खस्कियो निष्ठा – गणतन्त्र विशेष»

सूर्य थापा

काठमाडौ, जेष्ठ १४ –
२३ जुलाई १९५२ मा आफ्नो छोरालाई राज्य सुम्पिएर निर्वासनमा इटालीतर्फ जाने बेला इजिप्टका राजा फारुखले भनेका थिए, ‘भविष्यमा संसारमा पाँचवटा मात्रै राजा या बादशाह बाँकी रहनेछन्- एउटा संयुक्त अधिराज्य (बेलायत)  र अरू चारवटा चाहिँ खेल्ने तासको पत्तीमा ।’

अन्तिम पटक २०६५ जेठ १५ गते नेपालको संविधानसभाको पहिलो बैठकले २ सय ४० वर्ष पुरानो -राजतन्त्रात्मक शासन पद्धतिका हिसाबले त करिब दुई हजार वर्ष लामो विरासतसहितको) वंशानुगत सामन्ती शासनको अन्त्य गरी  मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र कायम गर्‍यो । भूमिगत स्थिति त्यागेर खुला हुने क्रममा एउटा राष्ट्रिय दैनिकलाई दिएको अन्तर्वार्तामा तत्कालीन विद्रोही माओवादीका प्रमुख नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को पूर्वानुमान  थियो, ‘गणतन्त्र कार्यान्वयनको क्रममा -राजा) ज्ञानेन्द्र या विदेशतिर भाग्नेछन्, यात मारिनेछन् ।’ ती दुबै आँकलन विपरीत ज्ञानेन्द्रले संविधानसभाको निर्णय अनुरूप नागरिक भई बाँकी जीवन स्वदेशमै बिताउने कदम चाले । र  नारायणहिटीबाट सरक्क नागार्जुन सरे ।
नेपालमा राजतन्त्रको अन्त्य पछाडि प्रमुख रूपमा ‘नारायणहिटी संहार’ एउटा ऐतिहासिक मोड थियो । त्यसले एकैसाथ राजतन्त्रप्रतिको आम नागरिकको परम्परागत आस्था, विश्वास र भरोसाको अन्त्य गरिदियो । त्यसपछि गद्दीमा आसिन मूलतः व्यापारिक पृष्ठभूमिका राजा ज्ञानेन्द्र र उनको सिङ्गो परिवार त्यस संहारको घटनामा सकुशल रहने तर दाजु वीरेन्द्रको भने वंशै विनाश हुने अत्यन्त रहस्यमय अवस्थाले जनमानसको मनो विज्ञानलाई उद्वेलित गरिदियो । राजा घोषणा हुनुअघि राज्य सहायक हुँदै ‘स्वचालित बन्दुक पड्केर दरबारभित्र दुःखद घटना भएको’ भन्ने उनको कथनले घटनाको वास्तविकतामा पर्दा हाल्न खोजेको मात्रै देखाएन, नागरिक स्तरमा  तीव्र आक्रोश नै बढाइदियो । यसरी ज्ञानेन्द्रको राजगद्दी आरोहण नै अस्वाभाविक, आशङ्कायुक्त र अवैधजस्तो बन्न पुग्यो । उनी राजा भए तापनि जनस्तरबाट आशङ्कामुक्त र वैध कहिल्यै हुनसकेनन् ।
