कफी खेतीको विस्तार र निर्यातको बढ्दो सम्भावना – 710123

विश्वनाथ खरेल ,

विश्वले अहिले दैनिक करोडौं रुपियाँको कफी पिइरहेको छ । संसारमा पेट्रोलियम पदार्थपछिको दोस्रो ठूलो परिमाणमा बिक्रीवितरण हुने वस्तु कफी हो र यसको खेती एक सयभन्दा बढी देशमा गरिएको छ । ब्राजिल विश्वको सबभन्दा बढी कफी उत्पादन गर्ने देश हो भने अमेरिका सबैभन्दा बढी खपत गर्ने देश हो । संसारको कुल कफी निर्यात देशहरुको प्रतिवेदनलाई अवलोकन गर्दा विश्वमा सन् २००८ मा १३ करोड ४१ लाख ६३ हजार ब्याग कफी उत्पादन भई विभिन्न मुलुकहरुमा निर्यात भएको थियो भन्ने अनुमान गरिएको छ । यसरी विश्व बजारमा प्रवेशसँगै नेपालमा पनि कफीको उपभोग र खेती हुन पुगेको हो । नेपालमा सर्वप्रथम कफीको सुरुवात गुल्मी आँपचौरका हिरा गिरीले बर्मा (म्यानमार)बाट वि.सं.१९९५ मा केही कफीको बोट ल्याई खेती गरिएको भन्ने ऐतिहासिक प्रमाण रहेको पाइन्छ । त्यसपछि विस्तारै देशव्यापी रुपमा यसको खेती गरिन थालियो । २०३३ देखि २०४६ सालसम्म आइपुग्दा पनि एक्लो सरकारी प्रयासबाट केही पनि प्रगति हुन सकेन ।
यसमा बजार र प्रविधिको अभाव भइसकेपछि यसको विस्तारमा कृषकहरुको नेतृत्वले कफी उत्पादक समूह गठन गरी २०४८ सालमा समूहहरुलाई सो संघमा परिणत गराई नेपाल कफी व्यवसायी संघको स्थापना भयो । यसै गरी २०५० सालमा बजार व्यवस्था र मूल्यलाई व्यवस्थित गर्न संघकै अनुरोधमा राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भई २०५१ देखि वार्षिक रुपमा मूल्य निर्धारण सुरु भई हालसम्म कायमै रहेको छ । त्यसैगरी २०६१ सालमा जिल्ला कफी व्यवसायी संघहरुलाई आ–आप्mनै जिल्लामा दर्ता गर्ने स्वायत्तता दिई छाता संगठनको रुपमा राष्ट्रिय संघलाई महासंघमा रुपान्तरण गरियो । हाल यस महासंघमा पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, तनहुँ, लम्जुङ, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, ललितपुर, गोर्खा, बाग्लुङ र मकवानपुर गरी १४ जिल्लाहरु आबद्ध छन् । अन्य केही जिल्लाहरु आबद्ध हुने तयारीमा छन् ।
देशमा कफी अत्यधिक रुचाइएपछि हाल नेदरल्याण्ड बाहेक अमेरिका, बेलायत, अष्ट्रेलिया र जापानले समेत कफीको माग गर्न थालेका छन् । विश्वमा कफीका जाति र प्रजाति गरी ७० भन्दा बढी रहेता पनि अरबिका, सेवस्टा, लाइबेरीका र उक्सेल्सा जातका कफी आर्थिक दृष्टिले अति उपयुक्त मानिएकामध्ये नेपालमा हाल अरबिका जातको कफी प्रचलित छ । समुद्री सतहबाट पाँच सयदेखि १३ सय मिटरसम्मको उचाइमा रहेको भित्री मधेश र पहाडी क्षेत्रमा अरबिका जातको कफी खेती गर्न उपयुक्त देखिएकाले नेपालमा यसै जातलाई नै अघि बढाउन थालिएको छ । गुल्मी, पाल्पा र कास्कीमा कफी बेर्ना प्रशस्त लगाउन थालिएको र बेर्ना रोपेपछि कफीको बोटले तीन वर्षपछि लगातार फल दिन थाल्ने र त्यही एउटै बोटले कम्तीमा ५० वर्षसम्म फल उत्पादन गर्नेछ ।
मुलुकको कुरा गर्दा कफी खेती मध्यपहाडका करिब ४० जिल्लामा २६ हजार पाँच सय कृषकहरुले गरेको अनुमान छ । यसको संगठित रुपमा १४/१५ जिल्लामा व्यावसायिक रुपमा खेती भएको पाइन्छ । पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, तनहुँ, लम्जुङ, काभे्रपलाञ्चोक, सिन्धुपाल्चोक, ललितपुर, गोर्खा, बाग्लुङ र मकवानपुर हुन् भने धादिङ, गोरखा, नुवाकोट, ओखलढुंगा, रामेछाप, इलाम आदि जिल्लाहरुमा पनि कफी खेतीको विस्तार भइरहेको पाइन्छ । कफीको उत्पादन क्रमलाई अवलोकन गर्दा आर्थिक वर्ष २०६१÷०६२ मा एक सय १४ मेट्रिक टन पार्चमेन्ट, २०६२÷०६३ मा एक सय ५६ मेट्रिक टन पार्चमेन्ट, २०६३÷०६४ मा दुई सय ७० मेट्रिक टन पार्चमेन्ट, २०६४÷०६५ मा दुई सय ६५ मेट्रिक टन पार्चमेन्ट, २०६५÷०६६ मा दुई हजार छ सय ७६ मेट्रिक टन पार्चमेन्ट, २०६६÷०६७ मा एक हजार छ सय ३० हेक्टरमा लगाइएको कफीको उत्पादन तीन सय ४३ मेट्रिक टन ग्रीनविन, २०६७÷०६८ मा एक हजार सात सय ५२ हेक्टरमा लगाइएको कफीको उत्पादन पाँच सय दुई मेट्रिक टन ग्रीनविन र २०६८/०६९ मा एक हजार सात सय ६० हेक्टरमा लगाइएको कफीको उत्पादन पाँच सय २३ मेट्रिक टन ग्रीनविन उत्पादन भएको तथ्यांक पाइन्छ ।
