पाँच दिनमै एक महिनाको औसतभन्दा बढी वर्षा

 काठमाडौं : उपत्यकामा पाँच दिनमै एक महिनाको औसतभन्दा धेरै पानी परेको छ। मे महिनाभरि १२३.६ मिलिमिटर वर्षा हुनुपर्नेमा सोमबारसम्म १३२.५ मिलिमिटर वर्षा भइसकेको छ। जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन सुरु हुनुअगाडिको समय (प्रिमनसुन) भएकाले यो महिनाभरि थप वर्षा हुने अनुमान गरेको छ।

राजधानीलगायतका पहाडी भेगमा तीन दिनदेखिको वर्षा सोमबार पनि जारी रह्यो। मौसमविद् राजु प्रधानांगका अनुसार वर्षा हुने क्रम मंगलबार पनि जारी रहने अनुमान गरे। ‘पानी पार्ने बादल नेपालका अधिकांश पहाडी भेगमा सक्रिय छ, बुधबारदेखि मात्रै सुधार हुन्छ’, उनले भने।

प्रिमनसुन गतिविधि नेपालका पहाडी भेगमा मात्रै देखिएको छ। तराईमा वर्षा भएको छैन। पाँच दिनमै औसतभन्दा बढी पानी पर्नुलाई मौसमविद्ले अस्वाभाविक मानेका छन्। पश्चिमबाट आएको पानी पार्ने बादल पूर्वी पहाडतिर सरिरहेको छ। मौसमविद् मीनकुमार अर्यालका अनुसार सबै पहाडी जिल्लामा पानी पार्ने बादल छ।

मौसमविद्का अनुसार वायुमण्डलमाथि स्थानीय रूपमा बनेको न्यूनचापीय प्रणालीलाई बंगालको खाडी र अरब समुद्रबाट आएको जलवास्पसहितको हावाले सघाएपछि भारी वर्षा भएको हो। मनसुन सुरु नभएसम्म न्यूनचापीय प्रणाली पूर्वपश्चिम गरिरहन्छ। ‘तर यसपटक पश्चिमबाट पूर्वतिर मात्रै बढी धकेलियो। वर्षाको यो क्रम अस्वाभाविक छ। छोटो समयमा यति धेरै पानी पर्नु स्वाभाविक हैन’, प्रधानांगले भने। मौसमविद्ले यसलाई जलवायु परिवर्तनको असर भनेका छन्।

विभिन्न अन्तर्राष्ट्रिय संस्थाको अध्ययनअनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियामा पानी पर्ने प्रक्रिया सबैभन्दा धेरै परिवर्तन भइरहेको छ। क्याम्ब्रिज विश्वविद्यालयको अध्ययन प्रतिवेदनले धेरै दिन थोरै पानी पर्ने दक्षिण एसियाली मनसुन पछिल्ला दिनमा अनुभव हुने गरी बदलिएको देखाएको छ। ‘पहिले धेरै दिनसम्म थोरैथोरै पानी पथ्र्यो, अहिले थोरै दिनमा धेरै पानी पर्छ’, प्रतिवेदनमा लेखिएको छ।

राजधानीमा आइबार दुई घन्टामै ३५.६ मिलिमिटर वर्षा भएको थियो। यही गति कायम रहे यस वर्ष मनसुनमा औसतभन्दा धेरै वर्षा हुन्छ। जल तथा मौसमविज्ञान विभागका अनुसार सन् २००७ मा औसतभन्दा धेरै बढी वर्षा भएको थियो। त्यतिबेला बाढी पहिरोका कारण जनधनको ठूलो क्षतिसमेत भएको थियो। २००८ मा औसतभन्दा कम पानी परेको थियो। सन् २००९ मा भने खडेरी परेको थियो। सन् २०११ मा औसतभन्दा बढी पानी प:यो भने सन् २०१२ र २०१३ मा औसत वर्षा भयो।

नेपालमा सामान्यतया जुन १० देखि मनसुन सुरु हुन्छ भने सेप्टेम्बर २३ मा सकिन्छ। तर पछिल्ला वर्षमा मनसुनसमेत केही ढिलो गरी सुरु भइरहेको छ। पूर्वी भागबाट नेपाल प्रवेश गरेको मनसुन हावासँगै पश्चिमतर्फ जान्छ।

Source : http://www.annapurnapost.com/en/news/social/7084/.htm

 

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s