गद्दीमा आसिन हुनासाथ उनले ‘म दाजुजस्तो टुलुटुलु हेरेर बस्दिनँ’ भन्दै विद्यमान संसदीय व्यवस्था र लोकतान्त्रिक अभ्यासप्रति प्रकट गरेको दुर्नियतले अविश्वास अझै बढाइदियो । संसदको विघटन र त्यसपछिका ‘कू’हरूले त उनको  निरङ्कुशतावादी हठलाई राम्रोसँगै उजागर गरिदिए, जो समयक्रममा राजतन्त्रकै पतनका कारक सावित भए । त्यस प्रकारको हठ नदेखाई आफ्नो व्यवहारले राजतन्त्रप्रति जनस्तरमा बढ्दो अविश्वास, आशङ्का र उठिरहेका तमाम  प्रश्नहरू मेटाउन लागेको भए परिस्थिति भिन्नै हुनसक्थ्यो । खासगरी घोर विलासी जीवनयापनतर्फ उद्यत नरहेको, वीरेन्द्र र उनको परिवारको सम्पत्ति राष्ट्रियकरण गरी समाजसेवामा सक्रिय भएको र निरंङ्कुशताको मोह त्यागेर दे शमा शान्ति, स्थिरता, लोकतन्त्र र समृद्धिको पक्षमा उभिएको भए ज्ञानेन्द्रमा गद्दीमा आसिन भएको पाँच वर्षसम्म त मुलुक गणतन्त्रको गन्तव्यतर्फ उन्मुख बन्न बाध्य भइसकेको थिएन । मूलतः आफ्नै हठ र निरङ्कुशताको अपाच्य  मोहका कारण ज्ञानेन्द्र एक्काइसौं शताब्दीमा बचेखुचेका २८ वटामध्ये एउटा राजतन्त्र उन्मूलनको अन्तिम पात्र बन्नपुगे ।
कठोर सङ्घर्ष: महानतम उपलब्धि
राजतन्त्र उन्मूलन भई गणतन्त्र स्थापना भएको आजको परिवेश जति उन्मुक्त, स्वाभाविक र सहजजस्तो लाग्छ, यसनिम्ति २०६२/६३ को शान्तिपूर्ण जनक्रान्ति उठाउन र त्यसलाई सफलताको बिन्दुमा टुंग्याउन सचेत नेपाली  नागरिकहरूले गरेको कठोर सङ्घर्षको निणर्ायक भूमिका छ । राजा र राजपरिवारले कैयौं विशेषाधिकारको उपयोग गर्दै देशको संविधानभन्दा माथि रहेको तत्कालीन परिवेशमा त्यसका गलत निर्णय, सुविधा, सम्पत्ति र निरङ्कुशतामो हको विरोध र भण्डाफोर गर्नु कदापि सजिलो थिएन ।
राजद्रोहको नाममा कठोर सजायका कानुनी चुनौती र जीवनकै जोखिमहरूसमेत छँदै थिए । अझ राजतन्त्रको आलोचना गर्नेहरूलाई ‘माओवादी/ आतङ्ककारी’ भन्दै निसाना बनाउने खतरा प्रबल नै थियो । त्यस्तो स्थितिमा दरबार  हत्याकाण्ड लगत्तै २०५८ असार २७ मै पहिलोपल्ट प्रकाशित ‘राजा र राजपरिवारको नाममा रहेको ७ हजार ७ सय ४० रोपनी ८ आना ६ पैसा ७ दाम जग्गा-जमिनको फेहरिस्तले १० लाख भूमिहीन नागरिक भएको गरिब देशमा  राजाचाहिँ कानुन विपरीत भूपति नै रहेको तथ्य उजागर गर्‍यो । त्यसै क्रममा राजपरिवारको खर्च बढाएर ११ करोड ६३ लाखबाट ३८ करोड ७९ लाख -अझ २३ करोड ११ लाख ६३ हजार विकास खर्च अलग्गैसमेत ६२ करोड)  पुर्‍याउंँदा जनआक्रोश अझ चुलिन पुग्यो । शेरबहादुर देउवालाई शिखण्डी बनाई २०५९ जेठ ८ गते प्रतिनिधिसभाको षड्यन्त्रपूर्वक विघटन गराएर ज्ञानेन्द्रले असोज १८ को सत्तापलटका निम्ति अनुकूलता सिर्जना गर्न उद्यत भए ।  २०६० सालमा प्रकाशित लेखकको पुस्तक ‘विश्वमा राजतन्त्र ः उत्थान, पतन र भविष्य’मा उनका उल्लिखित कदमहरूको आलोचना गर्दै सुधि्रन सुझाउँदै अन्यथा राजतन्त्रकै अन्त्य अवश्यम्भावी रहेको तथ्यसमेत प्रस्तुत गरिएको  थियो । तर शाही अहङ्कारले तथ्यको सामना गर्ने सद्बुद्धि उनलाई दिएन । माघ १९ को ‘कू’मार्फत ज्ञानेन्द्र स्वयम्ले निषेध र उन्मूलनको बाटो अख्तियार गरे । राजतन्त्रसँग राजनीतिक दलहरूले सम्झौताको याचना गरिरहेका बखत उनले तिनलाई किनारा लगाउँदै पञ्चायती कालरात्रिकै दोस्रो संस्करण थाले ।
