फागु पुर्णिमा

उपत्यका र पहाडी जिल्लाहरुमा रंगिचंगी अविर लगाइ दिदै रंग छ्यापाछ्याप गरेर उल्लास पूर्वक होली पर्ब मनाईंदैछ । आपसी मेलमिलाप, सदभावनाको सन्देश दिने गरी मनाइने यो पर्व तराईमा भने त्यसको एक दिनपछि मनाइन्छ । सुदुरपश्चिममा समेत यस पर्वलाई विशेष रुपमा मनाउने गरिन्छ । बसन्त ऋतुको आगमनको सुरुआतमै यो चाड पर्छ ।
त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवका छोरा प्रल्हाद भगवान विष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपुले धेरै प्रपन्च रचे । केही गर्दा मार्न नसकेपछि उनले आफ्नै बहिनी होलिकालाई मार्न पठाए । होलिकाले आगोमा नजल्ने बरदान पाएकी थिइन् । त्यसपछि होलिकाले प्रल्हादलाई काखमा लिएर आगोमा बसिन । आगोले प्रल्हादलाई केही गरेन होलिका भनें आगोमा जलेर नष्ट भइन् । त्यसैको खुशियालीमा अविरको होली खेल्दै फागु पूर्णिमा मनाउन थालिएको किम्बदन्ती छ । खासगरी हिन्दु समुदायले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गर्छन् । होलीमा रातो, हरियो, पहेंलो, निलोलगायतका विभिन्न रंगको टीका लगाइ मनाउने गरिन्छ ।
फागु पर्वमा सरकारले सार्बजनिक विदा दिने गरेको छ । पुर्णिमाको दिन काठमाडौं उपत्यका र पहाडी जिल्लामा विदा हुन्छ । तराई क्षेत्रमा भने त्यसको भोलिपल्ट चाड मनाइने भएकाले त्यसै दिन सार्बजनिक विदा दिइन्छ । तराईका बासिन्दाले यस चाडलाई निकै महत्व दिएर मनाउछन् । यस दिन मिठा परिकारहरु बनाएर आफन्तहरुलाई बोलाएर भोजन गराउने पनि गरिन्छ

images (4)

images

images (1)

1970439_671165712944508_2142106548_n

10013497_670488873012192_37137108_n

महाशिवरात्री

भगवान शिवको पूजा, आराधना गरेर भोली महाशिवरात्री पर्व मनाईंदै छ । फागुन कृष्ण्ँ चतुर्दशीका दिन धुमधामले यस पर्वलाई मनाइने गरिन्छ । शवजीको उत्पत्ति यसै रात भएको किम्बदन्ती छ । यसै रातको नामबाट यस चाडको नाम शिवरात्री हुन गएको धार्मिक मान्यता छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि गरी चार प्रमुख रात्रिमध्ये यो महत्वपूर्ण पर्व भएको पुराण्ँमा उल्लेख छ ।
माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने/संहार गर्ने तत्वले गर्दा पत्रविहीन भइ जीर्ण भइरहेका रुख, बिरुवा, झार उनकै शिवत्वले गर्दा पलाउन थाल्ने हुनाले फागुन महिनामा शिवरात्रि मनाउने गरिएको अर्को जनबिश्वाशसमेत छ । यस पर्वका दिन उपवास गरेर रातभर जाग्राम बसे सर्वसिद्धि प्रप्ति भएर भई यमलोक जानु नपर्ने समेत धामिक विश्वास छ ।
शिवरात्रीलाई शिवको अति प्यारो दिनका रुपमा पनि लिने गरिन्छ । यस दिन सनातन हिन्दू धर्मावलम्बी बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गएर शिवको दर्शन गर्ने गर्छन् । यस दिन शिव मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्छ । विशेषगरी काठमाडौंको पशुपतिनाथमा भक्तजनको ठूलो मेला लाग्छ । एक साताअगाडिदेखि मुलुकका विभिन्न भाग र भारतबाट समेत साधुसन्तहरु पशुपति मन्दिर परिषरमा भेला हुन्छन् ।
पशुपति क्षेत्र विकास कोषले यस बर्षको महाशिवरात्रिका विशेष तयारी गरेको छ । भक्तजनको भिड लाग्ने भएकाले त्यसको ब्यवस्थापन गर्न शसस्त्र र नेपाल प्रहरीका गरी ५ हजार सरक्षाकर्मी खटाइएको कोषले जनाएको छ । भक्तजनलाई गौशाला, पिंगलास्थान, चारशिवालय, पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, एयरपोर्ट, तिलगंगा पिंगलास्थान, चारशिवालय, पञ्चदेवल, दक्षिण ढोका, वत्लेशवरी, आर्यघाट हुँदै पूर्वी ढोकाबाट र मित्रपार्क, गौरीघाट, उमाकुण्ड–रुद्रगारेश्वर हुँदै उत्तरढोकाबाट गरी ४ स्थानबाट लाइन बसेर मन्दिर दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।
मन्दिर क्षेलाई झकिझकाउ बनाइएको छ । मन्दिरलाई झकमक्क बनाउन कोषले पहिलोपल्ट भारतको सिलीगुढीबाट १६ लाख रुपैया खर्चेर आधुनिक बत्ती ल्याएको जनाएको छ । यस वर्ष मेलामा स्वदेशी/विदेशी गरी ७ लाख भक्तजन मेला भर्न आउने कोषको अनुमान छ ।
download (3)

images (1)

images (2)

images (3)

images

रामजानकी बिबाह महोत्सव

आज बिबाह पञ्चमी । सप्ताहव्यापी रामजानकी विवाह महोत्सवको मुख्य आयोजन विवाह महोत्सवु मिथिलानगरी जनकपुरमा धूमधामका साथ मनाईदै छ । विवाह महोत्सवको मुख्य आयोजन अपरान्ह हुने भए पनि विहानैदेखि जानकी र राम मन्दिरसहितका मठ मन्दिरहरुमा दर्शनार्थीहरुको भिड लाग्छ । जानकी मन्दिरका महन्थको नेतृत्वमा जानकीको तथा राम मन्दिरका महन्थ राम गिरीको नेतृत्वमा रामको शोभा यात्रा निकालिन्छ । ऐतिहासिक बाह्रवीघा रंगभूमि मैदानमा दुबै डोलाको संगम हुनेछ । शोभा यात्रामा नगरका भद्रभलादमी, प्रहरी प्रशासनका उपल्ला पदाधिकारीहरु संगै अयोध्याबाट आएका सन्त महन्थहरु समेत सहभागी हुने परम्परा छ । बारहवीघाबाट निस्किने संयुक्त शोभा यात्रा नगर परिक्रमा गरी जानकी मन्दिर प्रवेश गर्नेछ । राती राम र सीताको बीच मिथिला विधि अनुसार विवाह हुनेछ ।
त्रेता युगमा राम जानकीको विवाह भएको अवसर पारी मंसिर शुक्ल पंचमीको दिन सीताको जन्मस्थल जनकपुरधाममा प्रत्येक वर्ष विशेष महोत्सव आयोजन हुदै आएको छ ।
download (1)

download (2)

download

images (1)

images

छठ पर्व

तराईबासीको महत्वपूर्ण पर्व छठ मनाउँदै छन् । व्रतालुले स्नान गरेपछि घरमा सादा भोजन ग्रहण गरेर सूर्यको आराधना गरेपछि छठ पर्व सुरु हुन्छ । जलाशय किनार सजाएर त्यहीँ छठ मनाइन्छ ।

