पुष्प बजारमा नेपालको बढ्दो सम्भावना – 701213.

न्दर्भ : दोस्रो इन्टरनेशनल फ्लोरा एक्स्पो – सन् २०१४

विश्वनाथ खरेल ,
फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले यही चैत १३ देखि १६ गतेसम्म काठमाडौंमा चार दिने भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी मेला आयोजना गर्ने भएको छ । सोही मेलामा विभिन्न मौसमी फूलका बिरुवा, कृषि औजार, बिरुवालाई आवश्यक पर्ने मल तथा सजावटका सामग्रीको प्रदर्शनी र बिक्री गरिनेछ । त्यसैगरी, मेला अवलोकनकर्ताले कट् फ्लावर, ड्राइ फ्लावर, सुनाखरी लगायतका पुष्प तथा पुष्पका बीउबीजन, कृषि औजार, प्याकेजिङ सामग्री, सूक्ष्म थोपा सिँचाइ प्रविधि र विषादीको जानकारी लिने तथा खरिद गर्नसक्ने व्यवस्था पनि मिलाइएको जनाइएको छ । फ्लोरिकल्चर एसोसिएसन आयोजक रहेको मेलामा साढे ४ सयभन्दा बढी प्रकारका आलंकारिक फूल बिरुवा प्रदर्शन तथा बिक्रीवितरण गरिने जनाएको छ । हाम्रो देशमा करिब १० अर्ब ५ करोड रुपैयाँ बराबरको वार्षिक फूलको कारोबार फ्लोरिकलचर एसोसिएसनले गर्दै आइरहेको छ । एसोसियसनले गत वर्ष १० करोडको फूल विदेशमा निर्यात समेत गरेको थियो । नेपालका विभिन्न ३८ जिल्लामा झन्डै ६ सय ५० वटा नर्सरीहरु रहेका छन् भने त्यसले १ सय ३७ हेक्टर जमिन ओगटेको छ । फूल व्यवसायमा ४१ हजारभन्दा बढी मानिसहरु प्रत्यक्ष संलग्न छन् भने थप १५ हजारले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । मुलुकमा गत वर्ष १ अर्ब १५ करोड रुपैयाँको फूल कारोबार भएको छ । बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी गर्न लागेको फ्लोरिकल्चर एसोसिएसन नेपालले उक्त जानकारी दिएको हो ।   एसोसिएसनका उपाध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गत वर्ष सिजनल फूल बिरुवातर्फ १९ करोड ५४ लाख, आलंकारिक बोटबिरुवातर्फ ३७ करोड १५ लाख, कटफ्लावरतर्फ १८ करोड ४२ लाख ल्यान्डस्केप र गार्डेनिङतर्फ १४ करोड ४५ लाख, खुला फूल ६ करोड ४ लाख रुपैयाँको कारोबार भएको थियो । त्यसैगरी, फूलसँग सम्बन्धित सामग्री आपूर्तितर्फ ९ करोड ३२ लाख, कार्पेट ग्रास, बल्ब, राइजम टयुबर टिस्युकल्चरतर्फ ७ करोड ५० लाख रुपैयाँको कारोबार भएको थियो । त्यसैगरी, गत वर्ष नेपालले ३ करोड रुपैयाँको फूल र गाना निर्यात गरेको थियो । एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेका अनुसार नेपालबाट फूल मध्यपूर्वी मुलुक र गाना अमेरिका लगायतका मुलुकमा निर्यात हुन्छ । व्यवसायीहरूले बताएअनुसार दशकअघिसम्म आन्तरिक मागको ८० प्रतिशत फूल विदेशबाट आयात हुन्थ्यो भने २० प्रतिशत मात्रै नेपाली व्यवसायीले उत्पादन गर्थे । यतिबेला कुल मागको ८५ प्रतिशतभन्दा बढी आन्तरिक उत्पादनले थेगेको छ । अध्यक्ष गैरेका अनुसार गत वर्ष ३ करोड ६९ लाख रुपैयाँ हाराहारीको पुष्प र पुष्पजन्य सामग्री आयात भएको थियो । एसोसिएसनले आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । विगत दुई दशकदेखि फ्लोरिकल्चरले पुष्प व्यवसायको व्यावसायिक प्रवद्र्धनका लागि निरन्तर रुपमा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय रुपमा विषयगत पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आएको छ ।