वास्तवमा बाह्रबुँदे समझदारी तथा २०६२ चैतको दोस्रो समझदारीले मुलुकलाई शान्तिपूर्ण जनआन्दोलन हुँदै जनक्रान्तिको उत्कर्षमा पुर्‍याउने काम गर्‍यो । देश-विदेशमा त्यतिन्जेल ‘सेरेमोनियल’ र ‘बेबी किङ’का मोह र भ्रान्तिहरू  बाँकी नरहेका होइनन्, तर २५ जना सहिदको बलिदान सङ्गठित गर्दै १९ दिन लामो जनसङ्घर्षले विजयको शिखर चुम्यो । वैशाख ११ गते राति ज्ञानेन्द्र शाहले आफ्नो पतनलाई रोक्ने अन्तिम प्रयास गरे । र जनआन्दोलनको माग  प्रतिनिधिसभा प्रस्थानविन्दु संविधानसभा निकासविन्दु हासिल नै भयो । अनि जेठ ४ को प्रतिनिधिसभा घोषणा हुँदै मुलुक अन्तरिम व्यवस्थापिका-संसद/सरकार र संविधानसभाको निर्वाचनतर्फ अघि बढ्यो ।
पुँजीपति र श्रमजीवी वर्गको संयुक्त नेतृत्व
सामन्ती राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाले मुलुकमा नयाँ युगको थालनी हुनपुगेको छ । यसले राजनीतिक क्रान्ति शान्तिपूर्ण ढङ्गले सफल भएको तथ्य स्पष्ट गर्छ । यद्यपि २०५२-६२ सम्म सञ्चालित माओवादीको १० वर्ष  लामो सशस्त्र जनयुद्ध र त्यसले आर्जन गरेको शक्ति, हैसियत र सामथ्र्य जनक्रान्तिको सफलताको पृष्ठभूमि निर्माण गर्न सहयोगी अवश्यै
थियो । तथापि राजतन्त्र उन्मूलनको प्रमुख आधारशिला भनेको मुलुकमा क्रियाशील पुँजीपति वर्गको प्रतिनिधि शक्ति नेपाली काङ्गे्रसको गणतान्त्रिक रूपान्तरण तथा श्रमजीवी वर्गको प्रतिनिधि शक्तिका रूपमा रहेका कम्युनिस्ट/ श्रमजीवी पार्टीहरूको साझा मोर्चाबन्दी र संयुक्त नेतृत्व नै निणर्ायक थियो । यदि गिरिजाप्रसाद कोइरालाको भौतिक नेतृत्वमा नेपाली काङ्गे्रस आफ्नो स्थापनाकालीन उद्देश्य संवैधानिक राजतन्त्रबाट गणतन्त्रको उचाइमा प्रवेश गरेको  थिएन भने त्यतिबेला पुँजीपति र श्रमजीवी वर्गबीच मोर्चाबन्दी, सहकार्य र एकता सम्भवै हुने थिएन ।
