छोराको चर्तिकलाले पेले तनाउमा

 

साओपाउलो : ब्राजिल र पेले फुटबलका पर्याय हुन् भन्दा अत्युक्ति नठहरिएला। पेलेका बारेमा फुटबलमा अनगिन्ती किंवदन्ती छन्। तीनै महान् फुटबलर पेले अहिले छोराका कारण तनाउमा छन्। पेलेका छोरा एडिन्होको नाम बेलाबेलामा आपराधिक गिरोहका साथ जोडिने गरेको छ। तर यसअघि एडिन्हो पक्का अपराधी नै बनिसकेको प्रमाणित भने हुनसकेको थिएन। 

तर यतिबेला एडिन्होले गैरकानुनी काम गरेबापत न्यायालयबाट सजाय नै पाएका छन्। अवैध रूपमा हुन्डीमार्फत लागूऔषधका कारोबारीलाई रकम उपलब्ध गराएको आरोपमा एडिन्होलाई अदालतले ३३ वर्ष लामो कारावासको सजाय सुनाएको छ।

एड्सन चोल्बी नासिमेन्टो नाम भए पनि एडिन्होका नामले चर्चित पेलेका छोराले भने आफूमाथि लागेको आरोप सही नभएको बताएका छन्। सन् २००५ को घटनामा अदालतले एडिन्होलाई सजाय सुनाएको हो। ब्राजिलको स्थानीय अदालतले एडिन्होसहित अन्य तीनजनालाई पनि ३३ वर्षकै सजाय तोकेको छ।

अदालतले आरोप प्रमाणित भएका सबै तीनजनाको सम्पूर्ण सम्पत्ति पनि जफत गर्ने निर्णय गरेको छ। प्रहरीले तीनजनाबाट एक सयवटा कारसमेत बरामद गरेको छ। ४३ वर्षीय एडिन्होको नाम लागूऔषधका चर्चित कारोबारी रोनाल्डो नाल्डिन्हो डुर्टे बासोर्टीसँग जोडिएको छ। एडिन्होले भने आफूले आपराधिक गिरोहसँग लागूपदार्थ किने पनि उनीहरूसँग कुनै आपराधिक साँठगाँठ नभएको दाबी गरेका छन्।

एडिन्हो आफू पनि क्लबस्तरीय खेलाडी हुन्। उनले ब्राजिलको चर्चित क्लब सान्तोसबाट व्यावसायिक फुटबल खेलेका थिए। सन् १९५८, १९६२ र सन् १९७० को विश्वकप जित्ने ब्राजिलियन टोलीका सदस्य पेलेका एडिन्होसहित सातजना छोराछोरी छन्। -एजेन्सी

पेलेका छोरालाई ३३ वर्ष जेल सजाय

 

 

रियो डे जानेरो : फुटबलका विश्‍वप्रख्यात खेलाडी पेलेका छोरालाई ३३ वर्षको जेल सजाय भएको छ। उनीमाथि लागूऔषधि ओसारपसारको कारोबार गरी रकम लिएको आरोप लागेको छ। एडसन चोल्बी दो नास्सिमेन्टो (उपनाम इदिन्हो) नामबाट परिचित उनीसहित अन्य चारजनालाई साओ पाउलोअवस्थित एक स्थानीय अदालतले सो अपराधको आरोप लगाएको स्थानीय संचार माध्यमको च्यानल न्युज पोर्टल जि१ ले जनाएको छ।

इदिन्हो हाल ब्राजिलियाली एक फूटबल क्लबः सेरि ए क्लब सान्टोसमा गोल (रक्षण सम्बन्धी प्रशिक्षक (गोलकिपर कोच) भई कार्यरत रहेका छन्। अदालतको यस फैसला विरुद्ध उनले पुनरावेदन गर्ने पनि बताइएको छ।

त्रिचालीस वर्षीय इदिन्होले आफू लागू औषध ओासारपसारमा नलागेको तर लागू औषधको अम्मली भएको भने अदालतसमक्ष स्वीकार गरेको जनाइएको छ।  ब्राजिलको राष्ट्रिय टीमबाट खेलेका पेलेले तीनवटा विश्वकप फूटबल खेलमा सफलता प्राप्त गरेका र उनी विश्वभर आस्था र सम्मानजनक व्यक्तित्वको रुपमा रहेका छन्।

उनैका छोरा इदिन्होले पनि सन् १९९० मा ब्राजिल कै सान्टोस क्लब मा गोल (रक्षक भई खेलेका थिए। हाल उनी लागू औषधको दुब्र्यसनी भएकामा ब्राजिलका फूटबल प्रेमीहरुले चिन्ता प्रकट गरेका छन्। रासस/सिन्ह्वा

विश्‍वकपमा नागरिकता मुद्दा

 

 

रियो दि जेनेरियो : विश्वकप राष्ट्रिय टिमले खेल्ने प्रतियोगिता हो। राष्ट्रिय टिममा खेल्न सम्बन्धित देशको नागरिक हुनुपर्छ। सामान्यतया सम्बन्धित देशमा जन्मिएपछि व्यक्तिले उक्त देशको नागरिकता पाउँछ। तर खेलकुदमा बढ्दो प्रवृत्तिलाई हेर्ने हो भने एउटा देशमा जन्मिएर, एउटा स्तरमा एउटा देशको प्रतिनिधित्व गरेर एउटा खेलाडीले फरकफरक देशको प्रतिनिधित्व गरिरहेको स्थिति छ। फुटबलको विश्वकप नजिकिरहेकाले यतिबेला यसैको उदाहरण लिनु सान्दर्भिक हुन्छ।

