पिसाबसम्बन्धी रोगको निदान तथा उपचार

डा. ललितकुमार मिश्र

जेष्ठ २२ –
हाम्रो जीवन अनमोल छ । स्वास्थ्य भनेको हाम्रो दोस्रो सम्पत्ति हो । स्वस्थ व्यक्तिले नै यस संसारिक सुखको भरपूर उपभोग गर्न सक्छन् । अतः प्रत्येक व्यक्तिले सधैँ स्वस्थ तथा निरोगी रहने प्रयास गर्नुपर्दछ । केही यस्ता रोगहरू छन्, जो थाहै नपाईकन लागिसकेको हुन्छ । कुनै अन्य रोगको उपचारार्थ स्वास्थ्य संस्थामा जाँदा शारीरिक एवं प्याथोलोजिकल टेस्टमा थाहा हुन्छ । जस्तै पिसाबसम्बन्धी रोग, पथरी, डायबिटिज, ब्लडप्रेसर आदि आज यसै सन्दर्भमा चर्चा गर्न गइरहेको छ । पिसाबसम्बन्धी पनि रोग हुन सक्छ भनेर एक स्वस्थ व्यक्तिले सोच्न सक्दैन । तर जसलाई पिसाबसम्बन्धी समस्या आइलाग्दछ ऊ अत्यधिक परेसान रहन्छ ।
पिसाबसम्बन्धी विकारअन्तर्गत थुप्रै रोगहरू पर्दछन् । जसमा पिसाब पोल्नु, पिसाब रोकिनु, पिसाब रोकी रोकीकन आउनु, पत्थरी हुनु र धेरै मात्रामा पिसाब लाग्नु (बहुमूत्र) हुनु, मधुमेह हुनु । यी सबै रोग बडो कष्टदायी हुन्छन् । यदि समयमा यसको उपचार गरिएन भने यसको परिणाम घातक पनि हुन सक्छ । अस्तव्यस्त तथा भागदौडको जीवनशैली बिताउने व्यक्तिमा प्रायः पिसाबसम्बन्धी समस्या देखिने गर्दछ । यी रोगहरूको सम्बन्ध तपाईंको जीवनशैलीसँग जोडिएको छ । मूत्रसम्बन्धी रोग लाग्नु वा नहुनु तपाईं लाइफस्टाइलमा भर पर्दछ ।
कारण
यौनमार्ग (जेनिटियल अर्गेन्स) महिला या पुरुष दुवैमा गुप्ताङ्गहरूको सफाइमा विशेष ध्यान पुर्‍याउने गर्नुपर्दछ । सफाइको अभावमा संक्रमण हुने सम्भावना रहन्छ । हामी अन्य भागको सफाइमा ध्यान त दिन्छौं तर यौवनाङ्गहरूको सफाइमा कमै ध्यान जान्छ । यो ठीक होइन । शरीरको सबै अंग उत्ति नै महत्त्वपूर्ण छन् । अतः सफाइमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।
मूत्राशय (युरनिटी ब्लाडर) पिसाब जम्मा भएर पनि कुनै कारणवश रोकिएर पिसाब बाहिर निस्केन भने यस अवस्थालाई मूत्रावरोध (रिटेन्सन आफ युरिन) भनिन्छ । महिलाहरूमा कुनै बाहिरी संक्रमणको कारण तथा पुरुषहरूमा ‘सुजाक’ तथा गर्मी आदिले गर्दा मूत्राशय तथा मूत्रमार्गमा दबाब पर्दछ । जसले गर्दा पिसाब रोकिन्छ भन्ने बृहद् पुरुषको