दा किताबको पाना पल्टाई–पल्टाई पढ्ने शैलीमा परिवर्तन आएको छ । सूचना र प्रविधिको विकाससँगै सुरु भएको इ–लाइबे्ररीले पठन संस्कृतिलाई सजिलो बनाइदिएको छ । पुस्तकालयमा आफूले पढ्न चाहेको पुस्तक नपाउने समस्या पनि अहिले हटेको छ ।
घरमै बसेर ल्यापटप तथा मोबाइल सेटबाट आफूले चाहेको जानकारी लिन सजिलो भएको छ । किताब किन्न बजार धाउनुपर्ने समय र पैसाको समेत बचत हुने श्रेष्ठको तर्क छ । “न पैसा तिर्नुपर्ने न खोजेको कुरा नभेटिएला भन्ने चिन्ता, इ–लाइब्रेरीको मज्जा नै छुट्टै,” श्रेष्ठले भने ।
सेन्ट जेभियर कलेजका इ–लाइब्रेरियन अनिल शाक्य छिटो छरितो र सहज ढंगले पुस्तक, पत्रपत्रिका तथा अन्य उपयोगी सामग्री पढ्न सहज हुने भएकाले इ–लाइबे्ररीको महत्व बढेको बताउँछन् । विद्यार्थीले शोधपत्र तयार पार्न इ–लाइबेरिको बढी प्रयोग गर्ने गरेको उनको भनाइ छ । “पुस्तकालयमा विद्यार्थीले पढ्न चाहेको पुस्तक खोज्दा हैरान हुनुपर्ने अवस्था थियो,” शाक्यले भने, “ इ–लाइबे्ररिले विद्यार्थीको समय बचत गराएको छ ।”
सूचना र प्रविधिको जमानामा अनिवार्य रूपमा सबै कलेजमा इ–लाइबे्ररी सञ्चालन हुन सके विद्यार्धीका लागि उपयोगी हुने उनले बताए । कलेजले समयको माग र विद्यार्थीको चाहनालाई ध्यानमा राखी इ–लाइब्रेरी सञ्चालन गरेकोे उनले जानकारी दिए ।
इ–लाइबे्ररी सहज र प्रभावकारी माध्यम बनेपछि यसमा कलेजहरू उत्साहित बनेका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको लाइब्रेरीमा पनि इ–लाइब्रेरी सञ्चालनको क्रममा ५० वटा कम्युटर रहेको त्रिभुवन विश्वविद्यालयको लाइब्रेरी शाखाले बताएको छ । विद्यार्थीलाई इ–लाइबे्ररी निकै प्रभावकारी बने पनि कतिपय सरकारी कलेजमा उपयोगमा आउन सकेको छैन ।
सरकारी कलेजका विद्यार्थी पनि इ–लाइब्रेरी उपयोगी हुने बताउँछन् । रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत जानुका दवाडीले सरकारी कलेजमा पनि इ–लाइब्रेरीको व्यवस्था हुन सके नयाँ प्रविधिको उपयोगबाट टाढा रहनु नपर्ने बताइन् ।
रत्नराज्य लक्ष्मी क्याम्पसका प्रमुख रुद्रप्रसाद पौेडेलले विद्यार्थीको सहजतालाई ध्यानमा राख्दै इ–लाइब्रेरी सञ्चालन गर्ने तयारी भएको बताए । “विश्वविद्यालयले इ–लाइबे्ररी सञ्चालनका लागि आवश्यक कम्प्युटर उपलब्ध गराइदिने भनेको छ,” उनले भने, “दक्ष जनशक्तिको अभावका सञ्चालन हुन नसकेको हो । जनशक्ति माग गरिरहेका छौं ।” इ–लाइब्रेरीको व्यवस्था तत्काल गर्नेए प्रतिबद्धता उनले जनाए ।
विज्ञान, प्रविधि तथा वातारण मन्त्रालयका उपनियन्त्रक मनिष भट्टराईले डिजिटल पुस्तकालयबाट छिटो र सजिलो तरिकाले सिक्न सकिने भएकाले यसको आवश्यकता भएको बताए । इ–लाइबे्ररीले शैक्षिक प्रणालीमा धेरै सुधार ल्याउने भट्टराईको दाबी छ ।
के हो इ–लाइबे्ररी ?
अनलाइनको माध्यमबाट विभिन्न पुस्तक तथा पत्रपत्रिका पढ्न पाउने व्यवस्था नै इ–लाइबे्रेरी हो । विद्युतीय स्वरुपमा इन्टरनेटबाट उपलब्ध हुने गरी सीडीमा व्यवस्थित तथा संकलित गरिएका म्यागेजिन, पत्रपत्रिका, पुस्तक तथा चित्र हेर्न, पढ्न र सुन्न पाउने व्यवस्था इ–लाइब्रेरीमा हुन्छ । यसमा प्रयोगकर्ताले कुनै पनि दस्ताबेज, पत्रपत्रिका किताब, अडियो, भिडियोलगायत सामग्री आन्तरिक नेट (इन्ट्रानेट) तथा इन्टरनेटको माध्यमबाट उपयोग गर्न सक्छन् ।

Source : http://www.karobardaily.com/nepali/news/2014/05/1400824746

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s