छठ खासगरी सूर्यको उपासना गर्ने पर्व हो । प्रकृतिको संरक्षक सूर्यको उपासना गर्दै ४ दिनसम्म छठ मनाइन्छ । मुख्य छठ कात्तिक शुक्ल खस्ठी तिथिमा पर्छ । त्यसको ३ दिनअघि स्नान गरेर सादा भोजन ग्रहण गरिन्छ । दोस्रो दिन घरको पवित्र स्थानमा खिरपु पकाइन्छ । त्यसै दिन साा“झ गाईको गोबर, माटो, अरुवा चामलको पानी र गंगाजल छर्केर घरको एउटा कुना चोख्याइन्छ । त्यहा“ व्रतालुले केराको पातमाथि खिरपु र फलफुल राखेर कोठाको ढोका लगाई गोप्य पूजा गर्छन् । पूजाको प्रसाद व्रतालुले पहिला आफूले ग्रहण गरेपछि आफन्लाई प्रसाद बा“ड्छन् ।

त्यसपछिको तेस्रो दिन आगन लिपपोत गरिन्छ । त्यसपछि शुद्ध घिउ, सख्खर, चिनी, ल्वाङ, सुकुमेल, छोगडा, सौफ र नरिवललगायत सामग्री मिसाएर बनाइएको पिठोको ठेकुवा, चामलको पिठोको भुसुवा, फलफूललगायतका सामग्री आगनमा सजाइन्छ । तिनलाई जल छर्केर धुप देखाइन्छ । त्यसपछि साँझपख ती सामाग्रीलाई बा“सको ढकनीमा राखेर खोला वा नदी किनारको किनारमा पुग्छन् ।

जलाशय किनार सजाइएको हुन्छ । त्यहाँ लगिएका सामग्री फिँजाइन्छ । त्यसपछि पानीमा पसेर डुबुल्की मार्दै व्रतालुले अस्ताइरहेको सूर्यलाई अर्घ दिन्छन् । त्यसैगरी चौथो दिन बिहान बिहान उदाइरहेको सूर्यलाई अर्घ दिएपछि छठको कथा वाचन गरेर पूजा समापन गरिन्छ । परिवारजनको दीर्घायु, आरोग्यता र कल्याणको कामना गर्दै यस पर्व मनाइन्छ । यस पर्वभरि मासुजन्य परिकारको सेवन गरिँदैन । त्यतिमात्र हैन, कात्तिक महिना सुरु भएदेखि नै यस पर्व मनाउनेले मासुजन्य भोजनका साथै लसुन र प्याजसमेत खाँदैनन् । प्रकृतिका संरक्षक सूर्यको उपासना गर्ने यस पर्वले तराईहुँदै पहाडी समुदायमा समेत प्रवेश पाएको छ । तराईमा बस्ने पहाडी समुदायका ब्यक्तिले समेत छठ मनाउन थालेका छन् ।

छठका बेला तराइएका नदिन किनार, पोखरीलगायत झकिझकाउ हुन्छन् । त्यस्तै काठमाडौं उपत्यकामा रानीपोखरी, बागमति, विष्णुमति किनार पनि छठ मनाउनेहरूले भरिभराउ हुन्छन् । सरकारले छठ मनाउन राष्ट्रिय पर्वका रूपमा विदा दिने गरेको छ |download (1)

download

images (1)

images (2)

images (3)

images

भाइटिका

994971_605066652887748_210960683_n

download

images (1)

images (2)

images (3)

imagesनेपालीहरूको दशैंपछिको अर्को महत्वपूर्ण चाड तिहारको आज अन्तिम दिन अर्थात भाइटिका । दीप प्रज्वलन गरेर झिलिमिली पार्दै मनाइने भएकाले दीपावली पनि भनिने यस चाडको पाचौं दिन दिदीबहिनीको हातबाट दाजुभाइले टिका लगान्छ ।
कार्तिक शुक्ल द्वितीयामा पर्ने यस दिन दाजुभाइलाई टिका लगाइ दिनुअघि दिदीबहिनीले दियो, कलस, गणेश, बिमीरो र ओखरको पूजा गर्छन् । त्यसपछि दाजुभाइलाई तेलको धाराले नटुटाइ छेक्छन् । त्यसपछि पानीले छेकिन्छ । त्यसपछि ढोकाको संघारमा ओखर र यमराजको पूजा गरी कालको बाटो छेक्ने गरिन्छ ।
त्यसपछि दिदीबहिनीले फूल, अक्षता, चन्दन, लाभाले दाजुभाइको पूजा गर्छन् । शिरमा तेल लगाएर कपाल कोरी दिन्छन् । त्यसपछि दुवो, मखमली, सयपत्रीको माला लगाइ दिन्छन् । दुवो सधैं हरियै रहने, मखमली कहिल्यै नओइलाउने र सयपत्रीको रंग कहिल्यै नउड्ने भएकाले आफ्ना दाजुभाइलाई सधैं त्यस्तै रुपमा देख्न ती माला लगाउने गरिएको विश्वास छ ।

पूजा विधि सकिएपछि दिदीबहिनीले दाजुभाइको आरोग्य, यश र दीर्घायुको कामना गर्दै निधारमा सप्तरंगी टिका लगाइ दिन्छन् । यसले दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा हुने विश्वास गरिन्छ । सगुनका रुपमा दही खुवाइ दिन्छन् । त्यसपछि सेलरोटी, फलफूल, मिठाइ, समला, कपडालगायतको भाग दाजुभाइलाई दिइन्छ । दाजुभाइले पनि दिदीबहिनीलाई टिका र माला लगाइ दिन्छन् । त्यसपछि आफ्नो गच्छेअनुसार कपडा लगायतका उपहार र दक्षिणा दिने चलन छ ।

तिहारसँग कालदेवता यमराज र उनकी बहिनी यमुनाको प्रसंग जोडिएर आउँछ । हिन्दूशास्त्रका अनुसार सूर्यका छोरा यमराज बहिनी यमुनाको निम्तो मान्न कात्तिक शुल्क त्रयोदशीका दिन उनको घर गएका थिए । ती पाँच दिन उनले बहिनीकहाँ रमाइलो गरी बिताए । त्यसैले तिहारलाई यमपञ्चक पनि भनिन्छ । त्यस अवधिमा यमुनाले आफूलाई गरेको सेवा, सत्कारबाट यमराज निकै प्रसन्न भए । उनले बहिनीलाई बर माग्न भने । यमुनाले हरेक बर्ष आजकै दिन आफूलाई भेट्न आउन आग्रह गरिन् । यसका साथै उनले दाजुभाइ–दिदीबहिनी बीचको प्रेम सदा अटल रहोस् र दाजुभाइको आयु, कीर्ति सदा बृद्धि होस् भनेर बर मागिन् । यमराजले बहिनीले मागेको बर पूरा होस् भन्दै शुद्ध चित्तले यसरी भाइको पूजा गर्ने–गराउने सबैको उन्नती हुने र कीर्ति पनि फिजिने बर दिएर विदा भए । यसपछि प्राचिन कालदेखि निरंतर यो चाड मनाउँदै आइएको छ ।

यस चाडसँग अर्को किम्बदन्ती पनि जोडिएको छ । आयु सकिएको ब्यक्तिलाई लिन यमदूत पृथ्वी तलमा गएका थिए । त्यहाँ ती ब्यक्तिकी दिदीले ‘मेरो भाइलाई भाइटिका नसकिएसम्म नलैजानुस्’ भन्छिन् । उता यमराज पनि टिका लगाउन बहिनी यमुनाकहाँ गएका थिए । ती ब्यक्तिकी दिदीले यमराजसँग पनि भाइटिका नलगाइ कसैलाई आग्रह गरिन् । त्यसपछि ती महिलाले यमराज र यमदूतलाई पूजा गरेर मिष्ठान्न भोजन गराई प्रसन्न गराइन् ।