आगामी विश्वकपमा सहभागी हुन लागेको अमेरिकाको राष्ट्रिय फुटबल टिममा रहेका २३ मध्ये ६ खेलाडीले युथस्तरमा अन्य देशको प्रतिनिधित्व गरेका छन्। हाल यस टोलीमा रहेका जुलियान ग्रिन, फाबियान जोनसन, जर्मेन जोन्स, मिक्स डिस्करुड र एरन जोहानसनले अन्य देशबाट खेलिसकेका छन्।

अन्य देशका खेलाडीलाई नागरिकता दिएर राष्ट्रिय टोलीमा रा ने प्रवृत्ति नयाँ भने होइन। यसको पक्ष र विपक्ष दुवैमा आवाज उठ्ने गरेका छन्। विश्व फुटबल महासंघ (फिफा) ले खेलाडीको राष्ट्रियता र राष्ट्रिय टिम परिवर्तनको सवाललाई ध्यान दिँदै पटकपटक नियमावली संशोधन गरेको छ। तर स्थानान्तरण रोक्ने होइन, बरु सजिलो बनाउनेतर्फ ती संशोधन सहयोगी देखिन्छन्। फिफाको चालू प्रावधानअनुसार अरू देशको नागरिकता ग्रहण गरेर आउने खेलाडीसँग राष्ट्रिय टिममा रहेका बेला एउटामात्र नागरिकता हुनुपर्ने छ भने त्यसअघिको मुलुकबाट ठूला प्रतियोगितामा सिनियरस्तरमा खेलेको पाइनेछैन। यसको मतलब यू-२० वा यू-१७ जस्ता उमेरस्तरका विश्वकपमा एउटा देशबाट खेलेपछि सिनियर विश्वकप अरू देशबाट खेल्न पाउनसक्ने व्यवस्था फिफाले गरेको छ। सन् २००३ सम्म १८ वर्षको उमेरसम्मका खेलाडीले अर्को एउटा देशबाट खेल्नसक्ने व्यवस्था थियो। सन् २००९ सम्म यो उमेर हद २१ वर्ष थियो। फिफाले उमेर हद हटाएको छ र अहिले जुन उमेरमा पनि खेलाडीले राष्ट्रिय टिम परिवर्तन गर्नसक्छ।

सन् २००८ को तथ्यांकअनुसार आठजना खेलाडीले त्यस वर्ष आफ्नो राष्ट्रिय फुटबल संघ परिवर्तन भएको सम्बन्धमा फिफामा आवेदन दिएका थिए। सन् २०१० सम्म आइपुग्दा त्यो सं या ३० मा पुग्यो। अन्य देशका खेलाडीलाई ग्रहण गरेर राष्ट्रिय टिम बनाउनेमा अफ्रिकी मुलुक अल्जेरिया अगाडि देखिएको छ। सन् २०१० मा दक्षिणअफ्रिकामा भएको विश्वकपमा अल्जेरियाको राष्ट्रिय टिमका २३ खेलाडीमध्ये १७ जना फ्रान्समा जन्मिएका थिए। तीमध्ये आधाजतिले युथस्तरमा फ्रान्सको प्रतिनिधित्व गरेका थिए। फ्रान्सबाट राष्ट्रिय टिममा नपर्ने र ठूला प्रतियोगितामा सहभागी हुने अभिलाषाका साथ खेलाडीले राष्ट्रियतासँगै राष्ट्रिय टिम परिवर्तन गर्ने प्रवृत्ति देखिएको बताइन्छ। विश्वकपमा छनोट हुने दौडमा सधैं देखिने गरेको रिपब्लिक अफ आयरल्यान्डमा नर्दन आयरल्यान्डका कतिपय खेलाडी स्थानान्तरण भएका छन्।

यसको कारण रिपब्लिक अफ आयरल्यान्डबाट ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने आशा हो। ‘कुन देशबाट खेल्ने भन्ने व्यक्तिगत स्वतन्त्रताको कुरा हो’, अल्जेरियाको फुटबल संघका अध्यक्ष मोहमद राउराउ भन्छन्। फिफाको कार्यकारी सदस्य भएका बेला राउराउसले सन् २००९ मा राष्ट्रिय टिम परिवर्तनबारेको उमेरहद हटाउन प्रस्ताव गरेका थिए। अहिलेको विश्वविजेता स्पेनले ब्राजिलमा जन्मिएका डिएगो कोस्टालाई आगामी विश्वकपमा राष्ट्रिय टिमबाट उतार्दैछ। यसअघि ब्राजिलमै जन्मिएका मार्कोस सेन स्पेनले सन् २००८ मा युरोकप उपाधि जितेको टोलीमा थिए। – एजेन्सी

Source : http://www.annapurnapost.com/en/news/sports/?ls-art1=5

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s