अलैँची खेती र अर्थतन्त्र

विश्वनाथ खरेल ,


अलैँची खेती खास गरी मसलाको रूपमा यसको प्रयोग गरिने प्रचलन सुरुमा पूर्वाञ्चल विकास क्षेत्रअन्तर्गत पर्ने मेची र कोशी अञ्चलका मध्य पहाडी जिल्लाहरुमा भएको देखिन्छ । यस बालीको उत्पादनको हिसाबले इलाम जिल्लाले अलैँची खेतीमा प्रमुख स्थान ओगटेको छ । यसरी सुदूर पूर्वका जिल्लाहरुबाट यसको सुरुवात भएता पनि हाल आएर अधिराज्यका विभिन्न करिब ४० जिल्लाहरुको अन्दाजी १३ हजार सात सय ८४ हेक्टर रहेको तर, उत्पादन हुने क्षेत्रफल भने १२ हजार १५ हेक्टर रहेको अनुमान छ । अलैँची खेतीको कुल उत्पादन भने सात हजार ८७ मेट्रिक टन हुने कुरा अनुमान गरिएको छ । यसर्थ देशमा खेती गरिने नगदे बालीहरुमध्ये अलैँचीको स्थान पनि महत्वपूर्ण रहेको छ । आन्तरिक खपतको साथै बाह्य बजारमा पनि निकासी गरिने भएकोले निकासी व्यापारमा टेवा पु¥याई विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख स्रोत हुन गएको छ । यस खेतीको लागि चिसो र ओसिलो जमिन बढी उपयुक्त हुने भएकोले प्रायः पहाडका सिमसार र खोल्साहरुमा यसको खेती गरिन्छ । यसले गर्दा एकातिर अन्य बालीको लाागि उपयुक्त नहुने जग्गा सदुपयोग हुन आउँछ भने अर्कोतिर अप्रत्यक्ष रूपमा वा जंगलको विकास र बाढी÷पहिरो नियन्त्रणमा पनि यसले सघाउ पु¥याउन सक्दछ । आम्दानीको हिसाबले अन्य कतिपय बालीहरुको तुलनामा भएको प्रतिइकाइ उत्पादन पनि बढी हुने हँुदा यसको महत्व अझ बढ्दो छ । देशमा अलैँची खेतीको विस्तारतर्फ जनमानसमा बढ्दै गएको लोकप्रियतालाई मूर्तरुप दिन वि.सं. २०२८ सालपछि सरकारी स्तरबाट यस बालीको विकासमा सहभागिता भएको थियो । तत्पश्चात् वि.सं. २०३९ सालपछि यसको विकासमा निकै गतिशीलता आउन थालेको देखिन्छ । हाम्रो देशमा अलैँची बालीको क्षेत्रफल तथा उत्पादन आँकडाको अनुमान गर्ने सिलसिलामा कुन–कुन जिल्लामा बढी खेती गरिन्छ, त्यसको विस्तृत रूपमा अध्ययन गर्ने जमर्को गरिएको पाइन्छ । अझ महत्वपूर्ण कुरा के छ भने आर्थिक जगत्मा यसले विदेशी धनराशीलाई बढीभन्दा बढी मात्रामा आर्जन गर्नसक्ने बलियो आधार यसमा रहेको स्पष्ट हुन्छ ।
आर्थिक वर्ष २०६४÷०६५मा नेपालमा अलैँची खेती पाँच विकास क्षेत्रमध्ये सबैभन्दा बढी पूर्वाञ्चल विकास क्षेत्रमा कुल भूमि १३ हजार तीन सय एकमध्ये ११ हजार सात सय ३० हेक्टर अर्थात् ९७ दशमलव ६३ प्रतिशतमा मात्र गरिएको अनुमान छ । त्यसैगरी सोही बालीको उत्पादनमा भने पूर्वाञ्चलमा छ हजार नौ सय ३१ मेट्रिक टन अर्थात् ९७ दशमलव ८० प्रतिशत थियो । यसै क्रममा विकास क्षेत्रमध्ये सबैभन्दा कम क्षेत्रफल सुदूरपश्चिमाञ्चलमा सात हेक्टर अर्थात् प्रतिशतको आधारमा हेर्ने हो भने शून्य दशमलव शून्य चार प्रतिशत भएको अनुमान छ । त्यस्तै गरी उत्पादकत्वलाई मध्यनजर राख्दा देशको औसत पाँच सय ९० के.जी. प्रतिहेक्टर छ भने सबैभन्दा बढी मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा सात सय ३७ प्रतिहेक्टर के.