त्यसपछि यमराजसामु ती महिलाले आफ्नो भाइको आयु सकिएकाले भाइलाई पूजा गरेर लगाइ दिएको मखमली फूलको माला ओइलाएपछि, आफूले घेरा हालेको तेल सुकेपछि, ओखर पानीमा ढाडिएपछि लैजान भनिन् । यी तिनै कुरा युगौं पूरा नहुने भएकाले दिदीबहिनीले दाजुभाइलाई लामो दिर्घायुको कामना गर्दै मखमलीको माला लगाइ, ओखर फोरेर गुदी खुवाइ, तेलले छेकेर मनाउने गरिएको विश्वास छ ।
त्यसैले यस चाडले दाजुभाइ र दिदीबहिनीबीच आत्मीय सम्बन्धलाई प्रकट गर्छ ।

म्हः पूजा

नेवार समुदायले आज साँझ परिवारका सबै सदस्य भेला भएर म्हः पूजा गर्ने चलन छ । नेवारी भाषामा म्हः भनेको शरीर हो । सम्पूर्ण नेवार समुदायद्वारा मनाइने म्हः पूजा नेपाली पर्वमध्ये विशेष पर्वका रुपमा रहिआएको छ ।
आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष छ । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रम्हाण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै परमेश्वरको बास हुने मान्यता राखी आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफै अघि सर्नुपर्ने परम्पराका रुपमा यो पर्व विकास भएको पाइन्छ ।

किम्बदन्तीअनुसार परापूर्व कालमा नेवार समुदायमा ठूलो दैवी प्रकोप परेको थियो । त्यसबाट धेरै मानिसको क्षति हुन गएकाले त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याएको विश्वास छ ।

प्रत्येक वर्ष नेपाल संवतअनुसार कार्तिक शुक्लपक्ष प्रतिपदा तिथिमा नेवार परिवारमा परिवारको मूलीले परिवारका सबै सदस्यहरुको पूजा गरी हाँस वा कुखुराको फूल सगुन चढाइन्छ । शरीरमा शान्ति नभएसम्म आत्मशान्ति नहुने भएकाले म्हः पूजाको दिन शरीरलाई तान्त्रिक विधिबाट पूजा गरिन्छ । यसो गर्दा वर्षभरि चोट नलाग्ने र मन पनि शान्त हुने धार्मिक विश्वास छ । म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक/एकवटा मण्डल बनाइँछ । मन्डलमा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालिन्छ ।

परिवारका सबै सदस्यलाई पुग्नेबाहेक म्हःपूजा गर्न बस्ने थकालीभन्दा अगाडि सुकुन्दा, त्यसपछि धर्मदूत र अन्त्यमा कर्मदूतको लागि भनेर पनि मन्डला बनाइन्छ । घरमा भएका नाङ्लो, कुचो, जाँतो, घ्याम्पो, घडा आदिका लागि पनि मन्डला बनाइन्छ । मन्डलाहरुको अगाडि परिवारको जेठोदेखि क्रमबद्ध भएर परिवारका सबै सदस्य बसेपछि परिवारका मूलीले सबैलाई पूजा गर्दै रातो अक्षताको टीका लगाइदिन्छन् । त्यसपछि मूलीले एक पाथी अटाउने काठको नाप्ने भाँडोमा अक्षता, फलफूलका टुक्राहरु, सिंगो सुपारी र खुद्रा पैसा राखेर प्रत्येकको शरीरमा तीन पल्ट अभिषेक गर्छन् ।

मण्डल छेउमा ब्रह्मा, विष्णु, महेश्वर, यमराज, यमुनाको स्थापना गरिन्छ । आफ्नो शरीरका साथै ती देवी देवतालाई अक्षतालगायत सयपत्री फूलले पूजा गरिन्छ । नेवार समुदाय हिन्दू र बौद्धछ धर्मावलम्बी छन् । बौद्ध अनुयायीले भने म्हःपूजा केही फरक तरिकाले गर्छन् । यस सम्प्रदायमा विभिन्न नौ किसिमका गेडागुडीको प्रयोग गरी मण्डल निर्माण गरिन्छ । सौर्यमण्डल गोलो भएकाले सोहीअनुरुप विश्व ब्रह्माण्डलाई प्रतिनिधित्व हुने गरी मण्डल निर्माण गरिन्छ । यमराज कुलदेवताको आराधना गरेर म्हः पूजासँगै दशै दिशाका लोकपालको पनि पूजा गरिने परम्परा छ।

गोबर्धन पूजा

आज तिहारको चौथो दिन अर्थात गोबर्धन पूजा । यस दिन खेतबारी जोतेर र गाढा तानेर किसानलाई सहयोग गर्ने गोरुको पूजा गरिन्छ । त्यसैले यस दिनलाई हल तिहार पनि भनिन्छ । जोत्ने गोरु र बाच्छालाई माला लगाइन्छ । चामलको पिठोमा रंग मिसाएर रंगिचंगी छाप बनाइ तिनको शरीरमा लगाइन्छ । तिनलाई पूजा गरेरी मिठो खाने कुरा खुवाइन्छ ।

त्यस्तै गोबरलाई गोबर्धन पर्वतको प्रतीक मानेर गोबर्धन पर्वतको पूजा गरिन्छ । द्वापर युगमा भगवान् कृष्णले आफ्नै हातले गोबर्धन पर्वत उचाली गोकुलबासीलाई बचाएरर स्वर्गका राजा इन्द्रको घमन्ड चुर गरेकाले कार्तिक शुक्ल प्रतिपदाको दिन घरघरमा गोर्बधन पूजा गर्न थालिएको किम्बदन्ती छ ।

अर्को धामिर्क मान्यताअनुसार गोवंशको सुरक्षा एवं बृद्धि लागि भगवान कृष्णले घाँसपात र पानीले सम्पन्न गोबर्धन पर्वतको पुजा गर्ने परम्परा बसालेको बिश्वास छ । कतिपय ठाउँ र ममुदायमा आजकै दिन गाइको पूजा पनि गरिन्छ ।

आज देखि देउसी खेल्न सुरु गरिन्छ । देउसीमा नाचगान गरी शुभआर्शीवाद बाँड्दै घरघरमा जाने पुरानो चलन छ । यसको प्रचलन बली राजाको पालादेखि भएको शास्त्रीय मत छ । देउसीले तिहारको महत्व बढाउँदै लगेको छ । देउसेहरु परम्परागतरूपमा नाचगान, भेषभूषासहित भैलो खेल्दै गाउँघर, टोल डुल्ने गर्छन् । श्रद्धाले दिएको चामल, सेलरोटी, फलफूल, दक्षिणा ग्रहण गर्छन् । प्रायः केटाहरूले खेल्ने देउसीमा पनि विभिन्न देवकथा, उपकथा, शुभवचन भट्याउँदै रमाइलो गर्छन्।