यसनिम्ति माओवादी विद्रोहीले सशक्त हिंसा र ‘जनयुद्ध’को परित्याग गरी शान्तिपूर्ण अवतरण र परिवर्तनको प्रक्रिया अवलम्बन गर्‍यो । यो परिवर्तनले शान्तिपूर्ण जनक्रान्तिका शक्तिहरूलाई ‘लोकतान्त्रिक गणतन्त्र’को साझा लक्ष्य र  गन्तव्यमा एकगठ गर्ने काम गर्‍यो । यदि नेपाली काङ्गे्रस र नेकपा -माओवादी) मा यसखाले रूपान्तरण नहुँदो हो र मदन भण्डारीले १३ वर्षअघि नै नेपाली क्रान्तिको शान्तिपूर्ण परिवर्तनकोे मौलिक बाटो ः जनताको बहुदलीय जनवाद  -जबज) को प्रतिपादन नगरेको स्थिति हुन्थ्यो भने यसखाले युगिन परिवर्तन सम्भव थिएन । दुनियाँको इतिहास हेर्दा संसारभरि चारवटा कारणले राजतन्त्र विस्थापित र अन्त्य भएको देख्न सकिन्छ ः ‘पहिलो, आफ्नै निरङ्कुश र  जनविरोधी क्रियाकलाप एवं स्वेच्छाचारी शासन शैली/इराक र अफगानिस्तान आदिमा यसरी राजतन्त्र नाशिए । दोस्रो, युद्धमा पराजित भएर, आष्ट्रो-हङ्गेरी आदि मुलुकका राजतन्त्र पतन भए । तेस्रो, कम्युनिस्ट क्रान्तिको सफलताको  मारमा परेर- पूर्वी युरोप, भियतनाम र लाओसका राजतन्त्रहरू खत्तम भएको देखिन्छ । मुख्यतः चौथो, सामन्तीतन्त्रको अन्त्य संसारभरि पुँजीपति वर्गको पहल र नेतृत्वमा बढी भएको पाइन्छ । बेलायत, प|mान्स, रूस, चीन, जर्मन, भारत  र अटोमन साम्राज्यका धेरै र शक्तिशाली राजतन्त्रहरूको उन्मूलन बुर्जुवा गणतन्त्रवादीहरूले नै गरेका थिए । 
दूरदर्शी नेतृत्वको अभाव
मुलुकमा गणतन्त्र स्थापना भएको आधा दशक भइसक्यो । तर नवस्थापित पद्धति राम्रो भएर मात्रै पुग्दैनथ्यो, यसका सञ्चालक र नेतृत्वकर्ता असल र दूरदर्शी हुनु अत्यावश्यक थियो । तर एउटा-दुइटा चुनाव जित्ने र सत्ता  सञ्चालनको आफ्नो व्यक्तिगत महत्त्वाकांक्षा पुरा गर्ने राजनीतिज्ञहरूले युगिन परिवर्तनको महारथ हाँक्न सम्भव हुँदो रहेनछ । त्यसनिम्ति दूरदर्शी र निस्वार्थ राजनेताको खाँचो महसुस गर्दै आज नेपाली समाजले व्यग्रतापूर्वक प्रतीक्षा  गरिरहेको छ ।
राम्रो पद्धतिमा खराब नेतृत्व हावी हुँदाको परिणाम आज नेपाली राजनीतिले भोगिरहेको छ । यदि प्रचण्ड २०६५ पछि आफ्नै पूर्वघोषणा -राष्ट्रपति बन्ने) विपरीत प्रधानमन्त्री बन्न तयार नभएर छिटो संक्रमणकालको अन्त्य गरी  नवस्थापित प्रणालीलाई आफ्नै खुट्टामा उभ्याउँदै संस्थागत गर्ने अग्रसरता लिन इमानदारीपूर्वक लागेको भए आज उनी स्वयम् र नेपाली राजनीतिको यो हविगत हुने थिएन । बितेका ६ वर्षमा प्रमुख नेतृत्वबाटै भए/गरेका भुलचुकह रूको जगमा आज ‘असन्तुष्टिहरूको शीत ओभ्याएर २४ सिटको घैला भर्न सफल ?’ कमल थापाको राजावादी गुटले असामयिक र प्रतिगामी हुंकार गर्न थालेको छ- ‘जतिबेला पनि नागार्जुनबाट पूर्वराजालाई नारायणहिटी फर्काउन  सक्छौं ।’ इतिहासले शिरोच्छेदन गरी रछ्यानमा पुर्‍याइसकेको शक्तिका यस्ता प्रलापहरूबाट तर्सिनु आवश्यक छैन । किनभने काटेर फ्यालिएको जुँगा पुनः जोडेर बढाउन कसैले सक्दैन ।