पौरुष ग्रन्थि (प्रोस्टेट ग्लान्ड) बढ्न जान्छ । जसले गर्दा पिसाब रोकिन्छ वा बडो कष्टले थोपाथोपा निस्किन्छ । धेरै बेर पिसाब फेर्न लाग्छ । यसैगरी मूत्र क्रुद्ध (पिसाब गर्ने बेला दर्द हुनु) यस दर्द मूत्राशय (ब्लाडर) मा उत्पन्न हुन्छ । जसको कारणले पनि पिसाब रोकिन्छ । यसरी नै हिस्टि्रया, चिन्ता, टाउकोमा चोट लाग्नु, पेटको खराबी, अत्यधिक रक्सी सेवन, सिफलिस (भिरंगी), कब्जियत, पौष्टिक भोजनको कमी आदि कारणले पनि बारम्बार पिसाब लाग्दछ ।
मूत्रनलीको संक्रमण (यूटीआई) समुदायबाट प्राप्त हुन्छ । जहाँ एउटै ट्वाइलेटमा धेरै व्यक्तिहरू पिसाब गर्ने गर्दछन् । या अस्पतालमा बिरामीको मूत्रनलीमा उपयोग गर्ने उपकरण (मूत्राशय कैथिट राइजेसन) को माध्यमले पनि पिसाबसम्बन्धी इन्फेक्सन हुन सक्छ । यसरी कमिनिटीको माध्यमले प्राप्त संक्रमण ब्याक्टेरियाद्वारा हुन्छ । जसलाई ई-कोलाई भनिन्छ ।
कसरी चिन्ने (पहिचान)- पिसाबको कमी या पिसाब नहुनु । यसले गर्दा मूत्राशय (पिसाबको थैली) फुल्न जान्छ । रोगीलाई बेचैनी हुन्छ । पिसाब बडो कष्टले थोपाथोपा गरी निस्किन्छ । कब्जियत, पाचन प्रणाली कमजोर हुनु बढी तिर्खा लाग्नु, पिसाब बढी लाग्नु आदि कारणले गर्दा बिरामीलाई निन्द्रा पर्दैन । ऊ दिनपरदिन कमजोर हुँदै जान्छ । कम्मर, तिघ्रा तथा पिडौलामा दर्द हुन्छ । 
निदान
पिसाबसम्बन्धी रोगको सही डाइग्नोसिस गर्नको लागि रोगीको शारीरिक लक्षण, मानसिक लक्षण तथा अब्जरभेजन -निरीक्षण गर्नुको अलावा ल्याब रोटरी टेस्ट पनि गराउन अत्यन्त जरुरी हुन्छ । पिसाबसम्बन्धी संक्रमणको निदान हेतु कैयौं प्रकारका परीक्षणहरू गराउनुपर्ने हुन्छ । जसमा सबैभन्दा बढी महत्त्वपूर्ण परीक्षण युरिन कल्चर, पिसाबको विश्लेषण गराउनु हो । परीक्षणको लागि पिसाब (बिहान) को नमुनाको रूपमा टेस्टको लागि ल्याबमा पठाइन्छ । यदि रिपोर्टमा ब्याक्टेरियाको साथै सेतो रक्तकण (आरबीसी) बढेको छ भने रोगी व्यक्ति संक्रमणबाट ग्रसित छ भने कुरा थाहा हुन्छ । यो टेस्टबाहेक पनि रोगीको अवस्थाअनुसार अरू परीक्षण पनि गराउन सकिन्छ । जस्तै- टोटल ब्लड काउन्ट, आईबीपी (इन्ट्रविन्स पायलोग्राम) सीटी स्केन तथा ब्लड कल्चर आदि ।
उपचार