शास्त्रमा उल्लेख भएअनुसार बली राजा दानी थिए । उनी माग्न आउने कसैलाई पनि रित्तो हात फर्काउँदैनथे । उनी आफ्नो दानशीलतामा घमण्ड गर्दथे । त्यसैले उनको त्यो घमण्डलाई तोड्न भगवान् विष्णुले पुड्को रूपधारण गरेर तीन कदम टेक्ने जमिन राजा बलीसँग मागे । बली राजाले दुई कदम राख्ने जमिन त दिए । तेस्रो पाउ (कदम) राख्ने ठाउँ पाएनन् । त्यसैले बिष्णुले बलीको शिर अर्थात टाउको मागे । त्यसपछि बलीले आफ्नो शिरै बिष्णुलाई दन दिए । आफ्नो सबै चिज दान दिँदा पनि बली राजा प्रशन्न भएको देखेर विष्णु भगवानले ‘वर्षमा तीन दिन तीनै लोकमा तिम्रो अधिपत्य रहोस् । ती दिन सबैले तिम्रो गुणगान गाऊन्’ भन्ने बरदान दिएका थिए । त्यसपछि कालान्तरमा यही कुरालाई स्मरण गरी मानिसहरूले बिष्णुले ‘देउ शिर’ भनी मागेकोले ‘देउसी रे’ भन्दै देउसी खेल्ने परम्परालाई निरन्तरता दिएको बिश्वास छ ।
देउसी गाउँदै यसो भनिन्छः
हे भन भन भाइहोः देउसी रे !
राम्ररी भनः देउसी रे !
स्वर मिलाइ कनः देउसी रे !
हामी त्यसैः देउसी रे !
आएका हैनौः देउसी रे !
बर्ष दिनकोः देउसी रे !
चाडले गर्दाः देउसी रे !

यसरी भट्याएपछि घरबेटीले नाङ्लोमा धान, चामल, फलफूल, रोटीसहित नगद दक्षिणा दिन्छ । त्यसपछि देउसे आशिष दिएर विदा हुन्छन्
images (1)

images

लक्ष्मीपूजा

दशैंको १५ दिनपछि आउने तिहारमा समेत देवी दुर्गाकै विभिन्न रुपको पूजा गरिन्छ । तिहारको तेस्रो दिन धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंन्छ । घरमा अन्न धेरै आओस् भनेर लक्ष्मीको पूजा गरिएको विश्वास छ ।
घरघरमा लक्ष्मी भित्र्याउन घरको आँगनदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म रातो माटोले पोतेर लक्ष्मी हिँड्ने बाटो बनाइन्छ । त्यसमा चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाएर केराको सुतलामा बत्ती बाल्ने गरिन्छ ।

तिहार झिलिमिली बत्ती बाल्ने चाड हो । त्यसैले यस चाडलाई दीपावली पनि भनिन्छ । त्यसैले लक्ष्मीपूजाको साँझ रंगिविरंगी मैनवत्ती, बिजुलीवत्ती, प्याला बालेर घरलाई झिलिमिली बनाइन्छ । रातमा उज्यालो हुने घरमा लक्ष्मी प्रवेश गर्छिन् भन्ने धार्मिक मान्यता छ । त्यसैले घरका झ्यालढोका बत्ती बालेर झकिझकाउ पार्ने चलन छ ।
बत्ती बालेपछि लक्ष्मीको स्थापना गरिन्छ । त्यसपछि गरगना, पैसा, चामल, पैसा, फलफूल, सेलरोटी, फूलमालालगायतका सामग्री चढाएर लक्ष्मीको पूजा गरिन्छ । यस दिन गरगहना र पैसाको पूजा गरिने भएकाले बजारबाट सूनचाँदि किन्ने चलन छ । थन्क्याएर राखिएका पूराना गरगहनासमेत झिकेर पूजा गरिन्छ ।

नेपालसहित भारत, भुटान, म्यानमारलगायतका मुलुकमा समेत लक्ष्मीपूजा मनाउने चलन छ । यसै दिन गाइको समेत पूजा गरिन्छ । हिन्दू समुदायले गाइलाई गौमाताको रुपमा गाइको पूजा गर्ने गर्छ । पूजाआजा गर्दा पूजास्थललाई गोबरले लिपेर शुद्ध पारिन्छ । देवीदेवताको पूजा गर्दा गाइको दूधबाट बनाइने पञ्चामृत अनिवार्य चाहिन्छ । जुठो, सुतक पर्दा सुद्ध हुन गौमुत्र (गहुँत) सेवन गर्ने गरिन्छ । गहुँत छर्केर घरलाई शुद्ध बनाइन्छ । मर्ने बेलामा गाइ दान गर्दा बैतरणी तरिन्छ भन्ने धार्मिक मान्यता छ । गाइको दूधबाट बन्ने परिकार (गौरस) मानव शरीरका लागि निकै पोषिलो हुन्छ । त्यसैले गाईलाई गौमाताको रुपमा पूजा गर्ने गरिएको हो ।
यस दिन गाइको पूजा गरेर माला लगाइन्छ । तिनलाई मानिसले खाने जस्तै सेलरोटी, पुवा, फलफूललगायतका दाना खुवाइन्छ । खुर, सिङमा तेल लगाइन्छ । गाइको शरीरमा चामलको पीठो र अविर घोलेर सयपत्री फूलको थुंगाले छाप लगाइन्छ ।

यसै दिन महिलाहरू जम्मा भएर घरघरमा भैलौ खेल्ने चलन छ । भैलो खेल्ने महिलालाई ‘भैलिनी’ भन्ने गरिन्छ । उनीहरू भैलो खेल्दा आफ्नै भेषभुषामा सजिएर बाजा बजाउदै, नाचगान गर्दै घरघर पुग्छन् । भैलो खेल्दा एक जनाले भट्याउँछ । समूहले एकै पटक ‘भैलिनी’ भन्छन् । उनीहरूले यसरी समूहमा पनि भैलिनी गाउँछन्

‘हामी त्यसै आएनौ,
बली राजाले पठाएको,
हे औंसीबार, गाई तिहार भैलो…’

उनीहरू आफूलाई बली राजाले भैलो खेल्न पठाएको भन्दै दान माग्छन् । घरवेटीले उनीहरूलाई चामल, सेलरोटी, फलफूल, दक्षिणा दिएर बिदा गर्छन् । त्यसपछि घरबेटीलाई आर्शीवाद दिएर अर्को साल भेट्ने वाचा गर्दै विदा हुन्छन् ।

शास्त्रमा उल्लेख भएअनुसार बली राजा दानी थिए । उनी माग्न आउने कसैलाई रित्तो हात फर्काउँदैनथे । उनी आफ्नो दानशीलतामा घमण्ड गर्दथे । त्यसैले उनको त्यो घमण्डलाई तोड्न भगवान् विष्णुले वामन वा पुड्को रुप धारण गरेर तीन कदम टेक्ने जमिन राजा बलीसँग मागे । बली राजाले दुई कदम राख्ने जमिन मात्रै दिन सके । तेस्रो कदम राख्ने ठाउँ नपाएपछि आफ्नै शिर दिएका थिए । आफ्नो सर्वस्वहरण भएर पाताल पुग्दासमेत बली राजा प्रशन्न भएको देखेर विष्णु भगवानल ‘वर्षमा तीन दिन तीनै लोकमा तिम्रो अधिपत्य रहोस् । त्यस अवसरमा सबैले तिम्रो गुणगान गाऊन्’ भन्ने बरदान दिएका थिए । बिष्णुको त्यही बरदान स्वरुप तिहारमा भैलो खेल्न थालिएको किम्बदन्ती छ । 559399_604429676284779_529386661_n

