१० स्वास्थ्य टिप्स

काठमाडौ, चैत्र २७ –
१.     मुटु रोगीका लागि उच्च रक्तचाप भनेको परिचित जोखिम हो । प्रायः जसो यसको लक्षण नदेखिने र धेरैजनालाई आफू यसबाट ग्रसित भएको थाहा नहुने हुनाले यसलाई ‘ साइलेन्ट किलर (मौन हत्यारा)’ भनिन्छ । रक्तचाप जचाउनुस् । उच्च छ भने चिकित्सकीय सल्लाहअनुरुप यसलाई सामान्य स्तरमा ल्याउनुस् । यसै धमनीको शाखाहरूलाई नोक्सानी पुर्‍याउनुका साथै त्यहाँ बोसो जमाउने सहयोगी तत्त्वहरूको तीव्र वृद्धि गर्छ ।  रगतलाई पम्प गर्न यसले मुटुलाई अतिरिक्त दबाब दिन्छ । नियमित व्यायाम, कम नुनिलो स्वस्थ भोजन र तनाव व्यवस्थापनले उच्च रक्तचापलाई घटाउनमा सहयोगी साबित हुनसक्छ ।

२.    मधुमेह (डायबिटिज ) का रोगीले यसलाई नियन्त्रणमा राख्न हमेसा चिकित्सकको सम्पर्कमा रहनुपर्छ । खाली पेटमा वा तीन पटक खाइने भोजन पछाडि कम्तीमा सातामा तीन पटक आफैले ब्लड ग्लुकोजको निरीक्षण गर्नुस् । यसकालागि राम्रो ग्लुकोमिटरको प्रयोग गर्नुस् । मधुमेह विरुद्धको औषधिको आफैले सामञ्जस्यता मिलाउनु पर्छ । दिनको चौविसै घण्टा मधुमेहलाई नियन्त्रणमा राख्नु पर्ने चाहि कहिल्यै नबिर्सनुस है । मधुमेह भएका पुरुषमा मुटु रोगको जोखिम दुई गुणा बढी र महिलामा तीन गुणा बढी हुन्छ । हृदयघात, मृगौंला रोग, अन्धोपन, नपुंसकता, नशाको क्षति शरीर तल्लो भागमा रक्त सञ्चारको अवरुद्धता तथा पेट र आन्द्रा सम्बन्धी रोगलाई मधुमेहले निम्तो दिन्छ ।

३.     कोलेस्टेरोल स्तर थाहा पाइ राख्नुपर्छ । उच्च भएमा सिमामा ल्याउने कार्य गर्नुस् । विशेषगरी वन्यजन्तु र दुधजन्य सामग्रीले उत्पादन गर्ने उच्च बोसोले रगतमा कोलेस्टेरोल स्तरलाई बढाउँछ । यसे धमनीको भित्तामा बोसोजन्य पदार्थहरूलाई वृद्धि गर्छ । सबै खाले मासु, दुधजन्य सामग्री, तलेको भोजन, धेरै नुन एवं चीनी भएको सामग्री, बोसो लुकाइएको केक, पेस्टि्रज, पाइज, सफ्ट डि्रंक, कफी र अन्य पेय पदार्थलाई कम गर्नुपर्छ । यसको साटो जरो भएको तरकारी, हरियो पाता, चहकिलो रंग भएको गाजर जस्ता तरकारी र फल खानुपर्छ । दिनको सुरुवात एक फलबाट गर्नुस् । दिनमा कम्तीमा एक टुक्रा फल खानुस् ।  फलले बढदो उमेरको प्रभावलाई रोक्नुकोसाथै मांशपेशीको कमजोरीलाई कम गर्छ । लन्च वा डिनरमा माछा, कुखुरा, सुख्खा गेडागुडी र बोसो नभएको मासुलाई प्राथमिकता दिनुपर्छ । एक पटक खाएको कुरा अर्को भोजनमा दोहोर्‍याउनु हुन्न । दैनिकी भोजपछि एक टुक्रा डार्क चकलेट खाएमा यसले मुटुलाई बलियो बनाउँछ । अन्न, चीनी, कन्दमुल र तेलको सही मात्राले ऊर्जा दिन्छ । तरकारी, फल र दुधलाई संरक्षक भोजन र मासु, चल्ला, अन्डा, माछा,दाल र बदामलाई शरीर निर्माण भोजन भनिन्छ ।

४.     स्वस्थ मुटुकोलागि धुमपान छाडेकै राम्रो । सिगरेट सेवन भनेको असामयिक मृत्युको प्रमुख कारण हो ।  सिगरेटको प्रयोगले नपुंसकता, डिप्रेसन, फोक्सो र ग्यास्टि्रक क्यान्सरलाई पनि निम्तो दिन्छ । धुमपान सेवन गर्नेहरूको जमातमा बस्दा पनि असर हुन्छ ।  