पिसाबसम्बन्धी रोगहरूमा रोगीको मानसिक एवं शारीरिक तथा प्याथोलोजिकल रिपोर्टको आधारमा सफलतापूर्वक प्रयोग गर्ने औषधिहरू निम्नलिखित छन् । 
०    डायबिटिज इन्सिपिडिस (यसमा रक्तमा या पिसाबमा चिनी देखिँदैन) बढी मात्रा घरीघरी पिसाब लाग्ने पिसाबमा युरिया देखिनुको साथै प्यास तथा बेचैनी यस प्रकारको
०     पिसाब हुनुभन्दा अगाडि र भइसकेपछि मूत्रनलीमा जलन हुनु । यस अवस्थामा बरर्बेरिस-क्यू-५ थोपा एक गिलास पानीमा मिलाएर दिनको ३ पल्ट सेवन गर्नाले निकै फाइदा हुन्छ ।
०    पिसाब रोकी-रोकीकन हुनु, प्रोस्टेट ग्रन्थिको वृद्धि हुनु, यस किसिमका लक्षणमा कोनियम-३० शक्तिको औषधि लाभप्रद छ ।
०    पिसाब गर्ने बेलामा जलन हुँदैन तर अन्य समयमा मूत्राशय (ब्लडर) मा जलन हुनु । यस्तो भएमा स्टेफिसिगि्रया-३० रामवाण औषधि हो ।
०    काइल्युरिया- पिसाब मैदाको जस्तो गाढा हुन्छ या दूध या चियाको रंगजस्तो हुन्छ । यस प्रकारको पिसाबसम्बन्धी रोगमा सिटलिजिया-६ शक्तिको औषधि अत्यन्तै लाभदायक हुन्छ ।
०    पिसाब गर्ने बेला बल गर्नु, पिसाब खुलेर नहुनु, जलन, मूत्राशय गि्रवामा दर्द हुनु, मूत्र पथरी निस्किँदा भयंकर दर्द हुनु । यस अवस्थामा मेगनेसियाफास-१२एक्स धेरै फाइदाजनक छ । ४ गोली गरम पानीसँग ३-४ पल्ट लिनाले रोगको तीव्रतामा कमी हुन गई राहत मिल्दछ ।
०    बारम्बार पिसाब गर्न जानुपर्ने, बहुमूत्रको अवस्थामा नेट्रमफास-६ रामवाण औषधि हो ।
०    पहेँलो रंगको पिसाब हुनु, हाँक्छ्यू गर्दा या खोक्दा या हिँड्दाहिँड्दै थाहै नपाईकन पिसाब हुनु, पिसाब गर्ने बेला छेउछाउमा कोही छ भने पिसाब नआउनु यस्तो परिस्थितिमा नेट्रमम्युर-३ एक्स औषधि लाभदायक मानिन्छ ।
०    कुनै पनि प्रकारको सर्जिकल अपरेसन भएपछि पिसाब बन्द हुनु, या नआउनु यस अवस्थामा कास्टिकम-३० लाभदायक औषधि हो ।
०    पिसाबमा रगत मिसिएको देखापर्नु वा रगत नै आउनु, यसमा टेरिविएन्था-३० लाभप्रद छ ।
के खाने ?
फलमा खरबुजा, स्याउ, अनार, सुन्तला, मौसमी आदि ।
बिहान- बेलुकी खाने- गाजर, उखुको रस, काचो नरिवलको पानी, मही पिउने । तिर्खा लागिरहेमा पानीमा कागती मिसाएर खाने । तरकारीमा फुलकोभी, भिन्डी, प्याज, हरियो धनियाँको पात, घिरौंला खान सकिन्छ भने एक कप मुलाको रस बिहान बेलुकी पिउने ।
के नखाने ?
हरियो खुर्सानी, रातो खुर्सानी, तारेको, मसालादार, अचार, सख्खर, अमिलो नखाने । चिया, कफी, रक्सी, धूमपानको सेवन नगर्ने ।
के नगर्ने ?
राति धेरै बेरसम्म नबस्ने, मैथुनमा धेरै लिप्त नहुने । पिसाबको वेगलाई नरोक्ने ।
यसमा दिएका औषधोपचारका विधि कुनै चिकित्सकको स्थान लिन सक्दैन । सामान्य जानकारी हेतू हो । यससम्बन्धी समस्या देखिएमा स्थानीय कुनै योग्य तथा अनुभवी चिकित्सकको परामर्श लिई औषधि सेवन गरेमा अत्यन्त लाभकारी हुनेछ ।
प्रकाशित मिति: २०७१ जेष्ठ २७ ०५:३०

Source :http://www.ekantipur.com/qatar/news/news-detail.php?news_id=207489

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s