1375743_604429542951459_798604545_n

1454614_604429719618108_446765828_n

1455192_604429646284782_653100095_n

कुकुर तिहार

आज यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहार । यस दिन कुकुरलाई मिठो खान दिएर माला लगाइदिई पूजा गरिन्छ ।
कुकुरलाई यमराजको द्वारपाल मानिन्छ । महाभारतको कथाअनुसार धर्मराज युधिष्ठिरले आफू स्वर्ग जाँदा सँगै कुकुरलाई पनि लगेका थिए ।
कुकुर स्वामीभक्त र इमान्दार प्राणी भएकाले पूजा गरिएको हो । यसले पाल्नेको नुनको सोझो गर्दै हिंस्रक जीवजन्तु, चोर, लुटेराबाट धनमाल र मानिसको सूरक्षा गर्छ । कुकुरले घरको रखवारी गर्छ । नीतिज्ञ चाणक्यले कुकुरलाई धेरै खान सक्ने भए पनि थोरै खाएर सन्तुष्टी लिने, मस्त निन्द्राबाट पनि तुरुन्तै ब्युँझन सक्ने, सरक्क गर्दा पनि थाहा पाइ हाल्ने, घ्राणशक्ति तेज भएको, स्वामिभक्त र सुरो प्राणी भनेका छन् ।
कुकुर तिहारका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन एका बिहानै नदि, तलाउ, पँधेरा, धारालगायतका पानीको मुहान भएका ठाउँमा गएर तेल लगाएर नुहाउने, अपामार्ग टाउकोमा लगाउने गरिन्छ । नुहाएपछि यमराजका नाममा १४ वटा वत्ती बाल्ने गरिन्छ । यसो गर्दा नरक जानुपर्ने अवस्थाबाट मुक्ति मिल्ने विश्वास छ ।download (1)

download (2)

download

images (1)

images

काग तिहार

images (2)

images

kaag-tihar-270x120

Kag puja काग पुजाआज काग तिहार । दशैंपछिको अर्को महत्वपूर्ण चाडको पहिलो दिन । दियो बालेर
झिलिमिली पार्दै मनाइने यस चाडलाई दीपाबली पनि भनिन्छ ।
काग तिहारमा कागलाई यमराजको सन्देशबाहकका रुपमा पूजा गर्ने चलन छ । कर्कस
आवाज निकालेर कराउने यस चरालाई अरु बेला अशुद्ध पन्छीका रुपमा मानिन्छ ।
तिहारमा भने यसलाई ठूलो सम्मान दिएर पूजा गरिन्छ । बिहान यसलाई बोलाएर
खानेकुरा खुवाउने गरिन्छ ।
पहिले परेबाले जस्तै कागले सन्देशबाहकका रुपमा चिठ्ठीपत्र आदान प्रदानमा
सघाउने काम गथ्र्यो भन्ने मान्यता छ । यसले यमराजले पठाउने चिठ्ठीहरू
पृथ्वी लोकमा पु¥याउने काम गथ्र्यो भन्ने पौराणिक कहानी सुनिन्छ ।
यमराजले पृथ्वी लोकमा भएका मानिसलगायत सम्पूर्ण जिवित प्राणीको
जन्ममृत्युको बिबरण राख्ने गर्थे । त्यस्तो बिबरण ल्याउने लैजाने काम
आकाशमार्गबाट छिटो गर्ने काम कागले मात्रै गर्न सक्थ्यो । त्यसैले गर्दा
यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुती छ ।
कागले घरको धुरीमा बसेर कराउँदा राम्रा/नराम्रा खबर ल्याएको विश्वास
गरिन्छ । काग नजिक आएर कराएपछि कुनै घटना/दुर्घटना छिट्टै हुने विश्वास
गर्नेहरू अझै छन् । घरको नजिक आएर काग कराउन थालेपछि उसलाई ‘शुभ बोल्’
भन्ने गरिन्छ ।
तिहारको कथामा यमराज जोडिएर आउँछन् । उनी कार्तिक कृष्ण त्रयोदशी
(कागतिहार) देखि कार्तिक शुक्ल द्वितीया (भाइटिका) सम्म पाच दिन यमुनाको
घरमा बस्न गएका थिए । यमराजले बहिनीको निम्तो मानेर उनकै घरमा ती पाँच
दिन रमाइलो गरी मनाएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ ।
यमराजकै चाड भएकाले उनको दूत काग लाई पूजा गरेर काग तिहार मनाउन थालिएको
किम्बन्ती छ । कागलाई पूजा गर्दा बर्षभर नराम्रो खबर सुन्नु पर्दैन भन्ने
विश्वास छ । कागले हाम्रो नजिकका फोहर, सडेगलेका चिज खाएर वातावरण स्वच्छ
राख्न पनि सघाउँछ ।

कोजाग्रत पूर्णिमा

आज बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमा । यस दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी बडा दशैंलाई विदा गरिन्छ । आश्विन शुक्ल पूर्णिमाका दिन दुर्गा अनुस्ठानका सम्पूर्ण कुरा बिसर्जन गरिन्छ । दशैंघरका सम्पूर्ण अवशेष नजिकको नदिमा लगेर सेलाइन्छ । त्यसपछि यस रातभर बत्ती बालेर जाग्राम बस्ने चलन छ । कोजाग्रत पूर्णिमालाई बडा दशैंकै एउटा अंग मानिन्छ । यस दिनलाई लक्ष्मीको धर्ती भ्रमणका दिनका रुपमा छुट्टै रुपमा मनाउने चलन पनि छ ।
जनश्रुतीअनुसार सम्पन्नताकी देवी महालक्ष्मी परापूर्व कालमा बैंकुन्ठमा बस्दाबस्दा उराठ लागेर यसै रात पृथ्वीको भ्रमणमा आएकी थिइन् । आधा रात भएकाले कुनै घरमा मानिस बिउँझै थिएनन् । सबै घरका मानिस बत्ती निभाएर सुतेका थिए । त्यसपछि लक्ष्मी कसको घरमा उज्यालो बालिएको छ ? को बिउँझै बसेको छ ? भनेर हेर्दै हिँड्न थालिन् । एउटा गरिव किसानको घरमा बत्ती बालेको देखेर त्यही घरमा पसिन् । लक्ष्मी त्यस किसानसँग धेरै खुसी भइन् । उनले ति किसानलाई धनधान्यले पूर्ण गरिदिइन् । त्यसपछि त्यसैले लक्ष्मी हरेक बर्ष आश्विन शुक्ल पूर्णिमाका दिन लक्ष्मी पृथ्वीको भ्रमणमा आउने जनविश्वास छ । उनले भ्रमणका क्रममा ‘को जाग्रतः ?’ (को जागै बसेको छ ?) भनेर हेर्ने भएकाले यस पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिएको किम्बदन्ती छ ।
उनले जाग्राम बसेर आफ्नो पूजा–आराधना गरिरहेको ब्यक्तिलाई त्यही किसानलाई जस्तै आशीर्वाद दिई धनधान्यले सम्पन्न गरीदिने धार्मिक विश्वासअनुसार रातभर जाग्राम बस्ने प्रचलन चल्दै आएको छ । दशैको टीका यही दिनदेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन राखिएका जमरा विसर्जन गरिन्छ ।
यस दिन हिन्दूमात्र हैन, बौद्धमार्गी भिक्षुहरू समेत धुप बालेर अन्न विज छर्दै देशभरका बिहार, चैत्यको परिक्रमा गर्छन् । कोजाग्रत पूणिमादेखि कात्तिक शुक्ल पूणिमासम्मको एक महिनासम्म साँझ घरघरमा बाँसको टुप्पोमा दियो बाल्ने र आँगनमा तुलसीको मठ सजाएर भगवान विष्णुको पूजाअर्चना गर्ने धार्मिक प्रचलन छ ।