समष्टिमा निर्यातकोे आँकडालाई अवलोकन गर्दा आर्थिक वर्ष २०५२/०५३ मा साल्टट्रेडिङ कर्पोरेसनको पहलमा १६ टन कफी हल्याण्ड पठाइएको थियो । त्यसपछि आर्थिक वर्ष २०६०÷०६१ मा १८ मेट्रिक टन ग्रीनविन, २०६१÷०६२ मा ६६ मेट्रिक टन, २०६२÷०६३ मा ९२ मेट्रिक टन, २०६३÷०६४ मा एक सय १२ मेट्रिक टन, २०६४÷०६५ मा एक सय २७ मेट्रिक टन, २०६५÷०६६ मा एक सय २० मेट्रिक टन र २०६६÷०६७ मा एक सय २० मेट्रिक टन ग्रीनवीन जापान, अमेरिका, कोरिया, दुवई लगायत युरोपियन देशहरुमा निर्यात भइरहेको सम्बन्धित क्षेत्रको आंकडामा उल्लेख गरिएको छ । त्यस्तै गरी आर्थिक वर्ष २०६६÷०६७ मा पाँच करोड ४४ लाख बराबरको कफी आयात भई करिब तीन करोड बराबरको आयात घटेको तथ्यांकले देखाएको पाइन्छ । यसबाट के कुराको अवगत हुन्छ भने हाम्रो देशले अरु देशहरुलाई ठूलो धनराशि भुक्तानी दिएको पुष्टि हुन्छ । यस तथ्यलाई मध्यनजर राखेर हाम्रो देशले कफीको क्षेत्रफललाई विस्तार गरी प्रतिइकाइ उत्पादकत्वमा वृद्धि गर्दै लैजानुपर्ने टड्कारो स्थिति रहेको देखाउँछ ।  
अन्त्यमा भन्नुपर्दा, मुलुकको २४ जिल्लाहरुभन्दा बढीमा अधिकांश साना कृषकहरुले अभिरुचि देखाई व्यावसायिक रुपमा कफी खेती भएको छ । विगतमा चेरी कफीको दाना उत्पादन हुँदै आएकोमा आर्थिक वर्ष २०६३÷०६४ देखि कफीको पार्चमेन्ट उत्पादन हुँदै आएको छ । मुलुकमा २०३५ देखि कृषकहरुले व्यावसायिक रुपमा कफी खेतीको सुरुवात गरेका थिए । यसमा पनि कफीको उत्पादन घट्नुको मुख्य कारण यसको बोटमा लाग्ने गवारो रोग हो । यसैकारण होला हाल उत्पादित कफीमध्ये ३५ प्रतिशत राष्ट्रिय बजारमा र ६५ प्रतिशत अन्तर्राष्ट्रिय बजारमा निर्यात भइरहेको सम्बन्धित निकायको दाबी छ । त्यस्तै गरी त्यतिकै मात्रामा पहाडी गाउँ–गाउँमा विदेशी मुद्रा आर्जन गरी करिब २६ हजारभन्दा बढी कफी किसान लाभान्वित भएका छन् । यसरी यी कृषकहरुले सात सय ५० भन्दा बढी समूहमा आबद्ध छन् । कफी उत्पादनको वर्तमान अवस्था तथा उत्पादकहरुको परिस्थितिलाई मध्यनजर गर्दै प्राङ्गारिक कफीको बजार सम्भावना हेरेर नेपाल कफी व्यवसायी महासंघले नेपालका लागि अरबिका प्रजातिको कफी समुद्री सातहदेखि आठ सयदेखि एक हजार छ सय मिटरको उचाइसम्म प्राङ्गारिक व्यवस्थापनका साथ गर्ने निर्णय गरेको छ । मुलुकमा उत्पादित गुणस्तरीय कफीको सम्भावनादेखि विदेशी दातृनिकायहरुको पनि आकर्षण बढ्दै गएको छ । त्यस्तै गरी कफी उद्यममा लगानी गर्न विभिन्न निकाय सक्रिय भएको देखिन्छ । मुलुकको मध्यपहाडी भागका ४० जिल्लामा कफी खेती हुने सम्भावना बढी रहेको पाइन्छ । यसबाट कृषकहरुको आयआर्जन बढ्नुको साथसाथै विदेशी मुद्रा आर्जन गर्न सकिने दरिलो आधारको रुपमा यसको खेतीलाई लिन सकिन्छ । मुलुकबाट सरकारी तथ्यांकलाई हेर्ने हो भने नेपाली कफी निर्यात एक लाख बीस हजार किलो ग्रिनविन कफी भएको कुरा सम्बन्धित निकायको आँकलनमा उल्लेख गरिएको छ । यसकारणले गर्दा हालैका दिनमा विश्व बजारमा माग बढ्दै जाँदा हाम्रो देशमा कफी खेतीको उत्पादन तेस्रो मुलुकतर्फ निकासीका लागि कृषकहरु यसतर्फ आकर्षित भएको पाइएको छ ।  

Source : http://www.aarthikdainik.com.np/news_details/8126/- 710123.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s