वर्षदिनमा थपिए १९ लाख इन्टरनेट ग्राहक

वर्षदिनमा थपिए १९ लाख इन्टरनेट ग्राहककाठमाडौं, २२ जेठ- वर्ष दिनको अवधिमा १९ लाख इन्टरनेट ग्राहक थपिएका छन् । इन्टरनेट सेवाप्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल, युनाइटेड टेलिकम (यूटीएल), इन्टरनेट सेवाप्रदायक कम्पनी (आईएसपी)ले यो संख्यामा ग्राहक थपेका हुन् । टेलिकम र एनसेलका ग्राहक धेरै थपिएका छन् । 
पछिल्लो २ वर्षयता टेलिकम र एनसेलले डेटा सेवामा प्राथमिकता दिएका छन् । हालसम्म भ्वाइस सेवामा केन्द्रित भएका यी ठूला कम्पनीले अब डेटा सेवा विस्तारको विकल्प नभएको निष्कर्ष निकालेका छन् । योजना र कार्यक्रम पनि डेटा सेवामा केन्द्रित गरेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ०७० चैत मसान्तसम्ममा नेपाली डेटा सेवाको दायरा केही फराकिलो भएर जनसंख्याको ३१ प्रतिशतमा पुगेको छ । प्राधिकरणले प्रकाशित गरेको एमआईएस प्रतिवेदनअनुसार नेपाल टेलिकमका ४३ लाख १३ हजार, एनसेलका ३९ लाख २७ हजार, आईएसपीका ९८ हजार र यूटीएलका ५६ हजार ग्राहक छन् । चैत मसान्तसम्ममा कुल ८३ लाख ९६ हजार ६ सय इन्टरनेट प्रयोगकर्ता पुगेका छन् ।
हाल  डेटा सेवामा टेलिकमको बजार हिस्सा ५१ प्रतिशत, एनसेलको ४७ प्रतिशत र यूटीएल तथा आईएसपीको १÷१ प्रतिशत छ । टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले हालसम्म भ्वाइस सेवामा केन्द्रित भए पनि अब भने डेटा सेवामा कम्पनीको भविष्य भएको बताएका छन् ।
०६९ चैत मसान्तसम्म कुल डेटा प्रयोगकर्ता ६४ लाख ९४ हजार पुगेका थिए । डायलअप, एडीएसएल, जीपीआरएस, सीडीएमए, ईभीडीओ, वाईम्याक्सजस्ता माध्यमबाट ग्राहकले इन्टरनेट प्रयोग गर्दै आएका छन् । ०६९ को अन्त्यसम्म टेलिकमका २९ लाख ७३ हजार, एनसेलका, ३३ लाख ५१ हजार यूटीएलका ८९ हजार, आर्ईएसपीका ७९ हजार गरी जनसंख्याको २४ प्रतिशतमा डेटा सेवा पुगेको प्राधिकरणले जनाएको छ । इन्टरनेटप्रतिको लगाव, स्मार्टफोनको प्रयोग बढ्दै जानु, मोबाइलमा निःशुल्क कुरा गर्न सकिने एप्स आउनुजस्ता कारणले कम्पनीले डेटा सेवामा जोड दिएका छन् ।
०६८ चैत मसान्तमा ४६ लाख इन्टरनेट प्रयोगकर्ता थिए । यसमध्ये नेपाल टेलिकमका १८ लाख ६१ हजार, एनसेलका २६ लाख ७२ हजार, यूटीएलका ७० हजार, आईएसपीका ६३ हजार ग्राहक थिए । ०६८ को अन्त्यसम्म डेटा सेवामा एनसेलको हिस्सा ५७ प्रतिशत, टेलिकमको ४० प्रतिशत, यूटीएलको २ र आईएसपीको १ प्रतिशत थियो ।

Source : http://www.karobardaily.com/nepali/news/2014/06/1402026503

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s