विजयादशमी

आज बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन । यो नवरात्रीको दशौं दिन हो । यस दिन दुर्गा भवानी पूजाको विसर्जन गरिन्छ । भगवान रामचन्द्रले बनबासमा महामायाको आह्वान गरी नौ दिनसम्म पूजा आराधना गरेपछि देवीले नवौं रातमा ‘भोलिको दिन मेरो प्रसाद लगाइ अभियान गरेमा राबणमाथि बिजय पाउँछौ’ भनेर सपनामा बताएपछि रामले यस दिन अर्थात आश्विन शुक्ल दशमीका दिन भगवतीको घडाको जलले अभिशेक लिइ भगबतीको प्रसाद टिका, जौका आँकुरा (जमरा) लगाइ बिजय अभियान गरेका थिए । त्यसैले यस दिनलाई बिजया दशमीका नामले पुकार्न थालियो । यस दिन नवरात्रिभर अर्थात नौ दिन पुजा आराधना गरिएकी नवदुर्गा भवानीको पूजा बिसर्जन गरिन्छ । यस दिन सबैले फूल, अक्षता लिएर क्षमा प्रार्थनासाथ घडाको अभिशेक लिएर दुर्गा पूजा बिसर्जन गरेपछि घरको मुल दैलो (ढोका) माथि टिका र जमरा टाँसेर विधि फुकाइन्छ ।

त्यसपछि मान्यजनको हातबाट टिका लगाउने गरिन्छ । उनीहरूले टिका लगाउँदा यस्तो भन्दै आशिष दिन्छन् ।

आयु द्रोण सुते, श्रीयं दशरथे, सत्रु क्षयम् राघवे,
ऐश्वोर्यं नहुशे, गतिस्च पवने, मानंम् च दुर्योधने,
दानम् सुर्य सुते, बलम् हलधरे, सत्यम् च कुन्ती सुते,
बिज्ञाने बिदुरे भवति भवताम किर्तिस्च नारायणे ।

यसको अर्थ द्रोणका छोरा अस्वत्थामाको जस्तो आयु, दशरथको जस्तो कीर्ति, रामको जस्तो अजात सत्रुत्व, नहुसको जस्तो ऐस्वर्य, वायुको जस्तो गति, दुर्योधनको जस्तो मान, सूर्यका छोरा जस्तो दानी, भीमको जस्तो बल, युधिष्ठिर जस्तो सत्यवान्, विदुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति होओस् भन्ने हो ।
जेठाको रोलबाट घरका परिवारका सदस्यले टिका लगाई सकेपछि पाहुना, कुटुम्ब, इस्टमित्रलाई टिका लगाउने गरिन्छ । आफू पनि मान्य कुटुम्बकहाँ गएर टिका थाप्ने गरिन्छ । मान्यजनका हातबाट टिका थाप्न टाढाटाढाबाट समेत आफन्त आउँछन् ।

यसै चाडले बषौं विछोडिएका आफन्तहरूसँग भेटघाटको अवसर जुटाउँछ । विदेशमा रहेकाहरू समेत जम्मा हुने भएकाले दशैंलाई कुटुम्ब मिलनको चाड पनि भनिन्छ ।
यस संस्कृतिका पछाडि भगवतीको प्रसाद ग्रहण गर्ने धार्मिक भावना मात्र छैन । आफ्ना मान्यजनप्रतिको श्रष्द्धा र आत्मियताको भावना गहिरिएर बसेको पाइन्छ । नेपाली परंपरामा मान्यजनलाई कति महत्व दिइन्छ भन्ने यो चाडले देखाउँछ ।

टिकाको बेला हाम्रो देशमा एउटा विशेष दृष्य देखिन्छ । हैसियतले भेटेसम्म राम्रो लुगा, गहना लगाएका, निधारमा रातो टिका लगाएका, कपालमा जौका पहेंला जमरा सिउरिएका सर्बसाधारण बाटोमा ओहोरदोहोर गरेको दृष्य साँच्चै रमाइलो लाग्छ ।

यसै गरी टीकाको क्रम ५ दिनसम्म चल्छ । वास्तवमा बिजयको हर्षोल्लासमा लगाइने टिका एक दिनको मात्र हो । तर टाढा रहेका आफन्तलाई समेत पर्खने ब्यवहारिकताले गर्दा पूर्णिमासम्म टिका लगाउने गरिएको हो । नेपालको पश्चिमी क्षेत्रमा भने टिका दशमीका दिन मात्रै लगाउने चलन छ ।

यसै दिन घरघरबाट खड्ग निकालेर खड्ग जात्रा पनि गरिन्छ । यसलाई बिजयको प्रतीक मानिन्छ । यसै बेला पचली भैरवको जात्रा पनि चलिरहन्छ । पचली भैरव र अस्टमात्रिकाको नृत्य पनि ठाउँठाउँमा देखाइन्छ । बिजयाकै मध्यरातमा पचली भैरवको जात्राका क्रममा राजकीय खड्गको आदान प्रदान हुन्छ ।dashain

download

images (2)

images (3)

images

महानवमी

देशभर शक्तिस्वरुपा दुर्गा भवानीको पूजाआराधना गरी आज महानवमी पर्व मनाइँदैछ । घटस्थापनाका दिन आआफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाउने गरिन्छ । यस दिन घरघरमा विशेष पूजाअर्चना र दुर्गा सप्तशती पाठ गरिन्छ । यस दिनलाई नेवारी भाषामा स्याक्कोट्याक्को पनि भनिन्छ । यस दिन दुर्गा भवानीलाई जति धेरै बली दिन सक्यो त्यति धेरै पुण्य लाभ हुन्छ भन्ने मान्यता छ । यस दिनलाई नवदुर्गा भवानीले असुरहरूलाई खोजीखोजी, केलाईकेलाई निर्मूल गरेको दिन मानिन्छ ।

भगवतीले असुरको सेनालाई तहसनहस पारेपछि प्राण बचाउन उनीहरूले भेष बदलेर आफूलाई खसी, बोका, भेडा, हाँस, कुखुरा बनाए । नवदुर्गाका नारी सेनाले ती असुरहरूलाई केलाउदैं सबैको बध गरे । त्यसैले यस दिन मौलोमा ती पशुहरूको बली दिने चलन चलेको भनिन्छ । शाकाहारीहरूले भने कुभिन्डो, घिरौंला र मूलालगायतको बलि दिने, नरिवल, पायस चढाउने गर्छन् ।
यस दिन मुलुकभर बर्षभरमा सबैभन्दा बढी बली दिइन्छ । यस दिन देवीका मन्दिर, दशैंघर, कोतको मौलोसहित कलपुर्जा, सवारी साधन, हतियार, मेसिन, कलकारखाना, इन्जिनमा पनि बली दिने चलन छ ।
यस दिनलाई निर्माणका देवता, कालीगढ देवता विश्वकर्माको दिन पनि मानिन्छ । त्यसैले यस दिन हातहतियार, कलपुर्जामा बली दिएर नवदुर्गा भवानीको विसर्जन नभएरसम्म तिनलाई चलाईंदैन । यस दिन पशुबली नदिए हतियारले कुनै न कुनै रुपले दुर्घटना गराएर भोग नखाइ छाड्दैन् भन्ने जनविश्वास छ । सवारी साधनले भए मान्छे किच्ने, कलकारखाना भए दुर्घटना गराउने गर्छन् भन्ने विश्वास छ ।
हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि बर्षमा एक पटक महानवमीको दिन मात्र खोलिन्छ । त्यसैले यस दिन त्यहाँ दर्शनार्थीको घुइँचो लाग्छ ।

पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यो पर्वलाई विशेष महत्वका साथ लिइन्छ । आज कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा गरिन्छ । महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बली दिएर जङ्गी निशानपूजा तथा कोतपूजा गर्ने चलन छ

महाअष्टमी

आज अष्टमी । बडा दशैंको आठौं दिन । यसलाई महाअष्टमी पनि भनिन्छ । यो नेपालीहरूको अर्को ठूलो चाड हो ।

पूजाकोठा, दशैंघर अथवा मण्डपमा वैदिक विधिर्पूवक घटस्थापना गरिएको ठाउँमा महाष्ठमीको दिन विशेष भक्तिर्पूवक पुजाआजा गरिन्छ । यस दिन महामाया भगवतीको अतिरिक्त नवदुर्गा भगवतीको पनि प्रतिमा स्थापना गरेर पूजा आराधना गरिन्छ । घरघरमा राखिएका वा कलकारखानामा रहेका हतियारलाई धोइपखाली महादेबी दुर्गाको हतियारको रुपमा स्थापना गरि पुजा गर्ने गरिन्छ । मध्यरातमा बालिसहित कालरात्रिको पूजा गर्ने चलन छ । यस दि विहानैदेखि देशभरि शक्तिका प्रतीक मानिने महाकाली, महालक्ष्मी र देवी भगवतीका मन्दिरहरूमा भक्तजनहरूको भीड लाग्नगर्छ ।

यस दिन असुरहरूको विनासका लागि जगदम्बा भवानीको अंशबाट नौ वटी दुर्गा शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, तारा, महाकाली, चामुन्डा, कालरात्री, महागौरी, छिन्नमस्ता आदि प्रकट भएर असुरहरूको बध गरेको प्रतीक स्वरुप बली पूजा गर्ने चलन छ । बलीप्रथा विभत्स देखिन्छ । यद्यपि बली चढाइएका पशुले जन्मान्तरको पशु योनीबाट मुक्ति पाउछन् भन्ने जनविश्वास छ । पशुवली नगर्ने घरमा पनि कुभिन्डोलाई चौपाया पशुको प्रतीक बनाएर बलि दिने चलन छ । बलि दिएको चौपायाको मासुलाई नवदुर्गाको प्रसाद मानेर खाने गरिन्छ । यस दिन खानपिन, नाचगान गरेर रमाइलो गरिन्छ । नयाँ बस्त्र, आभुषण लगाएर पिङ खेल्ने गरिन्छ । यसै दिन मध्यरात्रिमा समेत चन्डमुन्ड कालरात्रीको तान्त्रिक विधिले पूजा गरिन्छ ।

फूलपाति

आज बडादशैंको सातौं दिन । सप्तमी तिथिमा पर्ने यस दिनलाई फूलपातीका नामले चिनिन्छ । परम्परागत रुपमा आजका दिन हरेक नेपालीको घर, दशैंघर, शक्तिपिठ, सेना÷प्रहरीको गुल्ममा फूलपाती भित्र्याइन्छ । दुर्गा भवानीको प्रतिमाका साथ जमरा राखिएको कोठामा फूलपातीको शुभसाइत पारेर केरा, दाडिम, धान, मानक, कर्चुर, बेसार, बेल, अशोक र जयन्तीको पातलाई फूलपातीको रुपमा भित्र्याउने गरिन्छ ।

काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा भने परंपरादेखि गोरखा दरबारबाट फूलपाति ल्याइँदै आएको छ । गोरखाबाट धादिङको जीवनपुरहुँदै काठमाडौंको जमलसम्म ल्याइएको फूलपाती परंपरागत गुरुज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी, निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, आशागुर्जा टोली, ब्यान्डबाजा, पञ्चेबाजा, सिङगारिएका कलस्यौलीहरू र सांस्कृतिक झाँकीसहितको समूहले हर्षबढाइँ गर्दै हनुमानढोकास्थित दशैंघरमा भित्र्याउँछ । फूलपाती भित्र्याउने समय पारेर काठमाडौंको टुँडिखेलमा नेपाली सेनाको टुकडीले तोप पड्काउँदै हर्ष बढाईं गर्ने प्रचलन परंपरादेखि चल्दै आएको छ ।

घटस्थापनादेखि दशैं सुरु भए पनि त्यसपछिका ६ दिनमा दशैं आएको खासै अनुभूति हुँदैन । फूलपातीका दिनदेखि भने दसैं सुरु भएको अनुभूति हुन्छ । यस दिनदेखि सार्बजनिक विदा हुने भएकाले घरघरमा विशेष चहलपहल सुरु हुन्छ । फूलपातिदेखि गाउँघरमा पिङ् हाल्ने गरिन्छ । गाउँघरमा रोटेपिङ, लिंगेपिङ हालिएकाले दशैंको रमझम निकै देखिएको छ । दशैं मनाउन घर फर्किनेहरूले यातायातका साधन भरिभराउ छन् ।

काठमाडौंलगायत देशभरिका देवी मन्दिरहरूमा फूलपातीको दिन दर्शन गर्नेहरूको निकै भिड लागेको छ । काठमाडौंमा गुहेश्वरी, नक्साल भगवती, भद्रकाली, दक्षिणकालीगायतका शक्तिपीठमा पूजाअर्चना गरिन्छ । यस्तै काठमाडौं बाहिरका सिन्धुलीको भद्रकाली, कालिमाई र कमलामाई, काभ्रेको पलाञ्चोक भगवती, पोखराको बिन्ध्यवासिनी, गोरखाको गोरखकाली र मनकामना, बाग्लुङको कालिका, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, विराटनगरको कालीमन्दिर, ताप्लेजुङको पाथिभरा, दाङको अम्बिकेश्वरी, डोटीको शैलेश्वरी, रामेछापको खाँडादेवी, मकवानपुरको चुरीयामाई र भुटनदेवीलगायतका शक्तिपीठहरूमा घटस्थापनादेखि दर्शनार्थीको घुर्इंचो लाग्दै आएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिएका दशैंघरर शक्तिपीठहरूमा फूलपातीको राति भगवती कालरात्रि देवीको पूजा आराधना गरिदैछ । नवरात्रका नौ दिनसम्म दुर्गाका एक–एक स्वरुपको पूजा आराधना गर्ने परम्परा छ । नवदुर्गाको सातौ रुप कालरात्रि हो ।

घटस्थापना

हिन्दूहरूको महान चाड बडादसैंको पहिलो दिन घटस्थापना हो । यस दिन मुलुकभर दुर्गा भवानीको प्रतीकका रूपमा घरघरमा घटस्थापना गरेर जमरा राखिन्छ । काठमाडौंको हनुमान ढोकास्थित दसैंघरसहित हरेक घरमा पूजाकोठामा जमरा राख्ने गरिएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिन नजिकको तीर्थबाट बालुवा मिसिएको माटो ल्याएर वैदिक विधिपूर्वक पञ्चधातु,पञ्चपल्लवका साथ जौ, मकै छरेर घटस्थापना गरिन्छ । पञ्चधातुमा सुन, चाँदी, पित्तल, फलाम र तामा पर्छन् । यस्तै पञ्चपल्लवमा पीपल, बर, दुमरी, पाख्री र आँपको पात पर्छन् । तान्त्रिक मतालम्बीले पञ्चमकारसहित तान्त्रिक विधिले माटोमा जौ र मकै छरेर घटस्थापना गर्छन् । घटस्थापनाका दिन राखिएको जमरालाई नवमीसम्मको नवरात्री पूरा गरेपछि सम्बृद्धिको प्रतीक मानेर विजयादशमीका दिन मान्यजनबाट टीकासँगै लगाउने गरिन्छ ।
यसै दिनदेखि नवरात्री सुरु हुन्छ । नवमीसम्म घटस्थापना स्थलमा पूजाआजा गरिन्छ । घटस्थापानादेखि दशैंको चहलपहल पनि सुरु हुन्छ । यसरी जमरा राख्ने घटस्थापनाको अघिल्लो दिन घरआगनलाई लिपपोत गरी सिगारेर सफासुग्घर बनाइन्छ ।