जी. छ । त्यसैगरी सबैभन्दा कम उत्पादकत्व भएको विकास क्षेत्र भने सुदूरपश्चिमाञ्चलमा चार सय २९ प्रतिहेक्टर के.जी. उत्पादकत्व रहेको अनुमान छ । आर्थिक वर्ष २०६४÷०६५ मा पूर्वी उच्च पहाडका ताप्लेजुङ, सोलुखुम्बु र संखुवासभा जिल्लाहरुमा अलैँची खेती क्रमशः तीन हजार तीन सय ८६, ५० र दुई हजार दुई सय पाँच हेक्टरमा गरिएको प्रस्तुत आँकलनबाट स्पष्ट हुन्छ भने त्यस्तै गरी सोही क्षेत्रमा सोही अवधिमा उत्पादन क्रमशः दुई हजार एक सय ६५, ३० र एक हजार एक सय ६९ मेट्रिक टन भएको अनुमान गरिन्छ । त्यस्तै गरी उत्पादकत्व भने सबैभन्दा बढी प्रतिहेक्टर ६४ के.जी. ताप्लेजुङ जिल्लामा भएको छ भने सबैभन्दा कम संसुवासभा जिल्लामा ५३ के.जी. प्रतिहेक्टर भएको अनुमान गरिन्छ ।
समष्टिमा हाम्रो देशमा अलैँचीको स्थितिलाई अवलोकन गर्ने हो भने आर्थिक वर्ष २०६६÷०६७ को तुलनामा आर्थिक वर्ष २०६७÷०६८ मा भने क्षेत्रफलमा वृद्धि भई ११ हजार पाँच सय ८४ हेक्टर अर्थात् पाँच दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो भने त्यसै गरी उत्पादन पनि दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई पाँच हजार दुई सय १२ मेट्रिक टन उत्पादन भएको थियो । उक्त वर्ष उत्पादकत्व भने माइनस तीन दशमलव तीन प्रतिशतले ह्रास अर्थात् प्रतिहेक्टर चार सय ५० केजी उत्पादकत्व रहेको अनुमान छ । त्यसैगरी आर्थिक वर्ष २०६७÷०६८ को तुलनामा आर्थिक वर्ष २०६८÷०६९ मा क्षेत्रफलमा वृद्धि भई १२ हजार सात सय २९ हेक्टर अर्थात् नौ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो भने त्यसै गरी उत्पादन पनि ३९ दशमलव चार प्रतिशतले वृद्धि भई सात हजार दुई सय ६५ मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी उत्पादकत्व भने २६ दशमलव नौ प्रतिशतले वृद्धि भई प्रतिहेक्टर पाँच सय ७१ किलोग्राम उत्पादकत्व रहेको अनुमान गरिएको छ । देशमा अलैँची सुकाउनको लागि घाममा सुकाउने चलनभन्दा भट्टिमा सुकाउने प्रचलन बढी भएको देखिन्छ । अलैँची सुकाउने खासगरी यसको परिमाणमा पनि भर पर्दछ । थोरै उत्पादन हुनेले घाममा नै सुकाउने र बढी उत्पादन हुनेले भट्टिमा सुकाउने गर्दछन् । यस बालीको परिमाण र गुणस्तर काँचो अवस्था र सुकेपछिको अवस्थामा निकै नै फरक पाइन्छ । काँचो अलैँची करिब पाँच किलोग्राम सुकाउँदा एक किलोग्राम सुकेको अलैँची तयार हुनसक्छ । यसरी काँचो अलैँचीको तुलनामा सुकेकोमा २० प्रतिशत तौल घट्न जाने हुन्छ । यसको खेती गर्नको लागि समस्याहरु त भइ नै रहन्छन् । तापनि, सरकारी स्तरबाट यस बालीको विकासमा टेवा पु¥याउनको लागि विभिन्न क्षेत्रहरु जस्तै, अनुसन्धान, प्रसार तालिम, उत्पादन, सामग्री सेवा, ऋण सुविधा र बजार आदि कुराहरुतर्फ ध्यान केन्द्रित हुँदै गएकोले कृषकहरु यसको खेतीप्रति बढी आकर्षित हुन थालेको पाइन्छ ।  

Source : http://www.aarthikdainik.com.np/news_details/7817/700112.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s