बढिरहेका विसङ्गति र थपिएका चुनौती
राजतन्त्रको अन्त्य गरी अघि बढेका कैयौं मुलुकमा नवस्थापित पद्धतिलाई दिगो बन्न नदिएर अस्थिर बनाउँदै आफ्नो दुनो सोझ्याउन खोजिएका थुप्रै दृष्टान्त छन् । बेलायतमा क्रमबेलको नेतृत्वमा चाल्र्स प्रथमको हत्यापश्चात् कायम  गणतन्त्रबाट ११ वर्षमै राजतन्त्रको पुनःस्थापना, प|mान्समा देशद्रोहको अभियोगमा लुई सोह्रौंको टाउको उडाएर कायम गणतन्त्रकै विकृतिमा नेपोलियन बोनापार्टको उदय, इरानमा राजतन्त्रको अन्त्यसँगै हावी रुढीवादी मुस्लिमहरूको क ट्टरपन्थी हिस्साले आयातुल्लाह खोमेनीको नेतृत्वमा गरेको दमनकारी र तानाशाही शासन, इराकमा सद्दाम हुसेनको तानाशाहीको उत्थान, पतन र जारी अराजकता, अफगानिस्तानमा तालिवानको उदय र व्याप्त हिंसा मात्रैले नेपालमा  नवस्थापित गणतन्त्र अझै पूर्ण खतरामुक्त नरहेको तथ्य प्रस्ट्याउँछन् । कम्बोडिया र इथियोपिया राजतन्त्रको उन्मूलन गरे पनि समृद्धि र सुख तथा राष्ट्रिय एकताको बाटोमा अघि बढ्नसमेत नसकेका नकारात्मक उदाहरण छन् ।  सिक्किमको त स्वतन्त्र अस्तित्व नै नामेट पारिएको दृष्टान्त छ ।
पूर्वराजा ज्ञानेन्द्रले कुनै मन्दिरमा पूजाआजा गर्दा वा कमल थापाले राजतन्त्रको पुनःस्थापनाको भाषण गर्दामात्रै पनि थरथर काँप्ने नेतृत्व होइन, नवस्थापित गणतन्त्रलाई स्थिरता, विकास र समृद्धिको संवाहक बनाउन योग्य र सक्षम  नेतृत्व पंक्तिको अगुवाइ गर्नु आवश्यक छ । यहाँ पहिलो संविधानसभाको असफलता, जातीय/क्षेत्रीय विखण्डनको कम्पनरूपी ज्वरो र लम्बिँदो संक्रमणकालका कारण परिवर्तनका संवाहक र हिमायतीहरूलाई गम्भीर र चिन्तित  तुल्याउनु अस्वाभाविक होइन, परिवर्तनकारी नेतृत्वले आफूलाई गणतान्त्रिक चेतना र मूल्यपद्धति अनुरूप सञ्चालन गर्नुपर्छ । शाही आयोगका सदस्यलाई खेलकुद परिषद सञ्चालन गर्न, लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग  निवारण आयोगको जिम्मेवारी र सर्वोच्च न्यायालयका न्यायाधीशहरूको नियुक्तिमा समेत योग्यता, क्षमता र कार्यसम्पादन होइन, विवादित व्यक्तिहरूले विशेष प्राथमिकता पाउने अवस्थाहरू झनै विडम्बनापूर्ण छन् । प्रमुख नेतृत्वमा  सपनाको अवशान, निष्ठाको अभाव र गुट-स्वार्थ हावी हुँदै जाँदा त्यसको मूल्य नवस्थापित गणतन्त्रले चुकाउनुपरेको छ ।
प्रकाशित मिति: २०७१ जेष्ठ १५ ०९:१७

Source : http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=322218

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s