दैवीशक्तिले आसुरी शक्तिमाथि विजय हासिल गरेको अवसरका रुपमा दशैंलाई मनाइने गरिएको हो । दशैंको पहिलो दिन घटस्थापनाबाट नवरात्री प्रारम्भ हुन्छ । यिनै ९ दिनसम्म विभिन्न शक्तिपीठमा हरेक दिन पूजाअर्चना गरिन्छ । दशैंघर,घटस्थापना स्थनलमा दुर्गा सप्तशती, चण्डी र भगवती स्तोत्र पाठ गरिन्छ।

दशैंभर हरेक दिन मुलुकभरका प्रमुख शक्तिपिठहरु भद्रकाली, महालक्ष्मी, दक्षिणकाली, गुहेश्वरी, मैतिदेवी, खाडादेवी,कालीमाईलगायत विभिन्न देवदेवीका मन्दिर र शक्तिपीठहरूमा शक्तिरुपा दुर्गा भवानीको पूजा, आराधना गरिन्छ । बडादसैको सुरुको दिन घटस्थापनादेखि अधिकांश शिक्षण संस्था र अदालतमा कोजाग्रत पूर्णिमासम्म विदा दिइन्छ ।
537992_589645857763161_409873770_n

1374257_589646041096476_416695827_n

1374722_589646047763142_390667670_n

1380797_589646044429809_1863782957_n

1383087_589645861096494_696776109_n

बाला चतुर्दशी

बाला चतुर्दशीको पूर्वसन्ध्या आइतबार साँझ पशुपति मन्दिरपरिसरमा देखिएको दृष्य । बाला चतुर्दशी मेला भर्न मुलुकभर र भारतबाट समेत श्रद्धालु भक्तजन पशुपतिनाथ मन्दिरमा जम्मा भएका छन् । पशुपति मन्दिर परिसर, कैलास डाँडा, स्लेषमान्तक, बनकालीलगायतका सबै ठाउँ भक्तजनले भरिएका छन् । कैलाश डाँडा पालले भरिएका छन् । त्यति फराकिलो पशुपति परिसर कतै खुट्टा राख्ने ठाउँ छैन । कोही बत्ती बाल्दैछन् । कोही पाल टांग्दै छन् । भिरालो भित्तासमेत समूह मिलाएर बस्नेहरुले खचाखच भरिएको छ ।

857994_619075904820156_482321219_o 861295_619069544820792_1483023764_o 891626_619070971487316_1590450752_o 964314_619067028154377_2100290783_o 1397399_619074924820254_193789507_o 1398188_619068964820850_1212998409_o 1398856_619069778154102_1258193015_o 1399364_619073414820405_1770269683_o 1400714_619069011487512_1937803483_o 1400810_619066414821105_244849799_o 1403639_619068268154253_1659461665_o 1404603_619070798154000_1606311838_o 1412735_619068108154269_1188636417_o

हर्षोल्लासपूर्वक होली मनाइँदै

हर्षोल्लासपूर्वक होली मनाइँदै

रंग खेलेर रमाइलो गर्दै आज फागु पुर्णिमा काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा भब्य रुपमा मनाईंदैछ । तराईका जिल्लाहरुमा भने यो चाड भोलिपल्ट मनाइन्छ । रंगिचंगी अविर लगाइदिदै रंग छ्यापाछ्याप गरेर युवायुवती लसडकमा उल्लास पूर्वक होली खेलिरहेका देखिन्छन् ।

Image
त्रेतायुगमा हिरन्यकश्यपु नामक दानवका छोरा प्रल्हाद भगवान विष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपुले धेरै प्रपन्च रचे । केही गर्दा मार्न नसकेपछि उनले आङ्खनै बहिनी होलिकालाई मार्न पठाए । होलिकाले आगोमा नजल्ने बरदान पाएकी थिइन् । त्यसपछि होलिकाले प्रल्हादलाई काखमा लिएर आगोमा बसिन । आगोले प्रल्हादलाई केही गरेन होलिका भनें आगोमा जलेर नष्ट भइन् । त्यसैको खुशियालीमा अविरको होली खेल्दै फागु पूर्णिमा मनाउन थालिएको किम्बदन्ती छ । खासगरी हिन्दु समुदायले यसलाई महत्वपूर्ण चाडका रुपमा लिने गर्छन् । होलीमा रातो, हरियो, पहेलो, निलोलगायतका विभिन्न रंगको टीका लगाइ मनाउने गरिन्छ ।

हनुमानढोका दरबारको गद्दी बैठकमा तीन छत्रे चीर ठड्याएर साताअघि यो पर्व सुरु भएको हो । त्यस चिरलाई तानेर टुँडिखेलमा पुर्याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । रङगीचङगी कपडाका टुक्रा झुन्ड्याइएको चीर होलिका रुपी पापप्रवृत्ति जलेर भष्म भएको स्मरणमा प्रत्येक फागु फागुन पूर्णिमामा दाह गर्ने गरिएको गरेको जनविश्वास छ । ईस्वीको चौधौं शताब्दीमा राजा जयस्थिति मल्लको पालामा लेखिएको गोपालराज वंशावलीमा देशमा ठूलो अशान्ति भएकाले पूणिमाको दिन होली उत्सव मनाएपछि देशमा शान्ति स्थापना भएको उल्लेख छ ।

फागु पूणिमाको रातमा टुँडिखेलमा किलागलका ज्यापूहरुले एक मुरी चामलको भात र एउटा सिंगै राँगाको पकाएका मासु लगेर गुरुंमापालाई भात खुवाउने चलन छ । राजधानीको ऐतिहासिक बौद्ध बिहार इटुम्बहालको चुलो बारीमा पकाइएको भात खर्पनको एकापट्टी १५ पाथी र अर्कापट्टी स–साना दुई पेटारो गरी ५ पाथी भात राखी एकजना बलियो मानिसले बोकेर बाजा बजाउँदै टुँडिखेल पुर्याउँछन् । त्यसरी बोकेर ल्याएको भातलाई एकपल्ट न्युरोडको ढोकासँगै रहेको महादेवस्थानमा बिसाई त्यहाँ रहेका लुकेको महादेव लाई एक सानो पेटारोको भात चढाइसकेपछि बाँकी दुई पेटारो टुँडिखेल पुर्याइन्छ । अर्को सानो पेटारोको भात गुरुंमापाको नाममा अलग पन्छाएर इटुम्बहालदेखि सँगै गएका सबैलाई प्रसादका रुपमा खुवाउने चलन छ ।

फागु पर्वमा सरकारले सार्बजनिक विदा दिने गरेको छ । पुर्णिमाको दिन काठमाडौं उपत्यका र पहाडी जिल्लामा विदा हुन्छ । तराई क्षेत्रमा भने त्यसको भोलिपल्ट चाड मनाइने भएकाले त्यसै दिन सार्बजनिक विदा दिइन्छ । तराईका बासिन्दाले यस चाडलाई निकै महत्व दिएर मनाउछन् । यस दिन मिठा परिकारहरु बनाएर आफन्तहरुलाई बोलाएर भोजन गराउने पनि गरिन्छ ।

Source : http://www.hamropatro.com/

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s