५.    दैनिक ६ देखि ८ ग्लास पानी पिउने बानी बसाल्नुस् । मोटो र उच्च रक्तचाप भएका रोगीले दैनिक १६०० देखि २३०० मिलीग्रामभन्दा बढी नुन खानु हुन्न । अचार, डिब्बामा बन्द खाना, आलु चिप्स, सस, चीज, नुनिलो मख्खन एवं बदाम, बेकिङ पाउडर र आर्जिनोमोटोको सेवनलाई परहेज गर्नुपर्छ ।

६.    बढी तौल भएमा घटाउनुस् । रक्तचाप, मधुमेह र ब्लड कोलेस्टेरोलमा विपरित असर पार्ने हुनाले मोटोपनाको सम्बन्ध मुटु रोगसँग हुन्छ ।  यसकोलागि आफूले खाने भोजनले उत्पादन गर्ने क्यालोरी बारे थाहा पाउनै पर्छ । भोजन सहजरुपले पच्न सक्ने र उपयुक्त हुनुपर्छ । तौल घटाउन इच्छुकले कम क्यालोरी भएको भोजन खानुपर्छ । शरीरको तौल अनुरुप हरेक दिन प्रतिकिलोग्रामको हिसाबले २५ देखि ३० क्यालोरी खानुपर्छ । दैनिक करिब २ हजार ५ सय क्यालोरीभन्दा कम खानुपर्छ । दैनिक भोजनको ६० प्रतिशतभन्दा बढी कार्बोहाइडे्रट हुनुहुन्न । भरपेट नखानुस् । डाइटिङमा हुँदा दैनिक कम्तीमा पाँच पटक कम क्यालोरीको स्न्याक र सानो परिमाणमा भोजन खानुपर्छ ।

७.     स्वस्थ छाला, फोक्सो र मुटुको क्रियाशीलता बढाउन, रक्तचाप घटाउन, बोसो कम गर्न, खराब कोलेस्टेरोललाई ठिक ठाउँमा राख्न, राम्रो कोलेस्टेरोल बढाउन, ऊर्जा स्तर र यौन क्रियाक्लाप बढाउन, तनाव र डिप्रेसन कम गर्न, मधुमेहको रोकथाम एवं नियन्त्रण, जोर्नी दुखाई र हड्डीको जोखिमलाई कम गर्न, राम्रो देखिन र राम्रो अनुभुत गर्नलाई व्यायाम गर्नु जरुरी हुन्छ । सातामा कम्तीमा ३ देखि ५ दिनसम्म डुलाई र पौडी खेल्नुलाई रोगीका लागि सबभन्दा उपयुक्त व्यायाम मानिन्छ । तर, एक पटक कम्तीमा ३० देखि ४५ मिनेट कसरत गर्नुपर्छ । ८. सवारी चलाउँदा सिटको पछिल्लो भागमा डाढलाई सपोर्ट दिने सामग्री हुनुपर्छ । कार्यालय वा फल्याटको लिफ्टभन्दा भर्‍याङ चढ्नुस । यसले नितम्ब र तीघ्राको मांसपेशी बन्छ । आफू र आफ्नो परिवारलाई एलर्जीबाट टाढा राख्न घर सफा राख्नुस् ।  

९.    धेरै जसो तनाव पीडितले आफूलाई समस्या भएको महसुस गर्दैनन् । यसले रक्तको परवाहमा उत्पादन गर्ने हर्मोनले धमनीमा अवरोध पुरयाउँछ । थाहै नपाई रक्त धमनि साँघुरिंदै जाँदा यसको असर बढ्छ । तैपनि हामीलाई बर्बाद पार्ने यो पक्षतिर विचार गर्दैनौं । यसले शरीरलाई मात्र नभएर हामीलाई प्रसन्नराख्ने तन्त्रलाई समेत असर गर्छ । योगा, प्रार्थना, ध्यान, छुट्टीको सदुपयोग र मनोरञ्जनले तनावको नाश गर्छ ।

१०.    स्वास्थ्य भनेको रोगको अनुपस्थिति मात्र नभएर भौतिक, मानसिक, सामाजिक र धार्मिक कल्याणको पूर्ण अवस्था पनि हो । आफूलाई रुचि लागेको कार्य र सामाजिक क्रियाकलापमा लगाएर जीवनलाई अझ राम्रो बनाउन सकिन्छ । यस्तो गरेर विश्वलाई पनि परिवर्तन गर्न सकिन्छ ।   

– डा. समीर कालन्दान

एमबीबीएस, एमडी (जनरल मेडिसिन)

प्रकाशित मिति: २०७१ वैशाख ४ ०५:३०

Source : http://www.ekantipur.com/qatar/news/news-detail.php?news_id=207152

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s