यसअगाडि सन् २००१ मा प्रथम पटक अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी मेला गरेको संस्थाले पुनः एक दशकपछि दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी मेलाको आयोजना गर्न गइरहेको फ्लोरिकल्चरका उपाध्यक्ष तथा मेलाका संयोजक कुमार कसजु श्रेष्ठले जानकारी दिए । मेलाको मुख्य आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल तथा सहआयोजक व्यावसायिक कृषि तथा व्यापार आयोजना र कृषि विभाग, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम रहेको छ । अघिल्लो दशकसम्ममा आन्तरिक मागको ८० प्रतिशत पुष्प तथा पुष्पजन्य वस्तुको आयातमा निर्भर हुनुपरेको नेपालको पुष्प व्यवसाय आज मागको ८५ प्रतिशतभन्दा बढी आन्तरिक उत्पादनले पूरा गर्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । मेलाले नेपालको पुष्प व्यवसायमा गुणात्मक परिवर्तन आउनुका साथै रोजगारीको सिर्जना, अन्तर्राष्ट्रिय मुद्रा आर्जन एवं वैदेशिक रोजगारको नाममा विदेशिएका युवा पुस्तालाई स्वदेशमा लगानी गर्ने र स्वदेशमै आम्दानीको दरिलो स्रोत बनाउन मद्दत पुग्ने आयोजकको विश्वास छ । मेलामा व्यावसायिक कक्ष ५९ वटा, सूचनामूलक १५ वटा र अन्तर्राष्ट्रिय सहभागिता कक्ष २१ वटा गरी जम्मा ९५ वटा प्रदर्शनी कक्ष रहने बताइएको छ ।
नेपालमा सन् १९५० बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यवसाय आव २०६९÷०७० सम्म आइपुग्दा हाल ३८ जिल्लामा लगभग ६५० पुष्पफर्म नर्सरीहरु विस्तार भइसकेको फ्लोरिकल्चर एसोसिएसनले बताएको छ । झन्डै ४१ लाखभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराइरहेको यस व्यवसायले आव २०६९÷०७० मा आयात र निर्यात गरी करिब एक अर्ब १५.५७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेकोे फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले बताए । २०५१ सालदेखि व्यावसायिक रुपमा पुष्प प्रवद्र्धनका लागि निरन्तर रुपमा अन्तर्राष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय तथा विषयगत पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दै आएका छन् । यस्ता कार्याक्रमहरुबाट व्यवसायको विकास तथा प्रवद्र्धनसँगै व्यवसायी एवं उपभोक्तालाई प्रत्यक्ष र परोक्ष फाइदा भइरहेको एसोसिएसनले जनाएको छ । एसोसिएसनले पुष्प व्यवसायअन्तर्गत नर्सरी, कटफ्लावर, आलंकारिक बोटबिरुवा, बगैंचा सजावट, पुष्पजन्य वस्तुहरु, ड्राई फ्लावर एवं सजावटसँग गाँसिएको व्यवसायलाई समेटेको छ ।
अन्त्यमा भन्नुपर्दा सन् २००१ को प्रथम पुष्प प्रदर्शनीपछि हुन लागेको यो दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी मेलामा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले मेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको बुझिन्छ । यस वर्षको मेलामा अन्तर्राष्ट्रिय सहभागीहरुबाट विश्वमा भएका प्रविधिहरुको नेपाली पुष्प व्यवसायीहरु एवं सम्पूर्ण कृषिक्षेत्रमा विस्तार गर्नको लागि केन्द्रीकृत गरिएकोले प्रविधिलाई विशेष प्रदर्शनीमा राखिएको छ । स्थानीय रुपमा उत्पादित एवं विभिन्न पुष्पजन्य बीउबीजन, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, सूक्ष्म तथा थोपा सिँचाइ प्रविधि र विषादीका प्रदर्शनी तथा बिक्रीकक्ष रहनेछन् । मेलामा सहभागी व्यवसायीद्वारा उत्पादित फूलका बिरुवाप्रति स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न विद्याहरुमा प्रचार हुने पुष्प व्यवसायलाई नगद, सिल्ड तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिने कार्यक्रम पनि रहेको छ ।    

Source : http://www.aarthikdainik.com.np/news_details/701213.

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s